Websoft University

रानी भन्सारको घोटला काण्ड छताछुल्ल-प्रहरीले मुद्दा चलायो


विराटनगर,फागुन १६ गते । रातो तारा डट कम,राष्ट्रिय बाणिज्य बैंक सुख्खा बन्दरगाहा रानी विराटनगरमा भएको दश करोडको बैंक घोटला प्रकरणमा पक्राउ परेका बैंक २ जना कर्मचारीलाई प्रहरीले मुद्दा चलाएको छ ।

मोरङ प्रहरीले घटना अनुसन्धानका क्रममा पक्राउ परेका राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय प्रमुख विष्णुप्रसाद निरौला र बैंक काउन्टरका इन्चार्ज बरिष्ठ साहयक तोर्णराज राउतलाई विरुद्ध बैंकिङ कसुर र सजाय ऐन २०६४ बोमोजिम मुद्दा चलाएर थप अनुसन्धान अघि बढाइएको हो ।

बैंकका प्रमुखलाई मंगलबार साँझ पक्राउ गरेका हो भने राउतलाई यही फागुन २ गते पक्राउ गरिएको उनीहरुलाई मोरङ प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको थियो । पक्राउ परेका कर्मचारीलाई मुद्दा चलाइ म्याद थप गरेर अनुसन्धान अघि बढाइएको मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले जानकारी दिए ।

भन्सारको ९ करोड ६१ लख ५५ हजार रुपैयाँ अपचलनमा भन्सार एजेन्ट सुरेश बोहरा र ललित बोहरासंग मिलेमतोको पुष्टि भएपछि बैंक कर्मचारीलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याइएको प्रहरीले जनाएको छ । राजश्व भन्सारको खातामा दाखिला हुनु पर्नेमा राजश्व दाखिला नगरेको पुष्टि भएपछि एजेन्ट बोहरा दाजुभाई अहिले फरार छन् । उनीहरुको तब्रि खोजी कार्य भइरहेको एसपी बिसीले बताए ।

भारत र तेस्रो मुलुकबाट आयात भएका सामान जाँचपासका क्रममा बाणिज्य बैंकका कर्मचारीले भन्सार क्लियरेन्स रिसिप्ट भन्सार एजेन्टलाई दिएको र एजेन्टले बैंकका कर्मचारीलाई उपलब्ध गराएको चेकमा पर्याप्त रकम रहेको नभएको पाइएको छ । एजेन्टले विभिन्न बैंकको चेक दिए पनि खातामा पर्याप्त रकम छ की छैन्न भन्ने विषयमा नबुझिकन बाणिज्य बैंकका कर्मचारीले एजेन्टलाई क्लियरेन्स रिसिप्ट दिएका कारण घटनामा बैंकका कर्मचारीको संलग्नता पुष्टि भएको एसपी बिसीले बताए ।

एजेन्टले नविल, सिटिजन, एबिआई, सिद्धार्थ, नेपाल बंगलादेश बैंकको गरेर आठवटा एकान्ट पेयी चेक बाणिज्य बैंकमा बुझाएका थिए । तर एजेन्टको खातामा प्रर्याप्त रकम नभएको पाइएको थियो । गुड फर पेइमेन्ट चेक वा मेनेजर चेकका आधारमा मात्रै कारोवार हुने नियम छ ।

४६ उद्योगलाई कारोबारको विवरण बुझाउ पत्रचार
अनुसन्धानमा सहयोग पु¥याउन आग्रह गर्दै मोरङ प्रहरीले ४६ वटा उद्योगलाई कारोवारको विवरण बुझाउ पत्रचार गरेको छ ।

प्रहरीले मोरङ–सुनसरी देखि झापा, पर्सा र काठमाण्डौका उद्योगले बोहराको सुरेश कियलरिङ एण्ड फरवाडिङ सर्भिस मार्फत कारोबार गरेको देखिपछि कारोबारको विवरण बुझाउन प्रहरीले ती उद्योगलाई पत्रचार गरेको हो ।

उक्त समयमा कारोवार गरेका कम्पनी एवं व्यवसायीहरुलाई कारोवारको भुक्तानी सम्बन्धमा जानकारी दिन आग्रह पनि गरेको छ । एसपी बिसीले व्यवसायीलाई हतोत्साही बनाउने नभइकन मुद्धालाई दरिलो बनाउन सहयोग गर्न आग्रह गरेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.