Websoft University

नेकपाका कार्यकर्ताले काग्रेस नेता कुटे


शिव भट्टराई -इटहरी, साउन १० गते । रातो तारा डट कम,
काग्रेसका इटहरी १० नं. वडाका सभापतिले नेकपाका कार्यकर्ताले आफुलाई कुटपिट गरेको बताएका छन् ।
वडा सभापति प्रकाश कोइरालाले तत्कालिन (युवा संघ एक नं. प्रदेश सचिवालय सदस्य) रुपेश बस्नेत सहितको समुहले धनकुटाको नाम्जेमा कुटपिट गरेको बताएका हुन ।

इटहरीस्थित रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी कोइरालाले पार्टीको बिषयमा विवाद हुदा मुक्का हानेको दाबी गरे । नेकपा आबद्ध कार्यकर्ताहरुको प्रशिक्षण सकेर फर्कदै गरेका बस्नेत सहित बिटु चौधरी र सोनु हलुवाई लगायतको समहुले नाम्जेमा घेरेर आफुलाई मुक्का र लात्ती हानेको बताए।

घटनाको बिषयमा बुधबार नै प्रहरी चौकी भेडेटारमा निवेदन समेत दिएको कोइरालाले जानकारी दिए ।
‘हाम्रो पार्टी सरकारमा छ, हामीलाई कसैको डर छैन’ भन्दै आफु र अधिकारी भाईलाई कुटपिट गरेको उनको भनाई छ ।
बुधबार बिहानदेखी भनिएको प्रशिक्षणमा अधिकाशं नेकपाका कार्यकर्ता मातेर नाम्जे होमस्टे आसपास आतंक मञ्चाएको कोइरालाको दाबी छ । बस्नेत समुहले आफुलाई दुरव्यवहार गर्नुको साथै त्यहाँ घुम्न आएका युवती तथा महिलालाई समेत दुरव्यवहार गरेको बताए ।

यस्तै काग्रेस सुनसरी जिल्ला सदस्य सुबोध घिमिरेले घटना निन्दनिय रहेको बताउदै सत्ताको आँडमा कसैले पनि गुण्डागर्दी देखाउन नहुने बताए ।  यता नेकपाका कार्यकर्ता रुपेश बस्नेतले सामान्य विवाद भएको तर कुटपिट नगरिएको दाबी गरे । ‘हामी एक अर्काेलाई चिन्दछौ, जिस्केर पार्टीको बिषयमा डिबेट भएको हो’ उनले भने ‘तर कुटपिटको आरोप गलत छ’ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.