Websoft University

नझरेका फुलहरु पलेटी साँझमा स्रष्टा सम्मान तथा साङ्गीतिक कार्यक्रम सम्पन्न


युवराज ठकुरी /सुन्दर हरैचा,विराटचोक मोरङ-साउन १३ गते।रातो तारा डट कम, बिराटचोक मोरङमा आयोजित नझरेका फुलहरु पलेटी साँझ कार्यक्रममा ७जना स्रष्टाहरु सम्मानित भएका छन् ।

रेडियो सुसेलीमा विगत आठ वर्ष देखि संचालन हुँदै आएको नझरेका फुलहरु कार्यक्रमका प्रस्तोता केपी घिमिरेको परिकल्पनामा संचालित उक्त कार्यक्रममा स्रष्टाहरु बरिस्ठ सङ्गीतकार राजु सिंह,गायक यम बराल,कवि मनु मन्जिल गायक लाक्पा सेर्पा,गायिका सत्यकला राई,गीतकार तथा सङ्गीतकार जेवी थुलुङ,गायक सन्जीव धिमाल र गीतकार रमेश कार्की सम्मानित भएका हुन।
                 
बरिस्ठ सङ्गीतकार राजु सिंहको प्रमुख आतिथ्यता र केपी घिमिरेको  सभापतित्वमा भएको कार्यक्रम रेडियो सुसेलीका कार्यसमिति सदस्य सन्तोष बान्तवाले चलाएका थिए।
     
कार्यक्रममा कवि मनु मन्जिलले आफ्ना चर्चित कविता दुश्मन प्रस्तुत गरेका थिए। गायक यम बरालले उनका कालजयी गीतहरु निष्ठुरीले छाडेर गैहाली, बादलुको घुम्टोले, हेर हेर पुर्वबाट झुल्किएछ घाम जस्ता गीतहरू प्रस्तुत गरेर दर्शक स्रोता मन्त्र मुग्ध बनाएका थिए।

त्यसै गरि गायक लाक्पा सेर्पाले झस्केर दुख्छ ,बुढा पाकाहरु भन्थे, ए कान्छा  लगायतका गीतहरु प्रस्तुत गरेका थिए।गायिका सत्यकला राईले पनि तिमीलाई हङकङ पुर्‍यायो लगायतका गीतहरू प्रस्तुत गरी स्रोताहरुलाई मनोरञ्जन दिलाएका थिए।
 
त्यसै गरि सन्जिब धिमालले पनि आफ्ना गीतहरु प्रस्तुत गरेका थिए।बरिस्ठ सङ्गीतकार राजु सिंहले आफ्ना सारगर्वित मन्तव्य राख्दै नझरेका फुलहरुले अमुल्य सम्मान गरेकोमा खुशी व्यक्त गरे।  स्रष्टा जेवी थुलुङले पनि सम्मानित हुने स्रष्टाहरुको समालोचनात्म ढङ्गले प्रसङ्सा गरेका थिए।

कार्यक्रमका सभापति केपी घिमिरेले कार्यक्रमको औचित्य बारे बोल्दै साहित्य कला सङ्गीतको उत्थान र सम्मानका लागि निरन्तर कार्यक्रम गरिरहने प्रतिबद्धता व्यक्त गरे।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.