Websoft University

शिक्षालाई रोजगारमूलक बनाउनु आवश्यक:अध्यक्ष दाहाल


चितवन, फागुन १३ गते । रातो तारा डट कम, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अबको शिक्षालाई रोजगारमूलक, उत्पादनमूलक र समुदायको हितसँग जोड्ने खालको बनाउनुपर्ने बताउनुभएको छ ।

दाहालले अध्ययन गरेको नारायणी विद्यामन्दिर माध्यमिक विद्यालय, शिवनगरको ५४औँ वार्षिकोत्सव कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले अहिलेको शिक्षा बेरोजगार उत्पादन गर्ने शिक्षा भएको बताउनुभयो ।

नेपालको शिक्षा नीतिका कारण बेरोजगारी बढेको बताउँदै उहाँले यसलाई परिवर्तन गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “एमए पढेका, डिग्री हासिल गरेका हजारौँ हजार युवा विदेशिने क्रम जारी छ । विदेशमा गएर अपमानजनक तरिकाले पनि आर्थिक लाभ लिनुपर्ने अवस्था नेपालीमा रहेको छ । हाम्रो शिक्षा नीति कता–कता बेरोजगार उत्पादन गर्ने जस्तो देखिएको छ ।”

शिक्षा नीतिमा सुधार गरी राज्यको लगानी बढाउनु पर्ने बताउँदै उहाँले शिक्षालाई आविष्कार, अनुसन्धान गर्ने एक बृहत् प्रक्रियाका रुपमा अघि नबढाई मुलुकलाई समृद्धितर्फ लान नसकिने बताउनुभयो । उहाँले भन्नुभयो, “आविष्कार गर्ने तरिकाले शिक्षालाई अगाडि लैजानु आवश्यक छ, तर शिक्षामा लगानी बढ्दो होइन, घट्दो क्रममा रहेको छ ।”

पछिल्लो समयमा शिक्षा क्षेत्रमा निजीकरणको दबदबा बढ्दै गएको बताउँदै उहाँले सामुदायिक विद्यालयको शैक्षिक अवस्था खस्कँदो रहेको बताउनुभयो । शिक्षा क्षेत्रमा गुणात्मक सुधार आवश्यक रहेको भन्दै उहाँले अहिलेको जस्तो सामान्य मात्रात्मक सुधारले शिक्षा क्षेत्रलाई नहुने बताउनुभयो । उहाँले उक्त विद्यालयमा प्राविधिक शिक्षाको अध्ययन गराउनका लागि आफूले मन्त्रिपरिषद्बाटै निर्णय गर्न लगाउने पनि बताउनु
भयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुणराज पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोख्रेल, प्रदेशसभा सदस्यहरु कृष्ण भुर्तेल, रामलाल महतो, भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल, उपप्रमुख पार्वती शाह ठकुरीलगायतले बोल्नुभएको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.