Websoft University

चिनी मिल सञ्चालन


काठमाण्डौं,असार १३ गते । रातो तारा डट कम, महोत्तरीको गौशाला नगरपालिका रामनगरस्थित एभरेष्ट सुगर मिल दुई महिनापछि आजदेखि सञ्चालनमा आएको छ । किसानलाई उखुको मूल्य भुक्तानी गर्न सहमत भएपछि उक्त मिल सञ्चालनमा आएको हो । मिलले करीब रु दुई अर्ब भुक्तानी गर्न बाँकी राखेपछि किसानले सो मिलमा तालाबन्दी गर्दैआएका थिए ।

सोमबार जिल्ला प्रशासन कार्यालय, उखु उत्पादन कृषक संघ र चिनी मिलबीच सहमति भएपछि मिल सञ्चालनमा आएको हो । सो मिलले महोत्तरी, धनुषा र सर्लाहीका किसानको रु एक अर्ब ७८ करोड भुक्तानी दिन बाँकी छ । मिलले आउँदो साउन मसान्तसम्ममा किसानलाई रु ६० करोड भुक्तानी दिने सहमति गरेको
छ ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शम्भूप्रसाद यादव, चिनी मिलका उखु महाप्रबन्धक युगलकिशोर चौरसिया, उखु उत्पादक कृषक संघका जिल्ला अध्यक्ष नरेशसिंह कुशवाहा तथा सरोकारवालाबीच किसानलाई भुक्तानी उपलब्ध गराउन सहमति भएको हो ।

किसानको भुक्तानीका लागि तालिका सार्वजनिक गर्ने र कुनै समस्या आएमा जिल्ला प्रशासन कार्यालयसँग सम्पर्क गर्न सहमति भएको छ । प्रशासकीय अधिकृत सुमितकुमार ठाकुरको संयोजकत्वमा चिनी मिलका वित्त प्रबन्धक विमलचन्द्र ठाकुर र उखु उत्पादन कृषक संघका अध्यक्ष नरेशसिंह कुशवाहा रहेको तीन सदस्यीय समिति गठन गरिएको छ ।

समितिले १५–१५ दिनमा चिनी मिलको उत्पादनको अनुगमन गर्ने, असार १४ गते किसानको भुक्तानी तालिका सार्वजनिक गर्ने र भुक्तानी गर्न बाँकी रहेको रकम भुक्तानीका लागि पहल गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.