Websoft University
November 2018


(स्थलगत रिपोर्ट)  
काठमाण्डौं मंसिर १४ गते । रातो तारा डट कम,छोरा बहिनीको घरमा गएको बेला करिब ८० बर्षिय बुढिआमा घरमा एक्लै थिईन् । करिब ६० पुग्न लागेका छोरा त्यो दिन घर आएनन् । कुरा कार्तिक ११ गतेको हो । भोलिपल्ट छोरा आए, घरको कोठामा चाबी लागेको थियो । छोराले सोचे आमा पोखरा गईन् होला, फोन गर्दा फोन पनि लागेन ।

साँझ पर्न लाग्यो, बुद्ध आमा नआएपछि खोजी भयो, फोन हान्दा घरकै कोठाभित्र घण्टी बज्यो । गाउले बहिनी र छोराले झ्यालबाट हेर्दा बुढी आमाको शब भूईमा देखे पछी तत्काल प्रहरी आयो । माछापुच्छरे गाउपालीका खोरामुख निवासी पेन्सनवाला लाहुरेनी थिईन् ८० बर्षिय कौशिला गुरुङ । उनको हत्या भएको एक महिना पछि हामी उनको घर पुगेका थियौं । हेरौं घटना कसरी भएको थियो ।


बिराटनगर मंसिर १४ गतेे । रातो तारा डट कम,नेपाल पत्रकार महासंघ मोरङ कार्यसमितिको नवौं बैठक मिति २०७५ मंसिर १४ गते जिल्ला कार्यसमिति मोरङका अध्यक्ष श्री बन्धु पोखरेलको अध्यक्षतामा बस्यो । बैठकले गरेका निर्णयहरुको जानकारीका लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।

१.नेपाल पत्रकार महासंघ मोरङको साधरणसभा २०७५ पुस २० गते विराटनगरमा गर्ने निर्णयगरियो। उक्त साधरणसभा सम्पन्न गर्नका लागि अध्यक्ष श्री बन्धु पोखरेलको संयोजकत्वमा उपाध्यक्षहरु श्री कुमोद अधिकारी र सुश्री सुशीला पाठक रहेको मूल समिति निर्माण गरियो ।

यस्तै कोषाध्यक्ष श्री सन्तोष सिग्देलको संयोजकत्वमा सदस्यहरु श्री नविन कर्ण र श्री कौशल निरौला रहेको आर्थिक उपसमिति निर्माण गरियो । साधरणसभामा प्रस्तुत हुनेगरी नेपाल पत्रकार महासंघ मोरङको इतिहास र वर्तमान अवस्था समेट्ने गरी वृत्तचित्र निर्माण गर्ने निर्णय गरियो।

वृत्तचित्र निर्माणका लागि शाखाका सल्लाहकार तथा पूर्व अध्यक्ष श्री महेन्द्र विष्ट संयोजक रहनेगरी पूर्व अध्यक्ष श्री मोहन भण्डारी र शाखाका साधरण सदस्य श्री मोहन मानन्धर सदस्य रहने गरी समिति निर्माण गरियो ।

साधरणसभाका लागि सांगठनिक प्रतिवेदन निर्माण गर्न सचिव श्री अर्जुनकुमार आचार्य र आर्थिक प्रतिवेदन निर्माण गर्न कोषाध्यक्ष श्री सन्तोष सिग्देललाई जिम्मेवारी दिइयो ।

२.आगामि पुस ४ र ५ गते विराटनगरमा हुन लागेको नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलनको सफलताको लागि शुभकामना व्यक्त गरियो ।

३.२२ वर्षदेखि कार्यरत मोरङ शाखाका कार्यालय सचिव श्री दिपक फुयाँललाई आगामि पुस २० गते हुने साधरणसभाको अवसरमा रु.५१,०००।– (अक्षरुपी एकाउन्न हजार मात्र) राशी नगदसहित सम्मान प्रदान गर्ने निर्णय गरियो ।

४.साधरणसभाको अवसरमा वितरण हुने प्रतिभा पत्रकारिता पुरस्कार र नगरविकास पत्रकारिता पुरस्कारका लागि व्यक्ति छनौट गर्न नेपाल पत्रकार महासंघ मोरङका सल्लाहकार श्री विक्रम निरौलाको संयोजकत्वमा सल्लाहकार श्री अनन्तराज न्यौपाने र पूर्व केन्द्रीय सदस्य श्री गणेश लम्साल रहनेगरी छनौट समिति निर्माण गरियो ।

५.नेपाल पत्रकार महासंघ मोरङ शाखाको कार्यालयको सचिवालय,सभाहल,सूचना केन्द्र, पुस्तकालय व्यवस्थापनको काम आगामि साधरणसभा अगाडि नै सम्पन्न गर्ने अध्यक्ष श्री बन्धु पोखरेलद्वारा बैठकमा जानकारी गराउनु भएको
बिज्ञप्ति मार्फत सचिव अर्जुनकुमार आचार्यले जानकारी गराउनु भएको छ ।


विराटनगर-मंसिर १४ गते,शुक्रवार । रातो तारा डट कम,नेपाल कम्यिुृनिष्टपार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारको कामको  मुल्याकंन गर्ने समय भइ नसकेकेको वताउनु  भएको छ ।

विराटनगरमा आज संचारकर्मीसंग कुरागर्दै सरकारले कामको वारेमा गंभिर समिक्षागर्दै परिणामुखि काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाले समय अनुसार सरकाले परिणाम र जनमुखि  काम गर्दै जाने विश्वास व्यक्त गर्नुभयो ।

 राजनितिक  स्वार्थका लागी पार्टिभित्र गुट उपगुट गर्न नहुने वताउनु भएको छ । उहाले गुट  रहित पार्टी निमार्ण गर्नु अहिले जरुरी रहेको वताउनुभयो ।

प्रवक्ता श्रेष्ठले पार्टि भित्र वैचारिक छलफल र अन्तरसर्घष समान्य कुरा हो भन्नुहुदै पार्टि  भित्रको गुट उपगुटलाई जरै देखि हटाउनु आवश्यक रहेको वताउनुभयो ।

उहाले निर्मला पन्त हत्या काण्डका अपराधि पत्ता लागाउन नसक्नु दुखद भएको भन्दै त्यसतर्फ सरकार गंभिर हुनुपर्ने वताउनुभयो ।



झापा, मंसिर १४ गते । रातो तारा डट कम,झापाको मेचीनगर नगरपालिका-६ का बिभिन्न स्थानबाट प्रहरीले ६० हजार बराबरको अबैध समान बरामद गरेकोछ।

ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा भन्सार छली गरी ल्याएको सुख्खा सुपारी, हरियो मटर तथा हाडवेयरका सामानहरु बरामद गरेको हो ।

बरामद भएको सामान आबश्यक कारवाहीको लागि मेची भन्सार कार्यालयमा बुझाईएको उक्त कार्यालयले जनाएको
छ ।



काठमान्डाँ मंसिर १३ गते ।  रातो  तारा डट कम,नेपालको पहिलो महिला रयापर सपना न्यौपाने र गायक सुदिप जोशीको नयाँ रयाप गीत ‘जवानीको टयाक्स ” युट्युबमा सार्वजनिक भएको छ । मायाप्रीतिको कुरालाई समेटेर ल्याइएको यस गीतमा प्रेमका अभिव्याक्तिलाई अधिकतम प्रयोग गरिएको छ । 

गीतलाई सनमुन मोसन पिच्चर ग्रुपले बजार ब्यावस्थापन तथा निमार्ण गरेको हो । डान्सिङ गीतमा प्रेम र रोमान्सलाई समेटिएको 
छ । सुदिप जोशीको शब्द तथा संगीत  गीतमा रहेको छ । गीतको  मर्म बमोजिमको  एरेन्ज राकेश सोनी  गरेका हुन । जेम्स जोशीको कोरियोग्राफी , सन्जय धमलाको निर्देशन , उशा पराजुलीको सम्पादन भिडियोमा रहेको छ ।

‘जवानीको टयाक्स ’ गीतमा विष्णु पौडेल, राहुल परियार  लाक्पा दाण्डी शेर्पा, चाँदनी मल्ल, नूर पन्त, आस्था थापाको फिचरिङ रहेको छ ।



मोरङ, मंसिर १४  गते । रातो तारा डट कम,आफ्नो बसमा आफै आगो लगाएको आरोपमा ईलाका प्रहरी कार्यालय बेलवारीले २ जनालाई पक्राउ गरेको छ । गत मंगलवार मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर-५ को मसान चौकमा राती १० बजे बा ३ ख ८०७४ नम्वरको माइक्रो बसमा आगजनी भएको थियो । 

अज्ञात समुहले बसमा आगजनी गरेको र मोवायल तथा अन्य धनमाल समेत लुटि लगेको भन्ने खवर ईलाका प्रहरी कार्यालय हरैचामा प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय बेलवारी र  ईलाका प्रहरी कार्यालय हरैचाबाट तत्काल प्रहरी टोली खटी गई स्थानीयवासी र दमकलको सहयोगमा उक्त आगो राती २३:३० बजे नियन्त्रणमा लिएको थियो ।

उक्त आगजनी कसले र के कारणले गरेको भन्ने सम्बन्धमा अनुसन्धान गर्ने क्रममा बसकै चालक मन्थली नगरपालिका वडा नं. ५ बस्ने बर्ष-४८ शम्भु कार्की र सहचालक लिखु गाउँपालिका वडा नं. ५ बस्ने बर्ष-२५ को दिनेश बरुवालकै संग्लग्नता रहेको खुल्न आएपछी उनीहरुलाई नियन्त्रणमा लिईएको हो ।

उनीहरुले आफ्नो गाडी पुरानो भई ऋण समेत चुक्ता गर्न नसकेको र बिमा लगायत अन्य क्षतिपूर्ति प्राप्त गर्ने उदेश्यले योजना बद्ध रूपमा आफैले पेट्रोल लगाई जलाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सो सम्बन्धमा थप अनुसन्धान भई रहेको उक्त कार्यालयले जनाएको छ ।



काठमान्डाँ मंसिर १३   गते।  रातो तारा डट कम,लोकपारखी मनहरुको रोजाई अनुसारका विभिन्न मौलिक भाकाहरुलाई बजारमा ल्याएर सर्वाधिक चर्चाको शिखरमा रहेको प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा बिकाश तामाङर्को  ”आउला छायाँ बनी ” बोलको गीतमा समावेश भएको गीतमा गायिका पुर्णकला विसी र गायक राजु परियारको आवाजमा रहेको  भिडियो बजारमा आएको छ । 

विश्वास घात गरेकी प्रेमीकाको यादमा रहेका गायकले पुर्णकला विना आफनो अधुरो रहेको कुरा गरेका छन । आफनो मृत्युभएपछि पनि आफना प्रेमीलाई आत्मा बनेर आउने कुरा गायिकाले गरेकी छन । दिपक केसीको शब्द सिर्जना तथा निशा गुरुङको लय सिर्जना गीतमा रहेको छ । बविता श्रेष्ठद्धारा निर्देशित भिडियोलाई मुकेश हुमाँगाईँको छायाँकन , अविनास डिसीको सम्पादन रहेको छ । मार्मिक गीतको भिडियोमा आशा खड्का र दिपक केसीको अभिनय रहेको छ । 


{फायल फोटो}

भोजपुर, मंसिर १३ गते । रातो तारा डट कम, भोजपुरको अरुण गाउँपालिका-३ लाखबिरेमा बलेरो दुर्घटना हुँदा ७ जना घाईते भएका छन् । आज बिहान ०२:१५ बजेको समयमा बिराटनगरबाट भोजपुरको दलगाउ तर्फ जाँदै गरेको को.१ ज.३४९३ नम्बरको बोलेरो उक्त स्थानमा आफै अनिन्त्रित भई सडकबाट १० मिटर तल खसी दुर्घटना भएको थियो ।

 दुर्घटनामा परी अरुण गाउँपालिका-४ दलगाउ बस्ने बर्ष २६ कि उषा राई, बर्ष ४ की युमिहाङ राई, बर्ष ३५ की शारदा राई, बर्ष २८ की सरिता राई, बर्ष २७ की अनिता राई, बर्ष २६ कै उषा राई र षडानन्द नगरपालिका १३ बोया बस्ने बर्ष २४ को तेन्जिङ शेर्पा घाईते भएका हुन् ।

घाईतेलाई प्रहरी चौकी प्याउलीबाट खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारको लागि धरान स्थित बि.पी .कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाएको छ भने घाईते सबैको अबस्था तत्काल सामान्य रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।


गाईघाट,मंसिर १३ गते । रातो तारा डट कम,महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले गम्भिर प्रकृतिका अपराधलाई चाँडै टुङोमा पुर्याउन निरन्तर सुनवाई प्रकृया योजना अघि सारिएको बताएकाछन् ।

उदयपुरको सदरमुकाम गाईघाटमा जिल्ला सरकारी वकिल कार्यालय भवनको विहीबार उद्घाटन गर्दै उनले बलात्कार, यौनजन्य हिंसा,अपहरण जस्ता अपराधका घटनालाई चाँडै निष्कर्षमा पुर्याउन अदालतमा निरन्तर सुनवाई प्रकृया योजना ल्याउने तयारी भईरहेको बताए ।

देशभर बलात्कार, यौनजन्य हिंसा र अपहरण जस्ता घटना बढिरहेको बेला यस्ता घटनालाई निस्तेज बनाउनका लागि यो योजना अघि सारिएको उनले बताए ।

मुद्दाको प्रकृया लम्बिदा पीडितले थप पीडा भोग्नु परेको बताउँदै उनले ‘मुद्दा चलिरहेको विचको समयमा हुने चलखेल र पीडितमाथि थप हुने हिंसालाई न्युनिकरण गर्न यो बिधी उपयुक्त हुने छ ।’

घटनासँग असबन्धित व्यक्तिको चलखेल, पीडितलाई होस्टायल गर्न दवाव दिने, आर्थिक चलखेल गर्ने र पीडितलाई समाजमा बस्न नदिने वातावरण तयार भईरहेकाले त्यस्ता मुद्दालाई तत्काल निष्र्कषमा पुर्याउन निरन्तर सुनवाई गर्दै अदालती प्रकृया प्रमाण, साक्षी बुझ्ने जस्ता कामकारवाही तत्काल अवलम्बन गरिने उनले बताए ।

खरेलले ५५ बर्ष अघिको फौजदारी कानुनलाई प्रतिस्थापन गर्दै नयाँ कानुन कार्यान्वयनमा ल्याएको भन्दै फौजदारी कानुनमा ठुलो आधुनिकिकरण भएको बताए । उनले न्याय जनताको सन्तुष्टिका लागि भएकाले कागजमा सिमित नहुने गरी कारवाही प्रकृया अघि बढाउन आग्रह गरे ।

महान्यायाधिवक्त खरेलले नवनिर्मित भनव बन्दैमा जनताले न्याय नपाउने भएकाले सेवालाई प्रभावकारी बनाउन अनुरोध गरे । उनले अनुसन्धान स्वतन्त्रता नभए न्याय मर्ने भएकाले सबै क्षेत्रबाट अनुसन्धानलाई स्वतन्त्रता बनाउनसमेत अपिल गरे । उनले सरकारी वकिल कार्यालयलाई व्यवसायिक संस्थाको रुपमा तयार गर्न संस्थागत सुद्धिढिकरण, भौतिक साधान स्रोध सम्पन्न गर्नकालागि व्यवसायिक दक्षतासँग जोडिएका कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिए ।

दुई बर्ष भित्र ७७ वटै जिल्लाका सरकारी वकिल कार्यालय भौतिक संरचना निर्माणगरि सक्ने जानकारी गराए  ।
अधिकार पाएको भन्दै क्षेत्राधिकार मिच्ने, संघ, पद्रेस र स्थानीय तहमा बाझीने गरी कानुन बनाउने अधिकार कसैलाई नभएको भन्दै उनले  कुनै सरकारसँग नबाझीने गरी कानुन बनाउन प्रदेश र स्थानीय सरकारलाई आग्रह गरे ।

दुई करोड २८ लाख ८३ हजार तीन सय ४२ रुपिँया ९९ पैसामा निर्माण भएको तीन तले भवनमा २५ कोठा रहेको छ । २०७६ असारमा सम्पन्न गर्ने गरि २०७४ असार १५ गते निर्माण सुरु गरिएको भवन छ महिना अगावै सम्पन्न भएको जिल्ला न्यायाधिवक्त हरीकुमार पोखरेलले जानकारी दिए । १० कठ्ठा क्षेत्रफलमा अबश्थित भवन निर्माणको जिम्मा गिताञ्जली शक्तिकुण्ड जेवीले गाईघाटले लिएको थियो ।
श्याम राई÷उदयपुर


बिराटनगर मंसिर १३ गते । रातो तारा डट कम,अरुण ३ जलविधुत परियोजना(नेपाल औंधोगिक विकास योजना) एसजेवीएन–लगानी वोर्डसमेतले जलविधुत परियोजनाले प्रभावित पार्ने दुई जिल्लाका जन प्रतिनिधि,लगानी कर्ता, उधोगपति,व्यापारी, तीनै निकायका सुरक्षा प्रमुखहरु, जलविधुत बिज्ञ, प्रशासन प्रमुखहरु, समेतको सहभागितामा बृहत जानकारी गराउने उदेश्यले आज बिराटनगरमा एक दिने अन्तरकृया कार्यक्रमको आयोजना सम्पन्न भयो ।

कार्यक्रमका प्रमुख अतिथि तथा १ नम्वर प्रदेशका मुख्य सचिव श्री केदार न्यौपानेले उदघाटन सत्रलाई सम्वोधन गर्दै, यो ठुलो विधुतपरियोजना १ नम्वर प्रदेशमै पर्ने भएकाले बढी भन्दा बढी निमार्ण सामाग्री यही प्रदेशबाट गुणस्तरीय आपुर्ति गर्न सकियोस भन्नु भयो ।

यो ठुलो जलविधुत परियोजना भएकाले तपाईहरु सबै उधोगपति व्यापारी लगानी कर्ता जलविधु संम्वन्धि विज्ञ सबै यहाँ हुनुहुन्छ,प्रदेश सरकारको सहयोग रहन्छ, तपाई हरूले  क्वालिटी र क्वान्टीटीमा ध्यान दिनु प¥र्यो भन्दै, आयोजना- कार्यक्रम सफलताको शुभकाना समेत दिनु भन्नु भयो ।

अरुण ३ परियोजनाका सिनियर अफिसर, नेपाल सरकार लगानी वोर्डका सिनियर अफिसर उत्मवाग्ल,ेले अरुण ३ पावर डेभलप्मेण्टे कम्पनी (प्रा) लि, (एस ए पि डि सि) बीच २०७१साल मंसिर ८ गते भएको ”पिडिए” सम्जौताको बुँदा नं ११,३,२को (ग) को उदेश्य अनुरुप माग र आपुर्तिकर्ताहरु संग पारदर्शि प्रतिस्पर्धात्मक हुने गरि नेपाल भित्र बाट र बाहिर बाट पनि आवश्यक पर्ने कच्चा पदार्थ, सिमेन्ट,जनशक्ति,अन्य सामाग्री, आपुर्ति गर्न उत्प्रेरक भुमिकाको सबैका लागि अवसर सुनिश्चित गर्नेछ जस्ता कुराहरुको वहाहरुले अन्तकृय कार्यक्रममा जानकारी गराउनु भयो ।

योजनाको परिचयमा ९०० सय मेगावट अरुण ३ परियोज ५ वर्षमा निमार्ण गर्न स्टिल ४८,४०४,मेट्रि टन,सिमेन्ट ४,५८,००८ मेट्रि टन र माटो करिव १४,४२,७२७,घन मिटर लग्नेछ भने त्यसको लागत रु १०४,अर्ब लाग्ने भएकोछ ।


मोरङ, मंसिर १३ गते । रातो तर डट कम,मोरंङको बुढीगंगा गाउँपालिका-३ कोशी राजमार्गमा बसको ठक्करबाट साईकल यात्री गम्भीर घाईते भएका छन् ।

बुधवार साँझ १९:१५ बजेको समयमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को १ ख ५२३९ नं.को बसले बिपरीत दिशाबाट आईरेहको साईकल यात्री बुढीगंगा गाउँपालिका-३ बस्ने बर्ष ३० की निर्मला बिष्टलाई ठक्कर दिदा उनी गम्भीर घाईते भएकी हुन् ।

घाईतेको बिराट टिचिङ अस्पताल गंगाचोकमा उपचार भईरहेको छ भने बस , बस चालक र साईकल ईलाका प्रहरी कार्यालय निमुवाको नियन्त्रणमा रहेका छन् ।

बिराटनगर,मंसिर १३ गते । रातो तारा डट कम,नेपाल खानेपानी संस्थानका कर्मचारीहरुले बिभिन्न ७ सुत्रिय मागहरु राखि मंसिर ११ गते देखि आन्दोलनमा उत्रिएका छन ।

नेपाल खानेपानी संस्थान केन्द्रिय व्यवस्थापनले खानेपानीका कर्मचारीहरुलाई अनाआवश्यक रुपमै आधा नियुक्ति आधा काम गराउने, गर्ने र ज्यालादारी,अस्थाइ,करारका,कर्मचारीको हितमा काम नगरेकाले बाध्य भएर अनिस्चित कालिन आन्दोलन चर्केको आन्दोलनकारी कर्मचारीले बताएका छन ।

बिराटनगर खानेपानी शाखा कार्यलय देवकोट्टाचोकका बिरेन्द्र कुमार यादवको नेत्रित्वमा ६ सदस्य संघर्ष समिति बनाएर ११ गते देखि १० बजेबाट दैनिक ११,३०,सम्म आन्दोलन गर्दैआएका छन । माथि उल्लेखित कर्मचारीहरुले पनि आफुहरु पनि स्थाइ भइ स्थाई कर्मचारीहरुले सो सरहनै सेवा सुबिधा संस्थानबाट पाउनु पर्ने उनिहरुको माग रहेकोछ ।

खानेपानी कर्मचारीहरुका माग यसप्रकार छन
संस्थानमा हुने गरेको भ्रष्ट्र नियन्त्रण हुनु पर्ने,०६६ सालको बिज्ञापन नतिजा सार्वजानिक हुनु पर्ने,सर्वोच्चको फैसला कार्यन्वायन हुनु पर्ने,संस्थानका दैनिक ज्यालादारी,करार,अस्थाई कर्मचारीहरुलाई स्थाई गरिनु पर्ने,बढुवाको प्रकृया खुल्ला हुनु पर्ने,बजेट र कर्मचारी सरुवा नियम संगत हुनु पर्ने,अधिकार दुरुपयोग र पुर्वाग्राही नभइ कर्मचारीहरुलाई काममा लगाउनु पर्ने जस्ता मागहरु राखेका छन ।

बिराटनगर खानेपानी शाखा कार्यलय देवकोट्टा चोकका कार्यलय प्रमुख सैलेन्द्र कुमार शाहलाई रातो तारा डट कम,प्रतिनिधिले भेटेर यो कर्मचारी आन्दोलनका बारेमा कुरा ख्दा,आन्दोलन राम्रो कुरा होइन यसले जनताको सेवा सुविधामा प्रत्यक्ष असर पर्ने भएकाले कर्मचारीको आन्दोलन छिटो टुगियोस साहले भन्नु भयो ।

कर्मचारीहरुको केन्द्रमै आन्दोलन भएकाले त्यसैलाई समर्थन गर्दै यहाँ पनि आन्दोलको आवाहन गरिएको छ, यो शाखाबाट खानेपानी संस्थान केन्द्रिय कार्यलय मन्त्रालय अन्य सबै ठाउहरुमा आन्दोनका बारेमा जानकारी गराई सकेकोले केन्द्रबाट बार्ता टोलि बनाई बार्ता गर्ने सुनेको छु छिटो बार्ता गरेर खानेपानीका कर्मचारीको आन्दोलन सकियोस साहले भन्नु भयो ।










उदयपुर, मंसिर १२ गते । उदयपुरको बेलका नगरपालिका-१ ईटाभट्टामा मोटरसाईकलको टक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

मंगलवार साँझ १८:०५ बजेको समयमा फत्तेपुरबाट बेल्टार तर्फ जादै गरेको को २९ प ४४३० नम्बरको मोटरसाईकलले पैदल यात्री उदयपुरको चौदण्डीगढी नगरपालिका-४ बस्ने बर्ष ५२ को सरोज तामाङ लाई ठक्कर दिदा मोटरसाईकल चालक चौदण्डीगढी नगरपालिका-४ बस्ने बर्ष ५५ को हरि चन्द्र राई र पैदल यात्री दुबैजना गम्भीर घाईते भएका थिए ।

घाईते दुबैजनालाई उपचारको लागि बि.पि.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरान पठाएकोमा पैदल यात्री सरोज तामाङलाई थप उपचारको लागि बिराटनगरको गोल्डेन अस्पताल लगिएकोमा उनको उपचारकै क्रममा साँझ ०८:२० मा मृत्यु भएको हो ।



काठमाडौ मंसिर १३ गते । रातो तारा डट कम,सुर्खेत-श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले श्रम बजारमा श्रमिकले उपयुक्त मूल्य नपाउने तर बिचौलियाले रातारात करोडपति बन्ने अवस्था सरकारले अन्त्य गर्न चाहेको बताएका छन् ।

श्रम रोजगार कार्यालयको उद्घाटन तथा सेवा शुभारम्भ कार्यक्रमको उद्घाटन गर्न वीरेन्द्रनगर आएका मन्त्री विष्टले विगतजस्तै अब बिचौलिया हाबी हुने र श्रमिकले उपयुक्त मूल्य नपाउने अवस्था अन्त्य गर्ने बताए ।

विराटनगर,मंसिर १३ गते । रातो तारा डट कम,विराटनगर बरगाछीमा रहेको विहारीका कलेजले नयाँ भर्ना भएका विद्यर्थाीहरुलाई एक दिने अभिमुखिकरण कार्यक्रमका साथ स्वागत गरेको छ ।

कलेजले बुधबार एक कार्यक्रम आयोजना गरि विद्यर्थाीहरुलाई अभिमुखिकरण दिनुका साथै स्वागत गरेको हो  । कलेजमा ब्याचरल संकायमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई कलेजका बारेमा जानकारी दिनुको साथै कसरी अध्ययन गर्दा उत्कृष्ट नजिता ल्याएर उत्कृट हुन सकिन्छ भन्ने देखि कलेजको नियमको बारेमा जानकारी  गराएको थियो ।

अभिमुखिकरण कार्यक्रममा कलेजमा नयाँ शैक्षिक सत्रकालागि विविएस विएससिआइटीको छैठौ ब्याचमा ८६ र यसपालीदेदि शुरु गरेको विसिए र विआईएमको पिहलो ब्याचमा ७० जना विद्यालय भना भएका कलेजले जनाएको छ

कलेज व्यवस्थापन समितिको अध्यक्ष रुपेश खतीवडाको सभापतिमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिदक्षिण पूर्वी एसिया माइक्रोसफ्ट कम्पनीका क्षेत्रिय निर्देशक एलेन बाइलोचन तुलाधर, त्रियूका पूर्व सह–नियन्त्रक प्रा.डा. अर्जुन बराल, क्यापस प्रमुख अमित ढकाल, डो ब्याम रौनियार,टेक्सासका प्रमुख भेषराज पोखरेल र सञ्चालक दिपेश बास्तोलालगायतले कलेजको बारेमा जानकारी गराएका थिए ।


उदयपुर, मंसिर १३  गते । रातो तारा डट कम,उदयपुरको कटारी नगरपालिका-६ चुहाडेमा भएको टिपर दुर्घटनामा परी ३० जना घाईते भएका छन् । मंगलवार दिउँसो १५:१० बजेको समयमा उदयपुरको खैरेनीबाट रिस्कु आउदै गरेको ना ३ ख ३२३९ नंम्बरको टिपर आफै अनियन्त्रित भई दुर्घटना हुँदा टिपरमा सवार ३० जना घाईते भएका हुन् ।

घाईते हुनेहरुमा कटारी नगरपालिका-५ खैरेनी बस्ने बर्ष ६५ को पदमलाल दनुवार, बर्ष १८ को राम दास दनुवार, बर्ष ४५ को राम देव दनुवार, बर्ष १७ को अरुण दनुवार, बर्ष ३२ को राम बाबु अधिकारी, बर्ष १५ को सुजित कुमार दनुवार, बर्ष १४ को रुपेश दनुवार, बर्ष २० को सुमन अधिकारी, बर्ष १८ को राज कुमार धामी, बर्ष १५ को राकेश दनुवार, बर्ष २१ को दिल कुमर दनुवार, बर्ष ३७ को राम कुमार दनुवार, बर्ष १२ को सुरेन्द्र दनुवार र बर्ष ४५ को दुखिया अधिकारी गम्भीर घाईते भई उपचारको लागि नोवेल अस्पताल बिराटनगर पठाईएको छ भने अन्य १४ जना कटारी अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकोछ ।

दुर्घटना भएको टिपर र टिपर चालक ईलाका प्रहरी कार्यालय कटारीको नियन्त्रणमा रहेका छन् ।




गाईघाट,मंशिर १२ गते । रातो तारा डट कम,माछा पोखरीमा डुबेर मंगलबार साँझ एक बालकको मृत्यु भएको छ । त्रियुगा नगरपालिका–२ मिलन चौकका केदार पाण्डेका ३ वर्षिय छोरा रोशनको पोखरीमा डुबेर मृत्यु भएको हो ।

 विहानदेखि हराएका बालकको साँझ पख स्थानीय चन्द्र वहादुर मगरले माछा पाल्दै आएको पोखरीमा डुवीरहेको अवस्थामा आफन्तले फेला पारेका थिए । बालकलाई डुविरहेको अवस्थामा फेला पार्दा स्वास प्रस्वास चलिरहेको र उपचारको लागि जिल्ला अस्पताल उदयपुर ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डि.एस.पी अर्जुन रानाभाटले बताए ।

मृतक बालकका आफन्तहरुले शबको पोष्ट मार्टम गर्न मानेका छैनन् । पोखरी घेराबन्दि नगरी अवस्थीत रुपमा राखेको कारण बालकको ज्यान गएको भन्दै पोखरी मालिकलाई कार्यवाही गरिनु पर्ने भन्दै मृतकका आफन्तहरुले शबको पोष्टमार्टम गर्न नमानेको स्थानीय राममणी पोखरेलले बताए ।
डि.एस.पी रानाभाटले घटना शंकास्पद नभएकोले कसैलाई कार्यवाही गर्नु मुनासिब नरहेको बताए ।‘

पोखरीमा डुवि रहेको अवस्थामा फेला पार्दा बालकले स्वास फेरिरहेका थिए । उनलाई उपचारको लागि ल्याउँदै गर्दा बाटैमा मृत्यु भयो ।’ उनले भने ।






खोटाङ, मंसिर १२ गते । खोटाङको केपिलासगढी गाउँपालिका-४ बस्ने मणिराज राईको घरमा आगलागी हुँदा
अन्दाजी ६,८५,०००।- ( छ लाख पचासि हजार) बराबरको क्षति भएको छ । मंगलवार दिउसो चुलोबाट अचानक आगलागी हुँदा ढुङगा माटोले बनेको फुसको छानो भएको २ तले घर जलेर पूर्णरुपमा क्षति भएको थियो ।

उक्त आगलागी स्थानीयबासी र प्रहरीको सहयोगमा दिउसो १६:४० बजे पूर्णरुपमा नियन्त्रणमा आएको थियो भने उक्त आगलागीबाट कुनै पनी मानवीय तथा चौपाया क्षति नभएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।


आर पोखरेल, काठमान्डौ , मंसिर १२ गते । पछिल्लो समय फरक फरक प्रस्तुति बजारमा ल्याएर सर्वाधिक चर्चा मा रहेकी चर्चित गायिका शान्ति श्री परियार  र गायक पुर्ण संयोगको फेरी अर्काे मनै छुने गीत “चिल गाडि  ” सार्वजनिक भएको छ । सार्वजनिक गीतलाई सुसेली म्युजिक प्रालीले बजारमा ल्याएको हो । 

देशमा भर ब्यप्त बलत्कारको घटनमा परेकी बालिका र परदेशमा गएका नेपाली युवाको कठिन आत्मकथालाई गीतमा ब्यक्त गरिएको छ  । धन कमाउन गएका नेपाली दाजु भाइ दिदी बहिनीहरू काठको बाकसमा फर्किनु परेको छ भने घर परवारको बिचल्ली भएको छ । त्यतिमात्र नभएर आफनो घरमा फर्कदा परिवारका सदस्य गुमाउनु पर्दाको पिडालाई गीतमा समेटिएको छ । 

बास्तविक जिवन घटनामा आधारित गीतमा पुर्ण संयोग र लोकराज सिंहको शब्द तथा लय सिर्जनमा वियोगान्त गीत लेखिएको छ । राजेश घिमिरेको छायाँकन , अमर शाक्यको सम्पादन , कपिल लामाको निर्देशन र विमल अधिकारी र सारिका केसीको अभिनय रहेको छ । 



मोरङ, मंसिर १२ गते । मोरङको पथरी शनिश्चरे नगरपालिका-१० मा टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मंगलवार साँझ १७:३० बजेको समयमा पश्चिम बाट पुर्व तर्फ जाँदै गरेको
बा ६४ प १९९१ न. को मोटरसाईकललाई सोहि दिशा बाट जाँदै गरेको को १ ख ५७५२ नं. को टिपरले पछाडीबाट ठक्कर दिदा मोटरसाईकल चालक मेची नगरनगरपालिका-१२ धाईजन बस्ने बर्ष-३० पदम राजबंशी गम्भीर घाईते भएका थिए ।

घाईतेलाई ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले तत्काल उद्धार गरी उपचारको लागि
मंगलवारे अस्पताल पठाएकोमा उपचारकै क्रममा साँझ १८:२५ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । टिपर चालक ,टिपर र मोटरसाईकल ईलाका प्रहरी कार्यालय पथरीको नियन्त्रणमा रहेका छन् ।





काठमाडौ,मगसिर १२ गते।  रातो तारा डट कम,मंगलबार काठमाडौमा आयोजना गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको शुभारम्भ गर्दे प्रधानमन्त्री ओलीले आफ्ना आलोचकहरुको कडा प्रतिवाद गर्दे केही दिनमै जता फर्कियो त्यतै सरकार देखिने बताउनुभएको हो । 

प्रधानमन्त्री ओलीले अबदेखि यस्ता कार्यक्रमको शुभारम्भ नौमती बाजा बजाएर गर्ने पनि बताउनुभयो ।  प्रधानमन्त्री ओलीले सरकार जुम्रा मार्न र सिन्का भाँच्न नभएको भन्दै देश बनाउन सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले सरकार खोइ भनेर खोज्नेहरुलाई मजदुर र दुःख पाएका जनतालाई सोध्न आग्रह गर्दे जता फर्कियो त्यतै सरकार देखिन थालेपछि विरोधीहरु चुप लाग्ने तर्क गर्नुभयो । 

प्रधानमन्त्री ओलीले निराश जनता देशका लागि खतरा हुने भएकाले जनतालाई निराश हुन नदिने प्रतिबद्धता जनाउनुभयो । राष्ट्रपति, उपराष्ट्रपति राष्ट्रको गरिमा र लोकतन्त्रको उपज भएको बताउँदै उहाले ती संस्थाहरुलाई विवादमा ल्याइएकोमा चिन्ता व्यक्त गनुएभयो । विभिन्न तवरवाट लोकतन्त्र मास्न खोजिरहेको, परिवर्तन संस्थागत हुन नदिन अनेक प्रयत्न गरिरहेको, एकता, साम्प्रदायिकतामा खलल पुर्याउने कोसिस गरिरहेको उहाको भनाई छ ।


त्यस्तै प्रधानमन्त्री ओलीले श्रमिकको हकहितलाई मध्यनजर गर्दै सरकारले पहिलो पटक श्रमिक र तिनका आश्रित परिवारको लागि सामाजिक सुरक्षा योजना सुरु गर्न लागेको जानकारी दिनुभयो । सामाजिक सुरक्षा कार्यक्रम २५ वर्षअघि एमालेको अल्पमतको सरकारले सुरु गरेको वृद्धभत्ता कार्यक्रमकै नयाँ आयाम भएको उहाले बताउनुभयो ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागु भएपछि रोजगारदाता र श्रमिकको असुरक्षित यात्रा समाप्त हुने बताउनुभयो । नेपालमा श्रमको सम्मान गर्दै थप रोजगारीको अवसर बढ्ने भन्दै उहाले नेपाली श्रम र सीपलाई बढाउदै लैजान योजना सहयोगि बन्ने विश्वास गर्नुभयो ।

सरकारले लाखाँै श्रमिकलाई सामाजिक न्यायको प्रत्याभूति गराउन योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू गरेको हो । योजना लागू भएसँगै श्रमिकले औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना, अशक्त सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजनानुसारको सामाजिक सुरक्षा प्राप्त गर्ने छन् । उक्त योजनाबमोजिम लामो समय योगदान गरेका श्रमिकले अबदेखि ‘रित्तो हात’ घर फर्कनुपर्ने अवस्था अन्त्य भएको छ भने निश्चित अवधि सेवा गरेपछि उनीहरूले निवृत्तिभरण (पेन्सन) समेत पाउने वातावरण पनि बनेको छ ।

 निवृत्तिभरण प्राप्त गर्न योगदानकर्ताको उमेर ६० वर्ष पूरा भएको र कम्तीमा १ सय ८० महीना वा पन्ध्र वर्ष योगदान गरेको हुनुपर्नेछ । रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत रकम कट्टी गरी सो रकममा श्रमिकको आधारभूत पारिश्रमिकको २० प्रतिशत रकम थप गरी कूल ३१ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्नेछ । सरकारले कार्यक्रमको घोषणा हुने दिनलाई सामाजिक सुरक्षा दिवसका रुपमा मनाउने निर्णय समेत गरेको छ ।


श्याम राई-गाईघाट  मंशिर १२ गते । रातो तारा डट कम, धुलाम्मे सडकको कारण जनजिवन अस्त व्यस्त बनेको भन्दै स्थानीय युवाहरुले बुधबार त्रियुगा नगरको डिएम गेटमा २ घण्टा सडक अवरुद्ध गरेकाछन् ।

त्रियुगा नदीदेखि मुख्य चौक सम्मको सडक विस्तार एंव निर्माण कार्यमा ठेकेदारले गरेको ढिलाईले मुख्य बस्ती आसपासमा धुलो उडेर जनजिवनलाई असर परेको भन्दै डिएम गेटका युवाहरुले सडक अवरुद्ध गरेका हुन् ।‘ ठेकेदारले निर्माण कार्य निकै सुस्त गतिमा गर्दा मुख्य बजार क्षेत्र धुलोको कारण पूरै प्रदुषित बनेको छ ।’

अवरुद्धकर्ता युवाका अगुवा राहुल यादबले भने,‘ दैनिक सयौको संख्यामा चल्ने सवारी साधनको कारण पूरै बजार क्षेत्रमा धुलोले अस्तव्यस्त तुल्याएको छ ।’ यादबले भने ।
मंसिर भित्रै पूरै सडक पिच गर्नु पर्नेमा ठेकेदारले अझै काम शुरु गरेको छैन । ‘

 ठेकेदारले भत्काएर छोडेको सडकमा सवारी साधनले अचाम्ली रुपमा धुलो उढाउने हुदा सडकमा हिड्नै सकिने अवस्था छैन ।’ उनले भने । ठेकेदारले ठेक्का लगाउदा दैनिक रुपमा धुलाम्मे सडकलाई व्यवस्थीत गर्न दैनिक पानी छर्किएर व्यवस्थीत गर्ने संझौता गरिएको भएपनि ठेकेदारले त्यसो नगरेको उनले बताए ।

ठेकेदारले संझौता बमोजिम दैनिक पानी नहाल्दा अहिले नगरवासीले निकै कष्ट व्योहोर्नु परेको छ ।’ यादबले भने ।
गाईघाट–दिक्तेल सडक योजना अन्तर्गत भैरहेको उक्त काम यहि मंसिर भित्र सक्नु पर्ने भए पनि ठेकेदारले नाला निर्माणको मात्र काम सकेको छ । नाला माथि ढकनी लगाउने, ग्राभेलगरि सडक कालो पत्रे गर्ने काम भने ठेकेदारले अझै गरेको छैन ।

ठेकेदारले सडक कालो पत्रे नगर्दा उक्त सडक खण्डमा दैनिक संयौको संख्यामा गुड्ने सवारी साधनको कारण फैलने धुलोले सडक आसपासका बस्तीलाई निकै असर गरेको छ ।

युवाहरुले गरेको सडक अवरोधपछि गाईघाट–दिक्तेल सडक योजनाको कार्यालयले सडकमा धुलो नउड्नेगरि दैनिक पानी छर्किन लगाउने आश्वासन दिएको छ ।



श्याम राई÷उदयपुर


बिराटनगर,मंसिर १२ गते । रातो तारा डट कम,जिल्ला सरकारी वकिलको कार्यलय मोरङको नयाँ भवन निर्माणको सिलन्यास भएकोछ ।

उक्त भवन सिलन्यास कार्यक्रमका प्रमुख अतिथि मानीय महान्याधिवक्ता श्री अग्नि प्रसाद खरेलले भवन बन्ने ठाउमा सिलन्यास गरे पछि, पत्रकारहरु संग बोल्दै,बन्न लागेको यो भवन शहरी बिकास तथा भवन कार्यलयको प्राबिधिक सहयोगमा दुइ वर्ष भित्र बनाइसक्ने गरि रु तीन करोड १० लाख ६० अजार १३२,५२ पैसा बन्न लागेको छ र समयमै बन्नु पर्छ भन्नुभयो ।

कार्यक्रममा बोल्दै,वहाँले प्रधानन्याधीश प्रकरण न्यायपरिषदको सिफारिस प्रकरण बारे सार्वभौम सत्ता संसद छ, र आफुले बोलिरहनु परेन र कर्मचारीहरुले राम्रो काम गर्नु पर्छ, राज्यले दिएको सुबिधा पुगेन भने सरकार संग भन्नु पर्छ तर दायाँ बायाँ गनेृ कसैलाई छुट रहने छैन भन्नु
भयो ।

कार्यक्रममा उच्च अदालत लगाएतका कानुनी क्षेत्रका बिभिन्न बिभिन्न महानुभावहरुले पनि बोल्नु भएको थियो ।

काठमाण्डौंका कबिन्द्र इभान्सु इशा जे भी भैसेपाटी सैबु २५ ललितपुर संग मिति २०७५्÷८÷१२ सन्जौता भई २०७७्÷८÷११मा आधुनिक २१ कोठा भएको अडाई तले भवन  को निर्माणको काम सक्नु पर्नेछ ।

आजै नेपाल वार यशोशियशन बिराटनगरले मानीय महान्याधिवक्ता श्री अग्नि प्रसाद खरेल ज्यु संग भेटघाट कार्यक्रमको आयोजना गरेको थियो ।

श्याम राई÷उदयपुर, गाईघाट, मंशिर १२  गते । रातो तारा डट कम,जिल्ला अदालत उदयपुरले गरेको मुद्दा फर्छौटको कार्यान्यन प्रभावकारी नहुदा जरिवाना वापतको करिब १५ करोड रुपैया असुल उपर हुन सकेको
छैन । रकम असुलीसँगै न्यायलयबाट दोषि ठहरिएका व्यक्ति समेत सार्वजनिक रुपमा हिडडुल गरिरहदा पिडितहरुले आफूले न्याय नपाएको गुनासो गरिरहेका छन् । अदालतले मुद्दा फैसला गर्ने तर कार्यान्यनमा ढिला सुस्ती हुनुले आम नागरिकको अदालत प्रतिको विश्वास गुम्दै गईरहेको छ ।

अदालतबाट अपराधी प्रमाणित भएका व्यक्ति सुरक्षा निकायका प्रमुखसँगै सार्वजनिक कार्यक्रममा सहभागी बन्ने गरेकाछन् । अदालतले विभिन्न समयमा गरेको ढण्ड जरिवाना वापतको झण्डै १४ करोड ८२ लाख ११ हजार ८२६ रुपैया अझै असुली हुन नसकेको जिल्ला अदालतका नायब सुब्बा नारायण कार्कीले बताए ।

त्यसैगरि जेल भुक्तानको अवस्था पनि उस्तै देखिएको छ । अपराध पुष्टि भएर अदालतले जेल सजाय तोकेको अपराधीले १ हजार ४ सय ९१ वर्ष ५ महिना ३ दिन जेल सजाय भुक्तान गर्न बाकी रहेको जिल्ला न्यायधिस तेजेन्द्र प्रसाद शर्माले बताए । उनले फैसलाको अवस्था भयावह देखिएकोले जिल्ला अदालतले कार्यान्यनमा तिब्रता दिन यो वर्ष फैसला कार्यान्यन वर्ष घोषणागरि कारवाही प्रकृया अघि
बढाई सकेको बताए ।

‘विगतमा भएको सबै फैसलाको कार्यान्वयन नहुने यस्तो अब हुनै सक्दैन । अब कार्यान्वयन तिब्र गतिमा हुन्छ । यदि त्यस्तो हुन सकेन भने फैसला कागजी रुपमा मात्र हुन सिमित हुन्छ ।’ शर्माले भने ।
उनले विगतको वर्षमा अदालतले फैसला गरेको मुद्दा अदालतले नै कार्यवाही गर्नु पर्छ भनेर स्वामीत्व लिदा समस्या आएको बताए । सर्वच्च अदालतले फैसला कार्यान्वयन निर्देशनालय बनाएको छ । जसले काम कार्यवाहीलाई तिब्रता दिई सकेको छ ।’ उनलेभने ।

स्थानीय तहबाट पाउने सेवा सुविधा रोक्ने सम्मको कारवाही अगाडी बढाउन सके फैसला कार्यान्वयन गर्न मद्धत पुग्ने अदालतका स्रेस्तेदार राज कुमार आचार्यले बताए ।




मोरङ,मंसिर १२  गते । रातो तारा डट कम,मोरङको कानेपोखरी गाउँपालीका.-४ मा सोमबार दिउसो १ बजे फुलछिरिङ शेर्पाले ऐ ऐ -२ स्थितमा रहेको आफ्नै खेतमा परालको नरुवा जलाउने क्रममा नजिकै रहेको धान सहितको परालको कुन्यूमा आगलागी भएको छ ।

आगलागीबाट-२५ कठ्ठामा उब्जनी भएको अन्दाजी मुल्य एक लाख पचिस हजार बराबरको धान जलेर क्षति भएकोछ । उक्त आगलागी प्रहरी चौकी रमाइलो बाट खटीएको प्रहरीटोली तथा स्थानीय बासीन्दाको सहयोगमा दिउँसो १५:४० बजेको समयमा पूर्ण रुपमा नियण्त्रणमा आएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

काठमाण्डौं,मंसिर १२ गते । रातो तारा डट कम,काठण्डौंको पुरानो कलज भनेर परिचित त्रिचन्द्र कलेजमा बिधार्थीले गरे तालाबन्दी गरेका छन । बिधार्थीहरुले सुुल्क बृद्घि गरेको प्रति बिरोध गर्दै, हिजो क्याम्पसको प्रशासन र रसायिनशास्त्र बिभागमा तालाबन्दी गर्दै,बढेबो सुल्क बृद्घि घटाउन क्याम्पस पशासन समक्ष माग समेत राखेका छन ।

दोस्रो शत्रका लागि तोकिएको भर्ना शुल्क धेरै भएको भन्दै विद्यार्थीहरुले विरोधस्वरुप तालाबन्दी गरेका हुन्। क्याम्पस प्रशासनलाई भर्ना शुल्क पुनर्विचार गर्नका लागि निवेदन दिएको तर प्रशासनले आफूहरुका मागमा कुनै पनि चासो नदिएकोले बाध्य भएर तालाबन्दी गरिएको विद्यार्थी गणेश भण्डारीले बताए। 



काठमाण्डौं,मंसिर ११ गते । रातो तारा डट कम,गायक गगन सरगमको नयाँ गीत “प्रेमको भिकारी“ को म्युजिक  भिडियो सार्बजनिक भएको छ । सार्बजनिक गीतमा निम संगीतको शब्द रचना तथा संगीत रहेको छ ।

यस्तै गीतको भिडियो पनि निर्माण भएको छ । निर्माण भएको भिडियोमा गायक गगन स्वयंम आफै अनि मोडल जुना सुन्दासको अभिनय देख्न सकिन्छ ।लभिडियोमा उत्सब दाहालको छायांकन, निशान घिमिरेको सम्पादन अनि युवराज वाईबाको निर्देशन रहेको छ ।

सुनसरी, मंसिर ११ गते । रातो तारा डट कम,सुनसरीको गडी गाउँपालीका-१ मधेली बजारबाट कर्तब्य ज्यान मुद्धाका फरारप्रतिबादी पक्राउ परेका छन । आज दिउँसो १३:३० बजेको समयमा कर्तब्य ज्यान मुद्धाका फरार प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको छ ।

बिशेष शुराकीले दिएको गोप्य सुचनाको आधारमा अस्थायी प्रहरी पोष्ट चाँदबेलाबाट खटीएको प्रहरी टोलिले बर्ष ३९ को डायमन भन्ने प्रमोद चौधरी लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


काठमाडौ मंसिर ११ गते । रातो तारा डट कम,नेपाल पत्रकार महासंघको उपलब्ध केन्द्रीय समितिको बैठक मिति २०७५ मंसिर ११ गते अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा
काठमाडौंमा बस्यो ।

बैठकले श्रमजीवी पत्रकार ऐन लागू नगर्नेसञ्चारमाध्यमहरूमा
ऐन लागू गर्न दबाब दिन आन्दोलन गर्ने निर्णय गरेको छ ।सरकारले पछिल्लो पटक वृद्धि गरेको पच्चीस प्रतिशत न्यूनतम पारिश्रमिकसहित श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनका लागि महासंघले आन्दोलन गर्ने निर्णय गरेको हो ।

 महासंघले सबै सञ्चारमाध्यमहरूलाई श्रमजवीवी पत्रकार ऐन कार्यान्वयन गर्न र कार्यान्वयन गराउन नेपाल सरकारलाई आहृवान समेत गरेको छ ।

बैठकले साना लगानीका र स्थानीय पत्रपत्रिकाहरूलाई स्थायित्व दिन लोककल्याणकारी विज्ञापनमा वृद्धि र समानुपातिक विज्ञापन नीति कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।

बैठकले स्थानीय प्रदेश सरकारहरूलाई प्रेस तथा अभिव्यक्ति
स्वतन्त्रताविरोधी कानुन निर्माण नगर्न आग्रह गरेको छ ।स्थानीय तह र प्रदेश सरकारले आफै सञ्चारमाध्यमहरू सञ्चालन गर्ने निर्णय गरकोप्रति पनि महासंघले आपत्ति प्रकट गरेको छ ।

महासंघले मन्त्रिपरिषद्को निर्णय तत्काल सार्वजनिक नगर्ने
सरकारको निर्णय जनताको सूचनाको हक र प्रेस स्वतन्त्रताविरोधी भएको निष्कर्ष निकाल्दै तत्काल त्यस्तो निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ ।

बैठकले महासंघका प्रदेश समितिका अध्यक्ष, महासचिव र शाखा अध्यक्षहरूको राष्ट्रिय सम्मेलन पुस ४ र ५ गते मोरङको विराटनगरमा आयोजना गर्ने निर्णय गरेको छ ।



विराटनगर,मंसिर ११ गते । रातो तारा डट कम,विराटनगर–१० मा रहेको कान्तिपुर सेकेन्डरी स्कूलमा निशुल्क दाँत परीक्षण गरिएको छ  ।

विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानबाट आएका दन्त चिकित्सक डा. नेहा दास , डा. चन्द्र क्षेत्री, चान्दनी साह , दिपाण्कर श्रेष्ठ , मनोज श्रेष्ठ र महेश खडकालगायतकोे टोलीले स्वस्थ्य परिक्षण गरेका थिए ।

स्कूलमा अध्ययनर करीव १ हजार ४ सय ५० जना विद्यार्थीहरुले प्रत्यक्षरुपमा दाँत परीक्षण गरेका थिए ।
यसरी स्कूलले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिनुको साथै उनीहरुको स्वास्थयलाई पनि उतिकै मह्त्वको साथ हेरेकोस्कूलका भाइस प्रिन्सिपल देविलाल महतोले जानकारी दिए । 


बिराटनगर मंसिर ११ गते । रातो तारा डट कम,भारतीय लगानीमा बिराटनगरको ढाटमा संन्चालित जस्ता उधोगका कार्यलय प्रमुख संन्जिव शर्माले आज एक कार्यक्रमका बिच,नेपाल पत्रकार महासंघ मोरङका सभापति बन्धु पोखरेललाई संघको आन्तरिक काम मर्मतका लागि आज रू २ लाखको चेक हस्तान्तरण गरेकाछन।


काठमाडौ मंसिर ११ गते । रातो तारा डट कम,सरकारले पहिलो सामाजिक सुरक्षा दिवस तथा योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू भएको अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस दिवसको दिनबाट सरकारले हुँदा खाने र हुने खाने, रोजगारीमा रहेका र रोजगारी गुमाएका वा नभएका सबैलाई समेट्ने नयाँ प्रणालीको थालनी गरेको बताउनुभएको छ ।
यो बिज्ञापन - सामाजिक सुरक्षा योजना-दोस्रो पटक
प्रकाशीत......

सन्देशमा उहाँले मङ्गलबारदेखि सामाजिक सुरक्षा योजना लागू भएको बताउँदै आफूले अघिल्लो पटक प्रधानमन्त्री हुँदा नै सबैको सहभागितामा सामाजिक सुरक्षाको योजना लागू गर्ने प्रतिबद्धता व्यक्त गरेको उल्लेख गर्नुभएको छ । “श्रमको सम्मान गर्ने, सबैलाई श्रममा लाग्न उत्प्रेरित गर्ने र आधुनिक सभ्य समाजअनुरुप सबैको संरक्षण गर्ने प्रणालीमा हामी मङ्गलबारबाटै प्रवेश गर्दैछौँ,” प्रधानमन्त्रीको सन्देशमा उल्लेख गरिएको छ ।

उहाँले सबै देशवासीहरुलाई सामाजिक सुरक्षा योजना शुभारम्भको अवसरमा सबैलाई सुरक्षित भविष्यको शुभकामनासमेत सन्देशमार्फत व्यक्त गर्नुभएको छ । मङ्गलबार पहिलो पटक सरकारले सामाजिक सुरक्षा दिवस मनाउँदैछ । प्रधानमन्त्री ओलीले मङ्गलबार सामाजिक सुरक्षा योजना शुभारम्भ गर्नुहुनेछ ।

यसैबीच, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सिङ्गो नेपाल र नेपालीका लागि सामाजिक सुरक्षा योजना आम श्रमजीवी नागरिकका लागि गौरवको विषय भएको उल्लेख गर्दै नयाँ युगको शुरुवात हो भन्नुभएको छ । उहाँले योजनाको सफल कार्यान्वयनका लागि रोजगारदाता, श्रमिकलगायत सरोकारवाललाई सहयोगका लागि अपिल गर्नुभएको छ । 


काठमाडौं,मंसिर ११ गते । रातो तारा डट कम,सरकारले सामाजिक सुरक्षा योजनाहरू र विभिन्न आज घोषण गर्ने भएको छ । यसले औपचारिक क्षेत्रमा आवद्ध श्रमिकलाई समाजिक सुरक्षा प्रदान गर्ने ग्यारेन्टी गर्नेछ ।  श्रम मन्त्री गोकर्ण बिष्टले यो योजनालार्इ  श्रमिकका लागि ‘नयाँ युग’का रूपमा अर्थ्याएका छन् ।

रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकवाट ११ प्रतिशत रकम कट्टी गरी सो रकममा श्रमिकको आधारभूत पारिश्रमिकको २० प्रतिशत रकम थप गरी कुल ३१ प्रतिशत रकम कोषमा जम्मा गर्नेछन् ।

यही रकमबाट श्रमिकलाई पेन्सन र अवकास सुविधा मात्रै दिँइदै छैन, कार्यस्थलको हुने दुर्घटनाको बीमा, कामदारको उपचार खर्चसहित श्रमिकका आश्रित परिवारका लागि पनि विभिन्न सुविधा घोषणा हुँदैछ ।

काठमाडौं,मंसिर ११ गते । रातो तारा डट कम,राजधानीको बुद्धनगरस्थित  एक फर्निचर गोदाममा भीषण आगलागी भएको छ ।सोमवार दिउँसो साढे ३ बजेदेखि राजु कार्कीको गौरीशंकर फर्निचर उद्योगमा आगलागी सुरु भएको हो ।

आगलागी सुरु भएसँगै काठमाडौं, ललितपुर र भक्तपुरका साथै स्थानीय र प्रहरीको सक्रियतामा आगो निभाउने प्रयास भइरहेको महानगरीय प्रहरी बृत्त वानेश्वरका डीएसपी गोविन्द काफ्लेले जानकारी दिए ।

उनका अनुसार टीनले बारेर बनाइएको सो गोदाममा के कारणले आगलागी भयो भन्ने बारे खुल्न बाँकी रहेको छ ।  नजिकै रहेका घरहरु पनि आगोको जोखिममा रहेकाले सो क्षेत्रमा त्रास फैलिएको छ ।



काठमाण्डौं,मंसिर ११ गते । रातो तारा डट कम,नेपालमा कला क्षेत्रमा प्रतिभाहरुको कमि छैन म्युजिक, मुभी र मोडलिङ इन्डस्ट्रीमा नाम , दाम र सम्मान कमाउने सपना बोकेर नयाँ कलाकारहरुको दिनानुदिन प्रवेश भैराखेको छ। कलाकारहरुको संख्या  जसरी बढ्दै छ तेस्तै निर्माण , उत्पादन, बितरण गर्ने कम्पनीहरुको संख्या पनि बढ्दै छ।  ट्यालेन्ट छ र निरन्तर कोसिसमा लागिराख्ने हो भने बिश्वमा छरिएर रहेका नेपालीहरुको बिचमा आफ्नो कलाले मन जितेर एकदिन सोचेको खोजेको सफलता हासिल गर्न सकिन्छ । 

आफू संग लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गर्दै गायक जिबि दुलालले आफ्नो पहिलो गीत " नबोलेर पिरती बस्ला जस्तो भो " सार्वजनिक गरेका छन। गीत संगीत निकै रुचि राख्ने गायक दुलाल पेशाले सैनिक हुन। काम संग संगै गीत संगीतमा केही गर्ने अठोटका साथ उनी अघि बढी रहेका छन। यस गीतमा स्वर जिबि दुलालको रहेको छ भने शब्द र संगीत जिबि दुलाल, लाल कुमार बराल र डिआर सुजनको रहेको छ। गीतको एरेन्जमेन्ट हेमन्त शिशिरले गरेका हुन ।

मोडल तथा नायक यशराज गराच र रिचा थापाले अभिनय गरेको यस गीतको भिडियोमा  लगानी भने बुद्धिश्रि दुलाले गरेका हुन् । जितेन्द्र राजोपाध्यायले निर्देशन गरेको  भिडियोलाई प्रदिप श्रेष्ठले करियोग्राफी गरेका हुन भने क्यामेरामा कैद भने शिव ढकालले गरेका हुन।


विराटनगर, मंसिर १० गते । रातो तारा डट कम,वर्तमान सरकारको लोकप्रिय काम परिणाम जनताले अनुभूतिले गर्ने उपप्रधान एवम् रक्षा मन्त्री इश्वर पोखरेलले बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सांझ सञ्चारकर्मीहरुसंग कुरा गर्दै उनले सरकारले योजना वनाए कामको शुरुवात गरेकोले यस्को परिणाम चाँडै आउने बताए । उनले सरकारको राम्रो कार्यहरु मध्ये यातायात सिण्डिकेट हटाउने कार्यवाट पछाडि नहटेनेको र यसलाई निरन्तरता दिइरहेको बताए ।

रक्षामन्त्री पोखरेलले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी विधान अनुसार नै संचालन भएको वताउर्दै तल्लो स्तरमा पार्टी एकीकरण सम्वन्धमा पार्टी सचिवालयले गृह कार्य गरिरहेको वताए । उनले पार्टी सचिवालयको वैठक स्थगित नभएको प्रष्ट पार्दै भोलि अपरान्ह ४ वजे यस्को वैठक वस्ने जानकारी दिए ।

रक्षा मन्त्री पोखरेलले नेपाली सेनाले आफ्नो प्रक्रिया अनुसार नै सेनामा वढुवा कार्य अगाडि वढाइरहेको वताए । उनले विशेष परिस्थितिमा नेकपा एमाले र नेकपा माओवादी( केन्द्र) वीच एकीकरण भएको प्रष्ट पार्दे सोही अनुरुपमा दुई अध्यक्ष कायम गरिएको छ भने ।

पार्टी दुई अध्यक्षकाका लागि पार्टीले प्राविधिक रुपमा कामको वांडफाँड नगरिएको वताउदै परिस्थिति अनुसार पार्टी वैठकको अध्यक्षता उहाँहरुले गरिरहनु भएको छ मन्त्री पोखरेलले भने ।
खबर पुर्वान्चल


मोरङ मंसिर १० गते । रातो तारा डट कम,विराटनगरका २ युवकलाई पेटमा लागुऔषधसँगै पेस्तोल बाधेर ल्याउदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।

शनिबार विराटनगर बसपार्कबाट पक्राउ परेका दुई युवकले पेटमा लागु औषधसँगै पेस्तोल र गोली बाधेर ल्याएको भेटिएको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईवी) सहितको टोलीले शनिवार साझ विराटनगर १६ का १८ वर्षीय विद्यानन्द मण्डल, २० वर्षीय अनुप गिरीलाई पेटमा लागु औषध सँगै हतियार टेपले बाधेर ल्याउदै गर्दा पक्राउ गरेको थियो ।


विराटनगर, र्मसिर १० गते । रातो तारा डट कम, विराटनगर एयरपोर्ट छेउमा रहेको हाम्रो स्कूल अफ नर्सिङ कलेजले नयाँ भर्ना भएका विद्यर्थाीहरुलाई एक दिने अभिमुखिकरण कार्यक्रमकासाथ स्वागत गरेको छ । कलेजले सोमबार एक कार्यक्रम आयोजना गरि विद्यर्थाीहरुलाई अभिमुखिकरण दिएको हो ।

कलेजमा विएससी नर्सिङमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई कलेजका बारेमा जानकारी दिनुको साथै कसरी अध्ययन गर्दा उत्कृष्ट नजिता ल्याएर उत्कृट हुन सकिन्छ भन्ने देखि कलेजको नियमको बारेमा जानकारी दिएको कलेजका सिइयो । ज्ञानबहादुर खडकाले जानकारी दिए ।

अन्य कलेजले आयोजना गर्ने अभिमुखिकरण तालिम भन्दा भिन्न तरिकाले आयोजना गरेको अभिमुखिकरण तालिममा भर्ना भएका विद्यर्थाीहरुको अविभावकको उपस्थीतमा उनीहरुलाई कलेजको बारैमा बताइएको  थियो । विएससी नर्सिङ विषयमा पठनपाठन हुँदै आएको कलेजमा नयाँ शैक्षिक सत्रमा ३० जना विद्यार्थीहरु भर्ना भएका छन् ।

कलेज व्यवस्थापन समितिको अध्यक्ष डा.हिरालाल सहनीको सभापतिमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली, कलेका सिइयो ज्ञानबहादुर खडका, प्रिन्सिपल अञ्जुली मण्डल, कलेका निर्देशक डा.शंकरप्रसाद अधिकारी,शिक्षिकाद्वय प्रो. निला सुब्बा र सपना महर्जनले कलेजको बारेमा जानकारी गराएका थिए ।


विराटनगर,मंसिर १० गते । रातो तारा डट कम, विराटनगर–१० मा रहेको अर्किड कलेजमा अध्ययन गरेका मों मतिम अन्सारीले काठमाण्डौं यूनिभरसिटीमा एमविवियस अध्ययनकालागि पूर्ण छात्रवृद्धि पाएका छन् । अन्सारीलाई कलेजले सोमबार एक कार्यक्रमको आयोजना गरि सम्मान पत्रले सम्मान गरेको छ ।

त्यसैगरि पुलचोक इन्जिनियरीङ कलेजमा आइओएम अध्ययनकालागि पूर्ण छात्रवृद्धि पाएँने ४ विद्यार्थीले पूर्ण छात्रवृद्धी पाएका महेश थापा, मदन थापा, सुमन दाहाल र निश्मा गुरागाईलाई पनि सम्मान गरिएको कलेजका प्राचार्य दिपेश बास्तोलाले जानकारी दिए ।

त्यस्तै राष्ट्रिय परिक्षा बोर्डले भर्खरै प्रकाशित गरेको कक्षा–११ नजितामा छात्रतर्फ प्रदेश १ का टपर हुने निश्भल गुराईगाईलाई समेत सम्मान गरिएको छ । त्येसैगरि कलेजले लिएको आन्तरीक परिक्षामा उत्कृट हुने ३८ जना विद्यार्थीलाई समेत पुरस्कृत गरिएका् प्राचार्य बास्तोलाले बताए ।

उनीहरु सवैलाई हिसान मोरङका अध्यक्ष बलराम पन्त, एनप्याब्सनका केन्द्रीय सदस्य राजन छाराहाङ र कलेजका सञ्चाल विनोद पोखरेललगायतले सम्मान तथा पुरस्कृत गरे ।


झापा, मंसिर १० गते । रातो तारा डट कम,झापाको बुद्धशान्ति गाउँपालिका-४ हात्तीसुढे भन्ने स्थानमा सोमवार मोटरसाईकल दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।
भित्री सडक खण्डमा पूर्वबाट दक्षिण तर्फ जाँदै गरेको मे ५ प ८९८४ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक झापा कचनकबल गाउँपालिका-७ बस्ने वर्ष ६५ को देवी लिम्बु र पछाडि सवार झापा भद्रपुर नगरपालिका-१ बस्ने वर्ष ६५ को आइन्द्र लिम्बु घाइते भएका थिए ।

बिहान ११:५० बजेको समयमा भएको दुर्घटनामा घाइते दुबै जनालाई उपचारको लागि बिर्तामोड स्थित बिर्तासिटी अस्पताल पठाईएकोमा उपचारको क्रममा मोटरसाईकलको पछाडी सवार आईन्द्र लिम्बुको दिउँसो सवा २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बुधवारेले जनाएको छ ।


गाईघाट,मंशिर १० गते । रातो तारा डट कम,उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित जलजले मुर्कची सडक खण्डको गुन्टेमा आईतबार राती टिफरको ठक्करले एक मोटरसाईकल यात्रीको घटना स्थलमै मृत्यु भएको छ ।
कसमस सिमेन्टको चुनढंगा बोक्ने बा. ३ ख ६११५ नम्बरको टिफरले पछाडीबाट ठक्कर दिदा स ५ प ३१२७ नम्बरको मोटरसाईकल पछाडी बस्ने १८ वर्षिय सोनम राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एस.पी. चन्द्र देव राईले बताए ।

मोटरसाईकल चालक भुपेन्द्र राई सामान्य घाईते भएकोले उनको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ । चुनढुंगा बोकेको तिब्र गतिमा हुकिएको टिफरले पछाडीबाट मोटरसाईकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । राती ९.३० बजे भएको उक्त घटनापछि टिफर फरार रहेको थियो । ठक्कर दिने टिफर पहिचान नभएपछि प्रहरीले कसमस सिमेन्टको चुनढुंगा बोक्ने एक दर्जन टिफरलाई नियन्त्रणमा लिएर सोधपुछ गरेपछि विहान ८ बजे ठक्कर दिने टिफर पत्ता लागेको थियो ।

युवकको मृत्यु पछि स्थानीयले रातीदेखि नै उक्त सडकमा चल्ने टिफरलाई संचालन हुन देका छैनन् । तिब्र गतिमा चल्ने टिफरको कारण सडक दुर्घटना बढेको र मृतक परिवारलाई क्षतिपूर्ति र चालकलाई कार्यवाहीको माग राखी स्थानीयको सडक अवरोधले सोमबार विहानदेखि जलजले–मुर्कुची सडक खण्डमा सवारी साधन चल्न सकेको छैन ।

उदयपुरको उदयपुरगढी गाउँपालिकाको वडा न. ४ र ८ स्थित सरुने गाउँबाट कसमस सिमेन्टले चुनढंगा ल्याउने गरेको छ ।
चुनढंगा बोक्न एक दर्जन बढी टिफर दैनिक उक्त सडक खण्डमा चल्दै आएको छ । प्रहरीले टिफर र चालकलाई नियन्त्रणमा लिएको छ ।
श्याम राई÷उदयपुर


बिराटनगर, मंसिर १० गते । रातो तारा डट कम,१ नम्बर प्रदेश अन्तर्गत मोरङ, उदयपुरमा आइतवार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परि ५ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
यो बिज्ञापन पनि हेर्नुस् है.......

मोरङः- मोरङको बेलबारी नगरपालिका-१० भाउन्नेमा आईतवार बसको ठक्करबाट मोटरसाईकलमा सवार २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्गमा दिउँसो ३ बजेको समयमा पश्चिम तर्फ आउँदै गरेको गरेको को १ ख ४०१४ नम्बरको बसले विपरित दिशाबाट जाँदै गरेको को २१ प ७९५ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा सोही मोटरसाईकलले अगाडि जाँदै गरेको  मे ६ प ४९७५ नम्बरको मोटरसाईकललाई समेत ठक्कर दिएको थियो ।

दुर्घटनामा को २१ प ७९५ नम्बरको मोटरसाईकलका चालक उर्लाबारी नगरपालिका-४ बस्ने बर्ष-२५ को सुदन मादेन र मोटरसाईकलको पछाडी सवार मोरङ मिक्लाजुङ गाउँपालिका-५ बस्ने बर्ष २८ की गोपी राई गम्भीर घाइते भई उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएकोमा थप उपचारको लागि मादेनलाई  नोवेल अस्पताल र राईलाई बिराट नर्सिङ होम बिराटनगर पठाईएकोमा उपचारको क्रममा दुबैजनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
त्यसैगरी  मे ६ प ४९७५ नम्बरको मोटरसाईकल चालक पथरी  शनिश्चरे नगरपालिका-१ वस्ने वर्ष ४० को डिल्लीराम गौतमको नोबेल अस्पताल बिराटनगरमा उपचार भईरहेको छ ।

उदयपुरः-  उदयपुरको बेलका नगरपालिका-९ खारखोलामा मोटरसाईकल दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । बिहान ५ बजे चतरा-गाईघाट सडक खण्डमा सेतीखोलाबाट रामपुर तर्फ आउँदै गरेको को. २२ प. ८२८८ नम्बरको मोटरसाईकल अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किएको थियो ।

दुर्घटनाम परि मोटरसाईकलमा सवार चालक सुनसरी बराह नगरपालिका-६ बस्ने बर्ष ४५ को शैलेस माझी र पछाडी सवार सोही ठाउँ बस्ने बर्ष १७ को जितेन राई गम्भीर घाइते भएका थिए । दुर्घटनामा घाइते दुबै जनालाई उपचारको लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएकोमा उपचारको क्रममा माझीको सोही अस्पतालमा मृत्य भएको हो भने राईको सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

साथै त्रियुगा नगरपालिका ७ जलजलेमा तत्काल नम्बर नखुलेको ट्रिपरले मोटरसाईकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । आइतवार राती साढे ९ बजे जलजले-मुर्कुची सडक खण्डको कोन्टे भन्ने स्थानमा  नम्बर नखुलेको ट्रिपरले स ५ प ३१२७ नम्बरको मोटरसाईकललाई पछाडीबाट ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाईकलको पछाडी सवार त्रियुगा नगरपालिका-७ कसारे बस्ने बर्ष १८ को सोनम राईको घटना स्थलमा नै मृत्यु भएको हो भने चालक सोही स्थान बस्ने बर्ष १८ को भुपेन्द्र राई घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । ठक्कर दिने ट्रिपर र चालक तत्काल फरार रहेकोले खोजी कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ । मृतकको शव कानूनी प्रकृया पूरा गरी पोष्टमार्टमको लागि जिल्ला अस्पताल उदयपुरमा राखिएको
छ ।
झापाः- झापाको कमल गाउँलिका ५ मंगलबारेमा आइतवार बलेरो गाडीको ठक्करबाट १ जना पैदलयात्रीको मृत्यु भएको छ । राती साढे ७ बजेको समयमा गौरीगंज पाडाजुँगी सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको मे.१ च.३१७९ नम्बरको बलेरो गाडीले पैदलयात्री गौरीगंज गाउँपालिका-२ कोरोबारी बस्ने बर्ष ३५ को लुखीराम हेम्ब्रम (सतार) लाई बाटो काट्ने क्रममा ठक्कर दिएको थियो । 

ठक्करबाट गम्भीर घाइते उनलाई उपचारको लागि दमक स्थित लाईफ-लाईन अस्पताल पठाएकोमा उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ । ठक्कर दिने बलेरो र चालकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.