Websoft University

धनकुटा स्थित नमस्ते झरना घुम्न आएको पर्यटक बोकेको बस दुर्घटना, १ जनाको मृत्यु

(फायलफोटो)
धनकुटा, भाद्र १३ गते । रातो तारा डट कम,
धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका ६ स्थित कोशी राजमार्गमा बुधबार बिहान ११.१० बजे सुनसरी जिल्लाको ईनरुवाबाट धनकुटाको नमस्ते झरना घुम्न आएको पर्यटक चढेको को १ख ३५८३ नम्बरको बस अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामाअन्य २४ जना घाइते भएका छन् ।

को १ ख ३५८३ नम्बरको बस अनियन्त्रित भई सडक किनार भित्तामा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका सुनसरी बराह नगरपालिका(९ स्थित प्रकाशपुर बस्ने वर्ष ४८ को राजेन्द्र राजवंशीको उपचारका क्रममा विपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा बुधबार दिउँसो २ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय भेडेटारले जनाएको छ ।

दुर्घटनामा परी घाइते हुनेमा जिल्ला सुनसरी भोक्राहा गाउँपालिका १ बस्ने वर्ष ३० को रामकुमार मेहता, भोक्राहा ४ बस्ने वर्ष १५ को सुरज मेहता, भोक्राहा १ बस्ने वर्ष ४२ को बिरेन्द्र कुमार मेहता, सोही स्थान बस्ने वर्ष १९ को चन्द्र नारायण साह, भोक्राहा ४ बस्ने वर्ष ४५ को
ईन्द्र राज खड्का, जिल्ला सुनसरी ईनरुवा नगरपालिका ६ बस्ने वर्ष ३७ की तारा बस्नेत,भोक्राहा ४ बस्ने वर्ष ५५ की ईन्दिरा बस्नेत, सोही स्थान बस्ने वर्ष ३७ को विनोद कुमार यादव ,भोक्राहा ४ बस्ने वर्ष ४२ को आनन्द नारायण मेहता, सोही स्थान बस्ने वर्ष ३२ को संजिव मंडल,भोक्राहा ७ बस्ने वर्ष ३५ को राम कुमार मेहता, सोही स्थान बस्ने वर्ष ३५ को रमेश मेहता,जिल्ला सुनसरी बराह नगरपालिका २ स्थित प्रकाशपुर बस्ने वर्ष ४३ को दिलिप ठाकुर, जिल्ला
सुनसरी भोक्राहा गाउँपालिका १ बस्ने वर्ष २८ को सुवर्ण मेहता, भोक्राहा ४ बस्ने वर्ष ६५ को खड्ग बहादुर सिवा, सोही स्थान बस्ने वर्ष ३२ को सुरेस मेहता रहेका छन् । उनीहरुको सोही विपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ ।

त्यसैगरी सामान्य घाइतेहरुलाई भेडेटार स्वास्थ्य चौकीमा उपचार गराईएको छ । सामान्य घाइते हुनेमा जिल्ला
सुनसरी भोक्राहा गाउँपालिका ४ बस्ने वर्ष ३४ को जियाबुल अन्सारी, भोक्राहा १ बस्ने वर्ष ५८को बालकृष्ण मेहता, भोक्राहा १ बस्ने वर्ष ४० को देउकृष्ण मेहता, भोक्राहा ४ बस्ने वर्ष ३५ को हन्सी अन्सारी, भोक्राहा २ बस्ने वर्ष ३० को सुरेश मेहता, सोही स्थान बस्ने वर्ष ३५ की रन्जु परियार, भोक्राहा १ बस्ने वर्ष २८ को श्रवण मेहता र जिल्ला सुनसरी ईनरुवा नगरपालिका ४ बस्ने राजेन्द्र राई र जिल्ला सुनसरी ईनरुवा नगरपालिका ४ बस्ने वर्ष ६५ को खड्ग नेपाली रहेका छन् ।

 बसका चालक फरार भएकाले प्रहरीबाट खोजी भईरहेको ईलाका प्रहरी कार्यालय भेडेटारले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.