Websoft University

नेपाली कथानक चलचित्र 'अनुराग' का कलाकारहरु इटहरीमा


शिव भट्टराई सुनसरी असोज ९ गते । रातो तारा डट कम,
नेपालका चर्चित पत्रकार ऋषि धमलाको प्रस्तुतीमा बनेको चलचित्र अनुरागको प्रचारप्रसारका लागि कलाकारहरु इटहरीमा आएका छन्।

इटहरीस्थित रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गदै चलचित्रका नायक समुन्द्र पण्डित र नायिका एलिजा गौतमले असोज १२ गते चलचित्र हेर्न आग्रह गरेका छन् । चलचित्र संगित र प्रेम कथामा आधारित रहेको नायिका एलिजा गौतमले जानकारी दिइन ।

अनु र रागको दुई पात्रले चलचित्रमा मुख्य चरित्र निर्वाह गरेको उनले बताईन । नेपालका बिभिन्न रमणीय स्थलमा छायकंन गरिएको चलचित्रमा सबै कलाकारहरुले मेहेनत राम्रो गरेकाले नतिजा पनि राम्रो हुनेमा आफु आशावादी रहेको गौतमले बताईन । यस्तै नायक समुन्द्र पण्डितले पनि चलचित्र उत्कृष्ट बनेको बताए । ‘राम्रो लगानीमा बनेको चलचित्रले राम्रो प्रतिफल आउनेमा हामी आशावादी छौ’ उनले भने ।

देशभर प्रचार प्रसारलाई तिव्र बनाउदै पूर्वमा पनि चलचित्रको प्रमोशनमा इटहरी आएको पण्डितले जानकारी दिए।  ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत, प्रविन सिंह र बिक्रम स्वारको कोरियोग्राफी छ ।

किरण दाहालको कथा, सत्यराज चौलागाई र आगत केसीको पटकथा तथा संवाद, राम कुमार केसीको छायाँकन रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.