Websoft University

गहुँको मूल विउ तयारी



शिव भट्टराइ,सुनसरी कार्तिक १३ गते । रातो तारा डट कम, किसानहरुले गहुँबाली लगाउने सिजन सुरु भएसँगै इटहरीको जुटबाली अनुसन्धान कार्यक्रममा उन्नत जातका गहुँको मूल विउ तयारी पारिएको छ । किसानहरुले गहुँ लगाउने बेलामा मूल विउलाई रोगमुक्त बनाएर तयारी अवस्थामा राखिएको
 हो ।

सुनसरीको इटहरी वडा नम्बर ९ मा रहेको जुटबाली अनुसन्धान कार्यक्रम संयोजक डा. गोविन्द तिम्सिनाले आठ जातका गहुँका मूल विउ तयारी गरिएको बताए । डा. तिम्सिनाकाअनुसार नेपाल २९७, विजय, गौतम, धौलागिरी, स्वर्गद्वारी, नेपाल १०५५, आदित्य र
तिलोत्तमा जातका गहुँको मूल विउ आविस्कार तथा उत्पादन गरिएको छ ।

कार्यक्रम संयोजक तिम्सिनाले किसानलाई समयमै गहुँको मूल विउ खरिद गर्न सुझावसमेत दिएका छन् । साथै सो केन्द्रबाट धानको विउ विक्री वितरणबाट २३ लाख राजश्व संकलन भएको छ । अनुसन्धान केन्द्रका कार्यक्रम संयोजक डा.गोविन्द तिम्सिनाले अघिल्लो आर्थिक बर्षभन्दा आर्थिक बर्ष २०७४÷०७५ मा धानको विउ विक्री वितरणबाट झण्डै दोब्बर राजश्व संकलन भएको जानकारी दिएका छन् ।

डा. तिम्सिनाले यसलाई जुट अनुसन्धान केन्द्र भनिएपनि जमिनलाई उपयोगमा ल्याएर किसानलाई चाहिने गहुँ, मुसुरोको समेत विउ उत्पादनमा जोड दिएको बताए । उनले भने,यसका अलावा जुटलाई आवश्यक पर्ने हरियो मलको लागि हामी घन्सी समेत लगाएर यसको विउ उत्पादन गर्छौं ।’ त्यसैगरी, मुसुरोको विउ १ टन उत्पादन भएको छ । विगतमा जुटमा १ सय ५० जात आविस्कार गरिए पनि ५२४ जातको आविस्कारलाई यसपाली परिस्कृत गर्न लागिएको उनको भनाइ छ ।

त्यस्तै, गहुँको विउ उत्पादनमा बृद्धि भएको छ । धौलागिरी जातको गहुँको विउ पहाडी जिल्ला अनुकूल हो । यो विउ ताप्लेजुङ्ग जिल्लासम्म माग हुने गर्दछ । त्यसैगरी तराई क्षेत्रमा हुने गहुँ
मोरङ, सुनसरी देखि जनकपुरसम्मका किसानले खरिद गर्ने गरेका छन् । धानको विउ पनि जनकपुरसम्म माग हुने गर्दछ । यसपालीदेखि भने गाउपालिकाहरुले यहाँबाट गहुँको विउ खरिद गरी किसानलाई वितरण गर्न सुरु गरेको कार्यक्रम संयोजक तिम्सिनाको भनाइ छ । यहाँ
बजेट अभावले जुट अनुसन्धानसम्बन्धि कार्यक्रम सुरु हुन सकिरहेको छैन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.