Websoft University
January 2019


शिव भट्टराई -मोरङ माघ १७ गते । रातो तारा डट कम,
सुन्दरहरैचा, मोरङको सुन्दरहरैचा वार्ड नं ११ मा रहेको पहिलो पाइला नेपालले सहिद दिवसको अवसर पारी सहिदको सम्झनामा दिप प्रज्ज्वलन गरेको छ ।

विभिन्न सामाजिक कार्यमा अग्रसर भई समाज विकासमा निरन्तर लागी परेको युवाहरुको सस्थाले आज सो कार्यक्रम गरेकोे हो ।

साथै युवाहरुले सोमबार बिहान टिपर दुर्घटनामा परि मृत्यु हुने बालिका लक्ष्मी ढकालको सम्झनामा समेत दिप प्रज्ज्वलन गरेकोे सस्थाका अध्यक्ष निराजन धमलाले बताएका छन ।

दिप प्रज्ज्वलन कार्यक्रम आयोजना गर्दै सस्थाका अधयक्ष धमलाले ढकाल परिवारलाई राज्यले उचित सम्मान गर्दै क्षतिपूर्ति दिनु पर्ने र सोही स्थानमा टिपर सञ्चालनमा रोक लगाउनु पर्ने बताएका थिए  ।

दिप प्रज्ज्वलनमा धमलाले राज्यले सहिदलाई पैसामा दाज्न खोजेर असली सहिदको अपमान  गर्न खोजेको बताए



बिराटनगर माघ १७ गते । रातो तारा डट कम, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको १४आँै महाधिवेशन समयमै हुनुपर्ने बताएका छन् । विराटनगर स्थित वार्ड नं. ४ वडा समितिले बिहिवार आयोजना गरेको कार्यक्रममा बोल्दै कोइरालाले यतो बताएका हुन् ।

कांग्रेस नेतृत्व तहले २०७६ भित्रै महाधिवेशन गर्न सक्यो भने पार्टी सुदृढीकरण र बलियो हुने विश्वास उनको छ । कांग्रेस राजनैतिक चरित्र बोकेको पार्टी भएको भन्दै उनले सनकको भरमा गलत काम नगर्ने बताउनु भयो । कांग्रेसको संगठन कमजोर बनेको र त्यसलाई उर्जाशिल बनाउन महाधिबेशन आबश्यक रहेको कोइरालाले बताए ।

उनले समयमै महाधिवेशन नभए कांग्रेस सदाका लगी कमजोर ठहरिने बताए । संगठनलाई उर्जा भर्न आफु अग्रसर भएको र त्यसका लागि सहयोग गर्न कांग्रेस कार्यकर्ता शुभेच्छुक संग कोइरालाले आग्रह गरे । कार्यक्रममा प्रदेशसभा सदस्य केदार कार्की,चुमनारायण तवदार,विराटनगर महानगरका मेयर भीम पराजुली ,वार्ड नं. ४ का वडाध्यक्ष देवेन्द्र पोखरेल ,कांग्रेस वडा वुथ समिति सभापति राजकुमार तवदार , बलक राजबंशी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा उठेका सवालमा मेयर भीम पराजुलीले स्थानीय जनताका साझा सवालका विषयमा दत्तचित्त भएर काम गरिरहेको बताए । केही महिना भित्रै पोल र तारको समस्या वाट बिजुली बत्ती बाल्न पाएनौ भन्ने स्थिती आउन नदिने मेयर पराजुलीले प्रतिबद्धता ब्यक्त गरे ।

काठमाण्डौं,माघ १७  गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले एकपछि अर्काे सफलता चुमिरहेको दावी गर्नुभएको छ ।  नेपाल टेलिभिजनको ३४ औं वाषिर्कोत्सव कार्यक्रममा एकपछि अर्काे नयाँ कामको थालनी गर्दै सफलता प्राप्त गरेको भन्दै उहाँले मुलुकको समृद्धिको अभियानलाई दृढतापूर्वक अगाडि बढाइरहेको बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले सरकारले हरेक दिन एक कदम अघि बढने संकल्प लिएको उल्लेख गर्दै त्यसलाई सफलतापूर्वक अघि बढाउने दृढता व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले जनताको विकासको चाहनालाई तीव्रता दिन सरकारले नयाँनयाँ प्रविधिको विकासमासमेत जोड दिएको दावी गर्नुभयो ।




विराटनगर,माघ १७ गते । रातो तारा डट कम,लामो समयपछी मोरङमा जिल्लास्तरीय ए डिभिजन क्रिकेट प्रतियोगिता हुने भएको छ । लायन्स क्लव अफ विराटनगर यङ हर्ट तथा मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा १९ गतेदेखि विराटनगरमा करिव ८ वर्ष पछि ए डिभिजन क्रिकेट प्रतियोगिता हुने भएको हो । 

जिल्लाका ८ वटा टिमको सहभागिता रहने मोरङ जिल्ला क्रिकेट संघ अध्यक्ष सुनिल पौडेलले जानकारी दिए । करिव साढें ५ लाख खर्च लाग्ने अनुमान गरिएको प्रतियोगितामा १५ खेल खेलाईने छ ।

लिगको आधारमा खेलाइने खेलमा ८ टिमलाई २ समुहमा विभाजन गरि एक टिमले तीन खेल्न पाउँने छ । समुहमा पहिलो र दोस्रो हुने टिम सेमीफाइनलमा प्रवेश गर्ने खेल सम्योजक नविन घिमिरे जानकारी दिए । खेल ५० ओभरको खेलाइने आयोजकले जनाएको छ । 

प्रतियोगितामा गुराँस पुस्तकालय, पूर्वाञ्चल क्रिकेट एकेडेमी, होराईजन क्रिकेट क्लव, विराट क्रिकेट सोसाईटी, एग्रोभेट क्रिकेट क्लव, इन्द्रेणी क्रिकेट क्लव, विनायक क्रिकेट क्लव र एम सि सि क्रिकेट क्लवको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । पुछारका दुई टिम रेलिगेशनमा पर्दै वि डिभिजनमा घटुवा हने आयोजकले जनाएको छ ।

श्याम राई-उदयपुर,रेग्मिटार-खोटाङ,माघ १७ गते । रातो तारा डट कम, दुबै तर्फ एकै साथ तीब्र रुपमा सडक निर्माणको काम भैरहेको भए पनि सुनकोसीमा पक्कि पुल निर्माण ढिलाई हुदा सगरमाथा लोकमार्ग अन्तर्गत गाईघाट–दिक्तेल सडकले पूर्णता पाउन अझै केही दशक लाग्ने संभावना रहेको छ ।
निर्माण शुरु भएको पाँच वर्ष भित्र पूरागरि सक्ने लक्ष्य रहेको भएपनि उक्त सडक निर्माण शुरु भएको झण्डै अढाई दशक भैसक्दा पनि आयोजनाको ६० प्रतिशत मात्र काम सकिएको छ ।
उदयपुर र खोटाङं जिल्ला दुबै तर्फ अहिले तिब्र रुप्मा सडक खन्ने, ग्राभेल गर्ने, पक्कि नाला र ठाउँठाउँमा कालो पत्रे गर्ने काम भैरहेको छ । तर उदयपुर र खोटाङंको सिमानामा रहेको सुनकोसीमा पक्कि पुल निर्माणमा ढिलाई हुदा योजनाको काम प्रभावित बन्न पुगेको छ ।

बाटो निर्माणको लागि चाहिने निर्माण सामाग्री ढुवानीमा वर्षेनी समस्या हुदै आएकोले सडक निर्माणको काम अवरोध हुने गरेको छ । पुल नभएकै कारण ७ महिना जती निर्माणको काम पुरै बन्द हुने गरेको बाटो निर्माणमा संलग्न मैनाचुली खाम्पाचो÷जयनारायण पवन जेभीका प्रोजेक्ट ईन्जिनियर विश्व लिम्बुले बताए ।

‘ पुल नहुदा हामीले पूर्ण गतिमा काम गर्न पाएका छैनौ । वर्षमा ५ महिना जति मात्र काम गर्न पाएका छौ ।’ उनले भने,‘ यस महिना निर्माण सामाग्री ढुवानी गर्न समस्या हुने हुदा काम खासै हुदैन ।’

‘सुनकोसीमा पक्कि पुल नबनेसम्म सडक निर्माणले गती लिन सक्दैन ।’ उनले भने । सुनकोसीमा पुल नहुदा बेलिब्रिजको भर पर्नु परेको छ । तर बेलिब्रिजको समेत कुनै भर  नभएको लिम्बुले बताए । जडान गर्दै खोल्दै गर्नु पर्ने भएकोले जेष्ठ, असार देखि बेलिब्रिज कासीबाट निकालिन्छ । त्यस बेला ढुवानी पूरै ठप्प हुने गरेको छ । सडक निर्माणमा प्रयोग निर्माण सामाग्री कोसी पारी उदयपुरबाट ल्याउने गरिन्छ ।

गाईघाट– दिक्तेल सडक खण्डको १ सय ३१ किलोमिटर मध्ये झण्डै १ सय किलोमिटरमा ठेक्का लागेको योजनाका ईन्जिनियर निज्जल श्रेष्ठले बताए । आगामी ०७७ सालसम्म काम सक्नेगरि टेण्डर लगाएको भएपनि उक्त अवधिमा काम पूरा हुने संभावना कम छ ।

गौरी पार्वती निर्माण कम्पनीले सुनकोसीमा पुल निर्माणको काम पाएको भएपनि उस्ले अझै काम शुरु गरेको छैन । गत वर्ष चैत मै सक्नु पर्नेगरि उक्त कम्पनीले पुल बनाउने जिम्मा पाएको थियो । तर उस्ले काम अझै शुरु नगर्दा सडक योजनाको काममा ढिलाई भएको प्रोजेक्ट ईन्जिनियर लिम्बुले बताए ।

‘ बाटो बनाउने र पुल निर्माण गर्ने छुट्टा छुट्टै ठेकेदार कम्पनी हुदा काम गर्न गाह्रो भएको छ ।’ उनले भने । एउटै कम्पनीले दुबै काम गर्न पाएको भए सडक निर्माणले गति लिन सक्ने उनले बताए । पुल निर्माणमा ढिलाई हुदा सडक निर्माणको काम प्रभावित बन्न पुगेको उनले बताए ।

कोसी पारी तर्फ खोटाङको फोक्सिनटारदेखि खाम्तेल सिम्पानी खण्डको २६ किलोमिटर सडक खण्डमा अहिले तिब्र रुपमा काम भैईरहे पनि बाकी रहेको साउने, फोक्सिनटार र खाम्तेल महुरे सडक खण्डमा खासै काम भएको छैन ।
फोक्सिनटारदेखि खाम्तेल सम्म २६ किलोमिटर सडक खण्डमा ७० प्रतिशत काम सम्पन्न भई सवग्रेड निर्माणको काम भईरहेको छ ।

भौगोलिक विकटताको कारण अहिले काम गर्न कठिनाई छ । तर काम द्रुत गतिमा भैरहेको छ । काममा ठूलै समस्या आएन भने काम तोकिएकै समयमा पूरा हुने ईन्जिनियर लिम्बुले बताए ।

गाईघाट–दिक्तेल सडक योजनाका प्रोजेक्ट ईन्जिनियर श्रेष्ठले निर्धारीत समयमा काम सम्पन्न गर्न नसकिने बताए । विभिन्न प्याकेजमा काम भैरहेको छ । तर भौगोलिक कठिनाई, प्राकृतीक प्रकोपले गर्दा गत वर्ष लक्ष्य अनुरुप काम हुन नसकेको उनले बताए ।

वि.स. २०५१ सालमा निर्माण शुरु गरिएको उक्त सडक खण्डको २५ वर्षको अवधिमा ट्रयाक खोल्ने ग्राभेल गर्ने र केही भागमा कालो पत्रे गर्ने मात्र काम भएको छ । सगरमाथा राजमार्ग नामाकरण गरिएको यो सडक समयमानै संचालन हुने हो भने खोटाङंका बासिन्दालाई तराई जाने सबै भन्दा छोटो मार्ग हुने छ ।





(फायल फोटो)

बिराटनगर माघ १७ गते । रातो तारा डट कम,मोरङको उर्लावारी नगरपालिका-५ उर्लावारी चोकमा मोटरसाईकलको ठक्करबाट १ जना प्रहरी घाइते भएका छन् ।

बिहान पौने ९ बजे पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको को २० प ६६३२ नम्बरको मोटरसाईकल बिना हेल्मेट आउँदै गरेको अवस्थामा उक्त मोटरसाईकललाई रोक्ने क्रममा डिउटीमा रहेका ट्राफिक प्रहरी सहायक निरीक्षक गणेश श्रेष्ठलाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते भएका श्रेष्ठलाई उपचारको लागि अरनिको हस्पिटल उर्लाबारी पठाईएको इलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ । मोटरसाईकल र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको उक्त कार्यालयले जनाएकोछ ।


धनकुटा,माघ १७ गते । रातो तारा डट कम,१ नं. प्रदेश अन्तर्गत धनकुटा र मोरङ जिल्लामा भएको छुट्टाछुट्टै दुर्घटनामा ३ जना घाइते भएका छन् ।

धनकुटा नगरपालिका-६ बसपार्कमा बिहीवार बिहान बसको ठक्करबाट मोटरसाईकलमा सवार २ जना घाइते भएका छन् । बिहान सवा ९ बजे झापाबाट यात्रु लिएर संखुवासभा जाँदै गरेको को. १. ख. ३८६५ नम्बरको बसले बिपरित दिशाबाट आउँदै गरेको बा.६१ प. १५८१ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाईकलमा सवार मोरङ केराबारी गाउँपालिका-८ बस्ने बर्ष ५० को गणेश भण्डारी, पछाडी सवार रहेका सवार निजको भाई बर्ष ४४ को बल बहादुर भण्डारी घाइते भएका हुन् ।

घाइते दुवै जनालाई उपचारको लागि जिल्ला अस्पताल धनकुटा पठाईएकोमा थप उपचारको लागि धरान स्थित वी.पी. कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान पठाईएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको उक्त कार्यालयले जनाएको छ ।



काठमाडौ माघ १७ गते । रातो तारा डट कम,सिड्नी-यहि फेब्रुअरी ३ तारीखमा आयोजना हुने नेपाल आईडल मेल्बर्न कन्सर्टको तयारी सकिएको आयोजक संस्थाका प्रमुख बिभुषण जोशीले बताएका छन् । कन्सर्टका लागि कलाकारको समुह फेब्रुअरी २ अर्थात् शनिबार मेल्बर्न पुग्नेछन् ।

नेपाल आईडलका बिजेता संगै उत्कृष्ट ६ का प्रतियोगीहरुले अष्ट्रेलियाको पर्थ र ब्रिस्बेनमा कन्सर्ट गरिसकेका छन् । दुबै कन्सर्टलाई संतोषजनक रुपमा हेर्न सकिन्छ । यद्दपी मेल्बर्न कन्सर्टलाई भने अझ सशक्त र धेरै दर्शकहरुको सहभागीता गराउन आयोजक प्रयासरत छ ।

आयोजक जोशीका अनुसार तीन सय टिकट बिक्रि भैईसकेको र दुई सय टिकट बुकिङ रहेकाले अहिले सम्मको ग्रस टिकट पाँच सय गएको बताए । तर,आयोजकको टार्गेट भने छ सय प्लस रहेको पनि उनले बताए ।

स्मार्ट एक्सेस ईन्टरटेण्मेण्टले आयोजना गरेको नेपाल आईडलको मेल्बर्न कन्सर्टमा नेपाल आईडल २ का बिजेता रबि ओड सहित बिक्रम बराल,सुजित पाठक,अस्मिता अधिकारी सहित पबन गिरीले लाईभ कन्सर्ट दिने भएकाछन् ।

आयोजकका अनुसार यस पटकको नेपाल आईडलको कन्सर्ट भब्य हुने र मेल्बर्नबासी नेपालीहरुको उल्लेख्य सहभागीता रहने दाबि गरेका छन् ।गत महिनानै कन्सर्टको अर्ली बर्ड टिकट समेत सोल्ड आउट भएको थियो । भने,अहिले प्रिशेलको टिकट बिक्री भैईरहेको छ । २५ डलरको प्रिसेलको टिकट कन्सर्टकै दिन डोरमा किन्दा ३५ डलर पर्नेछ । 

यस पटकको नेपाल आईडलको कन्सर्टलाई रिमा विश्वकर्माले संचालन गर्दै आएकी छिन् । 


काठमाण्डौं,माघ १७ गते । रातो तारा डट कम,सरकारले कर्मचारी समायोजन अन्तरगत सहसचिवको समायोजनका लागि मन्त्रिपरिषदमा प्रस्ताव पठाएको छ । करिव साढे ५ सय सहसचिवको केन्द्र र प्रदेशमा समायोजनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषदमा निर्णयका लागि प्रस्ताव पठाएको हो ।

ती सहसचिव केन्द्रीय तहका विभिन्न कार्यालय र प्रदेश तहमा रहेका विभिन्न विधागत निर्देशनालयमा समायोजन हुने जनाइएको छ । दुई दिनभित्र सहसचिवको विवरण रुजु गरि सकिने मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले सीआईएनसँग बताउनुभयो ।

आवेदन दिएकाबाट विवरणको रुजु गर्ने काम भइरहेको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो । तर स्वास्थ्य सेवा सहितका सम्पूर्ण कर्मचारीको समायोजन गर्न केही समस्या देखिएको उहाँले बताउनुभयो । गएको पुस ११ देखि माघ २ गतेसम्म समायोजनमा जान चाहने कर्मचारीले अनलाईनबाट फाराम भरेर विवरण बुझाएका
थिए । समायोजनमा प्रक्रियामा सहभागी हुनका लागि ७७ हजार ३४ कर्मचारीले अनलाईन विवरण बुझाएका छन् ।



काठमाण्डौं,माघ १७ गते । रातो तारा डट कम,संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आजबाट तीन खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ ।

दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार दिउसो पौने ३ बजेबाट सुरु हुनेछ । एक दिवसीय सिरिज जितेको नेपालले पहिलो टी–ट्वान्टीका लागि मैदान उत्रदा अर्को इतिहास रच्ने लक्ष्यसहित मैदान उत्रने छ ।


बिराटनगर माघ १७ गते । रातो तारा डट कम,झापाको भद्रपुर विमानस्थलमा रात्रिकालीन हवाई सेवाको परीक्षण उडान सफल भएको छ। आज प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रगढी नागरिक उडडयन कार्यालयमा रात्रिकालीन हवाई सेवाको उद्घाटन गर्न झापा आउँदैछन्।

सोही सेवालाई मध्यनजर गरी बुद्ध एयरलान्सले आरएनएभी (एरिया नेभिकेसन) को सहायताले लो भिजिबिलिटी र हाल जडान गरिएको रनवे लाइटले बुधबार साँझ रात्रिकालीन परीक्षण उडान गरेका हो।

विराटनगरबाट उडान भरेका बुद्ध एयरलाइन्सको जहाजले भद्रपुर विमानस्लथमा ५ बजेर ४० मिनेटमा अवतरण गरेका थिए। अवतरणपश्चात् पुनः परीक्षण चडानका लागि जिल्ला समन्वय समिति झापाका सोमनाथ पोर्तेल, भद्रपुर नगरपालिका नगर प्रमुख जीवनकुमार श्रेष्ठसहित चढेका यात्रुलाई सोही जहाजले ६ बजेर ३७ मिनेटमा उडान भरेका थिए। करिब १८ मिनेटको परीक्षण उडानपश्चात् जहाजले पुनः भद्रपुर विमानस्थलमा ६ बजेर ५५ मिनेटमा अवतरण गरेका थिए। बुद्ध एयरलाइन्सको जहाजले गरेको रात्रिकालीन परीक्षण उडान सफल भएपछि सबैले खुशी साटासाटसमेत गरेका थिए।

परीक्षण उडान सफल भएसँगै भद्रपुरमा पहिलो पटक रात्रिकालीन हवाई सेवाको शुरुवात भएको छ। बुद्ध एयरले आगामी फेब्रुअरी १० बाट साँझ ५ बजेर ५० मिनेटमा रात्रिकालीन हवाई सेवा सुरु गर्ने जनाएको छ। दुईवटा जहाजले सेवा दिर्दै आएका बुद्ध एयरले यसका लागि एउटा जहाज थपिसकेको बुद्ध एयरका सुवास घिमिरेले जानकारी दिए।

हवाई यात्रुका लागि पूर्वको झापा, इलाम, पाँचथर, ताप्जेुङ्गको प्रवेशद्धार भद्रपुर हो। साथै छिमेकी राष्ट्र भारतको सिलगुढी, दार्जिलिङ, सिक्किम मात्र नभई तेस्रो मुलुक भुटान र बंगलादेशलाई पनि जोड्ने गरेको छ। बाह्य तथा आन्तिरक पर्यटन नेपाल भित्राउने यस विमानस्थलको मुख्य भूमिका रहने जानकारहरू बताउँछन्।

यसअघि खराब मौसम र लो भिजिविलिटी का कारण जहाजहरू रद्द गर्नुपर्ने स्थितिमा अब जडान गरिएको यस प्रविधिले ती दीर्घकालीन समस्या हटनुका साथै रात्रिकालीन सेवाले हवाई यात्रुलाई आगामी दिनमा फाइदा पुग्ने चन्द्रगढी नागरिक उडडयन कार्यालयका प्रमुख पूर्ण चुडालले जानकारी दिए।

विराटनगर,माघ १७ गते । रातो तारा डट कम,
विराटनगरमा जारी ८ औं हिसान स्पोर्टस मिटअन्तर्गग क्रिकेटको उपाधी विराटनगरको मेरिल्याण्ड कलेजले हात पारेको छ । त्यस्तै फुटबलको उपाधी मोर्डनएरा र छात्रा भलिबलको उपाधी रेडस्टारले जितेको छ ।

 हिसान मोरङले आयोजना गरेको सप्ताहाव्यापी स्पोर्टस् मिट अन्तर्गत हिजो भएको क्रिकेटको फाइनलमा विराटनगरको मेरिल्याण्ड कलेजले विराटनगरकै अरनिको कलेजलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।

टस जितेर पहिलो ब्याटिङ गरेको अरनिकोले १९ ओभर ३ बलमा सवै विकेटको क्षतिमा १ सय रन बनाएको थियो । जसमा राजा यादवले ४२ रन जोड्दा प्रज्ज्वल श्रेष्ठले १२ रन जोडे । मेरिल्याण्डका सक्षम कार्की र शुभज्ञराज पाण्डेल २–२ विकेट तथा गौरव राय र कृष्ण मण्डलले १–१ विकेट लिए ।

जवाफमा १ सय १ रनको विजयी लक्ष्य पछ्याएको मेरिल्याण्डले  १९ ओभरमा ४ विकेटको क्षतिमा सो विजय लक्ष्य पार गरेको थियो । जसमा मुकेश कामतले ४० रन , सक्षम कार्कीले २१ रन र राकेश रायले १० रन बनाए । अरनिकोका प्रशान्त साह, आयुष भगत र विक्रम यादवले १–१ विकेट लिए । म्यान अफ द फाइनल मेरिल्याण्डका मुकेश कामत भए । म्यान अफ द सिरिज अरनिकोका विक्रम यादव, उत्कृष्ट ब्याट्समेन मेरिल्याण्डका सकिब हक, उत्कृष्ट बलर मेरिल्याण्डका सक्षम कार्की र उदयमान खेलाडी अरनिकोका प्रशान्त पोखरेल भए ।
छात्रा भलिबलमा पथरीको रेडस्टार कलेजले शिक्षादीप कलेजलाई सोझो सेटमा पराजित गर्दै उपाधी जितेको छ । उमेन अफ द सिरिज रेडस्टारकी अन्जली लिम्बू, बेष्ट लिब्रो शिक्षादीपकी लक्ष्मी चौधरी, बेष्ट लिफ्टर रेडस्टारकी सम्झना धिमाल र बेष्ट स्पाइकरमा शिक्षादीपकी अन्जली राजवंशी भइन् । छात्र भलिबलको फाइनल खेल शनिबार हुनेछ ।

त्यस्तै फुटबलमा मोर्डनएरा स्कूलले साविक विजेता ग्रिनल्याण्ड कलेजलाई २–१ गोलमा हराउँदै उपाधी जितेको हो । खेलमा ग्रिनल्याण्डका सागर राईले गोल गर्दै अग्रता दिलाएको लगतै मोर्डनएराका अनुप मगरले गोल गरी खेललाई बराबरी पारे । मध्यान्तरपछि मोर्डनएराका म्यान अफ द फाइनल अनुप मगरले गोल गर्दै टिमलाई विजयी दिलाए ।

प्रतियोगिताको खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, एसएसपी किशोर दाहाल, हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, हिसान मोरङका अध्यक्ष बलराम पन्तलगायतले पुरस्कार वितरण गरेका थिए ।  


मोरङ, माघ १७  गते । मोरङको बुढीगंगा गाउँपालिका-१ मिलन चोकमा मोटरसाईकलको ठक्करबाट साईकलमा सवार २ जना बिद्यार्थी घाइते भएका छन् । भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को १५ प १२२७ नम्बरको मोटरसाईकलले बिपरित दिशाबाट साईकलमा आउँदै गरेका सोही गाउँपालिका-३ बस्ने वर्ष १४ को निशान्त लिन्दम र वर्ष १४ को किशोर भुजेललाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते दुवै जनालाई उपचारको लागि बिराट मेडिकल कलेज टंकि सिनुवारी पठाईएको इलाका
प्रहरी कार्यालय निमुवाले जनाएको छ । ठक्कर दिने मोटरसाईकल र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।


काठमाडौ माघ १६ गते । रातो तारा डट कम,कञ्चनपुरकी १३ बर्षिय बालिका निर्मला पन्तको बलात्कार र हत्याको विरोधको कञ्चनपुरको महेन्द्र नगरमा भएको आन्दोलनमा गोली लागी  भएको  घाइते बनेका अर्जुन  भण्डाराको अवस्था निकै दयनिय भएको छ ।

उनी न त बोल्न नै सक्दछन न त केही खाना खान नै सक्छन । निर्मला पन्तको न्यायको लागी लड्दा आफै अन्यायमा पर्दाको पिडा उनको परिवारले भुल्नै नसक्ने भएको सोनिका रोकाया द्धारा सञ्चालित “ द सोनिका सो “ मार्फत सार्वजनिक भएको छ ।

प्रर्दशनको क्रममा प्रहरीको गोली लागेर गम्भिर भएका अर्जुन भण्डाराको स्वास्थ्य अवस्था हाल सम्म पनी निकै गम्भिर भएको भिडियो बाहिरिएको छ । सामान्य परिवारमा जन्मिएका उनको आर्थिक अवस्था कमजोर भएको सो अन्तवार्तामा बताइएको छ । सरकारी संयन्त्रबाट उनको उपचार गर्नको लागी सरकारले समेत कुनै चासो नदिएको उनकी आमाले बताएकी छन ।

सरकारी अधिकारीहरुले आफनो छोराको उपचार गर्नको लागी बेबास्ता गरेको उनकी आमाले बताएकी छन । निकै कारुणिक भिडियोमा आफनो सन्तानको उपचारमा सरकारी संयन्त्रबाट पहल नहुदाँ आफु अस्पतालमा भोक भोकै बस्न बाध्य भएको उनले बताइन ।



बिराटनगर, माघ १६ गते । रातो तारा डट कम,बिराटनगर ११ मा रहेको पुरानो बस पार्कलाई महानगरपालिकाले रु ८ करोड ४७ लाख खर्च गरेर नयाँ बस टर्मिनल भवन निमार्णको काम आजबाट सम्पन्न गरेकोछ ।
कार्यक्रमका प्रमुख अतिथि तथा १ नम्वर प्रदेशका मुख्य मन्त्री शेरधन राइले उक्त बस टर्मिनल भवनको उदघाटन गर्दै, अव जनतालाई सेवा पु¥याउने कामको सुरुवात हुँन थालेछ भन्नु  भायो ।

उदघाटन सत्रलाई सम्वोधन गदै, राइले बिराटनगरलाई कसरी सुन्दर शहर बनाउन सकिन्छ योजनाबद्घ रुपबाटै भुगोल हेरेर प्रदेश सरकारले आफना कामहरु अगि बढाउने र सबैखाले निमार्णका कामहरुलाई समयमै सक्ने गरी योजना बनाउने पनि वहाँले कार्यक्रममा बताउनु भएकोछ ।

यही माघ २० गते बाट प्रदेशको सदन बस्ने र सो प्रदेश बैठक बाटै १ नम्वर प्रदेशको नाम र राजधानीको ठुङ्गो लाग्ने समेत बताउनु हुदै,यो आधुनिक बस टर्मिनल भवन बनाउन सकृयता देखाउने महानगरपालिकाका इन्जिनियर नगर प्रमुख भीम पराजुली लगाएत यसमा आवद्घ निमार्ण कम्पनी समेतलाई बधाइ तथा शुभकामना दिनु भयो ।

कार्यक्रममा १ नम्वर प्रदेशका सामाजिक बिकास मन्त्री जीवन घिमिरे, आर्थिक मामिला तथा कानुन मन्त्री हिकमत कार्कीले पनि धन्यवाद र शुभकामना दिनु भएको थियो ।

१ नम्वर प्रदेश सासद तथा नेपाली कांग्रेसका तर्फबाट ससदिय दलका नेता केदार कार्की, संघीय लोकतान्त्रीक फोरमका तर्फबाट सासद तथा ससदिय दलका नेता जयराम यादवले पनि आ—आफना कुरा राख्दै, कमिकमजोरीहरुलाई औल्याउदै,यसमा आवद्घ सबैलाई शुभकामना दिनु भएको थियो ।

जिल्ला समन्वय समिति मोरङका संयोजक नरेस पोखरेल,उधोग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, नेपाली कांग्रेसका मोरग सचिव बोधराज घिमिरे,नगर बिकास कोषका अध्यक्ष ध्रुव रिजाल,र बिभिन्न राजनीतिक दलका पाटी प्रतिनिधिहरुले पनि आफना धारणहरु राख्दै अहिले बिराटनगरका जताततै बाटाहरु भत्काइएका छन र काम ढिलो, महानगरको बिना अनुगमन जथाभाबि निमार्णकाकामहरु भइरहेका कुराहरु औल्याउदै, बस टर्मिनल र  भवन निमार्णमा आवद्घ सबैलाइ बधाई तथा शुभकामना दिनु भएको थियो । आज माघ १६ गते शहिदहरुको सम्जनामा शहिदहरुका तस्वीरमा प्रमुख अतिथि र अतिथिहरुबाट फुल माला लगाएर सम्मान समेत गरिएको थियो ।

कार्यक्रमका सभापति तथा बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले यो नयाँ बनेको बस टर्मिनल भवनको बारेमा जानकारी गराउनु हुदै हाल सम्म बस टर्मिनल र  भवन निमार्ण गर्न रु ८ करोड ४७ लाख खर्च भएको जानकारी गराउनु हुदै यस निमार्णमा सलग्न सबैलाई बधाई धन्यावाद दिनु हुँदै, बेलैमा काम सम्पन्न भएकोमा सबैमा शुभकामना समेत व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा बिराटनगर महानगरपालिकाका कार्यकारी अधिकृत कुमार दाहालले उदघोषण गर्नुभएको थियो भने स्वागत उपमेयर इन्दिरा कार्कीले गर्नु भएको थियो ।


काठमाण्डौं,माघ १६ गते । रातो तारा डट कम,आज भोलि सरकारका निकायहरु सुस्त हुँदा जताततै बढी विषादीको प्रयागले मानव स्वास्थ्यमा पर्ने असर बढ्दै गएको भएपनि विषादीको मात्राको परीक्षणनै नगरिने पाइन्छ ।

नेपाल सरकारको यो निकाय फितलो भएको सरकारी यो पाटोको फाइदा उठाउदै भारतको नाका जोडिएका इाापा, मोरग सुनसरी लगाएत सबै ठाउहरुमा सीमा पारीबाट आउने तरकारी अत्याधिक बिषादी भएका खाँध बस्तु तरकारी आइरहेका छन ।

विभिन्न अध्ययन अनुसार तरकारी बालीमा प्रयोग भइरहेको ८५ प्रकारका विषादीले क्यान्सरले हुन सक्ने खतरा छ । तर यसको परीक्षण भने प्रभावकारी हुन सकेको छैन ।

विषादी परीक्षणको लागि देशभर सात वटा विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला छन् तर ति प्रयोगशालामा थोरै ठाउँको तरकारीको मात्र विषादीको मात्रा परीक्षण गर्ने गरिएको छ ।

सीआईएनको रिर्पोटिगंको क्रममा केन्द्रीय प्रयोगशालाम समेत दिनमा ६ देखि १० वटा तरकारीमा मात्र विषादी परीक्षण गरिने गरेको पाईएको छ । तरकारीमा प्रयोग हुने विषादीको मात्रा कति र कस्तो छ भन्ने प्रभावकारी रुपमा परीक्षणमा नहुँदा हरेक नागरिकले विषादी खाईरहेका छन् ।

जसले गर्दा अबको केही वर्षमा क्यान्सर, बाँझोपन, अन्धोपन, किड्नी, श्वासप्रश्वास लगाएतका समस्या बढ्न सक्ने विषादी विज्ञहरु बताउँछन् ।


काठमाण्डौं,माघ १६ गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदहरुको बलिदानीले लोकतन्त्र र मानवअधिकार विरोधी शक्तिहरु परास्त भएको बताउनुभएको छ । शहीद दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गर्नुभएको हो ।

राणा शासन विरुद्ध विं सं १९९७ मा  दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले गरेको बलिदानीको स्मरण गर्दै प्रधानमन्त्री ओलीले उहाँहरुको बलिदानीले नेपालको लोकतान्त्रिक आन्दोलनप्रति गौरव लाग्ने गरेको उल्लेख गर्नुभएको छ ।

“पुस्तौंदेखि अनवरत् रुपमा लोकतन्त्रका निम्ति संघर्ष गर्दै नेपाली समाज संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ युगमा आइपुगेको छ ”प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ “राजनीतिक संक्रमण सम्पन्न गरी हामी देशको विकास र आर्थिक सामाजिक रुपान्तरणका लागि केन्द्रीकृत भएका छौं ।

त्यसैले वर्तमान सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको ध्येय सम्पूर्ण राष्ट्रको साझा लक्ष्य बन्न पुगेको छ ।” दशकौं अघि क्रान्तीवीरहरुले देखेको राजनीतिक अधिकार प्राप्तीको सपना साकार भएको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ । 



काठमाण्डौं,माघ १६ गते । रातो तारा डट कम,देशभर विभिन्न कार्यक्रम गरी आज माघ १६ शहीद दिवस मनाइँदैछ । देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने शहीदप्रति सम्झना र सम्मान प्रकट गर्दै यो दिवस मनाउने गरिन्छ ।

नेपाली जनतालाई सार्वभौमसत्तासम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवं लोकतान्त्रिक आन्दोलनमा आफ्नो जीवनको आहूती गरेका वीर सपूतको सम्झनामा हरेक वर्ष यो दिवस मनाइदै आइएको छ ।

माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने परपम्परा छ । नागरिक स्वतन्त्रताको माग गर्दा वि.सं १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचली, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा तथा गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणाशासकले मृत्युदण्ड दिएका थिए ।



काठमाण्डौं,माघ १६ गते । रातो तारा डट कम,युएई विरुद्धको एकदिवसीय क्रिकेट शृङला जितेसँगै नेपाल एकदिवसीय क्रिकेट वरियता क्रममा प्रवेश गरेको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले गएराति वरियता सार्वजनिक गर्दा नेपालले पहिलो पटक स्थान बनाउन सफल भयो ।

नेपाल आईसीसी वरियताको पुछारमा छ । वरियता क्रममा नेपालको रेटिङ १५ छ भने १ सय ५२ अंक छ । एकदिवसीय वरियताको शीर्ष स्थानमा इङ्ल्याण्ड छ । इङ्ल्याण्डको रेटिङ १ सय २४ छ भने अंक ६ हजार ९ सय ३७ छ ।

वरियता क्रममा भारत दोस्रो, न्यूजिल्याण्ड तेस्रो, दक्षिण अफ्रिका चौथो, पाकिस्तान पाँचौं, अष्ट्रेलिया छैटौं स्थानमा छन् । यस्तै, बंगलादेश, श्रीलंका, वेष्ट इण्डिज र अप्mगानिस्तान पनि शीर्ष १० भित्र अटाएका छन् । युएईविरुद्धको तेस्रो तथा अन्तिम खेलमा ४ विकेटको जित हासिल गर्दै नेपालले पहिलो पटक एकदिवसीय श्रृंखला जितको थियो । 





काठमाण्डौं,माघ १६ गते । रातो तारा डट कम,ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपालमा भ्रष्टाचारको स्थिति चिन्ताजनक रहेको जनाएको छ । ‘भ्रष्टाचार अवधारणा सूचकांक २०१८’ सार्वजनिक गर्दै ट्रान्सपरेन्सीले आम निर्वाचनपछि पनि नेपालमा भ्रष्टाचारको स्थिति चिन्ताजनक देखिएको जनाएको हो ।

१ सय ८० मुलुकलाई समेटेर गरिएको सर्वेक्षणमा नेपाल ३१ अंक प्राप्त गरी १ सय २४ औं स्थानमा छ । नेपालको सार्वजनिक क्षेत्रमा भ्रष्टाचार, व्यापार–व्यवसायमा घुस, सार्वजनिक पद र अधिकारको दुरुपयोग, अनुगमन र कारबाहीमा कमी, सूचनामा नागरिकको पहुँचमा कमी भएको प्रतिवेदनमा उल्लेख छ ।

राजनीतिमा भ्रष्टाचारजस्ता दीर्घकालीन समस्या विद्यमान रहेको भन्दै ट्रान्सपरेन्सी इन्टरनेसनले गत वर्षको तुलनामा यस वर्ष भ्रष्टाचारको अवधारणामा सुधार नभएको देखिएको जनाएको छ ।

सूचकांकमा डेनमार्कले कुल १०० मा ८८ अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक भएको छ भने सोमालिया १० अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा सूचीकृत छ ।


शिव भट्टराई सुनसरी माघ १५गते । रातो तारा डट कम,
नेपाली चलचित्र ‘रातो गलबन्दी’को छायांकन शुरु भएको छ। केहि दिन अगाडी देखि चलचित्रको छायांकन शुरु भएको हो।

त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र ‘रातो गलबन्दी’मा कलाकारहरु केकि अधिकारी, कोशिस क्षत्री, बुद्वि तामाङ्ग, अर्जुन गुरुङ, हेमन्त बुढाथोकी लगायतका कलाकारहरुले अभिनय गरेका छन्।

मनिष्मा फिल्मस् प्रा.लिको ब्यानरमा निर्माण भईरहेको चलचित्र ‘रातो गलबन्दी’लाई हिमाल कडरियाले निर्माण गरेका छन्। चलचित्रलाई अनिष थापाले निर्देशन गरेको चलचित्र ‘रातो गलबन्दी’ ईलाम, झापा, मोरङ्गका बिभिन्न ठाउँमा गरिने निर्माण पक्षले जनाएको छ keki 2

करिव एक करोडको लगानीमा निर्माणाधिन चलचित्र ‘रातो गलबन्दी’ लाई पूर्वेली छायाँकार सुमन तामाङ्गले खिचेका हुन् त्यसैगरी मेकअप मेन सोम मगर्ति रहेका छन् भने चलचित्रमा तीनवटा गित रहेको र गितमा बिनोद खम्बुको संगित रहेको छ।


शिव भट्टराई इटहरी माघ १५ गते । रातो तारा डट कम,
हस्यकलाकार मनोज गजुरेलले अभिनय गरेको पहिलो चलचित्र ‘सयकडा दश’को प्रचार गर्न चलचित्र टोलि पूर्व आएको छ ।

भ्रष्टाचार विरुद्धको चलचित्र भनेर प्रचार गरिएको सयकडा दशका निर्देशक रामशरण पाठक, अभिनेता मनोज गजुरेलसँगै अभिनेता अमृत ढुंगाना पनि फिल्मको प्रबर्धनमा पूर्वमा छन् । मनोज गजुरेलले पहिलो पटक अभिनेताका रूपमा अभिनय गरेको चलचित्र ‘सय कडा दस’ माघ १८ गते देशव्यापी रिलिज हुने भए पछी मनोज गजुरेल पनी प्रचार प्रसारको क्रममा पुर्व आएका हुन ।

सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गरी हास्य कलाकार गजुरेलले भष्टाचारको बिरुद्ध पे्रम र सकरात्मक सन्देश दिनको लागी आफुले चलचित्रमा अभिनय गरेको बताए । समाजलाई सदाचारी बनाउन सय कडा दश ले सहयोग गर्ने गजुरेलले विश्वास व्यक्त गरे । गजुरेलले चलचित्र हेर्ने दर्शकहरुले मनोरञ्जन लिने मात्र होइन चलचित्र हेरेर पनी भ्रष्टाचार विरुद्धको अभियानमा सहभागी बन्न सक्ने बताएका छन । निर्देशक रामशरण पाठकले चलचित्रले प्रेम र समाजमा आर्थिक भ्रष्टाचारले पर्ने असरको दृश्य चर्चा गर्ने बताए ।

चलचित्रमा हास्य अभिनेता मनोज गजुरेल सँगै राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राई, उत्सव न्यौपाने ले अभिनय गरेका छन । चलचित्र लाई रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय, संजीव न्यौपानेले दर्शन नेपाल क्रिएसनको ब्यानरमा फिल्म निर्माण गरेका हुन् । भष्टाचारका कारण प्रेम, समाज र परिवारमा पर्न गएको समस्यालाई चलचित्रले उठान गरेको निर्देशक रामशरण पाठकले इटहरीमा पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।


काठमाण्डौं,माघ १६ गते । रातो तारा डट कम,चितवनमा जन्मिएका गायक सुदन गैरेलाई सानै देखि गीत संगीत, कला र साहित्यमा रुचि थियो। कलेजमा पढ्दा फाइन आर्टका विद्यार्थी गैरेले कलेजकै समय तिर पहिलो एल्बम तरेली सार्वजनिक गरेका थिए। २०६५ सालमा दोस्रो एल्बम Define सार्वजनिक गरेका गायकको तेस्रो एल्बम Distance २०७० सालमा सार्वजनिक भएको
थियो  । 

गीत संगीतबाट केही समय टाढा रहेका उनी  केहि वर्ष यता सोलो गीतहरु सार्वजनिक गर्दै आएका छन। बिगत ८ वर्ष देखि अमेरिका बस्दै आएका यी गायकले आफ्नो नयाँ गीत सानी बजारमा ल्याएका छन। 

सुदन गैरेको स्वर , शब्द संगीत रहेको यस गीतमा प्रतिमा शर्माको शब्द रहेको छ भने आशिष अविरलको संगीत सयोजन  रहेको छ। उत्सव दहालले खिचेको यस गीतको भिडियोलाई  गम्भीर बिस्टले  कोरियोगार्फ  गरेका हुन।  म्युजिक भिडियो र फिल्ममा चर्चित कलाकार पल शाह र एलिशा राईको अभिनय भिडियोमा देख्न सकिन्छ ।  सुब्रत राज आचार्यको कन्सेप्ट र निर्देशनमा गीतको भिडियो तयार भएको हो।

मोरङ, माघ १५ गते । रातो तारा डट कम,मोरङको विराटनगर महानगरपालिका-१४ जतुवामा ट्रिपरको ठक्करबाट साईकलमा सवार १ किशोरी घाइते भएकी छन् । बिहान साढे ११ बजे उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको ना १ क ६२७१ नम्बरको ट्रिपरले सोही दिशा तर्फ आउँदै गरेको साईकलयात्री विराटनगर महानगरपालिका-१५ बस्ने बर्ष १८ की अनिता कुमारी शाह लाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते किशोरीलाई उपचारको लागि कोशी अंचल अस्पताल बिराटनगर पठाएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ । ठक्कर दिने ट्रिपर र चालकलाई प्रहरीको नियनत्रणमा राखिएको उक्त कार्यालयले जनाएको छ ।


बिराटनगर, माघ १५ गते । रातो तारा डट कम,इलाका प्रहरी कार्यालय रानीले सोमवार बरामद गरेको अन्दाजी १ लाख ५० हजार मूल्य बराबरको मोटर पार्टस् भन्सार बुझाएको छ ।

भारतबाट अवैध रुपमा नेपाल तर्फ ल्याउँदै गरेको मोटरको पार्टपूर्जा सहित बिराटनगर महानगरपालिका-५  बस्ने बर्ष ३० को बिकाश सिन्हालाई पक्राउ गरेको थियो ।

विराटनगर महानगरपालिका-१५ दक्षिण गेटबाट प्रहरीले साँझ ६ बजे को २० प ९४८५ नम्बरको मोटरसाईकल सहित पक्राउ परेका सिन्हालाई आवश्यक कारवाहीको लागि आज विराटनगर भन्सार कार्यालय रानीमा बुझाईएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।



श्याम राई-उदयपुर-गाईघाट,माघ १५ गते । रातो तारा डट कम, सरकारी तथा निजी अस्पताल एंवम नर्सिङ्ग होममा सामान्य एंवम जटिल किसीसमो शल्य क्रिया  नहुदा बल्ड बैंकबाट रगतको खपत निकै कम हुने गरेको छ ।

गाईघाटस्थीत २ वर्ष अघि संचालनमा आएको बल्ड बैंकमा पर्याप्त रगत संकलन हुने गरेपनि निजी एंवम सरकारी अस्पतालबाट रगतको माग निकै कम मात्रामा हुने गरेको छ । 

मासिक ६० देखि १०० पोका सम्म रगत संकलन हुने गर्छ । तर बढीमा १० देखि १२ पोका सम्म रगत खपत हुदै आएको छ । बल्ड बैंकबाट रगत कम खपत हुनुमा जिल्लास्थीत कुनै पनि निजी तथा सरकारी अस्पतालले शल्यक्रियाको सेवा उपलब्ध नगराउनु प्रमुख रहेको रेडक्रस उदयपुर शाखाका अधिकृत खिलराज गुरागाईले बताए ।

‘ अहिले निकै  न्यून रुपमा रगत खपत भैरहेको छ । खपत कम भएकै कारण यहा जम्मा भएको रगत बाहिर जिल्लामा पठाउने गरेका छौ ।’ अधिकृत गुरागाईले भने ।‘ अहिले यहा १०, १२ पोका सम्म मासिक खपत हुन्छ । जम्मा भएको अनुपातमा खपत कम भएकै कारण रगत अन्यत्र पठाउनु परेको उनले बताए ।’

जिल्ला अस्पताल उदयपुरले प्रसुती सेवा संचालन गर्दा रगतको खपत बढी रहेको उनले बताए । स्त्री रोग विशेषज्ञ डाक्टरको सरुवापछि अहिले जिल्ला अस्पतालमा प्रसुती सेवा पूरै बन्छ । सामान्य चिरफार समेत अस्पतालमा हुदैन । त्यसैले प्रसुती लगायतका शल्यक्रिया गरिदा रगतको निकै आवश्यकता पर्ने हुन्छ ।

‘ ति सबै सेवा बन्द हुँदा उदयपुर अस्पताल आउने विरामीलाई अन्यत्र रेफर गरिदै आएकोले अस्पतालबाट रगतको माग नभएको बल्ड बैंकका कर्मचारीको भनाई छ ।
गाईघाटस्थीत केही निजी अस्पतालले भने कहिले काही रगत लाने गरेको अधिकृत गुरागाईले बताए ।

उनले खपत भएर बाकी रहेको रगत धरान, लहान र विराटनगरस्थीत बल्ड बैंकलाई पठाउने गरेको बताए । रगत संकलन गरेपछि कम्तिमा २५ दिन भित्र प्रयोग गरि सक्नु पर्ने हुन्छ ।

बल्ड बैंक उदयपुरले संकलन गरेको रगत २५ दिन प्रयोग नआएपछि अन्य जिल्लाको बल्ड बैंकलाई खबर गरेर पठाउने गरेको रेडक्रस उदयपुरले जनाएको छ ।

बल्ड बैंकले उपलब्ध गराउने सबै किसीमको रगत विरामीलाई निशुल्क उपलब्ध गराउदै आएको छ । रगत चेकजाच र रगत भर्ने व्यागको भने प्रति व्याग ७ सय ३५ रुपैया लिने गरेको छ ।
तत्कालिन अंचल प्रशासक राम कुमार सुब्बाले निर्माण गरिदिएको बल्ड बैंकको भवनमा गणतन्त्र आएपछि मात्र २ वर्ष अघि बल्ड बैंक संचालनमा आएको हो । 

काठ निकासी गर्दा वन कर्मचारीले लिदै आएको कमिसन रोक्कागरि सुब्बाले सामाजिक काममा उक्त कमिसन खर्च गर्ने परिपाटीको थालनी गरेपछि सामाजिक विकास केन्द्र उदयपुरले बल्ड बैंक संचालनको लागि भवन निर्माण गरेको थियो । भवन बने पश्चात राजतन्त्र उन्मुलन भएपछि बल्ड बैंक लामो समयसम्म संचालन हुने सकेको थिएन । 

गगन थापा स्वास्थ्य मंत्री भएपछि उनकै सक्रियतामा बल्ड बैंक संचालनमा आएको अस्पताल विकास समितिका अध्यक्ष राकेश खत्रीले बताए ।









तेह्रथुम, माघ १५ गते । रातो तारा डट कम,सम्मानित जिल्ला अदालत तेह्रथुमबाट कर्तब्य ज्यान मुद्धामा २० बर्ष कैद सजाय भई फरार रहेका १ जना प्रतिवादीलाई  काठमाण्डौबाट प्रहरीले पक्राउ गरेको छ । 

बिशेष सुराकीको आधारमा महानगरीय प्रहरी वृत महाराजगंज र जिल्ला प्रहरी कार्यालय तेह्रथुमको संयुक्त टोलीले काठमाण्डौं महानगरपालिका-२६ सामाखुसीमा डेरा गरी लुकीछिपी बसिरहेको अवस्थामा मोरङ डाँगीहाट-५ घर भएका बर्ष २८ को मिलन ओझालाई पक्राउ गरेको हो । 

ओझा उपर सम्मानित जिल्ला अदालतले २०७३ साल कार्तिक २३ गतेको फैसलाले २० बर्ष कैद सजाय सुनाएको थियो । पक्राउ परेका ओझालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ  । उनलाई सम्मानित अदालतमा उपस्थित गराईने जिल्ला प्रहरी कार्यायल तेह्रथुमले जनाएको छ ।


मोरङ, माघ १५ गते । रातो तारा डट कम,इलाका प्रहरी कार्यालय रानीले आइतवार बरामद गरेको अन्दाजी १ लाख २ हजार ७ सय ८० रुपैयाँ मूल्य बराबरको अवैध सामान आज भन्सार बुझाएको छ ।

“सिमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण अभियान” अन्तर्गत बिराटनगर महानगरपालिका-१५ बाट आइतवार अपरान्ह ४ बजे खाद्यान्न लत्ता-कपडा बरामद गरेको थियो । 

बरामद गरेको उक्त सामान आज विराटनगर भन्सार कार्यालय रानीमा बुझाएको इलाका प्रहरी कार्यालय रानीले जनाएकोछ ।



विराटनगर, माघ १४ गते । रातो तसरा डट कम, विराटनगरस्थित आरोहण गुरुकुलमा ‘एकरात’ नाटक सोमबारदेखि मञ्चन हुने भएको छ । इन्द्र परियारले निर्देशन र यूवा गायक प्रवलदीप विशवासले संगीत रहेको उक्त नाटक माघ १४ देखि १८ गतेसम्म गुरुकुलमा मञ्चन हुने भएको हो ।

नेपाल साँस्कृतिक संघ मोरङको आयोजनामा हुने ‘एकरात’ नाटकको मुख्य कलाकारमा निरज ब्ल्याकको भूमिका रहेको छ । पछिल्लो समय कलाकारिता क्षेत्रमा आफनो छुट्टै पहिचान बनाउन सफल भएका निरज थुप्रै नाटक तथा सानो पर्दाको चलचित्रहरूमा अभियन गरेका छन् । 

सो नाटक पाँच दिनसम्म गुरुकुलमा मञ्चन हुनेछ । नाटकमा संगीता यादव, सुनिता घिमिरे, विकास पराजुली, राजेश ठाकुर, अंकिता विश्वास, अंशु अशेष गिरीलागयले अभिनयन गरेको नेपाल साँस्कृतिक संघका अध्यष राजुल थापाले बताए ।

यस अघि पनि एकरात नाटक आरोहण गुरुकुलमा मञ्चन भएको थियो । एक सतासम्म मञ्चन भएको नाटक दर्शकहरूले अत्याधिक रुपमा रुचाइ दिएको कारणले पुनः मञ्चन गर्ने तयारी गरेको कलाकार निरज ब्ल्याकले बताए । ‘दोस्रो पटक मञ्चन हुने नाटक फेरी दर्शकहरूले रुचाउने विश्वास लिएको छु,’ उनले भने, ‘यस नाटकको कथा र हाम्रो अभियन गर्ने प्रस्तुती राम्रो भएको दर्शकले मन पराउनछेन् । ’


शिव भट्टराई माघ १४ गते । रातो तारा डट कम,बिराटचौक घिनाघाट सडकमा टिपर सञ्चालनमा नगरपालिकाद्धारा रोक  बिराटचौक ।

मोरङको सुन्दरहरैचा ११ स्थित घिनाघाट मार्गमा सोमबार बिहान टिफरको ठक्करबाट ११ बर्षिया बालिका लक्ष्मी ढकालको मृत्यु भएपछि सो क्षेत्र दिनभर तनावग्रस्त बनेकोछ ।

दुखद घटनाबाट सिर्जित अबस्थालाई मध्यनजर गरी सुन्दरहरैचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालको प्रमुख आतिथ्यमा बसेको बैठकले सो क्षेत्रमा तत्काल टिफर सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।

 बैठकमा उपप्रमुख धना तामाङ,प्रदेशसभा सदस्य राजकुमार ओझा लगायत सो क्षेत्रका राजनीतिक दलका प्रतिनिधि र बुद्धिजिवीको सहभागिता थियो । 

बैठकले घटनाप्रति दुख ब्यत्त गर्दै सो टिपरका चालकको दोष देखिएका कारण तत्काल पक्राउ गरी उनलाई कारबाही गर्न प्रशासन सँग माग समेत गरेको नगरप्रमुख शिवप्रसाद ढकालले जानकारी दिएका छन ।

सुनसरी, माघ १४ गते । रातो तारा डट कम,सुनसरीको कोशी गाउँपालिका-७ केरावारीमा म्याजिक भ्यानको ठक्करबाट आइतवार १ जना साईकलयात्रीको मृत्यु भएको छ ।

दिउँसो पौने ४ बजे पूर्व-पश्चिम राजमार्गमा पूर्वबाट भाण्टावारी सम्म बिद्यार्थी पुर्‍याएर फर्कदै गरेको को १ ज २६४८ नम्बरको म्याजिक भ्यानले सोही दिशा तर्फ आउँदै गरेको साईकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट साईकलमा सवार भारत सुपौल बस्ने बर्ष-६२ को शिव नारायण यादव गम्भीर घाइते भई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा पठाईएकोमा उपचारको क्रममा अपरान्ह साढे ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ठक्कर दिने म्याजिक र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको उक्त कार्यालयले जनाएकोछ ।



बिराटनगर, माघ १४ गते । रातो तारा डट कम,जिल्ला कारागार मोरङमा जवरजस्ती मुद्धामा कैद सजाय भुक्तान गरिरहेका १ जना कैदीको उपचारको क्रममा मृत्यु भएको छ ।

मोरङ हसन्दह-६ घर भएका बर्ष ८२ को घुन्सी ऋषीदेवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । दम सम्बन्धी रोग भएका ऋषीदेवलाई उपचारको लागि कोशी अंचल अस्पताल पठाईएकोमा उपचारको क्रममा राती १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


बिराटनगर माघ १४ गते । रातो तारा डट कम,मोरङको सुन्दरहरैचा नगापालिका वार्ड नं १२ स्थित विराटचौमा दुर्घटना भएँको छ ।

विराटचौकबाट कारीब २ किमी तल पुल चौक स्थित ११ वर्षिय बच्चा लक्ष्मी ढकाललाई टिपरले ठक्कर दिदा उक्त बालकाको घटना स्थलमै मृत्यु भएँको प्रहरीले जनाएकोछ ।

बालकाको मृत्यु पश्चात उक्त स्थानमा स्थानिय बासी आक्रोशित भएका छन । आक्रोशित बनेका स्थानियले इक्त स्थानमा राखिएका ११ वटा टिपरलाई आगो लगाएर जलाएका छन ।

हाल सम्म ११ वटा टिपरलाई आगो लगाई सकेका छन ।
घटनाले उघ्र रूप लिए पछि सयौको सख्यामा अहिले प्रहरी परिचालन भैईरहेका छन ।  प्रशासनले कर्फ्यु लगाइ सामे पार्ने
कोसीस गरिरहेको जनाइएको छ। 

उक्त स्थानमा महिनै पिछे एक जनाको ट्रीपरको ठक्करबाट मृत्यु हुने गरेकोे स्थानिय युवा प्रविण चापागाईले बाताएका
छन ।

{फायल फोटो}

काठमाण्डौं,माघ १४ गते । रातो तारा डट कम,८औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै बर्दियामा निर्माण भईरहेका राष्ट्रिय स्तरका  कभर्ड हलहरूको निर्माण कार्य तीव्र पारिएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा बाँसगढीमा कबर्डी, भुरिगाँउमा खो–खो र गुलरियामा एथलेटिक्स प्रतियोगिता सञ्चालनका लागि राष्ट्रिय स्तरका बहुउदेश्यीय कभर्डहल निर्माण भइरहेका छन् ।



बर्दियाका सबै स्थानहरूमा निर्माण भईरहेका कभर्डहलहरूको मापदण्ड अनुसार गुणस्तरीय रुपमा काम तीव्र गतिमा भईहरको र यहि माघ महिना भित्र ट्रष्ट निर्माणको काम सकिने राष्ट्रिय खेलकुद परिषदका प्राबिधिक दुष्युन्त बस्नेतले बताउनु भयो ।

काठमाण्डौं,माघ १४ गते । रातो तारा डट कम,फोरजी सेवा विस्तार गर्न भन्दै नेपाल टेलिकमले अघि बढाएको टेन्डर प्रक्रियामाथि सांसदहरूले प्रश्न उठाएका छन् । संसदको अर्थ समितिको आजको बैठकमा सांसदहरूले २÷४ अर्बमै सकिने कामलाई १८ अर्ब खर्चिएर नयाँ परियोजना अघि बढाइनुको औचित्य पुष्टि हुन नसकेको बताएका छन् ।

सांसद रामकुमारी झाँक्रीले टेन्डर प्रक्रियामा धेरै आशङ्का रहेको बताउनुभयो । सत्तारुढ सांसद मेटमणि चौधरीले पनि टेलिकमको यो परियोजना पारदर्शी नभएको आरोप लगाउनुभयो । अहिलेकै प्रविधिमा स्तरोन्नति गर्दा हुने काममा अर्बौ खर्च नगर्नु सही नियत नभएको उहाँको भनाइ छ ।

कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले भने परियोजना रोक्नेतिर सांसदले कुनै पनि कदम चाल्न नहुने धारणा राख्नुभयो ।




काठमाण्डौं,माघ १४ गते । रातो तारा डट कम,नेपाल चिकित्सक सङ्घले डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै भोलिदेखि रिले अनशन सुरु गर्ने भएको छ । आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भएको चिकित्सकहरूको भेलाले केसीको माग पूरा गरी जीवन रक्षाको माग गर्दै रिले अनशन सुरु गर्ने निर्णय गरेको हो ।

काठमाडौँ उपत्यकाका चिकित्सकहरूले त्रिवि शिक्षण अस्पतालमा नै रिले अनशन गर्ने चिकित्सक सङ्घका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले जानकारी दिनुभयो । काठमाडौँ उपत्यकाबाहिरका चिकित्सकले आफू कार्यरत अस्पतालमा वा सङ्घको शाखा कार्यालयमा रिले अनशन बस्ने पनि उहाँले जानकारी दिनुभयो ।

यसअघि चिकित्सक सङ्घले सरकारलाई केसीको माग पूरा गर्न ७२ घण्टे अल्टिमेटम दिएको थियो । प्रतिनिधिसभाबाट पारित भएको चिकित्सा शिक्षा विधयेक भोलि राष्ट्रियसभा बैठकमा पेस हुने भएको छ ।

राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विधेयकलाई सभामा टेबुल गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको विरोधका बीच प्रतिनिधिसभाबाट बहुमतले विधेयक पारित भएको थियो ।




शिव भट्टराई -माघ १३ गते । रातो तारा डट कम,सधै व्यस्त रहने शहरमा सान्त अनि पारिवारिक रुपले मनोरंजनकोलागि मोरंङको सुन्दरहरैचानगरपालिकामा रहेको गोकुलम रिसोर्टले नयाँ शैलिको बिस्तार गरेको छ । 

मानिसहरु कामको व्यस्ततालाई भुलाउन  मनोरञ्जन गर्न अनेक स्थानको खोजी गर्छन त्यसको लागि प्रदेश एकमा पर्यटनको बिकास गर्ने उद्धेश्य सहित सञ्चालनमा रहेको गोकुलमले राति क्याम्प फायरको व्यवस्था सहित पारिवारिक रुपले खोलाको किनारमा बसेको अनुभव हुने गरिको व्यवस्था मिलाएको हो ।

बिकसित मुलुकहरुमा परिवार, साथीभाईहरु मिलेर  मनोरञ्जन  गर्न खोलाको किनारमा क्याम फयरको मज्जा लिने गरेको बताउदै नेपालमा पनि यस्तो प्रचलन सुरु भएको र प्रदेश एकमा पनि सुरु गरेको गोकुलमका सञ्चालक राधेश्यम पौडेलले बताए ।

पर्यटकलाई आर्कषर्ण गर्न गोकुलमले बिभिन्न योजनाहरु ल्याएर आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषण गरिरहेको छ । गोकुलम भित्र बोटिंग, बिभिन्न मुर्तीहरु, चिल्ड्रेन पार्क, बिभिन्न प्रजातीका पशुपक्षिहरु, रोटेपिंग लगायत अवलोकनकोलागी व्यवस्था मिलाएको छ ।

पर्यटकलाई अझ आर्कषण गर्न एउटा पुरानो बिमानलाई ल्याएर पेल्नको मज्जा दिने व्यवस्था मिलाएको छ । सबैले प्लनको मज्जानलिएको हुन सक्ने भन्दै प्लनमा हुने व्यवहार लगायत सुरक्षाको जानकारी सबै प्रदान गरिने गोकुलमका सतिष पोख्रेलले बताए ।

पर्यटनको बिकासको लागी सरकारी क्षेत्रबाट मात्रैनभएर निजि क्षेत्रबाट पनि पहलहरु सुरु भएको छ यसले गर्दा प्रदेश एकको आर्थीक उन्नतीमा बिकास हुने सम्भावना देखिन्छ ।


मोरङ, माघ १३ गते । रातो तारा डट कम,पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरी-शनिश्चरे नगरपालिका-१ मा आइतवार स्कुटर दुर्घटनामा परि २ जना घाइते भएका छन् । बिहान१० बजे पश्चिम तर्फ जाँदै गरेको को ३६ प. ३०३२ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा स्कुरमा सवार चालक विराटनगर महानगरपालिका-११ बस्ने बर्ष १९ को उज्वल खरेल र पछाडी सवार रहेका उर्लावारी नगरपालिका-१ बस्ने बर्ष १८ कि सोनु तामाङ घाइते भएकी हुन् । दुर्घटनामा घाइते दुवैलाई उपचारको लागि पथरी अस्पताल
पठाईएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।




सुनसरी, माघ १३ गते । सुनसरीको कोशी गाउँपालिका-१ लौकही बस्ने त्रिलोचन यादवको धान र पटुवा गोदाममा आगलागी हुँदा अन्दाजी १ करोड ३८ लाख ८० हजार मूल्य बराबरको क्षति भएको छ । बिहान सवा ९ बजे भएको आगलागीबाट यादवको १ तले पक्की भवनको गोदाममा राखेको अन्दाजी १२ लाख ५० हजार मूल्य बराबरको ४ सय ५० क्विन्टल धान, अन्दजी १ करोड २५ लाख ७० हजार मूल्य बराबरको ५ हजार मन सनपाट (पटुवा) र अन्दाजी ६० हजार मूल्य बराबरको आंशिक रुपमा घर जलेको छ । उक्त आगलागी दुहबी, ईटहरी र ईनरुवा नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा दिउँसो १ बजे पूर्ण रुपमा नियन्त्रणमा लिएको हो भने आगलागीको कारण भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

बिराटनगर,/ रातो तारा डट कम,आर्थिक बचत तथा ऋण सहकारी संस्था लि. को सातौ वार्षिक साधारण सभा सनिवार  सम्पन्न । आर्थिक बचत तथा ऋण सहकारी  संस्था लि का अध्यक्ष गोकुलबहादुर केसी समेतले पानसमा बती बालेर कार्यक्रमको उदघाटन गर्नु भएको थियो ।

उदघाटन सत्रलाई सम्वोधन गर्दै,केसीले साना साना छरिएर रहेका रकमहरुलाई सकलन गरेर हामीले यो सहकारीको २०६८ साल जेष्ठमा स्थापना गरेको प्रसंङ्घको जानकारी गराउनु भएको थियो ।

आर्थिक बचत तथा ऋण सहकारी  संस्था लि मा आव्द सबै सेयर सदस्य कार्यसमिति सदस्य शुभ चिन्तक सबैको सहयोगबाट यो संस्थाले सातौ वार्षिक साधारण सभा सम्पन्न गर्न सफल भएको कुरा बताउनु हुदै सहयोगका लागि सबैलाई धन्यवाद दिनु हुदै, सभामा वार्षिक प्रतिबेदन समेत पेस गर्नु भएको थियो ।
कार्यकका अतिथि तथा सल्लाकार रामबहादुर केसीले संस्थाको सातौं वार्षिक साधारण सभा सफलताको शुभकामना दिनु भयो ।

कार्यक्रमका अतिथि स्वतन्त्र पत्रकार तेजेन्द्र बहादुर भण्डारीले आफना कुरा राख्दै,यो सानो भए पनि आर्थि कारोवार गर्ने भएकाले यस लाई बैंक नै मान्नु पर्ने हुन्छ । यसले आर्थिक बचत तथा ऋण सहकारी संस्था लि मा आव्द सबैको सानो ठुलो जे होस आबश्यक पर्दा सहयोग पु¥याउदै आएकोले सबैले सहयोग लिने मात्र होइन बेलैमा लगेको रकम समयमा दिएर सहयो बढाउदा राम्रो हुनेछ भन्नु हुदै साधारण सभा सफलताको शुभकामना समेत दिनु भयो ।

संस्थाका सल्लाकार तथा अधिवक्ता राजेन्द्र सुनुवारले काम कामै हो र यो पनि सानो भए पनि बैंकनै भएकाले हामीले आर्थि कारोवार गर्दा अन्य ठाउमा नगइ आफनो सहकारी बैकमै काम कारोवार गर्न सबैलाई आग्रह गर्दै,साधार सभाको सफलताको लागि शुभकामना दिनु भयो ।

लेखा संयोजक सरोज बरालले आफना कुरा राख्दै हाम्रो यो सहकारीले आवव्द सबैको आर्थिक साना तिना समस्यको समाधान गर्न सहयोगि भुमिका खेलेको भन्नु हुदै साधारण सभा सफलताको शुभकामना दिनु भयो ।

ऋण्म संयमेजक दानबहादुर केसीले हामी सबैको सहयोगबा मात्र यो सहकारी राम्रो संग चल्दै आएको र आगानी दिनमा पनि यसले राम्रो प्रगति गरोस भन्नु हुदै सातौ साधारण सभा सफलताको शुभ कामना दिनु भयो ।

लेखा परिक्षक काली दास नेपालले पनि सातौ वार्षिक साधारण सभा सफलताको लागि शुभकामना दिनु भएको थियो ।
मनिसा भट्टराईले स्वागत मन्त्व्य दिनु भएको थियो भने दुर्गा भण्डारीले शुभकामना दिनु भएको थियो । कार्यक्रमा उदघोषण सन्तोषी सुनुवारले गर्नु भएको थियो ।
पुरस्कार बितरण,
आर्थिक बचत तथा ऋण सहकारी संस्था लिको सातौ बार्षिक साधार सभाले एस इ इ मा उतकृष्ट अंक ल्याएरु पास गर्ने सेयर सदस्यका छोराछोरीलाई नगद र प्रमाण पत्र दिएर सम्मान गरिएको थियो

यसरी सम्मान हुने अंशु निरौला,सेवल सरिङ सुनुवार,आयुसा भण्डारी,अशेष केसी रहेका छन ।


बिराटनगर माघ १३ गते । रातो तारा डट कम,
विराटनगरमा अनलाइन सपिङ्ग साईट सञ्चालनमा आएको
छ । बिज संसार डट कम नाम दिएर अनलाइन सपिङ्ग साईट सुरु भएको हो । आईतबार एक कार्यक्रमविच उक्त साईटको अफिसियल लञ्च गरिएको छ ।

बिराटनगर र वरिपरिका सर्वसाधारणलाई घर बसीबसी अनलाइन सपिङ्ग गर्न साहयता होस् भन्ने उदेश्यले उक्त साइट लञ्च गरिएको साइटका प्रबन्ध निर्देशक संदिप तामाङले जानकारी दिए ।

विराटनगरका मेयर भीम पराजुलीले उक्त साइटको लञ्च गरेका थिए । उक्त सपिङ्ग साइटमा विभिन्न वस्तुहरु राखिएको र सामान ग्राहकले पाएपछि मात्रै पैसा तिर्नुपर्ने व्यवस्था गरिएको तामाङले जानकारी दिए ।

साथै उक्त साइटको ब्रान्ड एमबासिडर म्यान हन्ट इन्टरनेशनल तथा युवा अभियानता साजिद आलम रहेको पनि कार्यक्रममा घोषणा गरिएको थियो ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.