Websoft University

चुनाव नजिकिएसँगै उम्मेदवारको चर्चा

नवलपरासी, कात्तिक १३ गते । रातो तारा डट कम, दुई जिल्लामा विभाजित नवलपरासी जिल्लाबाट प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा केही शीर्ष नेताले चुनावी मैदानमा उत्रिने तयारी गरेका छन् । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइराला नवलपरासी ( बर्दघाट सुस्ता) पूर्व जिल्ला अन्तर्गत क्षेत्र नं १ बाट प्रतिनिधि सभामा चुनाव लड्ने निश्चित जस्तैछ ।

यसैगरी, पूर्व गृहराज्यमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य देवेन्दराज कंडेलले नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम जिल्ला अन्तर्गत क्षेत्र नं २ बाट प्रतिनिधि सभामा चुनाव लड्नै निश्चित प्रायछ ।

अहिले स्वतन्त्र गठबन्धनका अगुवा र पूर्वमन्त्री नेता हृदयेश त्रिपाठी पनि सूर्य चुनाव चिन्हसहित नवलपरासी (बर्दघाट सुस्ता ) पश्चिम जिल्ला अन्तर्गत क्षेत्र नं १ बाट प्रतिनिधि सभामा चुनाव लड्दै हुनुहुन्छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य तिलक महत नवलपरासी (बर्दघाट सुस्ता) पूर्व जिल्ला अन्तर्गत क्षेत्र नं २ बाट प्रतिनिधि सभामा चुनाव लड्ने निश्चित छ भने पूर्व स्थानीय विकास राज्यमन्त्री एवं माओवादी नेता घनश्याम यादव नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम जिल्ला अन्तर्गत क्षेत्र नं २ बाट प्रतिनिधि सभामा चुनाव लड्दै हुनुहुन्छ ।

निवर्तमान् सांसद एवं नेकपा एमालेका केन्द्रीय सदस्य वैजनाथ चौधरी नवलपरासी (बर्दघाट सुस्ता) पूर्व जिल्ला अन्तर्गत क्षेत्र नं १ अन्तर्गत ‘क’ क्षेत्रबाट प्रदेश सभामा चुनाव लड्ने निश्चित छ ।

नवलपरासी दुई जिल्लामा टुक्रिएपछि बर्दघाट सुस्ता पूर्व र पश्चिममा दुई÷दुई गरी चार निर्वाचन क्षेत्र छन् जसमा प्रतिनिधि सभा सदस्यका लागि चारवटा निर्वाचन क्षेत्र रहेका छन् । प्रदेशसभाका लागि दुवै जिल्लामा करिब आठ निर्वाचन क्षेत्र रहेका छन् ।

चार लाख मतदाता

दुई प्रदेशमा विभाजित नवलपरासीका दुई जिल्लामा कूल चार लाख २९ हजार ८९४ मतदाता रहेका छन् ।

प्रदेश नं ४ तर्फ नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र प्रदेश नं ५ तर्फ नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र गरी दुई जिल्लाबाट ती मतदाताले मतदान गर्ने जिल्ला निर्वाचन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कार्यालयले जनाएको छ ।

नवलपुर क्षेत्र अर्थात नवलपरासी (बर्दघाट सुस्ता पूर्व )को जिल्लामा दुई लाख २१ हजार ६६२ जना मतदाता छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को जिल्लामा दुई लाख आठ हजार २३२ जना मतदाता रहेको बर्दघाट सुस्ता पश्चिम क्षेत्रका जिल्ला निर्वाचन अधिकृत अयोद्याप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

प्रदेश र प्रतिनिधि सभाको चुनावका लागि नवलपुर क्षेत्रको कावासोतीको खानेपानी हलमा र परासी क्षेत्रको जिल्ला बालकल्याण समिति र महिला तथा बालबालिका कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना यस अगावै गरिसकिएको छ । नवलपरासीमा दुवै तर्फ गरी कूल तीन हजार ६३८ कर्मचारी निर्वाचनमा खटिने बताइएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.