Websoft University

नेपाल नागरिक उड्डयन प्राधिकरणको २० औं वार्षिकोत्सव सम्पन्न


विराटनगर, पुस १७ गते । रातो तारा डट कम,विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा वनाउन अविलम्व २ सय ५० विघा जमीन अधिग्रहण गर्नुपर्ने प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले वताए । 

नेपाल नागरिक उड्डयन प्राधिकरणको २० औं वार्षिकोत्सवका अवसरमा विराटनगर विमानस्थलले आज विराटनगरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री राईले अन्तर्राष्टिय विमानस्थल वनाउन ३ हजार मिटर धावन मार्ग वनाउनका लागि विमानस्थल पश्चित तर्फको जग्गा मुवाआव्जा दिई लिन ढिला नगर्न जोड दिए ।

विराटनगर विमानस्थलको विस्तार एवम् स्तरोन्नतिका लागि विमानस्थलको आवश्यक विववरण संकलन गरेको जानकारी दिदै मुख्यमन्त्री राईले आगामी हप्ता प्रधानमन्त्री र पर्यटनमन्त्रीसंग भेटी यस सम्वन्धमा छलफल गरी निर्णय गरिने वताए ।

विराटनगर विमानस्थलवाट प्रदेशका १३ स्थानलगायत पोखराका लागि चाडै उडान सुचारु गर्ने वताउँदै मुख्यमन्त्री राईले समृद्धको मूल ढोकाको रुपमा रहेका यस विमानस्थलमार्फ स्वदेशी र विदेशी पर्यटकलाई सगरमाथा क्षेत्रमा पु¥याउन प्रदेश सरकार आवश्यक सहयोग गर्ने
बताए ।
आन्तरिक तथा कानून मन्त्री हिक्मत कार्कीले क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल वनाउँनका लागि आवश्यक डिपिआर तयार भएमा संघीय सरकारले आगामी वर्षको निती तथा कार्यक्रममा समावेश गर्न सकिने वताए । उनले विमानस्थल विस्तारको लागि आवश्यक जग्गाको मुआव्जाको रकमको कुनै पनि कमी नभएको वताउँदै यसलाई क्षेत्रीय अन्तरदेशिय विमानस्थलको विस्तार गरी यात्रुहरुलाई आवश्यक सुविधा प्रदान गर्नु पर्ने बताए ।

प्रदेश १ का प्रदेश सदस्य चुमनारायण तवदारले प्रदेशलाई उत्कृष्ट वनाउँन विमानस्थल विस्तारका लागि आवश्यक रणनीति तयार गर्नु पर्नेमा जोड दिदै यस कार्यमा सरकारलाई साथ दिने बताए ।

विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालयका निर्देशक टेकनाथ सिटौलाको सभापतित्वमा भएको उक्त कार्यक्रमा मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, प्रदेश नं १ का उद्योग वाणिज्य कार्यालयका उपाध्यक्ष राजेन्द्र राउतले भारतको वागडोगरा विमानस्थलवाट नेपाली हवाई यात्रुको छोटो दुरीको अन्तर्राष्ट्रिय उडान न्यूनियनकरणका लागि विराटनगर विमानस्थलवाट चाडै नै छोटो दुरीको अन्तर्राष्ट्रिय उडान शुरु गर्नु पर्ने बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.