Websoft University

विप्लबका कार्यकर्ता पक्राउ


गाईघाट, बैशाख १५ गते । रातो तारा डट कम,
नेत्र विक्रम चन्द्र( विप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी उदयपुरका जन सरकार प्रमुख तथा जिल्ला कमिटी सदस्य जित वहादुर पुलामी मगर पक्राऊ परेकाछन् ।

प्रतिनिधि सभा निर्वाचनको बेला नेपाली कांग्रेसका उम्मेदबार नारायण वहादुर कार्कीलाई विद्युतीय एम्बुस थाप्ने मुख्य योजनाकार भएको अभियोगमा प्रहरीले शुक्रबार राती पक्राउ गरेको हो । उदपुरगढी गाउँपालिका–५ का मगरलाई विशेष सुराकीको सहयोगमा त्रियुगा नगरपालिका–७ चुहाडे काली खोला क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डि.एस.पी. मेघराज अधिकारीले बताए ।

‘हाम्रो अनुसन्धानबाट मगर मुख्य योजनाकार हुन् । उनी केही महिनादेखि भूमिगत थिए ।’ डि.एस.पी अधिकारीले भने ।
कार्कीलाई लक्षितगरि २०७४ मंशिर १३ गते चुनावी अभियानमा हिडेका कार्की चढेको गाडी उदयपुरगढी–६ नेपालटार दनुवार बेसीमा विद्युतीय धरापमा परेको थियो ।

धरापमा परि उनी सहित ९ जना गम्भिर रुपमा घाईते बनेका थिए । कार्की लामो समयको उपचारपछि शुक्रबार अस्पतालबाट डिस्चार्ज भएकाछन् ।
मगर माथि २०७४ मंशिर १२ गते त्रियुगा नगरपालिका वडा न. ७ भाण्टावारीस्थीत नेपाली कांग्रेसबाट प्रदेस सभा १ को (ख) बाट उम्मेदबार बनेका हिमाल कार्कीको घरमा बम विष्फोट गराएको समेत आरोप छ ।‘ हामीले अनुसन्धान गरेर प्रमाण फेला पारेकोले मगरलाई पक्राउ गरेका हौ ।’ डि.एस.पी अधिकारीले भने ।

जन सरकार प्रमुख मगर माथि ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाईएको उनले बताए । मगर पक्राउको विरोधमा पार्टीका जिल्ला संयोजक केदार राईले विज्ञप्ती जारी गरेकाछन् । विज्ञप्ती मार्फत उनले राज्यले प्रहरी प्रशासनको आडमा विप्लब माओवादीका कार्यकर्ताहरुलाई झुठा मुद्दा लगाएर फसाउन खोजेको आरोप समेत लगाएकाछन् ।
श्याम राई-उदयपुर

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.