Websoft University

युवा सहभागिता बढाउन माग

काठमाडौँ, कात्तिक १४ गते। रातो तारा डट कम,
दिगो विकास लक्ष्य प्राप्तिका लागि युवा सहभागिता बढाउन युवा वर्गले माग गरेका छन् ।

संयुक्त राष्ट्रसंघले आर्थिक समृद्धि, खाद्य सुरक्षा, शिक्षा, स्वास्थ्य, सुशासनलगायत १७ उद्देश्य प्राप्तिका लागि दिगो विकासका लक्ष्य जारी गरेकामा राष्ट्रिय योजना आयोगले विषयगत लक्ष्य प्राप्ति गर्न छुट्टै कार्ययोजना बनाई सरकारका कार्यक्रमसित समाहित गरेको छ ।

राष्ट्रिय युवा गैरसरकारी संस्था महासंघले आज यहाँ आयोजना गरेको दिगो विकास लक्ष्य प्राप्तिसम्बन्धी दुईदिने सम्मेलनमा सहभागी युवाले सो माग गर्दै नीति निर्माण तहदेखि कार्यान्वयन तहसम्म अनिवार्य युवाको आवाज सुनुवाइ गर्न सरकारसित आग्रह गरे ।

देशभरका युवाको सहभागिता रहेको सो सम्मेलनमा दिगो विकास लक्ष्यका १७ वटा बुँदामा विषयगत विज्ञद्वारा प्रस्तुत कार्यपत्रमाथि छलफल हुने र काठमाडौँ घोषणापत्रसमेत जारी हुनेछ ।

वाणिज्य मन्त्री मीन विश्वकर्माले सम्मेलन शुभारम्भ गर्दै पछिल्ला वर्षहरूमा सरकारले युवा लक्षित कार्यक्रममा लगानी बढाउँदै गएको चर्चा गर्दै स्वदेशभित्र नै आफ्ना सीप, क्षमता र दक्षतालाई उपयोगमा ल्याउन सहभागीलाई आग्रह गर्नुभयो । उहाँले संविधान कार्यान्वयनका लागि स्थानीय, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन आवश्यक भएको हुँदा यी काम सरकारले प्राथमिकताका साथ सम्पन्न गर्न लागेको बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य डा प्रभु बुढाथोकीले आर्थिक समृद्धिमा युवाको सहभागिता हुनु आवश्यक छ भन्नुभयो ।

आयोजक संस्थाका अध्यक्ष कमल न्यौपाने, युवा तथा खेलकुद मन्त्रालयका सहसचिव रामप्रसाद थपलिया, क्यानेडियन संस्था सिइसिआईका नेपाल प्रतिनिधि किरण वाग्ले, युथ एड्भोकेसीका अध्यक्ष नगेन्द्र खतिवडालगायतले सम्मेलनका विविध विषयमा आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.