Websoft University

नेपाल ट्रेड युनियन कांग्रेस मोरङको छैटौं जिल्ला अधिवेशनको उद्घाटन


विराटनगर, चैत १५ गते ।  रातो तारा डट कम, नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएकाले मजदुरको अधिकार अझै स्थापित हुन नसकेको मजदुर नेताहरूले नै गुनासो गरेका छन् ।

२००७ सालदेखिको प्रजातान्त्रिक आन्दोलनमा मजदुरको भूमिका महत्वपूर्ण हुँदाहुँदै पनि राजनीतिक दलहरूले अधिकारबाट विमुख गराएको उनीहरूको भनाइ थियो ।

नेपाल ट्रेड युनियन कांग्रेस मोरङको छैटौं जिल्ला अधिवेशनको उद्घाटन समारोहमा बोल्ने वक्ताहरूले मजदुरलाई दलहरूले प्रयोगमात्रै गरेको दुखेसो पोेखे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा टे«ड युनियन कांग्रेसका पूर्व राष्ट्रिय अध्यक्ष लक्ष्मणबहादुर बस्नेतले मजदुरका अधिकार स्थापित गर्न दलहरूले नै नचाहेको आरोप लगाए ।

‘मुलुकको आर्थिक विकासमा योगदान दिने पहिलो वर्ग मजदुर नै हो । तर, यसपटकको सबै दलले समानुपातिकमा पहिलो नम्बरमा मजदुरलाई राखे ?’ उनको प्रश्न थियो, ‘मुलुकको समृद्धिमा पसिना बगाउने मजदुरलाई मानसम्मान दिनुपर्छ ।’ उनले माउपार्टी कांग्रेसले स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा समेत मजदुरलाई टिकट नदिएर उपेक्षा गरेको आरोप लगाए ।

कार्यक्रममा अर्यालले ट्रेड युनियन कांग्रेसले लोकतन्त्र संस्थागत गर्न कुनै कसर बाँकी नराखेको भन्दै मजदुर वर्गको उत्थान नभएसम्म देश विकासको गतिमा अगाडि बढ्न नसक्ने बताए । उनले भने, ‘संविधानले श्रमिकका धेरै हक अधिकार सुनिश्चित गरेकाले त्यसको कार्यान्वयनका लागि अब खबरदारी जरुरी छ । पूर्वसांसद एवं मजदुर नेता पुष्कर आचार्यले मजदुरहरूको हक अधिकार स्थापित गर्न मजदुरका हकअधिकार विरुद्धमा जोकोही जान्छ भने त्यसका विरुद्धमा सम्पूर्ण मजदुरहरू एक भएर अगाडि बढ्ने बताए ।

नेपाल ट्रेड युनियन कांग्रेसका सहकोषाध्यक्ष जनार्दन निरौलाले मजदुरका जीवनस्तर उठाउँने कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए । २०६८ सालको जनगणनाअनुसार नेपालमा १ करोड १४ लाख मजदुर रहेको पनि उनले जानकारी दिए । नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश नम्बर १ का अध्यक्ष नारायणबाबु कार्की, नेपाल ट्रेड युनियन कांग्रेस महिला संयोजन सुधा दाहाललगायतले श्रमिकहरू एकजुट भएर हक अधिकारका लागि लाग्नुपर्नेमा जोड दिए ।

मोरङ अधयक्ष सुशील कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद केदार कार्की, विद्यानन्द चौधरी, कांग्रेस जिल्ला सदस्य सुबोध निरौला, क्षेत्रीय सभापति निरञ्जन रिजाल, उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष भीम घिमिरे, अर्का उपाध्यक्ष राजकुमार गोल्छा, नेविसंघका केन्द्रीय सहमहामन्त्री कृष्ण कार्कीलगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.