Websoft University

सुनसरीमा रहेको सर्दु पुल निर्माण सम्पन्न



शिव भट्टराई - सुनसरी पुस १३ गते । रातो तारा डट कम,
पुर्व पश्चिम राजमार्गको वैकल्पीक मार्गको रुपमा निर्माण भई रहेको धरान हेटौंडा सडक खण्ड अन्र्तगत सुनसरीको धरान देखि चतरा विचमा पर्ने दुई ठुला पक्की पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

वैकल्पीक सडक खण्ड अन्र्तगत सुनसरी तर्फ पर्ने २सय ५० मिटर लामो सर्दु खोलामा रहेको पुल र २५ मिटर लामो ठकुरी पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । पुल निर्माणको जिम्मा पाएको रसुवा कन्ट्क्सनले मिति भन्दा एक वर्ष अघि नै निर्माण कार्य सम्पन्न गरी पुल हस्तान्तरण गर्ने योजना वनाएको जनाएको छ ।

कन्ट्क्सनका प्रतिनिधि आरएन आर्चायले सुनसरी तर्फ निर्माणको जिम्मा पाएको सर्दु र ठकुरी पुल निर्माणको अन्तिम चरणमा पुगेको र पटनाली पुल पनि तिव्र गतिमा निर्माण गरी तोकीएको समय भन्दा एक वर्ष अघि नै निर्माण कार्य पुरा गर्न वताए ।

उनले धरान हेटौडां सडक खण्ड अन्र्तगत ४३ वटा पुलको निर्माण कार्यको जिम्मेवारी पाएको रसुवा कन्ट्क्सनले सम्झौता मिति भन्दा अगाडि नै काम सक्ने गरी निर्माण कार्य भई रहेको समेत जानकारी दिए । रसुवा कन्ट्रक्सनले निर्माणको जिम्मा पाएको पटनाली ,सर्दु र ठकुरी पुलका लागि कुल लागत ५५ करोड रहेको र आगामी सन्२०१९को डिसेम्वर सम्मको समय सिमा रहेकोमा निर्माण कम्पनीले करिव एक वर्ष अघि नै निर्माण कार्य सम्पन्न गर्ने योजना वनाएको हो ।

 सुनसरी तर्फका तीन वटै पुल आगामी असार सम्ममा निर्माण कार्य पुरा गरी हस्तान्तरण गर्न योजना रहेको समेत निर्माण कम्पनीका प्रतिनिधी आर्चायले रातोतारा डट कमलाई वताएका छन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.