Websoft University

माटोमा ६५ प्रतिशतभन्दा बढी अम्लीयपन देखिएपछि किसानलाई कृषि चुन वितरण

काठमाण्डौं,असोज ९ गते । रातो तारा डट कम,सल्यान,माटोमा ६५ प्रतिशतभन्दा बढी अम्लीयपन देखिएपछि कपुरकोट गाउँपालिकाले किसानलाई कृषि चुन वितरण गरेको छ ।

विशेष गरी तरकारी खेती भएको खेतबारीमा अम्लीयपन बढी देखिएको गाउँपालिकाले जनाएको छ । पछिल्लो समय माटोको उर्बराशक्ति घट्दै गएकाले माटो उपचारका लागि ७५ प्रतिशत अनुदानमा कृषि चुन वितरण गरिएको गाउँपालिकाका अध्यक्ष भीमबहादुर सेनले जानकारी दिनुभयो । कृषि चुन खरीद गरी किसानको २५ प्रतिशत लागत सहभागितामा ५४५ क्विन्टल कृषि चुन कृषि शाखामार्फत वितरण गरिएको हो ।

“किसानले अझै चुनको माग गरिरहेका छन्,” कृषि शाखाकाका प्रमुख पदम तिमिल्सिनाले भन्नुभयो । पछिल्लो समय गाउँपालिकाले किसानको खेतबारीको माटोको अवस्था पत्ता लगाउन माटो परीक्षण शिविर सञ्चालन गर्दै आएको छ । कृषि चुनको प्रयोगले बिग्रिएको र उत्पादन घटेको माटोमा सुधार आई उत्पादन बढ्छ भनेर किसानलाई सम्झाएपछि किसानले कृषि चुनको प्रयोग गर्न थालेकोे तिमिल्सिना बताउनुहुन्छ ।

माटोको अवस्था हेरेर एक रोपनीमा ३५ देखि ५० किलोको दरले कृषि चुन प्रयोग गरिँदै आएको छ । रासायनिक मल तथा विषादीको प्रयोग तथा बाली चक्र नअपनाउँदा माटोमा अम्लीयपन बढ्न गई उर्बराशक्तिमा ह्रास आउने गरेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.