Websoft University

विश्व शहरी योजना र बसोबास दिवस मनाइँदै


काठमाडौँ, कात्तिक १३ गते । रातो तारा डट कम,शहरी विकास मन्त्रालयले शहरी योजना र बसोबास दिवस सोमबार मनाउने भएको छ ।

संयुक्त राष्ट्र संघीय मानव बसोबास कार्यक्रमको आह्वानमा प्रत्येक वर्ष अक्टोबर महिनाको पहिलो सोमबार मनाउने गरिएको विश्व बसोबास दिवस यस वर्ष सो दिन बडा दशैँको बिदा परेकाले अन्तिम सोमबार मनाउन लागिएको मन्त्रालयले जनाएको छ ।

शहरी योजना दिवस भने नोभेम्बर ८ मा मनाउने गरिएकामा मन्त्रालयको असोज १७ गतेको निर्णयअनुसार कात्तिक १३ गते सोमबार दुवै दिवस एकै दिन मनाउन लागिएको मन्त्रालयका प्रवक्ता शम्भु केसीले जानकारी दिनुभयो ।

यस वर्षको बसोबास दिवसको नारा ‘आवास नीतिको प्रयास ः गच्छे अनुसारका सुरक्षित बास’ रहेको छ । संघीय स्वरुपअनुसार बसोबासको मुद्दालाई शहरी योजनामा समावेश गर्ने उद्देश्यले पनि दुवै दिवस एकै दिन मनाउने निर्णय गरिएको आज आयोजित पत्रकारसम्मेलनमा जानकारी दिइयो ।

शहरी योजना दिवसको नारा भने ‘संघीय नेपालमा शहरी योजना’ तय गरिएको छ । दुवै दिवस मनाउन मन्त्रालयले छुट्टा छुट्टै समिति गठन गरेको छ । यस वर्षको दुवै नाराले संघीय नेपालको शहरी योजना तर्जुमा गर्दा केन्द्रीय, प्रादेशिक र स्थानीय तहको शहरी योजनाबीच सामञ्जस्यता कायम गर्ने भएको छ ।

कार्यक्रममा शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रमेशप्रसाद सिंहले काठमाडौँलाई व्यवस्थित शहरका रुपमा विकास गर्न चारवटा स्याटेलाइट सिटी निर्माण गर्न लागिएको बताउनुभयो । मुलुकभर २९३ वटा नगरपालिका बने पनि स्वच्छ र व्यवस्थित शहर बनाउने काम भने अझै बाँकी रहेको छ ।

राष्ट्र संघीय मानव बसोबास कार्यक्रमको आह्वानमा सन् १९८६ देखि मनाउन थालिएको विश्व बसोबास दिवस नेपालमा भने सन् २००१ देखि मनाउन थालिएको हो । तर यी दुवै दिवसका कार्यक्रम औपचारिकतामा मात्र सीमित हुने गरेका छन् । ठोस उपलब्धि हुन नसकेको सरोकार भएका निकायको भनाइ छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.