Websoft University

शहीद दिवसको अवसरमा प्रधानमन्त्रीको सन्देश


काठमाण्डौं,माघ १६ गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदहरुको बलिदानीले लोकतन्त्र र मानवअधिकार विरोधी शक्तिहरु परास्त भएको बताउनुभएको छ । शहीद दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गर्नुभएको हो ।

राणा शासन विरुद्ध विं सं १९९७ मा  दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले गरेको बलिदानीको स्मरण गर्दै प्रधानमन्त्री ओलीले उहाँहरुको बलिदानीले नेपालको लोकतान्त्रिक आन्दोलनप्रति गौरव लाग्ने गरेको उल्लेख गर्नुभएको छ ।

“पुस्तौंदेखि अनवरत् रुपमा लोकतन्त्रका निम्ति संघर्ष गर्दै नेपाली समाज संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ युगमा आइपुगेको छ ”प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ “राजनीतिक संक्रमण सम्पन्न गरी हामी देशको विकास र आर्थिक सामाजिक रुपान्तरणका लागि केन्द्रीकृत भएका छौं ।

त्यसैले वर्तमान सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको ध्येय सम्पूर्ण राष्ट्रको साझा लक्ष्य बन्न पुगेको छ ।” दशकौं अघि क्रान्तीवीरहरुले देखेको राजनीतिक अधिकार प्राप्तीको सपना साकार भएको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.