Websoft University

दुर्घटनामा परि २ को मृत्यु


मोरङ, आश्विन १४ गते । रातो तारा डट कम,
मोरङको विराटनगर महानगरपालिका-४ मा शनिबार राती पार्किङ गरि राखेको ट्रकमा मोटरसाईकल ठोक्किदा २ जनाको मृत्यु भएको छ ।

राती सवा ११ बजे एयरपोर्ट तर्फ जाने भित्री सडक खण्डमा बाटोको साईडमा रोकेर राखेको ना.५ ख ५८८६ नम्बरको ट्रकमा पश्चिम तर्फ जाँदै गरेको को. ८ प ७२१५ नम्बरको  मोटरसाईकल पछाडीबाट ठोक्किएको थियो ।

दुर्घटनामा परि मोटरसाईकलमा सवार पथरी-शनिश्चरे नगरपालिका-९ बस्ने बर्ष २४ को रोशन शेर्पा र बिराटनगर महानगरपालिका-४ बस्ने बर्ष-१९ को अनिष राजबंशी घाईते भएका थिए । घाईते दुवैजनालाई उपचारको लागि नोवेल अस्पताल बिराटनगर लैजाने क्रममा शेर्पाको बाटोमा नै मृत्यु भएको हो थियो भने राजवंशीको उपचारको क्रममा सोही अस्पतालमा आईतवार राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

ट्रक र मोटरसाईकल प्रहरीको नियन्त्रणमा राखिएको छ भने चालक फरार रहेकोले खोजी कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।त्यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका-१ नहडा स्थित खारखोलामा शनिवार मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा १ जना घाईते भएका छन् ।

धरानबाट चतरा जाँदै गरेको बा २६ प ७६७५ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना हुँदा चालकसुनसरी धरान उप-महानगरपालिका-१७ बस्ने २२ बर्षीय अर्जुन राई घाईते भएका हुन् । दुर्घटनामा परि घाईते राईको खुट्टा भाँचिएर विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय चतराले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.