Websoft University

जोमसोम तर्फ आउँदै गरेको बस दुर्घटना ५ जनाको घटनास्थलमै मृत्यु, ३० जनाघइते ।


काठमाण्डौं, असोज १७ गते । रातो तारा डट कम,
शनिबार दिउँसो मुक्तिनाथ मन्दिरबाट जोमसोम तर्फ आउँदै गरेको  ना ५ ख ६०६७ नं को बस शनिबार दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

३० जना घाइते छन् ।  मृतक पाँच जनाकै सनाखत भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा काठमाडौं महानगरपालिका ३५ कोटेश्वरका भोला अधिकारी, कामनपा–३२ का ४५ वर्षीय पुरुषोत्तम ढकाल, कागेश्वरी नगरपालिका ३ थानकोटकी ७० वर्षीया शान्ति खड्का, भक्तपुर चाँगुनारायण ८ की सीता तिमिल्सेना र महालक्ष्मी नगरपालिका–२ ललितपुरकी ५५ वर्षीया लिला खड्का रहेको जानकारी दिइएको छ ।

बसले थिचिएर पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  तिर्थयात्रु काठमाण्डौ भक्तपुर, ललितपुरका बासिन्दा हुन् । बसमा कति जना यात्रु थिए खुल्न सकेको छैन । काठमाडौंबाट रिर्जब गरेर आएको बस भए पनि वेनीबाट केही यात्रु थपिएकोले यकिन संख्या थाहा हुन नसकेको प्रहरीको भनाइ छ ।

घटनास्थल पुगेर सेनाको ट्रकबाट मृतक, घाइते र सबै यात्रुको सामान सदरमुकाम जोमसोम ल्याइएको छ । ड्राइभर बिराज केसीको लापरबाहीले दुर्घटना भएको घाइते यात्रुहरुले आरोप लगाएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.