Websoft University

मेयर असक्षम भएकै कारण प्रमुख कार्यकारीको सरुवा भएको नेकपा सुन्दरहरैचा कमिटीको ठहर

शिव भट्टराई- सुनसरी  असोज १० गते । रातो तारा डट कम,
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङको,सुन्दरहरैचा नगरकमिटी वार्ड नं १, २ र ११ मा बृहत् रुपमा वार्ड अगुवा कार्यकर्त भेला सम्पन्न गरेको छ ।

प्रदेश नं १ का नेकपाका सचेतक तथा प्रदेश नं १ मोरङ क्षेत्र नं ३ ( ख ) का सांसद राज कुमार ओझाको प्रमुख आतिथ्यतामा सुन्दरहरैचा वार्ड नं १, २ र ११ मा अगुवा कार्यकर्ता भेला आयोजना गरेको हो ।

कार्यक्रमम सुन्दरहरैचा नगरपालिका उपमेयर धना तामाङ, सुन्दरहरैचा नगरपालिका कार्यपालिका सदस्य भक्त किरण राई , सुन्दरहरैचा नगरपालिका वार्ड नं २ का वार्ड सदस्य झरी लाल चौधरी सुन्दरहरैचा वार्ड नं ११ का वार्ड अध्यक्ष विशनलाल चौधरी, सुन्दरहरैचा वार्ड नं ११ का वार्ड सदस्य महेन्द्र लिम्बु , नेकपाका नेता अजम्बर राई , सन्तोष बान्तावा, रुद्र लम्साल , लता न्यौपाने, सुरेन्द्र थापा, लक्ष्मि फुयाल सहितका नेता तथा जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा सुन्दरहरैचा नगरपालिका वार्ड नं २ तथा ११ का वासिहरुले वार्डको समस्याहरुप्रती जनप्रतिनिधिहरुले ध्यान दिनु पर्ने र वार्ड वासिको समस्या बुझेर काम गर्नु पर्ने जस्ता समस्याहरु जनप्रतिनिधिहरु बिच राखेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश १ मोरङ ३ ख का सांसद ओझाले कम्युनिष्ट सरकारलाई काङ्ग्रेसले असफल बनाउन विभिन्न लाल्छाना लगाएर अल्झाउन खोजेको भन्दै सम्पुर्ण कार्यकर्ता तथा नेताहरुलाई जनताको घर घरमा गएर सरकारले गरेका काम हरु प्रष्ट पार्दै स्थानिय जनताको समस्याहरु के छन त्यस अनुरुप योजना बनाएर ल्याउन आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै सुन्दरहरैचा नगरपालिका उपमेयर धना तामाङले कम्युनिष्ट सरकारलाई असफल बनाउन तथा स्थानिय तह सुन्दरहरैचा नगरपालिकामा कम्युनिष्ट सरकारको बहुमत रहदा मेयरले विभिन्न कार्यक्रममा कम्युनिष्टहरुले काम गर्न दिएनन भन्ने कुराको खण्डन गर्नु भएको थियो । उपमेयर तामाङले नगरपालिकाको कति पय काम तथा योजनाहरु आफुलाई स्वयं थाहा नै नदिइ कन मेयरले काम गर्ने गरेको समेत आरोप लगाउनु भएको थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै नेकपाका नेता लक्ष्मि फुयालले क्षमता बिहिन मान्छेले अरुलाई आरोप लगाएर आफू पन्छिन खोज्ने हो त्यस्तो व्यक्तिलाई जनताले अब चिनिसकेको भन्दै मेयरले विभिन्न कार्यक्रममा कम्युनिस्ट सरकारले काम गरेन भन्ने कुराको कुनै तुक नभई मेयरले जनतालाई झुक्याउने मेलो मात्र  गरेको बताउनुभएको थियो । उहाले मेयर असक्षम भएकै कारण स्थानिय चुनाव भैइ सके पछि पनि स्थानिय तह सुन्दरहरैचामा मेयरकै कारण चार जना कार्यकारी फेरिसकेको बताउनु भयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.