Websoft University

कोसेली महोत्सव २०७४,उदघाटन


बिराटनगर माघ १२ गते । रातो तारा डट कम,राष्ट्रको आर्थिक बृद्घिमा सहयोग गरौं,स्वदेशी उत्पादनको प्रयोग गरौं भन्ने नाराका साथ कोसेली महोत्सव २०७४,माघ १२ आज देखि १६ गते सम्मका लागि बिराटनगरको जैन भवनमा सुरु भएकोछ ।

कोसेली महोत्सवको उदघाटन समारोहको प्रमुख अतिथि बिराटनगर महानगर पालिकाका मेयर भीम पराजुली पानसमा बती बालेर महोत्सवको उदघाटन गर्नु भएको थियो ।

महोत्सव उदघाटन पछि बोल्दै मेयर पराजुलीले यो महोत्सवले तराइ देखि पहाड जुम्ला सम्मका कृषहरुलाई आफनो उत्पादन प्रर्दशन गर्न सहयोग पुगेकोले आगामी दिनमा पनि यस्ता अर्गानिक कृषि मेलाहरुको आयोजना हुनु राम्रो हुने कुरा बताउनु भयो ।

उधोग संगठन मोरङका अध्यक्ष तथा आयोजक समितिका तर्फबाट महोत्सव उदघाटन सत्रको अध्यक्षता गरिरहनु भएका मुकेस उपाध्यायले आफना कुरा राख्दै,यो मेलामा १६० स्टलहरु राखिएको र जुम्ला देखि तराई सम्मका कृषि उत्पादन,अन्या उपभोक्ताहरुलाई अति आवश्यक बस्तु सामाग्रीहरु मेलामा प्रर्दशन भईरहेको बताउनु भयो ।

मेलामा बेरोजगार युवाहरुका लागि श्रम कार्यालयको सुकृतिमा रोजगार हेल्प डेक्स राखिएको यो मेलाबाट सबैले लाभ लिनका लागि अनुरोध गर्दै, आयोजक प्रायोज व्याक्ति व्यापारिक संघ सस्थाहरु लाई धन्यावाद दिनुभएको थियो ।

अनत्यमा मेलामा सहभागिहरुको बिराटनगर बसाइ सुखमय होस र यहाँ उपस्थित सबैलाई आयोजकका तर्फबाट स्वागत गर्न चाहान्छु भन्नु भयो ।

उदघाटन कार्याक्रममा बिभिन्न वक्ताहरुले महोत्सव बारे आ आफना धारणाहरु राखेका थिए ।

मिक्लाजुङ्ग ग्रीन टि कोबारेमा छोटो परिचय:-
२०५१ सालमा माङमालुङ चिया बगान लि तत्कालिन बाँजो ५ चिसापानी पञ्चमी इलाममा दर्ता भएको थियो । हाल बगानका नाममा ५०२१ रोपनी रहेकोछ ।

उच्च भू भागमा उत्पादित शुद्घ अर्गानिक चिया मिक्लाजुङ्क ग्रीन टि सधै पियोैं ।


सिरामीक आइटम माटोका भाडा सधै प्रयोग गरौं
सुजु प्याकुरेल कोइराला
होम डेलिभरिको पनि व्यावस्थाछ ।
सम्पर्क कोसेली महोत्सव जैन भवन बिराटनगर





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.