Websoft University

प्रदेशको मुख्यमन्त्री लागि चुनावी प्रक्रियामा जान पनि तयार : शेरधन राइ


बिराटनगर माघ १५ गते । रातो तारा डट कम,
नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं पूर्व संचारमन्त्री शेरधन राईले १ नम्बर प्रदेशको मुख्यमन्त्री हुनका लागि चुनावी प्रक्रियामा जान तयार रहेको उदघोष गर्नु भएको छ ।

विराटनगरमा संचारकर्मीसंग कुराकानी गर्दै राईले पार्टीको स्थायी समितिले गरेको निर्णय आफ्ना लागि मान्य हुने बताउँदै यदी प्रदेशमै चुनावी प्रक्रियाबाट संसदिय दलको नेता चयन गरेर मुख्य मन्त्री बनाउने हो भने पनि आफू पछि नहट्ने बताउनु भयो । । प्रदेश नम्बर १ को मुख्य मन्त्री दावी गर्दै भोजपुरबाट चुनाव जित्नु भएका राईले यस क्षेत्रको भौगोलिक र ऐतिहासिकताका हिसावले पनि आफू उम्मेदवारका लागि योग्य रहेको दावी गर्नु भयो ।

नेकपा एमालेको पोलिटब्युरो सदस्य, रहनुभएका उहाँले आफूले विगतमा राजकिय जिम्मेवारी राम्रोसंग पूरा गरेको दावी पनि गर्नु भयो । माघ भित्रै नभए पनि फागुन ३ गते भित्र प्रदेश सरकार बनिसक्ने भएकाले पार्टीको निर्णय अनुसार अव संसदिय दलको नेता छान्ने प्रक्रिया छिट्टै सुरु हुने उहाँको भनाइ छ । ९३ सदस्य रहेको प्रदेशसभामा नेकपा एमाले एक्लैको ५१ सदस्य सहित बहुमत छ । संसदिय दलको नेतालाई मुख्य मन्त्री चयन गर्ने प्राब्धान भएकाले पनि मुख्य मन्त्री हुनु अघि संसदिय दलको नेता चयन हुनु पर्छ ।

प्रदेश नम्बर १ मा पार्टीका स्थायी समिति सदस्य एवं पार्टी सचिव भीम आचार्यले पनि मुख्य मन्त्रीको दावी गर्दै आउनु भएको छ । उहाँले हिजो मात्र काठमाडौंमा पत्रकार सम्मेलन गरी आफू जसरी पनि प्रक्रियाबाट मुख्य मन्त्री बन्ने दावी गरे लगत्तै राईले विराटनगरमा पत्रकार माझ आफू पनि प्रक्रियाका लागि तयार रहेको घोषणा गर्नु भएको हो ।

यसैबीच एमाले केन्द्रीय सदस्य जीवन घिमिरेले पनि प्रदेशको मुख्य मन्त्रीको दावी गर्दै लविङ सुरु गर्नु भएको छ । उहाँ र आचार्य एमाले बरिष्ठ नेता माधव नेपाल निकट र राई पार्टी अध्यक्ष केपी शर्मा ओली निकट मानिनुहुन्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.