Websoft University

तरकारीमा विषादीको अवशेष आज भोलि कम हुँदै


ललितपुर, माघ १७ गते । रातो तारा डट कम, देशका विभिन्न स्थानमा रहेका तरकारी बजारमा विषादीको अवशेष कम हुँदै गएको छ । नियमित रुपमा विषादी अवशेषको जाँच हुँदा बजार आइपुग्ने तरकारीमा विषादीको अवशेष कम भएको व्यावसायिक कृषि प्रवद्र्धन निर्देशनालयका सूचना अधिकारी गायत्रीराज वाग्लेले बताउनुभयो ।

साना तरकारी बजार जिल्ला कृषि विकास कार्यालयमा दर्ता भएर सञ्चालन हुन्छन् । सरकारको प्रत्यक्ष सहयोगमा देशभर २७ वटा थोक बजार छन् भने तिनमा नियमित रुपमा विषादीको जाँच हुन्छ ।
“बाली संरक्षण निर्देशनालयले नियमित रुपमा परीक्षण गरेकाले तरकारीमा विषादीको अवशेष कम हुँदै गएको छ,” वाग्लेले भन्नुभयो ।

किसान र उपभोक्तामा चेतनाको स्तर बढेको उहाँको भनाइ छ । किसानले विषादीको मात्रा विचार गरेर बजार लैजाने गरेका छन् । उपभोक्ताले शंका लाग्दा गुनासो गर्ने गरेका छन् ।
“सरकारले देशका मुख्य बजारमा विषादी अवशेषको जाँच बढाउँदा किसान र उपभोक्ता जागरुक भएका हुन्,” उहाँले भन्नुभयो ।

सरकारको प्रत्यक्ष सहयोग रहेका थोक बजारमा विषादी अवशेष परीक्षण बाली संरक्षण निर्देशनालयले गर्छ भने अरु व्यवस्थापनको काम कृषि प्रवद्र्धन निर्देशनालयले गर्छ । निजी क्षेत्रबाट सञ्चालित थोक बजारमा पनि सरकारले नियमन गरिरहेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.