Websoft University

मोरङमा हाङ यलम्बर नयाँ बर्षको अवसरमा मेलाशुरू


मोरङ,माघ १४ गते । रातो तारा डट कम,यले सम्बत ५०७८ नयाँ बर्षको आवसरमा मोरङको पथरीशनिश्चरे—३ स्थित सुन्दरचौकमा १३ गते देखि यले मेला शरू भएकोछ ।

किरातीहरूले हाङ यलम्बरको सम्झना र सम्मानमा शरू भएको यले सम्बत माघदेखि ५०७८ लागेको छ  । सोही अवसरमा धार्मिक तथा साँस्कृतिक यले मेला व्यवस्थापन समितिको आयोजनामा तीन दिने मेलाको उद्घाटन भएको हो।

अनेकतामा एकता, मुन्धुमीहरूको मौलिकता’ भन्ने मुल नाराको साथ भएको उद्घाटन कार्यक्रममा मोरङ ३ (क)का प्रदेशसभा सदस्य सुयमाराज राईको प्रमुख आतिथ्यमा भएको थियो ।

प्रदेशसभा सदस्य राईले क्षेत्रमा रहेकाखोला तट्बन्धन, सुकुम्बासी, मजदुर र किसानको समस्या समाधान गरेरै छाड्ने बताए । पथरीशनिश्चरे नगरपालिकाका पदाधिकारीहरूले सुकुम्बासीहरूको अहितमा काम नगरे आफुहरू विरोध गर्न बाध्यहुने प्रदेश सांसद राईले बताए ।

कार्यक्रममा मुन्धुमी चुम्लुङका प्रमुख संरक्षक राजकुमार पालुङ्वा,किरात राई यायोक्खा केन्द्रीय सदस्य अर्जुन   जम्नेली राई, किरात याक्थुङ चुम्लुङ जिल्ला अध्यक्ष विवेक लिम्बू लिम्बू विद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष फिपराज लिम्बू, खिनमाया लिम्बू लगायतले शुभकामना व्यक्त गरेका थिए ।
वक्ताहरूले आदिवासीहरूको साँस्कृतिक कार्यको लागि सरकारले कुनै सहयोग नगरेकोप्रति दु:ख ब्यक्त गरेका थिए ।

यलेको ५०७० देखि सो स्थानमा निरन्तर  रूपमा मेला लाग्दै आएको छ । आठ बर्ष अघि यलम्बरको सम्झनामा यले स्तम्ब गाडेका छन् । प्रत्येक बर्ष यले स्तम्भमा पुजा गर्ने, मेलामा रोहोटे पिङ लगायतका खेल तमासाह?, सांगीतिक
सांस्कृतिक कार्यक्रम गरेर तीन दिनसम्म मेला लाग्दै आएकोछ, यो बर्ष यले आइडल (गायन प्रतियोगिता) गर्ने आयोजक मौसम लिम्बूले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.