Websoft University

सामुदायिक वन क्षेत्र भित्र अवैध, बाटो खन्नेको खोजि हुदै


श्याम राई÷उदयपुर-गाईघाट, बैशाख १४ गते । रातो तारा डट कम,उदयपुरको कटारी नगरपालिकास्थीत एक सामुदायिक वन भित्र अवैध रुपमा बाटो खन्ने विरुद्ध वन कार्यालयमा उजुरी परेको छ । बैशाख ७ गते मरुवाहरीत सामुदायिक वन क्षेत्र भित्र अवैध ढंगले झण्डै १ किमी बाटो खनिएको थियो ।

उक्त बाटो कस्ले खन्यो भन्ने बारे केही खुल्न सकेको थिएन । अज्ञात समूहले जंगल मासेर सडक खनेको सार्वजनिक भएपछि वन कार्यालय उदयपुरले छानविन टोली बनाएर अनुसन्धान गरेको थियो । अनुसन्धानको क्रममा वन कार्यालयले बाटो खन्न प्रयोग गरिएको जेसिवी नियन्त्रणमा लिएपछि अवैध रुपमा सडक खन्ने व्यक्तिको पहिचान खुलेको सहायक वन अधिकृत नारायण श्रेष्ठले बताए ।

‘ उक्त कार्यमा संलग्न ६ जना विरुद्ध स्थानीयले कार्यालयमा उजुरी दिएकाछन् ।’ उनले भने ।
स्थानीयले सडक खन्दा प्रयोग गरिएको जेसिविका मालिक रमेश परियार, सामुदायिक वन उपभोक्ता समितिका सचिब विनोद दनुवार र स्थानीय रमेश खड्कालाई प्रमुख अभियुक्त बनाएर ६ जना विरुद्ध उजुरी दिएको सहायक वन अधिकृत श्रेष्ठले बताए ।

कटारी नगरपालिका–४ स्थित सिम्ले र मध्यपुर जोड्ने बाटो खन्न जंगलमा सडक निर्माण गरिएको थियो । सडक खन्ने क्रममा धेरै सखुवाको रुख कटान गरिएको वन कार्यालयले जनाएको छ । नगरपालिका, उपभोक्ता, स्थानीय प्रहरी प्रशासन, सेक्टर वन र सामुदायिक वन कसैलाई जानकारी नगराई गैर कानूनी रुपमा वन क्षेत्रमा बाटो खनिएको स्थानीय राम कुमार राईले बताए ।

किटानी जाहेरीपछि आरोपितलाई सोध पुछको लागि पक्राउ गरिने कुरा वन अधिकृत विष्णु भण्डारीले बताए ।

   

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.