Websoft University

विराटनगर जुट मिल सञ्चालन गर्न आर्थिक अभाव


बिराटनगर असोज १० गते । रातो तारा डट कम,विराटनगर जुट मिल सञ्चालन गर्न आर्थिक समस्या भएको छ । मिल सञ्चालन गर्न रु १० करोड बजेट आवश्यक भएपनि अहिलेसम्म सरकारले बजेट उपलब्ध गराउन सकेको छैन । मिल सञ्चालनका लागि कच्चा पदार्थ खरिद गर्नुपर्ने भएकाले उक्त रकम आवश्यक परेको हो ।

सरकारले बजेट उपलब्ध गराउन आश्वासन दिएपनि अहिलेसम्म पठाउने कुनै चाँजोपाँजो नगरेको उक्त मिलका निर्देशक राजेन्द्र कार्कीले बताउनुभयो । मिल संञ्चालनका लागि मेसिन मर्मतको काम अन्तिम चरणमा छ । विराटनगर जुट मिल पूर्णरुपमा सञ्चालन भए करिब चार हजार जनाले रोजगारी पाउने सम्भावना छ । सो मिलबाट दैनिक ४५ टन जुटजन्य सामान उत्पादन हुनेछ ।

विराटनगर जुट मिल अहिले ऋणैऋणमा डुबेको छ । जुट मिललाई अहिले साँवा, ब्याज र ब्याजको स्याजसमेत गरेर रु तीन अर्ब २० करोड ऋण पुगेको छ । यी तमाम् समस्याका बीच सञ्चालक समितिले जुट मिललाई सञ्चालन गर्नका लागि अहिले मेसिन मर्मतको कामलाई तीव्रता दिएको छ ।

मिल सञ्चालनका लागि आएको प्रविधिक टोलीका एकजना प्राविधिक आमोद पोखरेलका अनुसार मिल मर्मतको काम अन्तिम चरणमा रहेकाले मंसिरदेखि मिल सञ्चालनमा आउने बताउनुभयो । मुलुककै जेठो जुट मिल सञ्चालनका लागि पूर्व तयारीस्वरुप उपकरणको मर्मत जारी छ । मिलका मेसिन तथा पार्टपूर्जाको इन्जिनियर सौरभ विष्ट नेतृत्वको प्राविधिक टोलीले मर्मत शुरु गरेको हो ।

मिलको मर्मत सम्भारपछि आगामी मंसिरदेखि जुटका सामग्री उत्पादन गर्ने लक्ष्य रहेको छ । व्यवस्थापन समितिका अनुसार मिलमा ७० प्रतिशतभन्दा बढी मेसिन तथा पार्टपूर्जा मर्मत गर्नुपर्ने अवस्था छ । प्राविधिक टोलीले करिब दुई महिनामा मर्मतको काम सक्ने बताइएको छ । करिब रु १० करोड लागतमा आधुनिक पाटपूर्जा जडान गरिने व्यवस्थापन समितिले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणले मिल सञ्चालन गर्न आवश्यक पर्ने ३३ केभिए विद्युत् प्रसारण लाइन जडान गर्न स्वीकृति दिएको छ । तर आर्थिक समस्या रहेको जुट मिलका निर्देशक कार्की बताउनुहुन्छ । लामो समयको विवादसँगै आर्थिक अपचलनका कारण समस्यामा परेको विराटनगर जुट मिल फेरि सञ्चालनको तयारीमा छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.