Websoft University

भाद्र ३१ सम्ममा माग पुरा नभए ३ र ४ गते बिधालयहरु बन्द गर्ने ७ गते काठमाण्डौंमा प्रदर्शन


बिराटनगर साउन २४ गते । रातो तारा डट कम, १ नम्वर प्रदेश स्थरिया नेपाल विधालय कर्मचारी परिषदले राज्यको दायित्व सामुदायिक विधालयका कर्मचारीको पेसागत स्थायित्व विषयक अन्तरक्रिया कार्यक्रम सगै आफना आन्दोलनका कार्यक्रमहरु पनि आजै घोषणा ग¥यो ।

नेपाल विधालय कर्मचारी परिषद केन्द्रिय कार्यसमिति समेतको आवहानमा नेपाल शिक्षक महासंघ मोरङ,नेपाल विधालय कर्मचारी परिषद मोरङ समेतले बिराटनगरमा पुर्व घोषित कार्यक्रम अनुसार आज अन्तरकृय कार्यक्रम गरेकोछ ।

 कार्यक्रमका प्रमुख अतिथि तथा शिक्षक महासंघ शिक्षक महासंघ मारङका अध्यक्ष दामोदर सिग्देलले कार्यक्रमलाई सम्वोधन गर्दै, २०६३ देखि २०६७ सम्मको विधालय कर्मचारीहरुको सेवा सुविधाका बारेमा कुरा उठाउदै,२०७५्र÷०७६ को बजेटमा उल्लेख भएका कुरा उठाउदै, बजेटमा उल्लेख भएको सुविधा समेत सामुदायक विधालयका कर्मचारीहरुले सुविधा पाउन सकेका छैन्न भन्नु भयो ।

सरकारले अव यि विधालय कर्मचारीहरुलाई नेपाल सकारका कर्मचारीले पाउने सरहनै सेवा सुविधा उपलब्ध गराउनका लागि बहस  र आन्दोलन सगै अगि बढाउने भन्दै, भाद्र ३१ सम्ममा माग पुरा नभए देशै भरी आन्दोलन चर्काउने बताउनु भएकोछ ।

कार्यक्रममा सहभागि वक्ताहरुले आफना धारणाहरु राख्दैै, भाद्र ३१ सम्ममा सरकारले हाम्रा मागहरुको संम्वोधन नगरे तीन र चार गते शैक्षिक हडताल गरेर ठप्पै पार्ने र ७ गते हामी काठमाण्डौमा उपस्थित भएर प्रदर्शन गर्ने जस्ता कुरा हरु बताएका छन ।

कार्यक्रम नेपाल विधालय कर्मचारी परिषद मोरङका अध्यक्ष शैलेन्द्रकुमार ताजपुरियाको अध्यक्षतामा भएको थियो ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.