Websoft University

धार्मिक पर्यटक बढाउन ‘श्री पशुपतिनाथ महोत्सव’

काठमाडौँ, फागुन १४ गते । रातो तारा डट कम, पशुपतिनाथ मन्दिरमा आन्तरिक तथा बाह्य धार्मिक पर्यटकको संख्या बढाउने उद्देश्यले यही फागुन ३० गतेदेखि चैत ६ गतेसम्म पाशुपत क्षेत्रमा ‘श्री पशुपतिनाथ महोत्सव’ हुने भएको छ ।

पशुपतिनाथ महोत्सव मूल समारोह समितिले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उक्तमहोत्सवमा सनातन वैदिक संस्कृति तथा परम्पराको संरक्षणका लागि धार्मिक अनुष्ठान गरिने जानकारी गरायो ।

श्रीमद्भागवत महापुराण, शिवमहापुराण, संगीतमय महाआरती, शिव पार्वतीको ताण्डवसहितको मूर्ति दर्शन, जन्मदेखि मृत्युसम्मको १६ कर्मको प्रस्तुति, धिमे बाजा प्रतियोगिता, भक्ति संगीत प्रतियोगिता, लोकदोहरी, एक लाख एक शालिग्राम पूजन तथा प्रदर्शन, ट्रेड प्रदर्शनी र धार्मिक पुस्तक प्रदर्शनी गरिने आयोजकले जनाएको छ ।

नेपाली काँग्रेस (बिपी) का अध्यक्ष हरिबोल भट्टराईले हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थलका रुपमा रहेको पाशुपत क्षेत्रलाई अन्तर्रा्ष्ट्रियरुपमा प्रवद्र्धन गर्न महोत्सवले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

महोत्सवका संयोजक केदारमान भण्डारीले हिन्दू धर्मका आधारमा समाजमा हुने गरेको विभेद र छुवाछूतको अन्त्य गरी नयाँ संस्कृतिको निर्माण गर्न महोत्सव अवसर हुने बताउनुभयो । विश्व हिन्दू महासंघ, विश्व हिन्दू युवा संघ र पशुपतिनाथ ग्वल पूचः समाजले उक्त महोत्सवको व्यवस्थापनमा सहयोग पु¥याउने बताइएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.