Websoft University

सुझाव दिन महासंघको आमसञ्चारमाध्यम संग आग्रह


काठमाडौँ असार १२ गते । रातो तारा डट कम,नेपाल पत्रकार महासंघले प्रस्तावित आमसञ्चारमाध्यम सम्बन्धी विधेयक,२०७५’को मस्यौदामाथि सुझाव दिन आमसञ्चारसँग सम्बन्धित संस्था, सञ्चारकर्मी एवं सरोकार निकायसँग आग्रह गरेको छ । 

संविधान प्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवं सुसूचित हुन पाउने हकलाई सुनिश्चित गर्दै स्वतन्त्र, पारदर्शी र व्यावसायिक आमसञ्चारमाध्यमको दिगो विकास गर्न महासंघले विधेयकको मस्यौदा गरेको छ । मस्यौदा तयारीका लागि महासंघका पूर्व सभापति सुरेश आचार्यको संयोजकत्वमा एक कार्यदल गठन गरिएको छ ।

सो कार्यदलले मस्यौदा तयारी महासंघलाई बुझाई सरोकार निकायमा छलफलमा रहेको सो विधेयकले आमसञ्चारका सबै माध्यम छापा, टेलिभिजन, रेडियो, अनलाइनलाई अझ व्यवस्थित बनाउने ध्येय राखेको छ । सरोकार निकायसँग आज यहाँ भएको छलफलमा महासंघका अध्यक्ष गोविन्द आचार्यले विधेयकको मस्यौदामाथि आफ्नो सुझाव दिन आग्रह गर्नुभयो ।

विधेयकको मस्यौदामा मुख्यतः प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवं सुसूचित हुन पाउने नागरिक हकलाई सुनिश्चित गर्न, आमसञ्चारमाध्यमको विकास, प्रवद्र्धन र नियमनका लागि राष्ट्रिय आमसञ्चार प्राधिकरण स्थापना गरिने उल्लेख गरिएको छ । प्राधिकरणको अध्यक्षमा सभामुख रहने व्यवस्था गरिएको छ ।

पत्रपत्रिका व्यवस्था, अनलाइनसम्बन्धी र आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको व्यवस्था पनि मस्यौदामा रहेको छ । छलफलमा महासंघका अध्यक्ष आचार्यले मस्यौदालाई छिटोभन्दा छिटो सरकारलाई हस्तान्तरण गर्ने जानकारी दिनुभयो ।

महासंघका सचिव प्रकाश थापाले महासंघले मस्यौदा गरेको विधेयकलाई आमसञ्चारमाध्यमको दिगो विकास र प्रवद्र्धनमा जोड दिएको बताउनुभयो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.