Websoft University

सिन्धुपाल्चोकमा जलवायु सम्मेलन स्थलमा,७७ वटा झन्डा फहराइयो

(फायलफोटो)

काठमाण्डौं,पुस १६ गते । रातो तारा डट कम, सिन्धुपाल्चोकको मेलम्चीमा राष्ट्रिय जलवायु सम्मेलन शुरु भएको छ । जलवायु परिवर्तनका कारण पर्यावरणको अस्तित्व संकटमा परेकाले त्यसको न्यूनीकरणका लागि ७७ जिल्लाका जिल्ला समन्यवय समितिका संयोजकहरू सम्मेलनका लागि मेलम्ची नगरपालिका, ज्यामिरेको गुफाडाँडामा भेला भएका छन्् ।

आज सोमबार र मंगलबार चल्ने जलवायु सम्मेलनमा सिन्धुपाल्चोकका १२ स्थानीय तहका प्रमुख तथा उपप्रमुख, ७७ जिसस प्रमुख र विषयगत मन्त्रालयका सचिवसमेतको उपस्थिति रहने कार्यक्रम संयोजक कृष्णगोपाल तामाङले जानकारी दिनुभयो । कार्यक्रमको प्रचारप्रसारका लागि आज  काठमाडौंको तिनकुनेदेखि मेलम्ची खानेपानीको मुहान तिम्बुसम्म गाडी र्यालीको आयोजना गरीएको छ । भोलिदेखि गुफाडाँडामा सम्मेलन चल्नेछ ।

कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकको भनाई छ । यसैबिच सिन्धुपाल्चोको उत्तरी भेगमा पर्ने गुफाडाँडा आफैँमा मनोरम ठाउँ हो । नगरकोटदेखि उत्तरका लस्करै हिमाल अवलोकन गर्न सकिने गुफाडाँडाबाट जलवायु परिवर्तनको असरसमेत नियाल्न सकिने आयोजकको दाबी छ । जिल्ला समन्वय समिति महासंघले गर्न लागेको कार्यक्रमको व्यवस्थापकीय जिम्मेवारी सिन्धुपाल्चोक जिल्ला समन्वय समितिले लिएको छ ।

जिल्लाको उच्च ठाउँमध्ये रहेको गुफाडाँडामै सम्मेलन आयोजना गर्दा जलवायु परिवर्तनको असरका बारेमा मूर्त छलफल गर्न पाइने आयोजकको दाबी छ । सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाइरहँदा जिसस प्रमुखहरू सिन्धुपाल्चोक आईपुगेका छन् ।

सम्मेलनस्थलमा ७७ जिल्ला झल्कने राष्ट्रिय झन्डा र ७ फिट अग्लो मूर्तिसमेत राखिएको
छ । दुई दिन चल्ने सम्मेलनले सिन्धुपाल्चोक घोषणापत्र समेत जारी गर्नेछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.