Websoft University

“हाम्रै जनयुद्धको नक्कल गर्छु भनेर कसैले गरे, त्यो सम्भव हुन सक्दैन: प्रचण्ड

काठमाडौँ, वैशाख १६ गते । रातो तारा डट कम,
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिको नक्कल गरेर नहुने बरु नयाँ तरिकाले विकास गर्नुपर्ने बताउनुभएको छ ।

हिजो उहाँकै निवास खुमलटारमा सिन्धुपाल्चोक जिल्लाबाट पार्टी प्रवेश गर्ने विप्लब समूहका नेता तथा कार्यकर्तालाई स्वागत गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “हाम्रै जनयुद्धको नक्कल गर्छु भनेर कसैले गरे त्यो सम्भव हुन सक्दैन । २०-२५ वर्षअघिको सन्दर्भ र अहिलेको सन्दर्भ फरक छ ।” अध्यक्ष दाहालले पार्टी प्रवेश गरेका नेता तथा कार्यकर्तालाई सही निर्णय गरेको बताउँदै माओवादी क्रान्तिकारी आन्दोलनलाई नयाँ शिराबाट माथि उठाउने वातावरण तयार बन्दै गएको जानकारी दिनुभयो ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि रगत पसिना बगाउनेकै नेतृत्वमा कम्युनिष्ट एकता हुनुपर्ने उहाँको धारणा थियो । उहाँले भन्नुभयो, “जसले बाली लगायो, उसैले थन्क्याउन पाउने नै वैज्ञानिक कुरा हो ।”

दुईचार दिन समय लिए पनि एमाले माओवादी केन्द्रबीचको एकता अन्ततः भएरै छोड्ने उहाँको भनाइ थियो । शान्ति सम्झौतामा हस्ताक्षर गरेका बेला माओवादी सिंगो पार्टी हुँदा नै देशमा एउटै कम्युनिष्ट केन्द्र बनाउने विषयमा छलफल भएको अध्यक्ष दाहालले स्मरण गर्नुभयो । त्यसलाई माओवादी नेतृत्व र विचारले नै पहल गर्नुपर्ने सल्लाह भएको उहाँको भनाइ थियो ।

अध्यक्ष दाहालले भन्नुभयो, “पहिलो संविधानसभामा ठूलो बनेको हाम्रो पार्टीलाई बचाउन सकेको भए संविधान पनि समयमै बनाउन सकिन्थ्यो । यो भन्दा राम्रो संविधान बनाउन सकिन्थ्यो । तर हामी सफल भइएन । हाम्रा विरोधी माओवादी आन्दोलनलाई टुक्राटुक्रा बनाउन सफल भए ।”

माओवादीलाई फुटाएर परिवर्तनका मुद्दालाई लाबारिस बनाउने खतरा पैदा भएको थियो, अध्यक्षले भन्नुभयो । अब सबै छरिएर रहेका माओवादी ढिलोचाँडो मूल पार्टीमा फर्कने उहाँको विश्वास थियो ।

उक्त कार्यक्रममा विप्लब समूहका सिन्धुपाल्चोक जिल्लाका इन्चार्ज चिरन तामाङ, र सचिव कमल माझीसहित दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका थिए । उनीहरुले विप्लब नेतृत्वको नेकपाले जनहित र राष्ट्रहितमा काम गर्नुको साटो पूर्वाग्रही मानसिकताका साथ ध्वंशतर्फमात्र अगाडि बढेन कतिपय सामाजिक आपराधिक क्रियाकलापजन्य घटनालाई समेत क्रान्तिकारी कामको जामा पहि¥याएर अगाडि बढ्ने बाटो समातेको बताएका थिए ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.