Websoft University

बालुवा निकासी खुला

काठमाडौ असोज १२ गते । रातो तारा डट कम,
मेलम्ची-सिन्धुपाल्चोक मेलम्ची नगरपालिकाले नगरभित्रका नदी क्षेत्रमा हाते औजार प्रयोग गरी सङ्कलन गरिएको बालुवा निकासी गर्न खुला गरेको छ ।

नगरपालिकाले इन्द्रावती, मेलम्ची र सिन्धुखोलालगायत नदी क्षेत्रमा हाते औजार प्रयोग गरी सङ्कलन गरिएको बालुवा निकासी गर्न खुला गरेको हो ।

यसरी सङ्कलन गरिएको बालुवा ट्रक वा टिपरद्वारा निकासी गर्दा मेलम्ची नगरपालिकाको कार्यालय वा सम्बन्धित राजश्व सङ्कलन केन्द्रमा नियमानुसारको राजश्व तिरेर मात्र बालुवा ओसारपसार गर्न पाउने सूचना नगरपालिकाले जारी गरेको
छ ।

राजश्व नतिरी बालुवा निकासी गरेको पाइएमा थप दण्ड जरिवाना र आवश्यक कारवाही गरिने मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवीप्रसाद थपलियाले जानकारी दिनुभयो ।

जिल्लाको इन्द्रावती गाउँपालिकाले भने अर्को व्यवस्था नभएसम्म आफ्नो नदी क्षेत्रभित्र कुनै प्रकारको मेशिनरी औजÞार प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन र निकासी गर्न प्रतिबन्ध लगाएको छ । असोज १ गते बसेको जिल्ला समन्वय समिति एवं नदीजन्य पदार्थको अनुगमन समितिले असोज ५ गतेबाट नदीजन्य पदार्थ निकाल्न दिने निर्णय गरेको थियो ।

बैठकले प्रारम्भिक वातावरणीय परीक्षण ९आइइ० भइसकेका र ठेक्का प्रक्रिया पूरा भएका नगर र गाउँपालिकाको हकमा ठेकेदारमार्फत नदीजन्य पदार्थ निकाल्न दिने निर्णय गरेको थियो । नदीजन्य पदार्थको अनुगमन समितिले असार, साउन र भदौ गरी तीन महीनासम्म नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.