Websoft University

आगामी ५ वर्षभित्र ५ लाख युवालाई नेपालमै रोजगारी उपलव्ध गराउने : मन्त्री बिष्ट


विराटनगर, साउन १५ गते । रातो तारा डट कम, श्रम ,रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोर्कण विष्टले वर्तमान सरकार प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत एक वर्षमा एक लाख वेरोजगार यूवायूवतीलाई रोजगार दिने बताएका छन् ।

आज विराटनगरमा श्रम ,रोजगार तथा सामाजिक मन्त्रालय एवम् प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले आयोजना गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम तथा रोजगार क्षेत्रका चुनौति विषयक अन्तरक्रिया कार्यकममा बिष्टले सरकारले आगामी पाँच वर्षभित्र पाँच लाखलाई रोजगारी उपलव्ध गराउने र यस कार्यलाई सफल बनाउन निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताए । मन्त्री विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत मुलुकका ७ सय ५३ स्थानीय निकायमा आगामी १५ दिनभित्रमा रोजगार सेवा स्थापना गर्ने बवताउर्दै एक महिनाभित्र अधिकृतस्तरको कर्मचारीले बेरोजगारको तथ्याङ्गक संकलन गर्ने बताए ।

आगामी चौमासिक बजेट भित्र बेरोजगार यूवाहरुलाई १ सय २० दिन रोजगार दिने नभए न्यूनितम पारिश्रमिक उपलव्ध गराउने कार्यमा सरकारले कार्य गरिरहेको बताए । मन्त्री विष्टले वर्तमान सरकार अनलाइन प्रविधिको प्रयोग गरी उद्योग स्थापनाको इजाजात प्रदान गर्र्न सोचले कार्य अगाडि वढाएको बताए । देशमा रोजगारी सिर्जना गर्ने उद्योग स्थापनाका कनै किसिमको वाधा व्यवधान झण्झटिलो र ढिलासुस्ती हटाउनका लागि एकद्धार प्रणालीमर्फत उद्योग स्थापनाको इजाजत प्रदान गर्ने कार्यमा सरकारले कार्य शुरु गरिसकेको उनको भनाई छ ।

कार्यक्रममा प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले श्रमिकहरूले आफ्नो अधिकारसँगै आफू काम गर्ने औद्योगिक प्रतिष्ठानको उत्पादन क्षमतामा वृद्धि गर्नेतर्फ पनि ध्यान दिनुपर्ने बताए। राजनीतिक आन्दोलन र परिवर्तनमा मजदुरहरूको ठूलो योगदान रहेको बताउँदै उनले अब देशको आर्थिक समृद्धिमा पनि मजदुरहरूको महत्त्वपूर्ण भूमिकाको अपेक्षा सरकारले गर्ने उल्लेख गरे । मन्त्री जिवन घिमिरेले रोजगारी सृर्जना गर्ने कृषि, पर्यटन र निर्यातमुलक उद्योग स्थापनामा उद्यमीहरुलाई आवश्यक सहयोग गर्ने वताउँदै प्रदेशको समृद्धि कायम राख्नमा उद्यमीहरुको ठूलो भूमिका हुने बताए ।

कार्यक्रममा प्रदेश सदस्य निलम वस्नेत,श्रम,रोजगार तथा सामाजिक विकास मन्त्रालयका सचिव महेशप्रसाद दाहाल,सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव ज्ञानराज सुवेदी उद्योगसंगठनका उपाध्यक्ष राकेश सुराना,पर्यटन उद्यमी पुण्य भट्टराई लगायतका उद्योग क्षेत्रमा रहेका कठिनाई , रोजगार सिर्जन गर्न आउने समस्या समाधानका लागि सुझाव दिएका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.