Websoft University

बिधालयमा अभिभावकले लगाए ताला


बिराटनगर कार्तिक १४ गते । रातो तारा डट कम,धनुषाको राष्ट्रिय आधारभूत निम्न माध्यमिक विद्यालय सर्सामा पूर्वविद्यार्थी तथा अभिभावकहरूले तालाबन्दी गरेका छन्। धनुषाको धनुषाधाम नगरपालिका ३ स्थित राष्ट्रिय आधारभूत निम्न माध्यमिक विद्यालयमा शिक्षक नियुक्ति विषयमा विवाद हुँदा विद्यालयका पूर्वविद्यार्थी एवं अभिभावकहरूले तालाबन्दी गर्दा दिनदेखि विद्यालयको पठन–पाठन अवरूद्ध हुन पुगेको हो।

२०७५ अषाढ १३ गते प्रकाशित प्राथमिक विद्यालय राहत कोटाको खुल्ला विज्ञापनमा एकजना शिक्षक नियुक्तिको क्रममा आर्थिक चलखेल भएको भन्दै छानबिनको मागसहित अनिश्चितकालीन तालाबन्दी गरेका मध्ये एक सुजन यादवले जानकारी दिए। विज्ञापनअनुसार परीक्षामा नौ जना सहभागीमध्ये विद्यालयका प्रध्यानाध्यापक खेमनारायण यादवकी छोरी प्रियंका कुमारी यादवलाई आर्थिक चलखेलको आधारमा लिखितममा नाम निकालिएको भन्दै स्थानीयले तालाबन्दी गरेका हुन्।

स्थानीय बासिन्दाहरू पटक–पटक विद्यालय निरीक्षक तथा जिल्ला शिक्षा समन्वयन समितिलाई जानकारी गराउँदा पनि चासो नलिएका कारण बाध्य भएर तालाबन्दी गरिएको जनाए। प्रध्यानाध्यापक यादवले आफ्नी छोरी प्रियंकाको लागि परीक्षा कापी परीक्षा हल बाहिरै बनाएर समावेश गरेको आरोपसमेत लगाएका छन्।

यता सोही गाउँका स्थानीय अरविन्द यादवले अंग्रेजी शिक्षकको कोटा खाली रहे पनि अंग्रेजी शिक्षकको विज्ञापन गर्नुपर्नेमा नेपाली शिक्षकको विज्ञापन गरेर आफ्नो छोरीको नियुक्ति गर्न खोजेको आरोप लगाए। उनले भने, ‘विद्यालयमा हाल अंग्रेजी शिक्षकको आवश्यकता छ, तर नेपाली विषयको शिक्षक नियुक्तिको लागि परीक्षा लिइएको छ, त्यसको खारेजीको माग हाम्रो छ।’

यता प्रध्यानाध्यापक यादवले आफू आइतबार विद्यालयमा उपस्थित नभएका कारण आफूलाई खासै जानकारी नभए पनि सूचना टाँस गरेको आधारमा तालाबन्दी गरिएको स्वीकार गरे। उनले भने, ‘गैर अभिभावकहरूले आफ्नो स्वार्थ सिद्ध गर्न नसकेपछि मेरो छोरीको नाम निकालेको भनेर प्रचारबाजी गरेका हुन्।

के मेरो छोरी हो भन्दैमा उसले यो स्कुलमा जागिर खान पाउँदैनरु’ प्रध्यानाध्यापक यादवले परीक्षा र कापी जाँच समेत विधिपूर्ण तरिकाले विद्यालय व्यवस्थापन समिति तथा सरोकारबालाको उपस्थितिमा भएको दाबी गरे।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.