Websoft University

हिसान क्रिकेटको उपाधी मेरिल्याण्ड कलेजलाई

विराटनगर,माघ १७ गते । रातो तारा डट कम,
विराटनगरमा जारी ८ औं हिसान स्पोर्टस मिटअन्तर्गग क्रिकेटको उपाधी विराटनगरको मेरिल्याण्ड कलेजले हात पारेको छ । त्यस्तै फुटबलको उपाधी मोर्डनएरा र छात्रा भलिबलको उपाधी रेडस्टारले जितेको छ ।

 हिसान मोरङले आयोजना गरेको सप्ताहाव्यापी स्पोर्टस् मिट अन्तर्गत हिजो भएको क्रिकेटको फाइनलमा विराटनगरको मेरिल्याण्ड कलेजले विराटनगरकै अरनिको कलेजलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।

टस जितेर पहिलो ब्याटिङ गरेको अरनिकोले १९ ओभर ३ बलमा सवै विकेटको क्षतिमा १ सय रन बनाएको थियो । जसमा राजा यादवले ४२ रन जोड्दा प्रज्ज्वल श्रेष्ठले १२ रन जोडे । मेरिल्याण्डका सक्षम कार्की र शुभज्ञराज पाण्डेल २–२ विकेट तथा गौरव राय र कृष्ण मण्डलले १–१ विकेट लिए ।

जवाफमा १ सय १ रनको विजयी लक्ष्य पछ्याएको मेरिल्याण्डले  १९ ओभरमा ४ विकेटको क्षतिमा सो विजय लक्ष्य पार गरेको थियो । जसमा मुकेश कामतले ४० रन , सक्षम कार्कीले २१ रन र राकेश रायले १० रन बनाए । अरनिकोका प्रशान्त साह, आयुष भगत र विक्रम यादवले १–१ विकेट लिए । म्यान अफ द फाइनल मेरिल्याण्डका मुकेश कामत भए । म्यान अफ द सिरिज अरनिकोका विक्रम यादव, उत्कृष्ट ब्याट्समेन मेरिल्याण्डका सकिब हक, उत्कृष्ट बलर मेरिल्याण्डका सक्षम कार्की र उदयमान खेलाडी अरनिकोका प्रशान्त पोखरेल भए ।
छात्रा भलिबलमा पथरीको रेडस्टार कलेजले शिक्षादीप कलेजलाई सोझो सेटमा पराजित गर्दै उपाधी जितेको छ । उमेन अफ द सिरिज रेडस्टारकी अन्जली लिम्बू, बेष्ट लिब्रो शिक्षादीपकी लक्ष्मी चौधरी, बेष्ट लिफ्टर रेडस्टारकी सम्झना धिमाल र बेष्ट स्पाइकरमा शिक्षादीपकी अन्जली राजवंशी भइन् । छात्र भलिबलको फाइनल खेल शनिबार हुनेछ ।

त्यस्तै फुटबलमा मोर्डनएरा स्कूलले साविक विजेता ग्रिनल्याण्ड कलेजलाई २–१ गोलमा हराउँदै उपाधी जितेको हो । खेलमा ग्रिनल्याण्डका सागर राईले गोल गर्दै अग्रता दिलाएको लगतै मोर्डनएराका अनुप मगरले गोल गरी खेललाई बराबरी पारे । मध्यान्तरपछि मोर्डनएराका म्यान अफ द फाइनल अनुप मगरले गोल गर्दै टिमलाई विजयी दिलाए ।

प्रतियोगिताको खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, एसएसपी किशोर दाहाल, हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, हिसान मोरङका अध्यक्ष बलराम पन्तलगायतले पुरस्कार वितरण गरेका थिए ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.