Websoft University
July 2018


विराटनगर, साउन १५ गते । रातो तारा डट कम, श्रम ,रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोर्कण विष्टले वर्तमान सरकार प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत एक वर्षमा एक लाख वेरोजगार यूवायूवतीलाई रोजगार दिने बताएका छन् ।

आज विराटनगरमा श्रम ,रोजगार तथा सामाजिक मन्त्रालय एवम् प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले आयोजना गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम तथा रोजगार क्षेत्रका चुनौति विषयक अन्तरक्रिया कार्यकममा बिष्टले सरकारले आगामी पाँच वर्षभित्र पाँच लाखलाई रोजगारी उपलव्ध गराउने र यस कार्यलाई सफल बनाउन निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताए । मन्त्री विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत मुलुकका ७ सय ५३ स्थानीय निकायमा आगामी १५ दिनभित्रमा रोजगार सेवा स्थापना गर्ने बवताउर्दै एक महिनाभित्र अधिकृतस्तरको कर्मचारीले बेरोजगारको तथ्याङ्गक संकलन गर्ने बताए ।

आगामी चौमासिक बजेट भित्र बेरोजगार यूवाहरुलाई १ सय २० दिन रोजगार दिने नभए न्यूनितम पारिश्रमिक उपलव्ध गराउने कार्यमा सरकारले कार्य गरिरहेको बताए । मन्त्री विष्टले वर्तमान सरकार अनलाइन प्रविधिको प्रयोग गरी उद्योग स्थापनाको इजाजात प्रदान गर्र्न सोचले कार्य अगाडि वढाएको बताए । देशमा रोजगारी सिर्जना गर्ने उद्योग स्थापनाका कनै किसिमको वाधा व्यवधान झण्झटिलो र ढिलासुस्ती हटाउनका लागि एकद्धार प्रणालीमर्फत उद्योग स्थापनाको इजाजत प्रदान गर्ने कार्यमा सरकारले कार्य शुरु गरिसकेको उनको भनाई छ ।

कार्यक्रममा प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले श्रमिकहरूले आफ्नो अधिकारसँगै आफू काम गर्ने औद्योगिक प्रतिष्ठानको उत्पादन क्षमतामा वृद्धि गर्नेतर्फ पनि ध्यान दिनुपर्ने बताए। राजनीतिक आन्दोलन र परिवर्तनमा मजदुरहरूको ठूलो योगदान रहेको बताउँदै उनले अब देशको आर्थिक समृद्धिमा पनि मजदुरहरूको महत्त्वपूर्ण भूमिकाको अपेक्षा सरकारले गर्ने उल्लेख गरे । मन्त्री जिवन घिमिरेले रोजगारी सृर्जना गर्ने कृषि, पर्यटन र निर्यातमुलक उद्योग स्थापनामा उद्यमीहरुलाई आवश्यक सहयोग गर्ने वताउँदै प्रदेशको समृद्धि कायम राख्नमा उद्यमीहरुको ठूलो भूमिका हुने बताए ।

कार्यक्रममा प्रदेश सदस्य निलम वस्नेत,श्रम,रोजगार तथा सामाजिक विकास मन्त्रालयका सचिव महेशप्रसाद दाहाल,सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव ज्ञानराज सुवेदी उद्योगसंगठनका उपाध्यक्ष राकेश सुराना,पर्यटन उद्यमी पुण्य भट्टराई लगायतका उद्योग क्षेत्रमा रहेका कठिनाई , रोजगार सिर्जन गर्न आउने समस्या समाधानका लागि सुझाव दिएका थिए ।


झापा, साउन १५ गते। रातो तारा डट कम,
झापाको मेचीनगर नगरपालिका ६ गैरीगाँउबाट प्रहरीले अवैध मरिच बरामद गरेको छ।

भारततर्फ भन्सार छली गरी लैजादै गरेको एक क्विन्टल मरिच इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको टोलीले सोमबार राती बरामद गरेको हो।

बरामद मरिचको बजार मूल्य करिब ७० हजार रुपैया रहेको र  मंगलबार भन्सार कार्यालयमा बुझाईने इलाका प्रहरी कार्यालयले जनाएको छ।


(फायलफोटो)

विराटनगर साउन १५ गते । रातो तारा डट कम श्रममन्त्री गोकर्ण विष्टले विदेशमा नेपाली युवा श्रमिकले गर्ने सुरक्षित व्यवस्थित गर्न केही समयका लागि मेलेसियामा रोजगारीका लागि जान रोक लगाइएको बताउनु भएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विगतमा नेपालवाट कामदार पठाउदा भएको विसंगति र विकृति सुधार गर्न मलेसिया सरकारले सुझाव दिएकाले अब दुई देशबीच सहमति भएपछि मात्र नेपाली श्रमिकलाई रोजगारका लागि पठाइने बनाउनुभयो

मन्त्री विष्टले दशकौंदेखि वैदेशिक रोजगारमा देखिएका समस्या समाधान गर्न केही समय लाग्ने बताउँदै वर्तमान सरकारले विदेशमा काम गर्ने नेपाली युवा नठगिउन भन्ने उद्देश्यले कार्य गरिरहेको प्रष्ट पार्नुभयो ।

उहाँले वैदेशिक रोजगारमा देखिएका विभिन्न समस्या समाधान गर्न सरकार कटिबद्ध रहेको बताउँदै शिक्षा, रोजगार, स्वास्थ्य आवासजस्ता जनताको मौलिक अधिकार संरक्षणका लागि सरकारले कानून निर्माण गर्ने छ भन्नुभयो ।

मन्त्री विष्टले वर्तमान अवस्थामा विश्वका १७१ राष्ट्रमा नेपाली युवा कामका लागि जाने गरेको बताउँदै ती राष्ट्रमा श्रमिकको हकअधिकार व्यवस्थित, सुरक्षित र बनाउन सरकारले पहल गर्ने बताउनुभयो ।



काठमाडौँ,साउन १५ गते । रातो तारा डट कम वर्षा र सडकमा दैनिक  भइरहने नाराजुलुसका कारण काठमाडौँ उपत्यकामा ट्राफिक जाम अत्यधिक हुने गरेको छ ।

उपत्यकामा धेरै सवारीसाधन, साँघुरा सडक, वर्षाको पानी र समय समयमा भइरहने नाराजुलुसका कारण ट्राफिक जाम बढी हुने गरेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनाली उपत्यकाका मुख्य सडकमा सवारीसाधनको चाप बढी भएको बेला हुने आन्दोलन, हड्ताल र वर्षाका कारण बढी ट्राफिक जाम हुने गरेको बताउनुहुन्छ ।

“त्रिपुरेश्वर, कालिमाटी, भोटेवहाल, थापाथली, माइतीघर, कलंकी, जमल, केशरमहल, खानी विभाग, स्रोहखुट्टे, बालाजु, चावहिल, ग्वार्को, कोटेश्वर, जडिबुटीलगायत चोकमा ट्राफिक जाम अत्यधिक हुने गरेको छ”, उहाँले भन्नुभयो । उपत्यकाका मुख्य चोकमा अहिले पाँचदेखि सात मिनेटसम्म रोकिनुपर्ने अवस्था छ । वर्षा र नाराजुलुसको समयमा घण्टौँ सवारी साधन जाम हुने गरेको छ ।

“कार्यालय खुल्ने र बन्द हुने समयमा एक्कासी सवारीसाधनको चाप बढ्छ र धेरै बेरसम्म रोकिनुपर्छ”, मैनालीले भन्नुभयो ।

धेरै सवारीसाधन, सडक निर्माण र जथाभावी सवारीसाधन रोक्दा अत्यधिक ट्राफिक जाम हुने गरेको महाशाखाले जनाएको छ । कलंकी–थानकोट, चावहिल–साँखु, बल्खु– दक्षिणकाली क्षेत्रमा सडक कालोपत्र छैन । तीनकुने, त्रिपुरेश्वर, गोंगबुलगायतका क्षेत्रमा पानी परेको बेला निकाश नहुँदा बढी ट्राफिक जाम हुने गरेको छ ।

यस्तै, उपत्यकामा दिनहुँ हुने अतिविशिष्ट तथा विशिष्ट व्यक्तिको सवारीका कारणसमेत ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको छ । हाल काठमाडौँ उपत्यकामा एक हजार ८५ ट्राफिक प्रहरीको दरबन्दी भए पनि एक हजार ४०० ट्राफिक प्रहरी मात्र कार्यरत छन् । उपत्यकामा करीब दुई हजार ट्राफिक प्रहरीको आवश्यकता छ । आवश्यकता अनुसार दरबन्दी नहुँदा ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

बाग्मती अञ्चलमा ११ लाख सवारीसाधन दर्ता भएका छन् । काठमाडौँ उपत्यकामा मात्र झण्डै आठ लाख सवारीसाधन प्रयोगमा छन् । उपत्यकामा एक हजार ५०० किलोमिटरको हाराहारीमा सडक छ ।


काठमाडौँ,साउन १५ गते । रातो तारा डट कम, मुलुकभरका इँटा उद्योगमा बालश्रम अन्त्य भएको सार्वजनिक घोषणा गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा १४ गते आयोजित कार्यक्रममा श्रममन्त्री गोकर्णराज विष्ट र नेपाल इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले मुलुकभरका इँटा उद्योगमा बालश्रमको प्रयोग अन्त्य गर्नेसम्बन्धी प्रतिबद्धताको घोषणा गर्नुभयो ।

सो अवसरमा मन्त्री विष्टले बालश्रम सभ्यता, मानवीयता र न्यायको दृष्टिले कलंक रहेको बताउँदै २०८५ सालसम्म हरेक क्षेत्रको बालश्रम अन्त्य गर्न व्यवस्थित कार्ययोजना बनाएर कार्यान्वयन गरिने बताउनुभयो । मुलुकबाट बालश्रम निवारणको सन्दर्भमा यस घोषणालाई प्रभावकारी बनाउन श्रम कार्यालयमार्फत अनुगमन गरिने उहाँले बताउनुभयो ।

देशभरका इँटा उद्योगमा बालश्रमको अन्त्य भएको यस घोषणसँगै अब अन्य जोखिमयुक्त क्षेत्रमा रहेका बालश्रम उन्मूलन गरिने उहाँको भनाइ थियो ।

इँटा उद्योगबाट बालश्रममुक्त घोषणा गरिनु अत्यन्त महत्वपूर्ण र बालश्रममुक्त देश घोषणा गर्न कोशेढुंगा सावित भएको उल्लेख गर्दै मन्त्री विष्टले भन्नुभयो, “यस घोषणाले बाल श्रममुक्त देश घोषणा गर्ने अभियानमा महत्वपूर्ण भूमिका खेल्नेछ, यो घोषणा ज्यादै महत्वपूर्ण र सम्मानयोग्य छ, सम्मानित देश, सभ्य देश, कलंकरहित देश घोषणा गर्न कोशेढुंगा सावित हुनेछ ।”

नेपाललाई बालश्रममुक्त घोषणा गर्ने प्रतिबद्धतामात्र नभई बालश्रममा रहेका बालबालिकालाई पुनःस्थापना गरी उनीहरुलाई विद्यालयसम्म पु¥याउन सरकार गम्भीर रहेको बताउनुभयो । अभिभावकसँगै कार्यस्थलमा आउने बालबालिकाको व्यवस्थापन गरी उनीहरुलाई विद्यालयको पुहँचमा पु¥याउन विशेष ध्यान दिइने बताउनुभयो ।

मन्त्रालयका सचिव महेशप्रसाद दाहालले नेपालबाट सबै प्रकारका बालश्रम पूर्णरुपमा निवारण गरी मुलुकलाई बालश्रमरहित बनाउने उद्देश्यसहित बालश्रम निवारणसम्बन्धी राष्ट्रिय गुरुयोजना ९२०७५–२०८५० लागू गरिएको बताउनुभयो ।

विसं २०७९ सम्ममा अमर्या्दित र शोषणयुक्त तथा २०८२ सम्ममा सबै किसिमको बालश्रम निवारण गरिने बताउँदै उहाँले बालश्रममुक्त राष्ट्रका रुपमा नेपाललाई स्थापित गराउन सरकारका विषयगत निकाय, प्रदेश र स्थानीय तह, गैरसरकारी क्षेत्र र सामाजिक संघसंस्थाको सहयोगको खाँचो औँल्याउनुभयो ।

उहाँले चालू आवभित्र २५ नगरपालिकालाई बालश्रममुक्त नगर घोषणा गरिने जानकारी दिँदै होटल, कलकारखाना, इँटाभट्टालगायत क्षेत्रबाट बालश्रमिकको खोजी गरी जोखिममा परेका बालबालिकालाई पुनःस्थापना गरिने बताउनुभयो ।

नेपाल इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले इँटा उद्योगमा बालश्रमिकको प्रयोग हुँदा उद्योगको छवि नै बिग्रने भएकाले इँटा उद्योगमा बालश्रमिकको प्रयोगलाई न्यूनीकरण गर्न जरुरी रहेको बताउनुभयो ।

उहाँले बालश्रम निवारण राष्ट्रिय गुरुयोजनाको राष्ट्रिय लक्ष्य समयमै हासिल गर्न मुलुकभरको सबै इँटा व्यवसायीको तर्फबाट कुनै पनि इँटा उद्योगमा कुनै पनि प्रकारको बालश्रमको प्रयोग नगरिने सार्वजनिक घोषणा गर्नुभयो । इँटा उद्योगमा कार्यरत मजदुरसँग आश्रित बालबालिकालाई इँटा उद्योगमै दिवा स्याहार केन्द्र स्थापना गरेर आधारभूत शिक्षा प्रदान गर्न आफूहरु तयार रहेको उहाँको भनाइ थियो ।

कुनै पनि बालबालिकालाई कलकारखाना, खानी वा यस्तै प्रकृतिका जोखिमपूर्ण काममा लगाउन नपाइने संवैधानिक व्यवस्था छ ।

हाल मुलुकमा करीब एक हजार १०० इँटा उद्योग सञ्चालनमा रहका छन् भने काठमाडौँ उपत्यकाभित्र ११० उद्योग रहेका छन् । ती इँटा उद्योगमा करीब तीन लाख मजदुर कार्यरत रहेका बताइएको छ । कार्यक्रममा नेपालभरका इँटा व्यवसायीका प्रतिनिधिले आजैका दिनदेखि इँटा उद्योगमा बालश्रम उन्मूलन भएको सार्वजनिक घोषणा गरेका थिए ।


बिराटनगर,साउन १५ गते । रातो तारा डट कम,सिरहा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट १४ गते बिहान २५ हजार अवैध घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालयले सिरहाले शुरु गरेको अवैध मदिरा उत्पादन गर्ने मदिरा भट्टीमा छापा मार्ने अभियानअन्तर्गत जिल्लाको लहान, मिर्चैया, गोलबजार, धनगढी, सुखीपुर नगरपालिकाको विभिन्न स्थानबाट २४ हजार ९६७ लिटर अवैध मदिरा नियन्त्रणमा लिई नष्ट गरेको हो ।

सिरहाको विभिन्न स्थानमा उत्पादन हुने अवैध मदिरा खासगरी लहान, गोलबजार र मिर्चैयाका राजमार्ग्स्थित होटलमा बिक्री हुने गरेको छ । यसबाहेक जिल्लाको प्रायः सबै हाट बजारमा खुलारुपमा राखिने अवैध मदिराका पसल र भारतीय सीमा नजिक रहेका नेपाली बजारमा रहेका मदिरा पसल अवैध मदिराको प्रमुख बिक्री केन्द्र मानिन्छ । 



काठमाडौँ,साउन १५ गते । रातो तारा डट कम, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री वाङ याजुनले भेटवार्ता गर्नुभएको छ । अध्यक्ष दाहालको निवास खुमलटारमा भएको भेटमा उहाँहरुबीच नेपालको आर्थिक समृद्धिमा चिनियाँ सहयोगका बारेमा चर्चा भएको थियो ।

भेटमा अध्यक्षले कम्युनिष्ट पार्टीबीचको एकताले जनतामा आशा जगाएको बताउँदै जनताले पार्टीलाई चुनावमा जिताएर एकताको अनुमोदन पनि गरेको उल्लेख गर्नुभयो । चीनको द्रुत आर्थिक विकास नेपालका लागि प्रेरणाको स्रोत भएको अध्यक्ष प्रचण्डको भनाइ रहेको उहाँको सचिवालयले जनाएको छ ।

अध्यक्ष दाहालले नेपालको आर्थिक विकासमा चीन सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र जनताको निरन्तर सहयोग रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्नुभयो । उहाँले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, “म प्रधानमन्त्रीका रुपमा पहिलो पटक चीन जाँदा ‘कनेक्टिभिटी’ को कुरा उठाएको थिएँ । अहिले त्यो कार्यान्वयनको प्रक्रियामा जाँदै गर्दा खुशी लागेको छ ।”

सो अवसरमा उपमन्त्री वाङले राष्ट्रपति सि जिङ पिङको अध्यक्ष प्रचण्डप्रति न्यानो अभिवादन रहेको सन्देश सुनाउनुभएको थियो ।

उहाँले ठूला कम्युनिष्ट पार्टीको एकताबाट देशमा स्थायित्व कायम भएकामा बधाई दिनुभयो । उपमन्त्री वाङले नेपाल र नेपाली जनताको प्रगति र समृद्धिका लागि चीन सदैव तयार रहेको बताउनुभयो । ‘वान बेल्ट वान रोड’ परियोजना कार्यान्वयनका लागि सहज वातावरण तयार भएको उहाँको भनाइ थियो । 


बिराटनगर साउन १४ गते । रातो तारा डट कम विराटनगर महानगरपालिका भित्र भारतबाट बिभिन्न ब्राण्डका नक्कली औषधी ल्याई बिक्रि बितरण गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर १० स्थित न्यूरो अस्पताल अगाडीबाट सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वडा नं. ४ का ३२ बर्षिय जीवन अग्रवाललाई नक्कली विल, औषधीमा टाँसिने लेवलहरू र अन्य कागजातहरू सहित पक्राउ गरेको हो ।

पक्राउ परेका अग्रवालले लामो समय देखि बिक्र वितरण गर्दै आएको लङ्ग लाईफ फार्मेसी, महुली फार्मेसी, लाईफ सपोर्ट फार्मेसी, पेमिली फार्मेसी, मेडीप्लस फार्मेसीबाट आईसीयु लगायत अस्पतालको आकस्मिक उपचारमा प्रयोग हुने औषधीहरु र अन्य मोनन, जी भेन्क र नोरद लगायतका विभिन्न ६६ किसिमका औषधीहरू मरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक मनोज केसीले जानकारी दिए ।

 प्रहरीले यस्ता औषधि तिन हजार ४४ पिस अर्थात ९ सय ७१ बट्टा बरामद गरी थप अनुसन्धान तथा कारवाहीको लागि औषधी ब्यवस्था विभाग, विराटनगरमा पठाईएको जनाएको छ ।
पक्राउ पर्नेमा जीवन अग्रवाल सहित मोरङ जिल्ला विराटनगर महानगरपालिका १० बस्ने ३३ बर्षिय दिपक कुमार राय र सप्तरी महुली ५ बस्ने ३० बर्षिय प्रशान्त कुमार चौधरी रहेको प्रहरीले जनाएको छ ।लामो समय देखि भारतबाट म्याद गुज्रीएका औषाधि ल्याएर  आफैले लेवल लगाउने गरेको पाइएपछि छापा पारिएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए । यस्ता औषधि आइसी युमा प्रयोग हुने गरेको फेला परेको छ ।

अस्पतालको लापरवाही यो घटनासँग पनि जोडिएर आएको छ ।  आइतवार दिउँसो एकजनालाइ  नियन्त्रणमा लिए पछि प्रहरीको ध्यान यता केन्दित भएको हो । उपरीक्षाक केसीले बर्षौदेखि यस्ता मानिसले अस्पतालहरुमा हानिकारक औषधिको कारोवार गर्दै आएको पाइएको बताए।

धरान, साउन १४ गते । सोमवार, रातो तारा डट कम, सुनसरीको धरानस्थित धार्मिक पर्यटकीय क्षेत्र प्राचीन हरिद्वार पीण्डेश्वर शिवालयमा आज साउन १४ गते, हजारौँ हिन्दु भक्तजनको विहानै देखि उक्त क्षेत्रमा भीड लागेको छ ।

बेलपत्र, धतुरोका दाना, मह, घिउ, दही आदिसमेत शिवालयमा चढाई भगवान् शिवबाट आशीर्वाद प्राप्त गर्न नेपालका बिभिन्न जिल्ला र छिमेकी देश भारत समेतका भक्तजनको पिण्डेश्वर बाबा धाममा बिहानै दखि घुइँचो लाग्ने गरेको पाइन्छ । यहाँ पुगेर बाबा दर्शन अर्थात बाबा संघ मागेका कुरा पुरा हुँने र आरोग्य शरीर पाप पनि नास हुने भक्तहरुको भनाइ रहेको पाईयो ।
विगत वर्षहरुमा झै साउन महीना सोमवार सनिवार वा हरु वारहरुमा पनि हजाराैैं हिन्दू भक्तजनले स्थानीय तलाउ,कुवा, पोखरी धाराबाट जल उठाई पिण्डेश्वर शिवालयमा चढाइरहेका छन् ।

त्यस्तै काँबरिया बोलबम तीर्थयात्रीले समेत बराहक्षेत्र र चतरास्थित कौशिकी तटमा स्नान गरी शुद्ध जल उठाएर पिण्डेश्वर शिवालयमा ल्याई चढाउने गरेको पाइएको छ ।

उक्त शिवालयमा जलार्पणका लागि आउने हजारौँ स्थानीयवासी तथा चतरा बराहक्षेत्रबाट जल लिएर आउने बोलबम भक्तजनको सुविधाका लागि स्वयंसेवकसमेत परिचालन गरिनुका साथै स्वास्थ्य तथा सुरक्षा व्यवस्था मिलाइएको पीण्डेश्वर शिवालय मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बिकास बनेपालीले रातो तारा डट कम,लाई जानकारी गरानु भएको हो ।

अध्यक्ष विकास बनेपालीले कुरा गर्दै,गत वर्ष साउन भरी सहयो दाताहरुले दिएको रकम ७ लाख भएको सो रकमबाट तीन लाख मन्दिर रंग रोकन गर्नमा लगाई बाँकी रकम चारलाखले टिनको छानो लगाएर १७ व्यापारिक पसलका लागि सटहरु बनाएको छ भने यो वर्ष उठेको रकमबाट मन्दिर सुधार व्यावस्थापनमै खर्च गर्ने बताउनु भयो ।

अस्ति सनिवार मात्रै रु ६८ हजार आठ सय भक्तहरुबाट सहयोग उठेको र यहा समितिका सबै सदस्य सकृया भएकाले आर्थिक कारोवार पारदर्सि होस भनेर आज उठेको रकम भोलि पल्ट समितिको बैक खातामा जम्मा गर्ने गरेको रातो तारा डट कम,लाईबताउनु भयो । त्यसैगरी साउन भरी मन्दिर परिसरको गेट भित्रका भेटी सहयोग सबै पिण्डेश्वर बाबा धामका विनोद पोखरेल पुजारी कै हुने बताउनु भयो ।

सटरबाट मासिक ५ हजार १ सय भाडा उठ्ने गरेको कुरा बताउदै बनेपालीले धरान ३ मा रहेको बाल आश्रम ले उठाउने रकम र यो रकम बेग्लै हो भन्दै,पिण्डेश्वर बाबा धाम धरान १४ बिजयपुरमा पर्छ हाल समितिमा ४० जना सदस्य रहेको बताउनु भयो ।

पिण्डेश्वर बाबा धाम परिसरमा नि सुल्क सेवा पु¥याउदै आएका केहि सघ सस्थाका प्रतिनिधिहरुलाई पनि भेटेर कुरा गरेका थियौ–परिवार नियोजन संघ सुनसरीका अध्यक्ष महेश मोहन पलिखे संग कुरा गर्दा यो बाबा धाममा सुरु देखिनै भक्तहरुको सेवाका लागि सु :सुल्क औषधि नर्सबाट उपचार गराउदै आएको बताउनु भयो ।

त्यसैगरी धरान मनिहारी तथा उपहार व्यावस्थापन संघ का अध्यक्ष रामसरुप शर्माले रातो तारा संग कुरा गर्दै,यो संस्था २०५७ सालमा स्थापना भए दखि पिण्डेश्वार बाबा धाममा भक्तहरुलाई जल र जलपदार्थ निःसुल्क उपलब्ध गराउदै आएको बताउनु भयो । यहाँ मारवाडी युवा मञ्चले पनि नि ःसुल्क सेवामा भक्तजनहरुलाई खानाको व्यवस्था गरेको पाइएकोछ । मन्दिर परिसरमा अखिल नेपाल ट्रर्ड युनियन महा संघका तर्फबाट स्वयम् सेवक सेवाका लागि खटेका रहेछन ।


काठमाण्डौं,साउन १४ गते । रातो तारा डट कम, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले भौगोलिक जोखिममा रहेका मानव बस्तीलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्न प्रदेश सरकार सचेत रहेको बताउनुभएको छ ।

गृहमन्त्रालय र प्रदेश नं १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित विपद् जोखिम न्यूनीकरण व्यवस्थापनसम्बन्धी छलफल कार्यक्रममा उहाँले प्राकृतिक विपद्बाट यस क्षेत्रका जनतालाई सुुरक्षित राख्न आवश्यक सामग्रीको भण्डारण लागि गोदामलगायतका सम्पूर्ण तयारी गरिएको बताउनुभयो ।

मुख्यमन्त्री राईले सरकारले प्रदेशमा आइपर्ने विभिन्न जोखिमको न्यूनीकरणका लागि संघीय तथा स्थानीय सरकारको सहयोगमा कार्य गर्ने बताउँदै सम्भावित जोखिम क्षेत्रमा आवश्यक पर्ने जस्तोसुकै सहयोगका लागि तयारी अवस्थामा रहेको धारणा व्यक्त गर्नुभयो ।

उहाँले प्रदेश सरकार विपद् व्यवस्थापनका लागि मुख्यमन्त्री प्राकृतिक विपद् सहयोग कोषसमेत खडा गरिएको जानकारी दिँदै प्राकृतिक प्रकोपलगायत अन्य जोखिम व्यवस्थापनका लागि सबै पक्षसँग आवश्यक छलफल गरिरहेको बताउनुभयो ।

मुख्यमन्त्री राईले २०७२ सालको भूकम्पमा सबै राजनीतिक दल, भातृ संगठन, नागरिक समाज, सञ्चारकर्मीको सहयोगमा विपद् जोखिम न्यूनीकरण गरिएको स्मरण गर्दै बाढी, पहिरोलगायतका सम्भावित जोखिम न्यूनीकरण अभियानमा सचेतना जगाउनु आवश्यक रहेकामा जोड दिनुभयो ।

सो अवसरमा आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले असोजदेखि जेठ महिनासम्म जोखिम न्यूनीकरण अभियानको कार्यमा लाग्नुपर्ने बताउँदै स्थानीय निकायले नदी किनारमा घर निर्माणमा रोक लगाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले प्राकृतिक प्रकोपबाट हुने जोखिम न्यूनीकरणका लागि बजेट विनियोजन गरी आवश्यक सामग्रीको बन्दोबस्तका साथ व्यवस्थाका लागि विभिन्न संघसंस्थासँग सहकार्य गरिनेछ भन्नुभयो ।

सो अवसरमा गृहमन्त्रालयका विपद् महाशाखाका प्रमुख शंकरहरि आचार्य, कानून मन्त्रालयका सचिव समरबहादुर थापा, गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने, बूढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझी र नेपाल पत्रकार महासंघ प्रदेश नं १ अध्यक्ष विक्रम लुइँटेलले जोखिमको क्षेत्रको पहिचान गरी आवश्यक सामग्रीका साथ तयारी अवस्थामा रहनुपर्ने धारणा व्यक्त गर्नुभयो । 


मोरंङ साउन १४ गते । रात तारा डट कम,
बिराटनगर ३ निवासी सामाजिक अभियानकर्मी बिनोद परीयार ले आफनो जन्मदिन सोमबार स्थानीय विद्यार्लयका ९ जना गरीब तथा टुहुरा बिध्यार्थी शैक्षिक सामाग्री दिएकाछन् ।

आफनो जन्मदिनमा पृथक कार्य गरिआएका परीयारले यसपटक भने बिराटनगर ३ स्थित पेरागन उच्च माध्यामीक बिद्यालयका छात्र,छात्रा लाई शैक्षिक सामाग्री प्रदान गरेका
हुन् । परीयार तथा परीवर्तनका लागी हातेमालो की अभियान्ता सन्जु सापकोटा , स्कुलका प्रिन्सीपल दिपक घिमीरे सह प्राध्यापक बिरेन्द्र लिम्बु लगायतको उपस्थितिमा ती सामाग्री दिएका हुन् ।

 त्यस अवसरमा परीवर्तनका लागी हातेमालो को अध्यक्ष समेत रहेका परीयारले आफूले जन्मदिनमा यसरीनै पृथक सामाजिक कार्य गरिआएको बताए । उनले भने,–‘जन्मदिनमा गरिदै आएको खर्चलाई सामाजिक कार्यमा लगानी गर्न सके त्यसले समाज रुपान्तरणमानै सहयोग पुग्ने बताय! कार्यक्रममा पेरागन एकेडेमीका प्राध्यापक दिपक घिमीरे बिद्यालयका सह- प्राध्यापक बिरेन्द्र लिम्वु परीवर्तनका लागी हातेमालो की कोषाध्यक्ष संन्जु सापकोटा हातेमालो का सदस्य सुदीप घिमीरे सदस्य दिपेस निर्रौला ( नेपाली वावु ) लगायतको उपस्थिति रहेको थियो ।

रोशन पोखरेल -
काठमान्डाै साउन १४ गते । रातो तारा डट कम
नेपाली लोक गीत संगीतमा निकै रुचाइएका गायक तिलक ओली र गायिका करिष्मा डिसीको  तिजको लोक कोशेली “भैसी गयो खोलै खोल” गीतको भिडियो भखरै बजारमा आएको छ । नेपाली लोक सस्कृतिको सरक्षण गर्दै आएको गामवेसी म्युजिक प्रालीको प्रस्तुतिमा  डेनु ओलीको सो गीत अहिले सर्वाधिक चर्चाको शिखरमा रहेको छ । 

तिलक ओलीको शब्द तथा मौलिक लय सिर्जना र एरेन्ज गीतमा रहेको छ । तीज गीत भएकाले आम दर्शक तथा स्रोताको माग अनुसार नै गितको शब्द तथा तय सिर्जना गरेको गायक ओलीले बताए ।  भिडियोलाई गोविन्द विवसको छायाँकन , प्रेम कुमार थारुको सम्पादन रहेको छ । गीतको भाव अनुसार जिवन्त अभिनय गोविन्द विवस , रिना थापा मगर को रहेको छ । भिडियोमा कुशल रुपमा निर्देशन गोविन्द विवसले गरेका छन । 
हेर्नुहोस भिडियो । 

काठमाण्डौ,साउन १४ गते । रातोे तारा डट कम, चितवनबाटमानव मिर्गाैला तस्करी गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले जारी गरेको विज्ञप्तिमा विभिन्न मिति र स्थानबाट उनीहरुलाई पक्राउ गरेको उल्लेख गरिएको छ ।

पक्राउ पर्नेमा नुवाकोट जिल्लाको पन्चकन्या गाउँपालिका–४ बस्ने ४१ वर्षीय हरि परियार भन्ने दुर्गाबहादुर दर्जी, रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–४ बस्ने ३५ वर्षीय विक्रम पहरी, मकवानपुर जिल्लाको बकैया गाउँपालिका–५ बस्ने २८ वर्षीय प्रकाश तामाङ, मोरङ जिल्लाको बयरवन बस्ने ३४ वर्षीय दीपक लिम्बू र रसुवा जिल्ला उत्तरगया गाउँपालिका–३ बस्ने २८ वर्षीय विशाल नेपाली रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार पहरी, तामाङ र लिम्बूलाई साउन १ गते चितवनबाट, दर्जीलाई सोही दिन काठमाडौँबाट र नेपालीलाई साउन ४ गते रसुवाबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।

निजमध्ये परियारबाहेकका अन्यले अरु तस्करको सम्पर्कबाट भारतको विभिन्न अस्पतालमा गई एक÷एक वटा मिर्गौला बिक्री गरेको पाइएको दाबी प्रहरीले गरेको छ । निजले सोझासिधा तथा निमुखा सर्वसाधारणलाई प्रलोभनमा पारी भारतको विभिन्न अस्पतालमा सम्पर्क गराई मिर्गौला तस्करी गर्ने गरेको खुल्न आएको विज्ञप्तिमा जनाइएको छ ।

मिर्गौला बिक्री गर्ने मानिस खोजी गरी सम्पर्क गराइदिएबापत एक जनाको मिर्गाैला बिक्रीबाट रु ५० हजारदेखि रु एक लाखसम्म कमिशन लिने गरेको अनुसन्धानबाट खुल्न आएको ढकालले बताउनुभयो ।

संलग्न अन्य व्यक्तिको समेत खोजतलास भइरहेको छ । पक्राउ परेकाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्तर्गत मुद्दा दर्ता गरी विस्तृत अनुसन्धान भइरहेको छ । 

काठमाडौँ, साउन १४ गते । रातो तारा डट कम, विस २०७५ असार ३ गते धादिङस्थित नृपेश्वर आयल स्टोर प्रालिले मापदण्डभन्दा घटी पेट्रोलियम पदार्थ उपभोक्तालाई विक्री गरेर उपभोक्तालाई ठग्यो । विस २०७५ जेठ २० मा बानेश्वरस्थित हरिसिद्धी आयल स्टोरले मापदण्डभन्दा घटी पेट्रोलियम पदार्थ उपभोक्तालाई विक्री गरेर ठग्यो ।

विसं २०७४ माघ २९ मा जोरपाटीमा रहेको वृज सिमेन्टको ॐ पशुपति डिपोले कम तौल भएको सिमेन्ट विक्री गरेर उपभोक्तालाई ठग्यो । विस २०७४ माघ २९ मा किर्तिपुरस्थित हिमाल स्टिल कम्पनीले कम तौलको स्टिल बेचेर उपभोक्तालाई ठगेको थियो भने कनक ट्रेड सेन्टर टेकु, प्रशान्ति आयल डिस्टिब्युटर्स एकान्तकुना, महालक्ष्मी विश्वकर्मा ट्रेडर्स सातदोवाटो, नारायणी पेट्रोल सेन्टर वाफल, युनिक फ्युल सेन्टर वालकुमारीलगायतले पनि मापदण्ड भन्दा घटी सामान बेचेर ठगी गरेका थिए ।

आर्थिक वर्ष २०७४÷०७५ मा पेट्रोल पम्प, सिमेन्ट डिपो र छड उद्योगले ठग्ने संख्या अत्याधिक मात्रामा छ । नाफा कमाउने उद्देश्यले उपत्यकालगायत वाग्मती अञ्चलमा ठगी गर्नेको संख्या बढ्दो छ ।

नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले आर्थिक वर्ष २०७४÷०७५ मा मात्र १०० भन्दा बढी पेट्रोल पम्प, सिमेन्ट डिपो, स्टिल डिपोलाई ठगी गरेको भन्दै कारबाही गरेको छ ।

उक्त कार्यालयका प्रमुख शशीभुषणकुमार यादव कम गुणस्तर भएका सामान विक्री वितरण गर्ने व्यवसायीहरुलाई कारबाही गरिएको बताउनुहुन्छ । “गुणस्तरभन्दा कम सामान विक्रीवितरण गरेर जनतालाई ठग्ने जोकोही व्यवसायीहरुलाई कारबाही गछौँ,”– उहाँ भन्नुहुन्छ ।

क्षेत्रीय कार्यालयले मापदण्ड विपरित विक्रीवितरण गर्ने काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रसुवा, नुवाकोट र धादिङका चार हजार ३७८ व्यवसायीलाई कारबाही गरेको छ । ती स्थानका व्यवसायीहरुले सुन चाँदी, तरकारी, छडजस्ता वस्तुमा ठगी गरेका हुन् ।

नेपाल पेट्रोलियम डिलर्स एशोसियशनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधान पेट्रोलियम पदार्थ विक्रीवितरणमा स्पष्ट मापदण्ड नहुँदा व्यवसायीहरु समस्यामा परेको बताउनुहुन्छ । “पेट्रोलियम पदार्थ विक्री वितरणमा २५÷३० मिलिमिटर बढी घटी हुँदा ठगी भन्न मिल्दैन तर जसले १०० मिलिमिटरभन्दा धेरै घटी गरेर बेच्छ त्यस्ता व्यवसायीलाई कारबाही गर्नुपर्छ,”–उहाँ भन्नुहुन्छ ।

उपभोक्ता हित संरक्षण मञ्चका सचिव विष्णु तिमल्सेना अनुगमन गर्ने निकाय नै फितलो हुँदा ठगीको मात्रामा वृद्धि भएको बताउनुहुन्छ । “जबसम्म अनुगमन गर्ने निकायमाथि नै अनुगमन र ठगी गर्ने व्यवसायीलाई कडाभन्दा कडा कारबाही हुँदैन तबसम्म यो प्रक्रिया दोहोरीरहन्छ,”– उहाँ भन्नुहुन्छ ।

गुणस्तर तथा नाप तौल कार्यालयले दुई हजार ४९७ व्यवसायीलाई व्यवसायका लागि नयाँ अनुमतिपत्र प्रदान गरेको छ भने १०९ व्यवसायीलाई इजाजत पत्र नविकरण गरेको छ । यस्तै नाप तौल र नाप्ने तौलने यन्त्र सात हजार ८१७ ले जाँच गराएका छन् । कार्यालयले २९ पेट्रोलियम पदार्थ ढुवानी टैँकरको जाँच समेत गरेको छ ।

आव २०७३÷०७४ मा रु एक करोड १७ लाख ४८ हजार ३६६ राजश्व संकलन गरेको क्षेत्रीय कार्यालयले आव २०७४÷०७५ मा रु एक करोड ५६ लाख पाँच हजार ५१७ राजश्व संकलन गरेको छ । रासस



काठमाडौँ,साउन १४ गते । रातो तारा डट कम, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तम्घास–सिमलटारी–प्यूठान सडक आयोजना, गुल्मीमा कार्यरत सव–इञ्जिनियर प्रकाश झालाई रु एक लाख घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

सडक आयोजनाको ठेक्काको बिल मूल्यांकन गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग पटकपटक घुस रकम माग गरिरहेको भन्ने उजुरीका आधारमा आयोगको टोलीले इञ्जिनियर झालाई पक्राउ गरेको हो । आयोगले सव–इञ्जिनियर झालाई शनिबार पक्राउ गरेर सार्वजनिक गरेको हो । आरोपीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

यस्तै शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय भैरहवाका प्रमुख सुरेश ठाकुरलाई रु ३६ लाख ७२ हजार ५०० रकमको भौचरसहित आयोगले शनिबार नै पक्राउ गरेको जनाएको छ ।

विभिन्न निर्माण कार्यको समयमा मूल्यांकन नगरी विभिन्न बहानामा सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगले विभिन्न बैंक तथा वित्तीय संस्थामा रकम जम्मा गरेको भौचरसहित पक्राउ गरिएको आयोगले जनाएको छ ।

यस्तै आयोगले मालपोत कार्यालय, कलंकीका नायबसुब्बा शेरबहादुर थापाविरुद्ध अदालतमा चलिरहेको भ्रष्टाचार मुद्दाको सरकारी साक्षीका रुपमा रहेका कपिलदेव खडकाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको
छ ।

यस्तै नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी सेवा गरेको अभियोगमा पकवादी भञ्ज्याङ उच्चमाध्यमिक विद्यालय, स्याङ्जाका तत्कालीन प्रधानाध्यापक तिलकराम उपाध्याय पंगेनीविरुद्ध पनि आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । 


युवराज ठकुरी /सुन्दर हरैचा,विराटचोक मोरङ-साउन १३ गते।रातो तारा डट कम, बिराटचोक मोरङमा आयोजित नझरेका फुलहरु पलेटी साँझ कार्यक्रममा ७जना स्रष्टाहरु सम्मानित भएका छन् ।

रेडियो सुसेलीमा विगत आठ वर्ष देखि संचालन हुँदै आएको नझरेका फुलहरु कार्यक्रमका प्रस्तोता केपी घिमिरेको परिकल्पनामा संचालित उक्त कार्यक्रममा स्रष्टाहरु बरिस्ठ सङ्गीतकार राजु सिंह,गायक यम बराल,कवि मनु मन्जिल गायक लाक्पा सेर्पा,गायिका सत्यकला राई,गीतकार तथा सङ्गीतकार जेवी थुलुङ,गायक सन्जीव धिमाल र गीतकार रमेश कार्की सम्मानित भएका हुन।
                 
बरिस्ठ सङ्गीतकार राजु सिंहको प्रमुख आतिथ्यता र केपी घिमिरेको  सभापतित्वमा भएको कार्यक्रम रेडियो सुसेलीका कार्यसमिति सदस्य सन्तोष बान्तवाले चलाएका थिए।
     
कार्यक्रममा कवि मनु मन्जिलले आफ्ना चर्चित कविता दुश्मन प्रस्तुत गरेका थिए। गायक यम बरालले उनका कालजयी गीतहरु निष्ठुरीले छाडेर गैहाली, बादलुको घुम्टोले, हेर हेर पुर्वबाट झुल्किएछ घाम जस्ता गीतहरू प्रस्तुत गरेर दर्शक स्रोता मन्त्र मुग्ध बनाएका थिए।

त्यसै गरि गायक लाक्पा सेर्पाले झस्केर दुख्छ ,बुढा पाकाहरु भन्थे, ए कान्छा  लगायतका गीतहरु प्रस्तुत गरेका थिए।गायिका सत्यकला राईले पनि तिमीलाई हङकङ पुर्‍यायो लगायतका गीतहरू प्रस्तुत गरी स्रोताहरुलाई मनोरञ्जन दिलाएका थिए।
 
त्यसै गरि सन्जिब धिमालले पनि आफ्ना गीतहरु प्रस्तुत गरेका थिए।बरिस्ठ सङ्गीतकार राजु सिंहले आफ्ना सारगर्वित मन्तव्य राख्दै नझरेका फुलहरुले अमुल्य सम्मान गरेकोमा खुशी व्यक्त गरे।  स्रष्टा जेवी थुलुङले पनि सम्मानित हुने स्रष्टाहरुको समालोचनात्म ढङ्गले प्रसङ्सा गरेका थिए।

कार्यक्रमका सभापति केपी घिमिरेले कार्यक्रमको औचित्य बारे बोल्दै साहित्य कला सङ्गीतको उत्थान र सम्मानका लागि निरन्तर कार्यक्रम गरिरहने प्रतिबद्धता व्यक्त गरे।


काठमाडौँ, साउन १३ गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओलीले कानूनको पालना, भ्रष्टाचारको नियन्त्रण र सुशासन कायम गर्न सरकार पूर्ण रुपमा क्रियाशील रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “हामी भ्रष्टाचारको निर्मूल गरेर जनतालाई सुशासनको अनुभूति दिलाउन चाहन्छौँ । जनतालाई सरकार भएको अनुभूति गराउन चाहन्छौँ ।”

नेपाल टे«ड यूनियन महासंघ र अखिल नेपाल टे«ड यूनियन महासंघ केन्द्रीय एकता संयोजन समितिले हिजो संयुक्त रुपमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलार्ई सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ओलीले नेकपाको सरकार गठन भएको पाँच महिना मात्रै भएको भए पनि यही अवधिमा नै सबै बिगारेको जसरी प्रचार गरिएकामा आपत्ति प्रकट गर्नुभयो ।

“हाम्रो सरकार गठन भएको पाँच महिना भयो, भ्रष्टाचार बढेको, सुशासन नभएको, काठमाडौँका सडकमा खाल्डा यही सरकारले पारेको भने जसरी प्रचार भएको छ । विगतमा मुलुकलाई लुटपाट गर्नेले नै कोकोहोलो मच्चाएका छन्”–प्रधानमन्त्रीले भन्नुभयो, “यही पाँच महिनामा नेपाली जनतालाई हामीले गरीब बनाएको होइन, काठमाडौँको सडकमा खाल्डो पारेको पनि होइन । तर हामी गरिब नेपालीलाई समृद्ध बनाउँछांै र आगामी दुई वर्ष्भित्र काठमाडौँका सबै सडक हेर्न लायक बनाउँछौ ।”

उहाँले नेपालको पुरानो कलात्मकता, ऐतिहासिक धरोहरलाई जोगाएर आधुनिकता मिसाएर अगाडि बढाउने दृढता व्यक्त गर्दै धरहरा, रानीपोखरी, काष्ठमण्डपलगायत सम्पदाको पुनः निर्माण शुरु गरिने बताउनुभयो ।

‘मै बनाउँछु मेरो धरहरा’ भनेर आफूले दुईवर्ष पहिले शुरु गरेको अभियान जहाँ छोडेको त्यस्तै अवस्थामा रहेको भन्दै प्रधानमन्त्रीले भन्नुभयो, “अब शीघ्र धरहराको पुनःनिर्माण हुन्छ । धाँजा फाटेको रानीपोखरीसमेत बन्छ ।” शिलान्याश गरेर छाडेको धरहरा र रानीपोखरी पुनःनिर्माणमा सरकारले क्रमिक रुपमा काम शुरु गरेको जानकारी दिँदै प्रधानमन्त्रीले भन्नुभयो, “अब बन्छन् यी दुई वटै ऐतिहासिक सम्पदा । कुनै ढिलाइ गरिँदैन । काष्ठमण्डप ज्यूँका त्यूँ हुन्छ ।”

दुगर्मस्थानमा रहेका असुरक्षित बस्तीलाई सुरक्षित स्थानमा सान भन्दै प्रधानमन्त्रीले सेवा सुविधा पु¥याउनै नसकिने ठाउँलाई एकीकृत बस्तीका रुपमा परिणत गर्ने सोचमा सरकार रहेको स्पष्ट पार्नुभयो । अनुगमन र नियन्त्रण गर्न केही समय लाग्ने भए पनि अनावश्यक रुपमा सरकारको आलोचना गरेर कोकोहोलो मच्चाइएको भन्दै प्रधानमन्त्रीले आपत्ति प्रकट गर्नुभयो ।

प्रधानमन्त्रीले नेपालमा भित्र्याइने रकम बैंकिङ प्रणालीबाट मात्रै आउनुपर्नेमा जोड दिँदै गैरकानूनी तवरले कुनै पनि रकम ल्याउन नदिइने बताउनुभयो । उहाँले भन्नुभयो, “हुन्डी, कालोधन, गैरकानूनी चलखेल गर्न पाइदैन । सरकार त्यस्तो गतिविधिलाई सहदैन । अनियन्त्रित, गैरकानूनी कालोधन गुप्त बाटोबाट नेपालमा आउन पाउँदैन ।” उहाँले भ्रष्टाचार गर्न नपाइने र नदिइने उल्लेख गर्दै भन्नुभयो, “भ्रष्टाचार नियन्त्रण हुन्छ, भ्रष्टचारीलाई दमन हुन्छ । यो हाम्रो घोषित नीति हो ।”

माइतीघर मण्डलालाई विरोध प्रदर्शनस्थल बनाइएकामा समेत प्रधानमन्त्रीले आपत्ति प्रकट गर्नुभयो । उहाँले भन्नुभयो, “माइतीघरमा सात वटा बाटा छन् । दुर्घटना हुनसक्छ । सडक जाम हुन्छ, यसो अवसर पारेर दीप प्रज्वलन गर्नेसम्मको काम गर्न सकिन्छ । तर त्यस्तो स्थानमा नै किन विरोध गर्नुप¥यो । संसारभर नै विरोधका लागि स्थान तोकिएको हुन्छ, नेपाल मात्रै त्यस्तो देश जहाँ जसले पनि जुनसुकै स्थानमा विरोध गर्न पाइन्छ !”

उहाँले कृषिमा व्यावसायीकरण, आधुनिकीकरण, यान्त्रिकीकरण गर्दै मुलुकलाई आत्मनिर्भर बनाउने दृढता व्यक्त गर्नुभयो । नेपालमा जुनसुकै क्षेत्रमा पनि एकाधिकार रहेको भन्दै प्रधानमन्त्रीले यातायात क्षेत्रमा रहेको एकाधिकारको अन्त्य भएको र अरु क्षेत्रमा रहेको एकाधिकारसमेत छिट्टै अन्त्य हुने उल्लेख गर्नुभयो ।

उहाँले एकाधिकार हटेपनि त्यसलाई व्यवस्थापन गर्न केही समय लाने भन्दै त्यसका लागि सरकारले सबै प्रकारका विकल्पलाई खुला राखेर काम गरिरहेको स्पष्ट पार्नुभयो ।

नेपालको मजदुर आन्दोलनले विगतदेखि नै सफलता हासिल गर्दै आएको भन्दै प्रधानमन्त्रीले सरकार सधैँ मजदुरको पक्षमा रहेको र कुनै पनि मजदुर निराश हुनु नपर्ने गरी कार्यक्रम र योजना ल्याइने बताउनुभयो । मजदुर आन्दोलनको सफलताबाटै वर्तमान सरकार गठन भएको भन्दै उहाँले स्वदेशमा पनि सरकारको नीतिभित्र रहेर मजदुरलाई सेवा सुविधा उपलब्ध गराउनुपर्ने र विदेशमा समेत ठगी र गलत धन्दा गर्न÷गराउन नपाइने स्पष्ट पार्नुभयो ।

राष्ट्र निर्माणको महाअभियान शुरु भएको उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “अब नेपाल गरीब रहन सक्दैन । कामको खोजीमा भौतारिएर हिँड्नु पर्दैन । मुलुकमा नै स्तरीय कामको व्यवस्था हुन्छ ।”

तुइन विस्थापित भयो
कार्यक्रममा प्रधानमन्त्रीले देशभरबाटै १०५ वटा तुइन विस्थापित भएर झोलुङ्गे पुल बनेको जानकारी दिनुभयो । आफ्नो पहिलो कार्यकालमा घोषणा गरेको कार्यक्रम अहिले आएर साकार भएकामा प्रधानमन्त्रीले खुशी व्यक्त गर्नुभयो ।

कलिला बालबालिका घिर्नीमा हात परेर रगतै भएर हिँड्नु परेको, तुइनबाट खस्ने अवस्थाको समेत अन्त्य भएको जानकारी दिँदै उहाँले केही समयभित्रै अन्य स्थानका समेत तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण सम्पन्न हुने बताउनुभयो ।

कार्यक्रममा नेकपाका महासचिव विष्णु पौडेलले नेपालको कम्युनिस्ट एकता विश्व समुदायका लागिसमेत चर्चा र चासोको विषय भएको बताउनुभयो ।

उहाँले विवादलाई सहमतिमा रुपान्तरण गर्ने, जिम्मेवारी लिन र त्याग गर्न समेत तयार भएर एकतालाई सार्थक बनाउन समेत कार्यकर्तालाई निर्देशन दिनुभयो । कार्यक्रममा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, अखिल नेपाल टे«ड यूनियन महासंघका अध्यक्ष गणेश रेग्मी, नेपाल टे«ड यूनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठलगायतको उपस्थिति थियो ।


पोखरा,साउन १३ गते । रातो तारा डट कम, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारिताको विकासका लागि आवश्यक ऐन कानूनको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएकोछ ।

नेपाल पत्रकार महासंघ कास्कीको भवन निरीक्षण एवं भेटघाट कार्यक्रममा उहाँले पत्रकारिताको विकास, सम्वद्र्धन, पेशागत सुरक्षा एवं जीवन्तताका लागि आवश्यक ऐन कानून निर्माणको तयारी गरिएको बताउनुभयो ।

श्रमजीवी पत्रकारको हकहितमा सरकार प्रतिबद्ध भएको बताउँदै उहाँले यही असारदेखि पत्रकारले बैंकबाटै पारिश्रमिक भुक्तानी पाउने व्यवस्था गरिएको उल्लेख गर्नुभयो ।
समानुपातिक विज्ञापनसम्बन्धी नयाँ ऐन आउन लागेको जानकारी दिँदै उहाँले आम सञ्चार ऐन आउँदै गरेको र मिडिया काउन्सिलसम्बन्धी नयाँ व्यवस्था गरिनलागेको जानकारी दिनुभयो ।

अनलाइनलाई पत्रकारिताको मूलधारमा ल्याउने सरकारको तयारी रहेको बताउँदै मन्त्री बाँस्कोटाले सामाजिक सञ्जाल र अनलाइन एउटै नभएको उल्लेख गर्नुभयो । पत्रकारितामा पेशागत लक्ष्मण रेखाको मर्यादा हुने उहाँको भनाइ छ ।

मन्त्री बाँस्कोटाले पाठक एवं दर्शकको छनौटमा पर्ने गरी सञ्चार माध्यमले आफूलाई प्रतिस्पर्धामा उतार्नुपर्ने बताउनुभयो ।

सञ्चार माध्यम संरक्षणभन्दा पनि प्रतिस्पर्धात्मक बन्नु आवश्यक रहेको औल्याउँदै उहाँले संरक्षणका लागि लोक कल्याणकारी विज्ञापन जारी रहेको बताउनुभयो ।

संविधानले संघ, प्रदेश र स्थानीय तहका लागि फ्रिक्वेन्सीको अधिकार व्यवस्था गरेको बताउँदै उहाँले ती अधिकार पाउने विषयलाई व्यवस्थित गराउनका लागि कानुन मन्त्रालयलाई अघि बढाउन भनिएको बताउनुभयो । सरकारले पत्रकार वृत्ति कोष स्थापना गरेको बताउँदै उहाँले हाल त्यसका लागि रु. एक करोड विनियोजन गरिएको र अर्को वर्ष दुई करोड हुने उल्लेख गर्नुभयो ।

पत्रकारमाथि आक्रमण गर्नेलाई सरकार हेरेर नबस्ने बताउँदै मन्त्री बाँस्कोटाले सरकार पत्रकारको पेशागत सुरक्षाका लागि तत्पर रहेको उल्लेख गर्नुभयो । कार्यक्रम नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

शिव भट्टराई - सुनसरी साउन १२ गते । रातो तारा डट कम,
नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७५ नजिक आइरहँदा तीज बिशेष गीतहरु धेरै मात्रामा बजारमा आइरहेका छन् । तर बजारमा आएका धेरै गीतहरु मात्र आफ्नो ब्यावसाहिकतालाई माथि उठाउनका लागि सार्बजनिक भैरहेका छन् ।
चर्चित लोकदोहोरी गायिका गंगा गौतम आचार्यको सुमधुर स्वर रहेको यस गीतमा राज कुमार बगरको शब्द संगीत रहेको छ। निकै रोमान्चक ढंगबाट तयार पारिएको यस गीतको म्युजिक भिडियोमा स्थानीय कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

यस गीतको म्युजिक भिडियोलाई निर्देशन तुलसी घिमिरेले गरेका हुन् भने छायांकन प्रकाश सुब्बाले गरेका छन् । यस भिडियोलाई गंगा गौतम आचार्यले आफ्नो लगानीमा तयार पारेकी हुन्।

यस 'बरी लै' गितको सूटिंग ईटहरीको मनकामना मन्दिर, साथै चिन्तन चौतारी लगायत बिभिन्न चर्चित ठाउँमा भइरहेको छ।यस तीज गीतले तीजको भारी बोकेको र  नारी भएर भोग्नु पर्ने पीडा र नारीका बेदना प्रस्ट्याउन खोजेको छ। यो गीत नारिहरुका लागि निकै संदेशमुलक रहेको कुरा रातो तारा डट कम, अनलाइनलाई लोकदोहोरी गायिका गंगा गौतम आचार्य बताएकी  छिन्।

काठमान्डाै साउन १२ गते । रातो तारा डट कम,
सुशेली म्युजिक प्रालीको प्रस्तुतिमा संगीतिक बजारमा यतिवेला सुनिता नगरकोटी तीजको कोशेली “ यो तीजमा हेरौला “ को भिडियो सार्वजनिक  भएको छ । गायक नविन विरही श्रेष्ठ तथा गायिका सुनिता नगरकोटीको सुमधुर आवाजमा रहेको छ ।  माया प्रेम र विछोडका भावहरु समेटिएको गीतमा सामाजिक विषयबस्तुलाई निकै रचनात्मक रुपमा समेटिएको छ । गीतको मर्म अनुसार पुर्ण सम्योगले एरेन्ज गरेका छन । 

 पहिलो पटक नव विवाहित बुहारीको मनमा उठेको माइत प्रतीको प्रेमको भावहरु गीतमा सर्वोकृष्ट रुपमा समेटिएको छ । लोकदोहोरी क्षेत्रमा विशिष्ट रुपमा योगदान पुयाएका गायक नविन विरही श्रेष्ठ को लय तथा शब्द सिर्जना गीतमा रहेको छ । रोशन थापाको छायाँकन तथा सम्पादन रहेको भिडियोलाई सरोज अधिकारीले निर्देशन गरेका छन । गीतमा मायालु प्रेमी जोडिको रुपमा सरिता अधिकारी र सौरभ तामाङको अभिनय रहेको छ । 
हेर्नुहोस भिडियो 

बिराटनगर, साउन १२ गते । रातो तारा डट कम,
असार “महिनाको सर्वोत्कृष्ट प्रहरी” (Best Police Of the Month) ईलाका प्रहरी कार्यालय काँकडभिट्टा झापाका प्रहरी नायव उपरीक्षक टंक प्रसाद भट्टराईलाई घोषणा गरिएको छ ।

१ नं. प्रदेश प्रहरी कार्यालय अन्तर्गत रहेका सम्पूर्ण प्रहरी युनिटहरुबाट एक महिनाको उत्कृष्ट कार्य विवरण अध्ययन गरी  “महिनाको सर्वोत्कृष्ट प्रहरी” छनौट निर्देशिका (शंसोधन) अनुसार प्र.ना.उ. भट्टराईलाई महिनाको सर्वोत्कृष्ट प्रहरीको रुपमा घोषणा गरिएको हो ।

प्र.ना.उ. भट्टराईले सरोकारवाला निकायहरु,स्थानीय तह,संघ संस्थाहरुसंग समन्वय गर्दै सीमा नाकामा हुने चोरी तस्करी नियन्त्रणमा उल्लेखनिय कार्य गर्नुका साथै लागूऔषध, साना हात(हतियार, मानव वेचबिखन लगायतका अपराधिक क्रियाकलाप नियन्त्रण तथा सीमा नाकालाई व्यवस्थित पार्न र सवारी आवगमनलाई सहज बनाउनुका साथै सर्वसाधरणहरुलाई सुरक्षाको अनुभूती हुने गरी शान्ति सुरक्षा कायम गरी सांगठानिक मूल उदेश्य प्राप्त गर्ने कार्यमा  आफू मातहतलाई प्रभावकारीरुपमा परिचालन गरी सर्वसाधारण नागरिक माझ प्रहरीको छवि उच्च बनाउने कार्यको मुल्याङकन र कदर गर्दै असार “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषित गरिएको हो ।

महिनाको सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले पुरस्कारसहित प्रदेश प्रहरीको हाताभित्र निर्माण गरिएको स्तम्भमा फोटो सहितको कार्यविवरणसहित फ्लेक्स प्रिण्ट गरी राखिदै आएको छ । “महिनाको उत्कृष्ट प्रहरी” २०७५ निर्देशिका अनुसार  मातहत तथा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय स्तरसम्म कार्यालयको मुख्य गेटमा प्रदेश प्रहरी कार्यालयबाट घोषित “महिनाको सर्वोत्कृष्ट प्रहरी”(Best Police Of the Month)  र जिल्ला प्रहरी कार्यालयबाट छानिएका “महिनाको उत्कृष्ट प्रहरी”  (Best Police Of the Month)  समेत राखिने व्यबस्था गरिएको छ ।


बिराटनगर, साउन १२ गते । रातो तारा डट कम
मोरङको विराटनगरबाट प्रहरीले शुक्रबार साँझ साढे ६ बजे सुनको सिक्रि निल्ने एक जनालाई पक्राउ गरेको छ । बिराटनगर महानगरपालिका ९ स्थित अरुण कुमार राठीले संचालन गरेको राठी सुन पसलमा सिक्रि किन्ने बहाना बनाई सुन किन्न गएका ईटहरी उप-महानगरपालिका २ बस्ने ३१ बर्षिय सुरज कुमार नेपाललाई पक्राउ गरेको हो ।

 नेपालले पसलमा गएर सुनको सिक्रि देखाउन लगाई ऐना हेरी  गलामा लगाउने निहु पारेर सिक्रि निलेर पाईन्टको गोजीमा आँफुसंग भएको नक्कली सुन निकालेर पसलमा फिर्ता गरेका थिए । सिक्रि मन नपरेको बताउदै सिक्रि फिर्ता गरेपछी पसलेलाई शंकालागी प्रहरीमा खबर गर्नासाथ वडा प्रहरी कार्यालय ‘ख’ विराटनगरबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीको नियन्त्रणमा रहेका नेपालको शरिर खानतलासी गर्ने क्रममा सिक्रि फेला नपरेपछी निलेको हुनसक्ने अनुमान गर्दै विराटनगरको बिराट अस्पतालमा लगेर भिडियो एक्सरे गरेको थियो । एक्सरे रिपोर्टमा नेपालको पेट भित्र सिक्रि फेला परे पछी वडा प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

पाचथर, साउन ११ गते । रातो तारा डट कम
अदालतबाट बिभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय तोकिएका फरार अभियुक्तहरु पक्राउ गर्ने प्रहरीको अभियान अन्तरगत पाँचथरबाट १२ जना पक्राउ परेकोो कुरा १ नम्बर प्रदेश प्रहरी समचार कक्षले जानकारी गराएको  छ ।

 जिल्ला अदालत पाँचथरले लुटपाट, किर्ते, जालसाजी,गाली बेईज्जती, करकाप र  दुनियाबादी मुद्धा अभियोगमा १२ जनालाई गाउँघरमा लुकीछिपि बस्दै आएको अवस्थामा पक्राउ गरेको हो ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको विशेष टोलीले साउन १० र ११ गते पक्राउ गरि शुक्रबार सम्मानित पाँचथर जिल्ला अदालतमा उपस्थित गराईएकोमा तोकिएको जरिवाना बुझाई अदालतको आदेशानुसार छाडिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।


बिराटनगर, साउन ११ गते । रातो तारा डट कम,
१ नं. प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले शुक्रबार मिडियाकर्मीहरुसंग भेटघाट गर्नु भएको छ ।

 प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको भेटघाट कार्यक्रममा १ नं. प्रदेश अतर्गत रहेका बिभिन्न मिडियामा आबद्ध रहेका ३८ जना मिडियाकर्मीहरुको उपस्थिति रहेको थियो ।

 कार्यक्रममा प्रहरी नायब महानिरीक्षकले १ नं. प्रदेश अन्तर्गत रहेका १४ वटा जिल्लाहरुको  अपराधिक स्थितीको तथ्याङगत बिश्लेषण, प्रशासनिक कार्य तथा १ नं. प्रदेश प्रहरीको भावी रणनीति लगायत प्रहरीको गतिबिधीको बारेमा जानकारी गराउनु भएको थियो ।

त्यसैगरी प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. रिजालले मिडियाकर्मीहरुबाट उठेका बिबिध जिज्ञासाहरु तथा गुनासोहरुको बारेमा समेत प्रस्ट पार्नु भएको थियो ।

काठमाण्डौं,साउन १२ गते । रातो तारा डट कम, नवलपरासी भारतसँग सिमाना जोडिएको पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयले उच्च सतर्कता अपनाएको जनाएको छ ।

सीमा क्षेत्रमा शान्ति सुरक्षासहित दशगजा क्षेत्रको अतिक्रमण रोक्ने र सीमा स्तम्भ (पिलर) को समेत रेखदेखका साथै आपराधिक क्रियाकलाप, चोरी तथा तस्करी नियन्त्रणका लागि उच्च सतर्कता अपनाइएको सशस्त्र प्रहरी उपरीक्षक गाहारधन राईले जानकारी दिनुभयो ।

करीब २८ किलोमिटर दूरीमा रहेको नवलपरासी पश्चिम जिल्लाको नेपाल– भारत क्षेत्रमा पश्चिममा सनईदेखि पूर्वमा सुस्तासम्म गरी कूल १६ वटा सीमा स्तम्भ छन् ।

नेपाल–भारत सीमा क्षेत्रमा देखिएको आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने स्थानीय प्रशासनको मुख्य दायित्व भएकाले सबै सुरक्षा निकायसँग समन्वय गरी सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले जानकारी दिनुभयो ।

पूर्वी नवलपरासी र पश्चिम नवलपरासीको समेत कार्य क्षेत्र रहेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय बेलासपुरअन्तर्गत जिल्ला कमाण्ड पोष्ट एक, अस्थायी पोष्ट एक, बिओपी तीन, औद्योगिक सुरक्षा बेस दुई र सुरक्षा बेस तीन छन् ।

सिमा क्षेत्रको सुरक्षा नेपाल भारत बोर्डर तराईका सबैठाउमा गर्न अति जरुरी भएकाले सरकारले छिटो सबै ठाउमा बोर्डर सुरक्ष्ााँको व्यावस्था मिलाउनु पर्नेमा जनताले सरकार संग माग गरेका छन ।



काठमाडौँ साउन १२ गते । रातो तारा डट कम, प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा उपलब्ध स्रोत साधनको अधिकतम परिचालन गरी विकासका कार्यक्रमलाई प्राथमिकीकरण गरिएको बताउनुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा हिजो राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आर्थिक वर्ष २०७३÷०७४ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहँुदै प्रधानमन्त्री ओलीले उक्त कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले संविधानमा उल्लेखित राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वलाई क्रमशः कार्यान्वयन गर्दै समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीसमक्ष प्रधानमन्त्री ओलीले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका लागि सरकारले गरेका कामको वार्षिक प्रतिवेदन बझाउनुभएको हो ।

चार परिच्छेद रहेको प्रतिवेदनमा परिचय, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयनका लागि भएका काम र उपलब्धि, सरकारी वित्त व्यवस्था र उपसंहार समेटिएको छ ।

उक्त आर्थिक वर्षमा सरकारबाट २२ विषयगत ऐन निर्माणका विधेयक, २१ नियमावली, नौ विषयगत मापदण्ड र ११ गठन आदेश तथा कार्य्विधि स्वीकृत भएको प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

सो कार्य्विधिअनुसार संघीय शासन प्रणालीअनुरुपको कानूनी संरचना निर्माणको काम भएको प्रधानमन्त्री ओलीको भनाइ थियो । 



काठमाण्डौं, साउन १२ गते । रातो तारा डट कम, पर्साको धोवनी गाउँपालिकाका लेखापाल र नायब सुब्बालाई ११ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वीरगञ्जबाट घुस रकमसहित रंगेहात पक्राउ गरेको छ ।

आयोग मकवानपुरबाट आएको टोलीले गाउँपालिकाका लेखापाल कृष्णनन्दन राय यादव र नासु ऐनामुल हक अन्सारीलाई हिसाब फछ्र्योट गरेबापत सेवाग्राहीबाट रु एक लाख १० हजार घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ परेको हो । वीरगञ्ज महानगरपालिका–१४ पिपरास्थित लेखापाल यादव बसेको कोठामा अख्तियारको टोलीले छापामारी नगदसहित दुवै जनालाई नियन्त्रणमा लिएको हो ।

गाउँपालिकामा रहेको संसारीमाई मन्दिरको पर्खाल निर्माणको हरहिसाब फछ्र्योट गरेबापत ४० हजार र ढलान सडकको हरहिसाब फ्र्योटबापत रु ७० हजार कमिशन लिएको सूचनाका आधारमा छापामारी गर्दा सूचनाअनुसारको रकम बरामद भएपछि आवश्यक अनुसन्धानका लागि दुवैलाई नियन्त्रणमा लिइएको अख्तियार टोलीले जनाएको छ ।

गाउँपालिकामा भएका निर्माणकार्यको हरहिसाब फछ्र्योट गरेबापत लेखापाल र नासुले १० प्रतिशत घुस माग गरेको सेवाग्राहीबाट गुनासो आएपछि घुस दिन तयार पारिएको रकममा हात रातो हुने रसायन मिसाइ रकम पठाएको र पछि परीक्षण गर्दा रकम छुने कर्मचारीको हातसमेत रातो भएको अख्यितार टोलीले जनाएको छ । पक्राउ परेका दुवैलाई आवश्यक अनुसन्धानका लागि मकवानपुर लगिएको छ ।


बिराटनगर साउन ११ गते । रातो तारा डट कम,
मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको शुक्रबार विराटनगरमा जिल्ला भरीका कार्यालय प्रमुखहरुले विदाइ गरेका छन् ।

प्रजिअ आचार्यको काठमाण्डौको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएको छ । २०७४ साउनमा आर्चाय मोरङको प्रमुख जिल्ला अधिकारी भएर आएका थिए । आचार्यले मोरङमा एक वर्ष बिताएका छन् ।

आचार्यको एक वर्षे कार्यकाल उपलब्धीमुलक रहयो । गत साउन २७ र २८ गते आएको विनासकारी बाढीबाट पूर्व क्षेत्रको जन जिवन अस्त व्यस्त बनेको थियो । त्यसलाई आचार्यले सहजता पुर्वक सामान्य तर्फ प्रमुख भुमिका निर्वाह गरेका थिए ।

आचार्यकै कार्यकालमा १ नम्बर प्रदेशको अस्थाइ राजधानी विराटनगरमा प्रदेश र संसदको निर्वाचन सम्पन्न भएको थियो ।आचार्यले एक नम्बर प्रदेशको १४ वटै जिल्लाका ९३ जना प्रदेश संसदहरुलाई विराटनगरमा ल्याएर सपत ग्रहण गराउन महत्व पुर्ण भुमिका निर्वाह गरेका थिए ।

५ दिन भित्रमा सरकारी कार्यालयलाई अन्यत्र सारेर प्रदेशको मन्त्रालय राख्न महत्व पुर्ण भुमिका निर्वाह गरेका आचार्यको कार्यको मुल्याङकन गर्दै सरकारले आचार्यलाई काठमाण्डौको प्रमुख जिल्ला अधिकारी बनाएको छ । उनको विदाइमा जिल्ला भरीका सरकारी कार्यालयका प्रमुखहरुको सहभागिता थियो ।

नेपाल पत्रकार महासंघ मोरङ व्यापार सघ  प्रदेश सरकार लगाएका व्याक्तिहरू समेतले आज बिधाइ गरेका थिए। 


विराटनगर, साउन ११ गते । रातो तारा डट कम,
प्रदेश एकको सामाजिक विकास मन्त्रालयले प्रदेश शिक्षा विधेयक प्रदेशसभामा प्रस्तुत गर्नु अघि सरोकारवालाहरुसँग मस्यौदा बारे छलफल सुरु गरेको छ ।

सामाजिक विकास मन्त्रालयले २२ वटा प्रदेश कानुनहरु बनाउनु पर्नेमा अहिले सम्म २ वटा विधेयक प्रदेश सभामा टेबुल भईसकेको छ भने ४ वटा विधेयकको मस्यौदा बारे छलफल भईरहेको छ । विराटनगरमा आयोजित मस्यौदा छलफल कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेले सामूदायिक विद्यालयको गुणस्तर खस्किएकोले निजी विद्यालयहरुले व्यापारीकरण गर्न पाएकोले शिक्षामा भएका विकृति र विसंगति हटाउन प्रदेश शिक्षा ऐन प्रभावकारी बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले संविधानले सुनिश्चित गरेको शिक्षाको अधिकारलाई सर्वसुलभ र निशुल्क बनाउन अब देखि काम गर्नेलाई पुरस्कृत र काम नगर्नेलाई दण्डित गर्ने नीति रहेको बताउनुभयो ।उहाँले कसैको जागिर जोगाउन मात्र सामुदायिक विद्यालय खोलिरहने कार्य रोकेर विद्यार्थी नभएको विद्यालयहरु गाभ्ने नीति प्रदेश सरकारले लिएको जानकारी दिए ।

दुई दिन सम्म आयोजना हुने छलफल कार्यक्रम पछि विधेयक प्रदेश सभामा प्रस्तुत गरिने बताइएको छ ।छलफल कार्यक्रममा सुनसरी, मोरङ, झापा, इलाम, धनकुटा र उदयपुरका विद्यार्थी, अभिभावक, शिक्षक र शिक्षा विकास तथा समन्वय इकाईका प्रतिनिधिहरुको सहभागिता रहेकोछ ।


शिव भट्टराई - सुनसरी साउन ११ गते । रातो तारा डट कम,
सुनसरीको झुम्कामा रहेको क्षेत्रीय कारागारमा कैदीबन्दीहरुले
जेल भित्रै बिभिन्न व्यवसायमा आवद्द हुदै आफनो सीप  दक्षताको प्रयोग गरेर मनग्गे आय आर्जन  गरिरहेका छन्।

विभिन्न मुद्धामा सजाय काटिरहेका कैदीबन्दीहरुले खाना पकाउदै मुढा बुनेर, आम्दानी गरीरहेका छन्।

आज रातो तारा डट कम का प्रतिनिधि कारागारका कैदी
बन्दी अबस्था बुझ्न गएको समयमा भित्रको अबस्था राम्रो रहेको भन्दै जेलरले सो कुराको जानकारी गराएका थिए

(फायलफोटो)
काठमाडौ साउन ११ गते । रातो तारा डट कम,
ताप्लेजुङ-कर्मचारीको अभाव र न्यून बजेटका कारण विषयगत कार्यालयका सेवा प्रभावकारी हुन नसकेको छैन ।

जिल्ला समन्वय समितिले आयोजना गरेको वार्षिक समीक्षा गोष्ठीमा आ–आफ्ना कार्यालयको प्रगति विवरण पेश गर्दै कार्यालय प्रमुखहरूले कर्मचारीको अभाव र न्यून बजेटले सेवा प्रभावकारी हुन नसकेको बताएका हुन् ।

घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख सुनिल आचार्यले न्यून बजेटका कारण लक्ष्यअनुसारका काम गर्न कठिन भएको र पर्याप्त कर्मचारी नहुँदा पनि भ्याइनभ्याइ विकट क्षेत्रमा पुगेर काम गर्नुपरेको बताउनुभयो ।
सीमित बजेट हुँदा कामले पूर्णता नपाउने गरेको सडक डिभिजन कार्यालयका इञ्जिनियर महमद हारिज आलमको गुनासो थियो । बजेट सीमित हुने तर काम चौतर्फी गर्नु पर्दा लक्षित कामले पूर्णता नपाएको उहाँको भनाइ थियोे ।

आएको बजेट खर्च हुन नसकी फिर्ता हुनुमा पनि कर्मचारीको अभाव, निर्माण पक्षको लापर्बाही र समयमा बजेट निकासा नहुनु प्रमुख कारण रहेको सम्बद्ध कार्यालय प्रमुखले बताएका थिए । कतिपय आयोजना नीतिगत समस्याका कारण अघि बढ्न ढिलाइ हुने गरेको उहाँहरुको भनाइ थियो ।
आव २०७४÷०७५ मा रू एक अर्ब ४० करोड ३५ लाख १४ हजार कूल बजेटमध्ये ६३ करोड ८१ लाख ८२ हजार ३०० फिर्ता भएको जिल्ला समन्वय अधिकारी नरहरि भण्डारीले जानकारी दिनुभयो ।


ललितपुर,साउन ११ गते । रातो तारा डट कम, सरकारी र गैरसरकारी संस्थाले प्रोत्साहन नगर्दा रैथाने जातका बीउ हराउँदै गएका छन् । बाली पर्याप्त फलाउने जातलाई प्रोत्साहन गरेका कारण स्थानीय जातका बीउ हराउँदै गएका हुन् । जैविक विविधताको संरक्षणभन्दा पनि सरकारी र गैरसरकारी संस्थाको नीतिले उन्नत र हाइब्रिड बीउलाई प्रोत्साहन गरेको नेपाल कृषि अनुसन्धान परिषद्(नार्क) अन्तर्गतको राष्ट्रिय कृषि अनुबंशिक स्रोत केन्द्रमा कार्यरत वैज्ञानिक कृष्णहरि घिमिरेले बताउनुभयो ।

धेरै उत्पादन लिनका लागि हाइब्रिड र उन्नत जातको बीउ प्रयोग भए पनि स्थानीय जातमा रहेको विशिष्ट गुणका कारण तिनलाई जोगाउनुपर्नेमा उहाँको जोड छ । सबै निकायले ठूलो फर्सी, ठूलो गाई वा धेरै अन्न फलाउने किसानलाई मात्रै सम्मान र पुरस्कृत गरिरहेका छन् । उहाँ भन्नुहुन्छ, “स्थानीय बीउ जोगाइराख्नका लागि भूमिका खेल्ने किसानलाई पनि प्रोत्साहन गर्न खाँचो छ ।”

नेपालमा अधिकांश किसान अन्न पर्याप्त मात्रामा फलाउनुपर्ने बाध्यताका कारण बिस्तारै स्थानीय बीउ रोप्न छाडेको नार्कले जनाएको छ । नार्क आफैँले पनि किसानका लागि रोगप्रतिरोधी क्षमता बढी भएका र बढी उत्पादन दिनसक्ने बीउ सिफारिश गर्दै आएको छ । कतिपय किसानले भने स्थानीय बीउमा भएका विशिष्ट गुणका कारण त्यसलाई छाडेका छैनन् ।

उहाँ भन्नुहुन्छ, “आफूले उन्नत बीउ नै रोप्ने किसानले स्थानीय जात हराउन नदिनका लागि नै सानो क्षेत्रफलमा थोरै परिमाणमा भए पनि वर्षेनी रोप्नुहुन्छ ।” कतिपयले मीठो स्वाद भएका, विशेष खाना बनाउन प्रयोग हुने वा खाएको लामो समयसम्म भोक नलाग्नेलगायतका गुण स्थानीय जातमा पाइन्छ । कुनै समयमा उन्नत जातका बीउमा ठूलै खालको समस्या आउँदा स्थानीय बीउमा भएको गुण ल्याएर क्रस गराउन सकिने नार्कका वैज्ञानिकले बताउँदै आएका छन् । 


 काठमाडौँ, साउन ११ गते । रातो तारा डट कम, शेयर बजारमा १० गते पनि सामान्य गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर बजार मापक नेप्से परिसूचक ३.१५ बिन्दुले घटेर एक हजार १९१.२० बिन्दुमा पुगेको छ । यस्तै क वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.७५ बिन्दुले घटेर २५०.९६ बिन्दुमा पुगेको छ । कूल १६३ कम्पनीको सात लाख ९२ हजार ५५ कित्ता शेयर रु १९ करोड ३० लाख २८ हजार १२४ मूल्यमा खरिद बिक्री भएको छ ।

स्टकका अनुसार आज होटल उपसमूहबाहेक अरु सबै उपमूहको शेयर घटेको छ । बैंकिङ १.४४, विकास बैंक १.९८, जलविद्युत् १४.७९, फाइनान्स २.६८, निर्जीवन बीमा २७.१७, उत्पादन स्थिर, अन्य ०.५६, माइक्रोफाइनान्स १५.१६ र बीमा ४९.०८ बिन्दुले घटेको छ । होटल समूह भने ४४.५५ बिन्दुले बढेको छ । 


शिव भट्टराई -इटहरी, साउन १० गते । रातो तारा डट कम,
काग्रेसका इटहरी १० नं. वडाका सभापतिले नेकपाका कार्यकर्ताले आफुलाई कुटपिट गरेको बताएका छन् ।
वडा सभापति प्रकाश कोइरालाले तत्कालिन (युवा संघ एक नं. प्रदेश सचिवालय सदस्य) रुपेश बस्नेत सहितको समुहले धनकुटाको नाम्जेमा कुटपिट गरेको बताएका हुन ।

इटहरीस्थित रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी कोइरालाले पार्टीको बिषयमा विवाद हुदा मुक्का हानेको दाबी गरे । नेकपा आबद्ध कार्यकर्ताहरुको प्रशिक्षण सकेर फर्कदै गरेका बस्नेत सहित बिटु चौधरी र सोनु हलुवाई लगायतको समहुले नाम्जेमा घेरेर आफुलाई मुक्का र लात्ती हानेको बताए।

घटनाको बिषयमा बुधबार नै प्रहरी चौकी भेडेटारमा निवेदन समेत दिएको कोइरालाले जानकारी दिए ।
‘हाम्रो पार्टी सरकारमा छ, हामीलाई कसैको डर छैन’ भन्दै आफु र अधिकारी भाईलाई कुटपिट गरेको उनको भनाई छ ।
बुधबार बिहानदेखी भनिएको प्रशिक्षणमा अधिकाशं नेकपाका कार्यकर्ता मातेर नाम्जे होमस्टे आसपास आतंक मञ्चाएको कोइरालाको दाबी छ । बस्नेत समुहले आफुलाई दुरव्यवहार गर्नुको साथै त्यहाँ घुम्न आएका युवती तथा महिलालाई समेत दुरव्यवहार गरेको बताए ।

यस्तै काग्रेस सुनसरी जिल्ला सदस्य सुबोध घिमिरेले घटना निन्दनिय रहेको बताउदै सत्ताको आँडमा कसैले पनि गुण्डागर्दी देखाउन नहुने बताए ।  यता नेकपाका कार्यकर्ता रुपेश बस्नेतले सामान्य विवाद भएको तर कुटपिट नगरिएको दाबी गरे । ‘हामी एक अर्काेलाई चिन्दछौ, जिस्केर पार्टीको बिषयमा डिबेट भएको हो’ उनले भने ‘तर कुटपिटको आरोप गलत छ’ ।



मोरंङ,साउन १० गते । रातो तारा डट कम,
विराटनगरस्थित अस्पताल चोकको निजी गोल्डेन नर्सिङ होममाबाट सञ्चालित  गोल्डेन नर्सिङ होम भित्रै को औषधि पसल(सोैजन्य फार्मेसी) ले आैषधिको  दोब्बर मूल्यमा बिरामीलाई औषधि बिक्री गर्दै ठगी गरिरहेको पाइएको छ । अस्पताल चोखो यो पसलाइ पीडितको उजुरीका आधारमा स्थानीय प्रशासन र प्रहरीले आज छापा मारेर फार्मेसी सन्चालक पक्राउ गरि कारवाही अगि बढाएको छ।

त्यसैगरी विराट नर्सिङ होमको नामले चिनिने विराट अस्पताल प्रालिले मासिक नौ लाख रुपियाँमा भाडामा लगाएको फार्मेसीले अस्पतालमै काम गर्ने कर्मचारीका बिरामीलाई ठगी गरेपछि त्यस्को पनि आज पोल खुलेकोछ ।

यो अस्पतालले आफनो ठगी धन्दा लुकाउन केही पत्रिका र केही केही व्याक्ति  पालेर राखेको छ भन्ने कुरा पनि त्यहीका
मानिस बताउछन ।

अस्पतालमा कार्यरत जितेन्द्र कामतका नातेदार बिरामी भएपछि अस्पताल भर्ना भएका थिए । बिरामीका लागि आवश्यक औषधि मेडिमिक्स फार्मेसीबाट खरिद गरेर लगेका थिए । विश्वासै नलाग्ने गरी धेरैको बिल बनेपछि बिरामीका आफन्तले औषधिको मूल्य बाहिरका पसलमा बुझेका थिए ।

बाहिरका पसलमा बुझ्दा औषधिको मूल्य सात हजार पाँच सय हुने हिसाब आएको थियो तर मेडिमिक्स फार्मेसीमा त्यो औषधिको बिल १८ हजार रुपियाँको आएको बिरामी पक्षले
जनाएका छन् ।

फार्मेसीले ठगी गरेपछि स्थानीय औषधि पसलेले समेत सबै व्यवसायीको बदनाम हुने भन्दै अस्पताल प्रशासनलाई जानकारी गराएका थिए । निजि नर्सिङ होम फार्मेसी वा
आैषधिपसलहरूले आखिर् जनतालाई कहिले सम्म ठगि रहनेहुन पीडित हरू सरकारलाई प्रश्नन गर्दैछन् ।


अस्पताल प्रशासनले भने आन्तरिक विषय भएकाले छलफल गरेर समाधान खोज्ने प्रतिक्रिया दिएको छ । अस्पताल प्रशासनका प्रमुखले पटक–पटक टेलिफोन गर्दासमेत टेलिफोन नै उठाउनुभएन ।

पीडित पक्ष अस्पतालमै जागिर गर्ने भएकाले जागिर सुरक्षाका लागि पनि बोल्न सक्ने अवस्थामा छैनन् । मेडिमिक्स फार्मेसीका सञ्चालक अनिल चौधरीले भूलवस बढी बिलिङ हुन गएको र त्यसलाई आपसी सहमतिमा सच्याइएको बताउनुभयो । उहाँले एउटा बिरामीको बिल अर्कोलाई परेको दाबी गरेको भए पनि बिरामीका आफन्तले भने त्यसलाई अस्वीकार गरेका छन् ।

अस्पतालले फागुन महिनादेखि मेडमिक्स फार्मेसीलाई मासिक १२ लाख रुपियाँ भाडा तिर्ने सर्तमा एउटा कोठा उपलव्ध गराएको हो । पछि फार्मेसीले भाडा तिर्न सक्ने नदेखेपछि भाडा घटाएर नौ लाख कायम गरेको छ ।

चर्को कोठाभाडा तिर्नुपर्ने भएकाले फार्मेसीले बिरामीलाई औषधि बिक्री गर्दा बढी मूल्य लिने गरेको अस्पताल स्रोतले बताएको छ । अस्पतालकै कर्मचारीमाथि ठगी भएपछि घटना बाहिरिएको हो ।


काठमाडौँ,साउन १० गते । रातो तारा डट कम, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई अहिले भएको संगठन संरचना र दरबन्दी पठाउन निर्देशन दिएको छ ।

मन्त्रालयले मन्त्रिपरिषद्बाट स्वीकृत स्थानीय तहको अन्तरिक संगठन, संरचना तथा दरवन्दीअनुसार स्थानीय तहमा कर्मचारी समायोनका लागि सबै स्थानीय तहबाट संगठन संरचना र दरबन्दी पठाउन निर्देशन गरेको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्वीकृत दरबन्दीअनुसार स्थानीय तहको कार्यप्रकृति, सेवा प्रवाह र विकास व्यवस्थापनको आवश्यकता, भौगोलिक स्थिति र सेवा पु¥याउनुपर्ने जनसंख्याका आधारमा स्थायी संरचना र दरबन्दी निर्धारण गरी स्वीकृत गर्नुपर्ने भएकोले १५ दिनभित्र दरबन्दी पठाउन निर्देशन दिइएको हो ।

मन्त्रिपरिषद्ले अन्तरिम व्यवस्थापनअन्तर्गत स्थानीय तहका लागि करीब ५७ हजार दरबन्दी स्वीकृत गरेको छ । मन्त्रालयले अन्तरिम संगठन संरचना एवं दरबन्दीमा कुन÷कुन श्रेणी थपघट गर्नुपर्ने हो, विगतमा स्थानीय निकायमा कार्यरत कर्मचारी के कति दरबन्दीमा रहेका छन् र उनीहरुलाई कसरी व्यवस्थापन गर्न सकिन्छ, हाल भइरहेका संगठन संरचना भन्दा बढी दरबन्दी स्वीकृत गर्नुपर्ने भए पद वा श्रेणी खुलाउनुपर्ने लगायतका कुरा निर्देशनमा उल्लेख गरिएको छ ।

अहिले स्थानीय तहमा करीब आठ हजार कर्मचारी अपुग भएको बताइएको छ । 


काठमायडौं, साउन १० गते । रातो तारा डट कम,  सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय कञ्चनपुरको टोलीले हिजो भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवैध सामान नियन्त्रणमा लिएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–६ हल्दुखाल क्षेत्रबाट लुकिछिपी ल्याउँदै गरेको रु एक लाख ८४ हजार बराबरको महिलाले लगाउने १५४ थान सुट सशस्त्र प्रहरीको गस्ती टोलीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी नायब निरीक्षक कृष्णबहादुर बोहराको नेतृत्वमा रहेको टोलीले बेवारिसे अवस्थामा रहेको सामान नियन्त्रणमा लिएर कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको जिम्मा लगाएको सशस्त्र प्रहरीले जनाएको छ ।
केही दिनअघि पनि यहाँको नेपाल–भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले अवैध रुपमा भित्रिदै गरेको सामान समेत नियन्त्रणमा लिएको थियो । 


इाापा,साउन १० गते । रातो तारा डट कम, बीएन्डसी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले आफ्नो १४ महिनाअघिको अभिव्यक्तिलाई तोडमोड गरिएका कारण बङ्गलादेशमा अध्ययनरत नेपाली छात्रामा पर्न गएको चोटप्रति क्षमा याचना गर्नुभएको छ ।

झापाको बिर्तामोडमा हिजो पत्रकार सम्मेलन गरी प्रसाईँले भन्नुभयो, “नेपाली चेलीहरुप्रति अपमान गर्ने कुरा म सोच्न पनि सक्दिन, चौध महिनाअघिको भिडियोलाई तोडमोड गरी भ्रम फैलाउने नियतले मेरो अभिव्यक्तिलाई सामाजिक सञ्जालमा भाइरल बनाइयो ।”

उहाँले आफ्नो पुरानो अभिव्यक्तिमा प्रयोग भएको कतिपय शब्दका कारण नेपाली छात्रा र अभिभावकमा पर्न गएको चोटप्रति पटक पटक क्षमा मागिएको बताउनुभयो । 


विराटनगर, साउन ९ गते । रातो तारा डट कम, प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले सामुदायिक विद्यालयको स्तरोन्नति सुधार गर्न ठूलो चुनौती रहेको बताउनुभयो ।

पूर्वाञ्चल क्षेत्रीय शिक्षा निर्देनालय धनकुटाद्वारा यहाँ आज आयोजित आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रगति समीक्षा तथा शिक्षक दरबन्दी मिलान कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको
हो ।

मन्त्री घिमिरेले राजनीतिक संक्रमणको सबैभन्दा बढी सिकार सामुदायिक विद्यालय भएकाले यसलाई पुनःजीवन दिनुपर्ने भन्दै सामुदायिक विद्यालय फरक वर्गका मानिसका लागि मात्र हो भन्ने मानसिकता हटाउनुपर्छ भन्नुभयो ।

 उहाँले विद्यार्थी तथा अभिभावकको पहिलो रोजाइ सामुदायिक विद्यालय बनाउन शिक्षक सरुवा, बढुवा तथा दरबन्दी मिलानमा राजनीतिक हस्तक्षेप हट्नुपर्छ भन्नु भयो । 

काठमाडौ साउन ९ गते । रातो तारा डट कम,गाईघाटको उदयपुरमा रहेको नेपालको एकमात्र सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगले एक वर्षमा झण्डै रु दुई अर्बभन्दा बढी मूल्यको सिमेन्ट बिक्री गर्न सफल भएको छ ।

प्रशासनका अनुसार २०७४ को साउन महिनादेखि २०७५ को असारको पहिलो हप्तासम्ममा उद्योगले रु दुई अर्ब २२ करोड २७ लाख ९६ हजार मूल्यको सिमेन्ट बिक्री गरेको हो ।

विद्युत् भार कटौतीको मार ब्योहोर्दै आउन परेको सिमेन्ट उद्योगले आफ्नै प्रयास र कठिन परिश्रमबाट यस वर्ष एक लाख २९ हजार ५०० मेट्रिक टन अर्थात् २४ लाख ६ हजार ९०० बोरा सिमेन्ट उत्पादन गरेर नयाँ रेकर्ड राखेको उद्योगका महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलले बताउनुभयो । उत्पादित सिमेन्टको मूल्य रु दुई अर्ब २३ करोड बराबरको रहेको पनि महाप्रबन्धक पौडेलले जानकारी दिनुभयो ।

उदयपुर जिल्लाको जलजलेमा अवस्थित उद्योग विसं २०४४ बाट सञ्चालनमा आएको उद्योगले विद्युत् भार कटौतीको मारको खेप्नुपरेको कारण २०५८ सालमा पहिलो पटक ठूलो परिमाणमा सिमेन्ट उत्पादन गरेर बिक्री गर्न सफल भएको थियो ।

त्यसपछिका समयमा यस वर्षमात्र सिमेन्ट उद्योगले सबैभन्दा बढी सिमेन्ट उत्पादन गरी बिक्री गरेको र यो नयाँ रेकर्ड स्थापना भएको उद्योगका महाप्रबन्धक पौडेल बताउनुहुन्छ ।

पाँच महिना यतादेखि विद्युत् भार कटौतीको समस्या हल हुन थालेपछि अहिले सिमेन्ट उद्योगले दैनिक ७५० मेट्रिक टनभन्दा माथि सिमेन्ट उत्पादन गर्दै आएको छ । विगतमा उद्योगले मुस्किलले ५५० मेट्रिक टन मात्र सिमेन्ट उत्पादन गर्ने गरेको थियो ।

देशकै सबैभन्दा ठूलो उदयपुर सिमेन्ट उद्योगको दैनिक ८०० मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको छ ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.