Websoft University

यू–१८ च्याम्पियनसीप नेपाल छैठौं स्थानमा

आगरा (भारत) असोज १२ गते । रातो तारा डट कम,
भारतको आगरामा शुक्रबार सम्पन्न एसियन यू–१८ च्याम्पियनसीप फुटबल प्रतियोगितामा नेपाल छैठौं बनेको छ ।
प्रतियोगिताको ४६ औं संस्करण सकिंदा पहिलो पटक सहभागिता जनाएको नेपाल पाँचौं बन्न सकेन ।

तीनवटा खेलमा जित र तीनवटामा हार बेहोरेको नेपाल छैठौंमै चित्त बुझाउन बाध्य भयो । प्रतियोगिता भर ६ वटा खेल खेलेको नेपालले चीन, अफगानिस्थान र श्रीलंकामाथि मात्रै जित निकाल्न सक्यो । थाईल्याण्ड, इन्डोनेसिया र आयोजक राष्ट्र भारतसंग पराजय बेहोर्नु प¥यो ।

शुक्रबार भएको खेलमा भारतसंग ४–३ गोल अन्तरले निराश हुनु पर्दा नेपालले पाँचौं स्थान गुमाएको हो । ६०–४० को खेलमा पनि फिनिसिङ फितलो हुँदा नेपाल नतिजाबाट विमुख बनेको हो । निर्धारित समय गोल रहित बराबरीमा सकिएपछि २० मिनेट समय थप गरिए पनि थप गरिएको समयमा समेत नतिजा निस्कन नसक्दा खेल टाईब्रेकरमा धकेलिएको थियो ।

र्टाइब्रेकरमा पनि ३–३ गोलको बराबरी भएपछि खेलको निर्णय लिन सडन डेथ सम्म पुग्नु प¥यो । सडन डेथमा नेपाल अभागी ठहरिंदा घरेलु मैदानमा भारतको भाग्य चम्कियो ।
टाईब्रेकरमा नेपालका तर्फबाट रन्दिप पौडेल, अनिज महर्जन र  नविन गुरुङको प्रहारले मात्रै जाली चुमेको थियो ।

कप्तान दिनेश हेन्जन र शेषेहाङ आङ्दम्बेको प्रहारलाई भारतीय गोलरक्षक मोल्लह अलईफ रहमानले रोकिदिए । भारतका छकछुक पाउगिनमुन, टाईसन सिंह र कफोई सिंहको प्रहार गोलमा परिणत भयो । वाजिड अली र अजयकुमार चौधरीको प्रहारलाई भने नेपालका गोलरक्षक विशाल सुनारले विफल पारिदिंदा टाईब्रेकरमा नतिजा निस्कन सकेन ।

सडन डेथमा भारतका संजित राईको प्रहार गोलमा परिणत हुँदा भारत विजयी बन्यो । सुरज ज्यू ठकुरीको प्रहारलाई भारतीय गोलरक्षकले रोकिदिनु नेपालका लागि दुर्भाग्यपूर्ण बन्यो । खेललाई पूरै नियन्त्रणमा राखेको नेपालले भारतका विरुद्ध निर्धारित समयमा गोल गर्ने केही सुन्दर अवसरलाई सदुपयोग गर्न नसक्दा दोस्रो खेलबाटै इन्जुअर्ड भएर बसेका मनिष थापाको अभाव खड्कियो ।

प्रतियोगिता भर एउटा मात्रै पहेंलो कार्ड पाएका रक्षापंक्तीका खेलाडी विकास खवासलाई दुईवटा पहेंलो कार्ड पाएको भन्दै खेल्नबाट बन्चित गराइयो । ३७ औं मिनेटमा बुद्ध वल तामाङको प्रहारमा भारतीय गोलरक्षक बाधक बने । ५१ औं मिनेटमा २५ यार्ड टाढाबाट दिनेश हेन्जनले गरेको फ्रिकिक प्रहारले पनि पोष्टको बाटो देखेन ।

थप गरिएको दोस्रो मिनेटमै हेन्जनको प्रहारलाई भारतीय गोलरक्षकले बचाइदिए । थपिएको छैठौं मिनेटमा अनिल महर्जनको प्रहारले पनि बाटो विराउनु नेपालका लागि दुर्भाग्यपूर्ण बन्यो । प्रतियोगिता भर मिडफिल्डर अनिल महर्जन, रक्षापंक्तीका राजन गुरुङ, विकास खवास र रन्दिप पौडेलको प्रदर्शन उत्कृष्ट रहयो । दिनेश हेन्जन, नितिन थापा मगर, मनिष थापा र गोलरक्षक विशाल सुनारको प्रदर्शन पनि सम्झन लायक रहयो ।

नेपालका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले नेपाल र भारतबीचको प्रतिष्पर्धालाई महत्वका साथ हेरिएको भए पनि नेपालका लागि दुःखद् नजिता निस्किएको बताए । ‘मैदानमा नेपालको प्रदर्शन उत्कृष्ट रहयो,’ उनले भने, ‘फिनिसिङ फितलो हुँदा निराशाजनक नतिजा हात प¥यो ।’ श्रेष्ठले प्रतियोगिता भर नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरे पनि सुखद् नतिजा भने विपक्षीको पक्षमा पुगेको बताए ।

( फोटो क्याप्सन ः शुक्रबार भारतसंग प्रतिष्पर्धाको तयारीमा रहेका नेपाली खेलाडी र नेपाली खेलाडीका साथमा तस्बिर खिचाउँदै भारतीय खेलाडी । )



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.