Websoft University

बुटिक व्यवसायमा महिला अग्रसर हुदै

बिराटनगर,कार्तिक १२ गते । रातो तारा डट कम, आर्थिक अवसर , खुला परिवेश, अनि ‘म पनि केही गर्न सक्छु’ भन्ने महत्वाकांक्षी भावनाले महिलाहरु परम्परागत चुल्होचौकोबाट बाहिर निस्किएर उद्योग व्यवसायमा लागेका छन् ।

यसैक्रममा मोरङको उर्लाबारीमा बुटिक व्यवसाय सञ्चालन गर्दै आउनुभएकी उर्मिला राई (श्रेष्ठ) सफल महिला उद्यमी भएर समाजमा ज्वलन्त उदाहरण बन्नु भएको छ । उर्लाबारी –३ निवासी राईले सञ्चालन गरेको अविश बुटिक पछिल्लो समय बुटिक पारखीका बीच लोकप्रिय बन्दै गएको छ ।

फेशनको आधुनिक दुनियामा रमाउन चाहने पछिल्लो युवापुस्तामाझ उहाँको बुटिक डिजाइन लोकप्रिय बन्दै जाँदा उहाँले व्यवसायको दायरासमेत बढाएर लग्नु भएको छ । पाँच वर्षअघि उर्लाबारी–२ मधुमल्ला रोडमा करिब रु पाँच लाखको लागतमा सञ्चालन गरेको उहाँको व्यवसाय हाल रु ३० लाख बराबरको बन्न पुगेको छ । कुनै समय स्थानीय स्तरमा मात्र सीमित उहाँको निर्माण सामग्री पछिल्लो समय देशका विभिन्न भूभागमा मात्र नभएर विदेशमा समेत रुचाइएको पाईन्छ ।

लेङ्गा, कुर्ता सुरुवाल, साडी आदीमा आकर्षक बुट्टा भरेर डिजान गर्न माहिर उहाँको व्यवसायले अमेरिका, बेल्जियम, अष्ट्रेलिया, हङकङ जस्ता देशहरुमा बस्दै आएका नेपाली महिलाहरुको मन जित्न सफल भएको छ । उहाँ त एउटा प्रतिनिधि पात्र हुनुन्छ । पथरी शनिश्चरे–१ की मनमायाँ लिम्बु पनि बुटिक व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ । उहाँले पाँच जनालाई रोजगारीसमेत दिनुभएको छ ।

त्यसैगरी पथरी ८ की निर्मला धिमालले बुटिक व्यवसाय सञ्चालन गरेर राम्रो भविष्य खोजिरहनु भएको छ । निर्मलाले तीन जनालाई रोजगारी दिनुभएको छ । त्यसो त उहाँले डिजाइन गरेको बुटिकका विभिन्न पहिरनहरु स्थानीय कलाकारदेखि राष्ट्रियस्तरका कलाकारहरुले विभिन्न कार्यक्रमहरुमा समेत लगाइ सकेको उहाँको भनाई छ । तीन दर्जन भारतीय तथा नेपालीलाई रोजगारसमेत उपलव्ध गराउन सफल उहाँहरुले बुटिकका सामग्री निर्माणसँगै यसैमा आफनो भविष्य खोज्ने नयाँ पुस्तालाई समेत तालीम दिँदै आएका
छन ।

स्वदेशमै व्यवसाय गर्नेदेखि लिएर वैदेशिक रोजगारीमा जाने जो कोहीलाई समेत उहाँहरुले सुलभ मूल्यमा तालीमको आयोजना गर्नु भएको छ । फेसन डिजाइन आफैँमा सिर्जनासँग सम्बन्धित भएकाले यसमा नयाँपन र परिवर्तनको अपेक्षा गरिन्छ । फेसन डिजाइनिङ अहिले विश्वमै करिअर निर्माणका लागि आधार बनेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.