Websoft University

मोडलिङमा लगातार छाउँदै राजेश किराँती


युवराज ठकुरी/सिंहदेवी,मोरङ- जेठ १४ गते ।
रातो तारा डट कम,रुचि,प्रतिभा भएर मात्रै अवसर नआए आफ्नो प्रतिभा प्रस्फुटन गर्न नसकिने रहेछ भन्ने कुरा थुप्रै ओझेलमा परेका प्रतिभहरुबाट थाहा पाउन सकिन्छ।

यस्तै अवसरको खोजी गर्दै गरेका मोफसलका नवप्रतिभा हुन राजेश किराँती।२०५१सालमा केराबारी-२; सिंहदेवी मोरङमा जन्मिएका किराँतीले आफ्नो पहिलो प्रस्तुति गजलकार तथा गीतकार श्रीमान खजुमको मीठा मीठा सपनाहरू बोलको गीतको म्युजिक भिडियोमा अभिनय गर्ने अवसर पाए।

पहिलो अभिनयको केही सफलता पछि उनमा मोडलिङ/अभिनय क्षेत्रमा केही गर्ने लक्ष्य पलाएको बताउछन् ।अध्ययन सगँसगैँ शिक्षण पेशामा आबद्ध किराँती सानै देखि गीत, सङ्गीत, साहित्य र अभिनयमा रुचि राख्थें।गजल ,कविता मात्रै सिर्जना गर्ने किराँतीलाई म्युजिक भिडियोमा अभिनय गर्न निक्कै असहज महसुस भएता पनि रमाइलो अनुभव भएको बताउँछन।
           
बान्किलो अनुहार र मिलेको जिउडालले पनि उनलाई म्युजिक भिडियोमा अभिनय गर्न साथ मिलेको हो।
उनको पहिलो म्युजिक भिडियोको सफलता पछि लगातार गायक उत्तमजङ लिम्बूको स्वर,इन्द्र जित लाओतीको शब्द रचना  र महेश खड्काको सङ्गीत रहेको भुल्नु भन्यौ तिमीले नै बोलको गीतको म्युजिक भिडियोमा अभिनय गर्ने मौका पाए।

उक्त म्युजिक भिडियोको निर्देशन गोविन्द खजुमले गरेका छन भने कलाकारहरुमा विमला खजुम,चन्द्र लिङ्खा र राजेश किराँतीको अभिनय रहेको छ।
 
अहिले नै अभिनयबाट पैसा कमाउन नसकेपछि दर्शन स्रोताको मायाले सन्तुष्टि मिलेको किराँती बताउछन् ।अबको लक्ष्य अभिनयलाई नै बनाउने सोच बनाएको किराँती लुकेर रहेका,लोपहुदै गएका संस्कृतिहरु जगेर्ना गर्न बनेका फिल्महरुमा अभिनय गर्ने रहर भएको बताउँछन।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.