Websoft University

फोहोर व्यवस्थापन नगरेको भन्दै स्थानिय बासिन्दाहरु विरोधमा उत्रिए

शिव भट्टराई- मोरङ,असोज १२ गते । रातो तारा डट कम,
सुन्दरहरैचा नगरपालिकाले फोहोर व्यवस्थापन नगरेको भन्दै स्थानिय बासिन्दाहरु विरोधमा सुन्दरहरैचा, नगरपालिकाले नगरपालिकाको फोहोर व्यवस्थापन नगरेको भन्दै सुन्दरहरैचा नगरपालिकाको वासिन्दाहरु विरोधमा उत्रीएका छन

नगरपालिकाले नगर भरिको फोहोर उठाएर सुन्दरहरैचा वार्ड नं ४ को खोलाको ल्याण्डफिल्ड साइडमा लगेर फाल्दै आएको थियो । शुक्रबार बिहान नगर भरिको फोहोर उठाएर फोहोर फाल्न गएको गाडिलाई फर्काएर स्थानिय वासिन्दाले विरोध गरेका हुन ।

गत भदौ २९ गते सुन्दरहरैचा वार्ड नं ३ र ४ का वासिन्दाहरुले उक्त स्थानको फोहोर व्यवस्थापन गर्नु पर्ने माग सहित नगरपालिकाका प्रमुख शिव प्रसाद ढकाललाई ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्र बुझाउदा नगरले विश्व बैकको लगानी रहेको यस नगरमा उक्त लगानी मार्फत व्यवस्थापन गर्ने बाताएको स्थानिय युवा सुजन पोखरेलले बताएका छन ।

पटक पटक फोहोर व्यवस्थापन गर्न माग गर्दा समेत नगरले चासो नदिएको स्थानिय युवा जय प्रकाश रायमाझिले बताएका छन । उक्त स्थानमा फोहोर फाल्दा सुन्दरहरैचा वार्ड नं ४ को ३०० घर धुरी र सुन्दरहरैचा वार्ड नं ३ को २०० घर धुरीलाई असर गरिरहेको रायमाझिले बताए ।

गत २९ गते स्थानिय युवाहरुले सुन्दरहरैचा वार्ड नं ४ का वार्ड अध्यक्ष शैलेन्द्र श्रेष्ठलाई समेत फोहोर बाट दुर्घन्धित भई स्थानियहरुलाई असर गरेको जानकारी गराएका थिए भने वार्ड अध्यक्ष श्रेष्ठले फोहोर व्यवस्थापन गर्न १५ दिनको समय स्थानिय सग मागेका थिए तर समय मागेको १५ दिन पनि सकिदा उक्त स्थानको फोहोर व्यवस्थापन नभएपछी आज स्थानिय युवाहरुको अगुवाईमा नगरपालिकाको फोहोर फाल्ने गाडिलाई युवाहरु मिलि फर्काईएको छ ।

उक्त फोहोर फाल्ने स्थानमा सुन्दरहरैचा वार्ड नं ४ लाई हरियाली भित्रको शहर बनाउने उद्देश्यले वार्ड अध्यक्ष श्रेष्ठको नेतृत्वमा विभिन्न प्रजतिका बिरुवाहरु समेत रोपिएको छ ।

स्थानिय युवाहरुले उक्त फोहोर फाल्ने स्थान खोलाको डिलमा भएको कारण फोहोर पानी मा मिसिएर स्थानियहरुलाई प्रत्यक्ष असर गरेको बताएका छन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.