Websoft University
September 2017

रबिन्द्र बराल रंगेली,माेरङ असाेज १४ गते । रातो तारा डट कम,माेरङकाे रंगेली नगरपालिका ४ स्थित ससस्त्र बेश बि.अाे पि रंगेली ले नगरका ३ स्थानमा लिङ्गे पीङ गाडेर संन्चालमा ल्याएको छ । 

नेपाली हरुकाे महान चाड बिजया दशमी काे उपलक्ष्यमा ससस्त्र प्रहरीले अाफ्नै पहलमा लिङ्गे पीङ सन्चालमा ल्याएकाे हाे । धर्म संस्कृति र परम्परा लाई संरक्षण प्रधान गर्ने ससस्त्र प्रहरीले पीङकाे लठ्ठा उपलब्ध गराई अाफ्नै जन श्रमदानमा पीङ गाडेकाे हाे ।

प्रहरीले रंगेली नगरपालिका काे बडा नम्बर ७ स्थित शुक्रबारे ७ कै संसारी माई स्थान र रंगेली ४ स्थित पव्लिक उच्च माध्यमिक बिधालय काे चाैरमा पिङ गाडिएको ससस्त्र वेश बि.अाे.पि.का बिष्णुहरि घिमिरे ले बताउनुभयो ।

अाफ्नाे संस्कृतिकाे जगेर्णा गर्दे चाडपर्व हर्सउल्लास थपियोस भन्दै पीङ गाडिएको र अाउदै गरेको तिहार र छठ पर्वमा अन्य स्थानमा थप पीङ गाडिने तयारीमा अाफु रहेको घिमिरेले बताउनु भयाे ।

शान्ति सुरक्षा  तथा अपराधिक घटना हुन नहुन दिन चाैबिसै घन्टा खटिरहने ससस्त्र प्रहरीले गरेको याे कार्यलाई सबै तिर बाट प्रश्नसाह गरेको पाईन्छ । एकताका दशैकाे अवसरमा गाउँ टाेल सहरमा गाडिने लिङ्गे पीङ लाेपहुनेन अवस्थामा पुगिसकेकाे थियाे ।

राजविराज १४, सप्तरी  : सप्तरीको भारदहस्थित कंकाली भगवती मन्दिरमा बडादशैको नवमी अवसरका ४९३ राँगको बलि दिइएको छ ।

हनुमानगर कंकाली नगरपालिका १ स्थित पूर्व पश्चिम राजमार्गसँग जोडिएको सो शक्तिपीठमा १२ हजार संख्यामा खसिबोकाको बलि दिइएको मन्दिर विकास समितिले जनाएको छ । गत वर्ष ५०७ राँगाको बलि दिइएको थियो।

आफ्नो मनोमामना पूरा भएपछि नेपाल र छिमेकी भारतबाट पनि बलिका लागि मानिसहरु यहाँ आउने गरेको पण्डित मृकुञ्जय झाले बताउनुभयो ।


सुनसरी-इनरुवा, असोज १४ गते । रातो तारा डट कम,
 दशैँमा सुनसरीको विभिन्न ठाउँमा अव्यवस्थित पशु बध गरी मासु बिक्री गरिएको पाइएको छ । बजार अनुगमनको अभाव र दशैँमा मासु खानैपर्ने संस्कारले उपभोक्ता अस्वस्थ्यकर मासु खान बाध्य छन् । नियमित सञ्चालनमा रहेका ५०० मासु पसलबाहेकका ठाउँमा समेत सयौँ मासु पसल दशैँको मौकामा फोहर ठाउँमा खुलेका छन् ।

उपभोक्ता दिनेश यादवले मासु बिक्रेताले मासुको स्वास्थ्यताभन्दा मासु बेचेर कमाउने मात्रै उद्देश्य राखेकाले सर्वसाधारण जस्ले आफैँ खसीबोका वा बाख्रा बलि दिन सक्दैन त्यस्ता उपभोक्तालाई बढी मर्का परेको बताउनुभयो ।

मासु खानयोग्य वा अयोग्यको विषयमा जानकारी नै नलिई बाध्य भएको र सुनसरीका अधिकांश उपभोक्ताले गुणस्तरहीन र फोहर मासु उपभोग गरिरहेका छन् । फोहर ठाउँ र अव्यवस्थित मासु पसलका कारण उपभोक्ता गुणस्तरहीन फोहर मासु खान बाध्य रहेको स्थानीयले जानकारी दिएका छन् ।

इनरुवा बजार, सडक र आसपासको क्षेत्रमा जताततै मासु पसल रहेकाले स्थानीय उपभोक्ता गुणस्तरहीन र अस्वस्थकर मासु खान बाध्य रहेको स्थानीय मनिष चौधरीले गुनासो गर्नुभयो ।

(फाएल फोटो)

रबिन्द्र बराल रंगेली ,माेरङ असाेज १४ गते । रातो तारा डट कम, मोरङ सुन्दरहरैचा नगरपालिका ३ गछिया मा शुक्रबार राति ७ बजेकाे समयमा फडिन्द्र अधिकारीको घरमा १२ जना तास खेल्ने पक्राउ परेका छन।

पक्राउ पर्ने हरुमा सुन्दरहरैचा नगरपालिका ३ बस्ने बर्ष ६३ को फडिन्द्र अधिकारी बर्ष २९ को महेन्द्र भण्डारी,  बर्ष २७ का  डिकेस दाहाल, बर्ष ४५ को दिपक कार्की, बर्ष ३० का पुनम फुयल, बर्ष ४३ को युगल राई,  बर्ष ४२ का  कुमार ढकाल, बर्ष २७ कमल ढुंगाना, बर्ष ६९को बृहस्पति फुयल, बर्ष ६४ को मिङमा शेर्पा, बर्ष ५२ का  पदम अधिकारी, र  बर्ष ३९ कोजय कुमार राईलाई नगद .४५ हजार ४ सय ४५ रुपैयाँ  र तास १ बुक सहित १२ जनालाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय बेलबारीमा  राखी आवश्यक अनुशन्धान भई रहेको
माेरङ प्रहरी का प्रवक्ता प्र.ना.उ. बिष्णुहरि कोईराला ले जानकारी दिनुभयो ।

(फाएल फोटो)

उर्लाबारी,असोज १४ गते। रातो तारा डट कम,
मोरङको उर्लाबारी–५ स्थित पूर्वपश्चिम राजमार्गमा गएराति अटो ट्याम्पु दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिम जाँदै गरेको को १ ह ९७२५ नम्बरको अटो ट्याम्पु आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा त्यसमा सवार उर्लाबारी–२ का १८ वर्षीय ग्यालजङ तामाङको मृत्यु भएको हो ।

राति ९ः३० बजे भएको दुर्घटनामा परेर गम्भीर घाईते तामाङको स्थानीय अरनिको अस्पतालमा उपचारका क्रममा ९ः५० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।

दुर्घटनामा ट्याम्पुमा सवार सोही ठाउँका १८ वर्षीय सुशन ओझा, २१ वर्षीय सुजन ढकाल र २१ वर्षकै प्रशान्त अधिकारी घाइते भएकाले उनीहरुको अरनिको अस्पतालमै उपचार भइरहेको छ ।

दुर्घटनापछि ट्याम्पु चालक उर्लाबारी–३ का ४८ वर्षीय भीमराज खड्का फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

(फोटो बिहान ७ बजेको)

बिराटनगर असोज १४ गते । रातो तारा डट कम,
टीकाको शुभ साइतबारे नहेराइ टीका बिहानै बाट धेरैले लगाएर आफन्त मान्ने ठाउमा जाने चलन रहिआएको छ।

बिराटनगरको काली मन्दिरमा आज बिहानैदेखि दुर्गा भवानी र
काली माताको दर्शन गर्ने भक्त जनहरूको भीड छभने जमरा लिनआउनेहरूको लाइन पनि ठुलैरहेकोछ।

महानगरपालिकाले मठ मन्दिर क्षेत्र बजारका मेनसडक छेउमा थुपारिएका फोहोर बेलैमा नउठइदिएकाले जताततै फोहो देखिन्छ । यस्ता कुरामा नगरपालिकाको ध्यान जान जरुरी भएको छ।

नेपालीहछ महान पर्व बडादसैँ टीकाको शुभसाइत आज ११ः५५ बजे रहेको पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ ।

टिका आज पूर्व्तिर फर्किएर टीका लगाउँदा राम्रो हुने समितिका अध्यक्ष रामचन्द्र गौतमले बताए । सरकारले देशभरका मन्दिर र शक्तिपीठमा पूजाका लागि साढे एक करोड रुपैयाँ विनियोजन गरेको छ ।

पूजा सामग्रीसहित पुशबलिका लागि हरेक वर्ष बजेट विनियोजन हुँदै आएको निवृत्तभरण व्यवस्थापनको कार्यालय ले जनाएको छ ।

गत आर्थिक वर्षमा मठमन्दिर र शक्ति पीठका लागि १ करोड १६ लाख ५२ हजार ४ सय रुपैयाँ विनियोजन गरिएको थियो । तर, यस वर्ष १ करोड २२ लाख ३५ हजार २० रुपैयाँ विनियोजन गरेको कार्यालयका प्रमुख हेमन्तराज निरौलाले जानकारी दिएकाछन ।


(आज २०७४/६/१४ गते बिहान काली मन्दिर बिराटनगरमा जमरा लिनआउनेहरू को लाइन)

बिराटनगर असोज १४ गते । रातो तारा डट कम,
टीकाको साइत शुभ साइतबारे आयो यस्तो खबर! कुन दिशा फर्किएर टिका लगाउदा राम्रो ? काठमाडौँ : नेपालीहरु को बडादसैँ टीकाको शुभसाइत ११ः५५ बजे रहेको पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ ।

टिका लगाउदा पूर्व्तिर फर्किएर टीका लगाउँदा राम्रो हुने समितिका अध्यक्ष रामचन्द्र गौतमले बताए । सरकारले देशभरका मन्दिर र शक्तिपीठमा पूजाका लागि साढे एक करोड रुपैयाँ विनियोजन गरेको छ ।

पूजा सामग्रीसहित पुशबलिका लागि हरेक वर्ष बजेट विनियोजन हुँदै आएको निवृत्तभरण व्यवस्थापनको कार्यालय ले जनाएको छ ।

गत आर्थिक वर्षमा मठमन्दिर र शक्ति पीठका लागि १ करोड १६ लाख ५२ हजार ४ सय रुपैयाँ विनियोजन गरिएको थियो । तर, यस वर्ष १ करोड २२ लाख ३५ हजार २० रुपैयाँ विनियोजन गरेको कार्यालयका प्रमुख हेमन्तराज निरौलाले जानकारी दिएकाछन ।

इटहरी, असोज १४ । गते । रातो तारा डट कम,इटहरी उपमहानगरपालिका–१० बरगाछीका बाढीपीडित १०० जना बालबालिकालाई दशैँ लक्षित गरेर इटहरी हङ्कङ मञ्चले आज नयाँ कपडा वितरण गरेको छ ।

इटहरी उपमहानगरको पूर्वी सीमामा पर्ने बूढीगंगा नदीमा आएको बाढीले घरबारसमेत गुमाई घरमा भएका लत्ताकपडा एवं भाँडाबर्तन र खाद्यान्नसमेत गुमाउन पुगेका परिवारका बालबच्चाका लागि शरीर छोप्ने कपडा अपरिहार्य देखेर आफूहरुले नयाँ कपडा दिएको मञ्चका सचिव तुलसी उप्रेतीले बताउनुभयो ।

इटहरी हङ्कङ मञ्चले बाढीपीडित बालबालिकाका लागि रु एक लाखका नयाँ लत्ताकपडा उपलब्ध गराएको सचिव उप्रेतीले जानकारी दिँदै मञ्चले बालबालिकाको शिक्षाका लागि सेड्स संस्थामार्फत छात्रवृत्ति रकम उपलब्ध गराउन रु तीन लाखको अक्षय कोषसमेत स्थापना गरेको बताउनुभयो ।

बाढीपीडित बालबालिकालाई लत्ताकपडा वितरण कार्यक्रममा प्याब्सन सुनसरी अध्यक्ष सुमित थापा, उद्योग वाणिज्य संघ इटहरीका सदस्य अनिल सुब्बा, राजु केसीलगायतको पनि सक्रिय सहभागिता रहेको थियो । 


चितवन, असोज १४ गते । रातो तारा डट कम,
नारायणगढ–मुग्लिन सडकखण्डको हाल पुल भएका स्थानमा आउँदो दुई वर्षभित्र १८ वटा नयाँ पुल बनाइने भएको छ ।

सो सडक खण्डमा हाल रहेका पुल साँघुरा र जीर्ण छन् । सडक विभागको वैदेशिक महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठका अनुसार चार पुलको आउँदो एक महिनाभित्र ठेक्का सम्झौता हुने छ । उहाँका अनुसार बोलपत्र भइसकेका ती पुलको ठेकेदार चयनपछि निर्माणको काम अघि बढ्ने छ ।

अन्य १४ पुलका लागि नक्शांकनको काम भइरहेको छ । महाशाखा प्रमुख श्रेष्ठले भन्नुभयो “डिजाइन एण्ड बिल हुँदैछ । एक आधा महिनामा काम सकेर टेण्डरमा जान्छौँ ।” हाल ठेक्का भइसकेका चार पुलमा नारायणगढबाट १२ किमी दासढुंगा, १६ किमी खानी पुल, २२ किमी मौरी पुल र २९ किमी जलबिरे छन् । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनीयर शिव खनालका अनुसार सो सडकमा हाल रहेका पुल छ मि मात्र चौडा छन् । अब बन्ने पुल ११ मि चौडा हुने छन् ।

पुलको दुवैपट्टि छेउमा एक दशमलव पाँच मिका दरले फुटपाथ रहने छ । पुराना पुललाई मर्मत गरी आवतजावत गर्न मिल्ने अवस्थामा राखिनेछ । बीचको भागबाट दुई। गाडी एकैसाथ आवतजावत गर्नसक्नेछन् । विभागका उपमहानिर्देशक श्रेष्ठले आउँदो दुई वर्षमा सबै पुल नयाँ बनिसक्ने बताउनुभयो ।

पुल निर्माणका लागि झण्डै रु एक अर्ब खर्च हुने अनुमान गरिएको छ । सोमध्ये आधा रकम नेपाल सरकार र आधा रकम विश्व बैंकले लगानी गर्ने छन् । विश्व बैंककै लगानीमा हाल सो सडक विस्तारको काम भइरहेको छ ।


काठमाडौँ, असोज १४ गते । रातो तारा डट कम,गायिका दीपा पन्तको ‘दशैँ तिहार गाउँमै रमाईलो’ नामक आधुनिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतकार डा कृष्णहरि बरालको शब्द, संगीतकार हरि लम्सालको संगीत रहेको सो गीतमा गायिका पन्त र गायक भूषण खतिवडाको स्वर रहेको छ । गीतमा नेपालीहरूको महान् पर्व दशैँ, गाउँघर, साथीभाइसँगको रमाइलो क्षणलाई समेटिएको छ ।



गायिका पन्तले यसअघि ‘रियालिटी’ ९पप आधुनिक०, ‘दिलको बदला’ ९आधुनिक० र ‘दीपा’ ९आधुनिक० एल्बम बजारमा ल्याइसक्नुभएको छ । अन्य आधुनिक गीत बजारमा ल्याउनका लागि रेकर्डिङको क्रममा रहेको र छिट्टै बजारमा ल्याउने तयारी गरिएको गायिका पन्तले जानकारी दिनुभयो ।

काठमाडौँ, १३ असोज ९रासस० ः गायिका दीपा पन्तको ‘दशैँ तिहार गाउँमै रमाईलो’ नामक आधुनिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतकार डा कृष्णहरि बरालको शब्द, संगीतकार हरि लम्सालको संगीत रहेको सो गीतमा गायिका पन्त र गायक भूषण खतिवडाको स्वर रहेको छ । गीतमा नेपालीहरूको महान् पर्व दशैँ, गाउँघर, साथीभाइसँगको रमाइलो क्षणलाई समेटिएको छ ।

गायिका पन्तले यसअघि ‘रियालिटी’ ९पप आधुनिक०, ‘दिलको बदला’ ९आधुनिक० र ‘दीपा’ ९आधुनिक० एल्बम बजारमा ल्याइसक्नुभएको छ । अन्य आधुनिक गीत बजारमा ल्याउनका लागि रेकर्डिङको क्रममा रहेको र छिट्टै बजारमा ल्याउने तयारी गरिएको गायिका पन्तले जानकारी दिनुभयो ।


झापा, असोज १३ गते । रातो तारा डट कम,दशैँको पूर्वसन्ध्यामा झापाको सीमावर्ती भारतीय बजारमा किनमेलका लागि नेपाली उपभोक्ताको भीड लागेको छ ।

यहाँका बजारभन्दा खाद्यान्न, लत्ताकपडा केही सस्तो हुने भएपछि ती बजारमा नेपाली उपभोक्ताको भीड लागेको हो ।

दैनिक उपभोग्य वस्तु चिनी, दाल, चामल, तेल, लत्ताकपडालगायत खरिदका लागि भारतको पानीट्याङ्की, नक्सलबाडी, सिलिगुडी, गलगलिया, बतासीलगायतका बजारमा अहिले नेपाली उपभोक्ताको भीड लाग्ने गरेको छ ।

“चाडपर्वका बेला किनमेलका लागि प्रायःजसो गलगलिया जाने गरेकी छु”, भद्रपुर–५ की पूजा शर्माले भन्नुभयो, “त्यता सामान किन्दा अलि सस्तो पर्ने गरेको छ ।” दुईरचार रुपैयाँ सस्तो हुने भएपछि आफू भारतीय बजारमा किनमेलका लागि जाने गरेको उहाँले सुनाउनुभयो ।

नेपाली बजारमा चिनीको मूल्य पसलअनुसार रु ८० देखि ९० सम्म पर्ने गरेको छ भने भारतीय बजारमा भारतीय रुपैयाँ ४० देखि ४३ ९नेरु ६२ देखि ६८० पर्ने गरेको छ ।

“यहाँ रु १७० प्रतिकेजी पर्ने दाल त्यहाँ भारु ७० मा पाइन्छ”, बिर्तामोड–६ की मीना बस्नेतले भन्नुभयो, “सामानको दाम दुई÷चार रुपैयाँ कम हुने भएकाले किनमेलका लागि भारतीय बजार जाने गरेकी हुँ ।”

नेपाली बजारमा सामानको मनपरी मूल्य र बजार अनुगमन नहुँदा नेपाली उपभोक्ता भारतीय बजार जान बाध्य भएको उहाँको भनाइ छ । “बजार अनुगमन हुँदैन”, उहाँले भन्नुभयो, “दाम पनि पसलैपिच्छे फरक–फरक हुन्छ, पसल सञ्चालकले अनुहार हेरेर सामानको मूल्य लिन्छन् ।”

भारतीय सीमावर्ती बजार नेपाली उपभोक्ताका कारण दिनदिनै बढ्दै गएका छन् भने नेपाली बजार सुक्दै गएका छन् । भद्रपुरको नजिकको भारतीय बजार गलगलिया दिनदिनै फस्टाउँदै गएको छ ।

“भारतीय सीमावर्ती बजारको ग्राहक भनेकै नेपाली उपभोक्ता हुन्”, भद्रपुर–८ निवासी नेपाली काँग्रेस जिल्ला सदस्य तोया गड्तौलाले भन्नुभयो, “सस्तो हुने भएपछि यहाँका उपभोक्ता उतै जान्छन्, सामानको गुणस्तरबारे खासै चासो हुँदैन ।”

खाद्यवस्तुमा मिसावट बढ्दै गएकाले उपभोग्य वस्तु खरिद गर्दा सर्वसाधारणले गुणस्तरमा पनि ध्यान दिनुपर्ने उहाँको सुझाव छ । “नेपाली रुपैयाँ भारतीय बजार जाने गरेकाले त्यसका लागि सरोकारवाला र व्यापारीले प्रभावकारी कदम चाल्नुपर्छ”, उहाँले भन्नुभयो ।

कुनै पनि वस्तु बिक्री गर्दा लागत मूल्यभन्दा २० प्रतिशतसम्म मुनाफा लिन पाइँदैन । त्योभन्दा बढी भएमा कालोबजारी गरेको ठहर्छ । तर, बजार अनुगमन नहुँदा अत्यधिक मुनाफा राखेर व्यापारीले मालसामान बिक्री गर्ने गरेको भद्रपुर–७ की लक्ष्मी ढकालले गुनासो गर्नुभयो ।

“न बजार अनुगमन हुन्छ, न त कुनै पसलमा सामानको मूल्यसूची नै छ”, उहाँले भन्नुभयो, “खानेकुराको दाम नै थाहा हुँदैन, जति भन्यो त्यति तिर्न बाध्य छौँ ।”

त्यस्तै, सीमावर्ती क्षेत्रमा खुलेका मनी चेञ्जरले महँगो दरमा भारतीय रुपैयाँ सटही गर्ने गरेका छन् । नेपाल राष्ट्र बैंकको मुद्रा विनिमय दर भारु एक सयको १६० रुपैयाँ १५ पैसा भए पनि यहाँ रु १६५ मा कारोबार हुँदै आएको छ । सरोकारवाला निकायले नियमन र अनुगमन गर्न नसक्दा नेपाली उपभोक्ता दोहोरो मारमा परेका छन् ।



रोशन पोखरेल, असोज १३ गते । रातो तारा डट कम,
 माता पाथिभरा फिल्म प्राली द्धारा निर्मित नेपाली कथानक चलचित्र  ‘रेस’ को आगामी मंसिर १ गते बाट देशव्यापी रुपमा प्रदर्शन आउने आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

‘रेस’ मा नीता ढुंगाना, पुष्पा लिम्बु, सुलेमान ९ईकु०,  किरण केसी लगायत डेब्यू कलाकार जियान र एजेश सैंजुको मुख्य भूमिका छ  । मंसिर १ मा प्रदर्शन हुने यस चलचित्रलाई नेपाल मात्र नभई विदेशमा पानी रिलीज गर्ने निर्माण पक्षले सो अवसरमा जानकारी दिएको छ  ।

यस चलचित्रमा मौनता श्रेष्ठको पटकथा र संवाद, आनन्द राई र सञ्जित लामाको संगीत, गोविन्द राईको नृत्य,  शंकर महर्जनको द्वन्द्  तथा  बिशाल थेवे, हेमन्त गौतम, चन्द्र लिम्बु लगायतको संयुक्त लगानी रहेको छ  ।

‘रेस’ चलचित्र त्रिकोणत्मक प्रेमकथा र हास्य , द्धन्द्धको संगमको चलचित्र बनेको चलचित्रका निर्देशक तथा लेखक किशोर सुव्वाले जानकारी दिनुभयो । इलाम , मोरंग सुनसरी , झापा , काठमान्डौँ , दुबै लगायतका क्षेत्रमा छायाँकन गरिएकोे छ ।  ‘रेस’को ३ बटा गित अहिले आम दर्शक तथा स्रोताले अधिकमात्रामा मन पराएको सो अवसरमा जानकारी दिईएको छ ।



चितवन असोज १३ गते । रातो तारा डट कम, वडादशैँको आज आठौँ दिन महाअष्टमी देशभरका शक्तिपीठ र घरघरमा बलि दिएर मनाइँदैछ । देवीलाई बलिसँगै बोका, राँगा, कुखुरा लगायतको बढी नै मासु उपभोग गर्ने गरिन्छ । तर यसरी मासु खाँदा सावधानी अपनाउन सकिएन भने मासुले रमाउने भन्दा पनि रोग निम्त्याउन सक्छ । त्यसैले विशेष सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन् ।

जिल्ला पशु सेवा कार्यालय, चितवनका प्रमुख डा डिल्लिराम सेढाईं रोगी पशुको मासु खाएमा यसले दीर्घकालीन हानि पु¥याउनसक्ने बताउनुहुन्छ । उहाँका अनुसार मासुका लागि निरोगी पशु चौपाया बध गर्नुपर्छ । सामान्यतः नाकबाट सिँगान बगाएको, झोक्राएको, निन्याउरो, खुट्टा टेकेर उभिन नसकेको, टाउको झुकेको, आँखा चम्किलो नभएको, आँखामा कचेरा आएका पशु रोगी हुने हुँदा त्यस्ता पशुको मासु खानु हँुदैन । कतिपय रोग पशुचौपायाबाट मानिसमा सर्ने उहाँले बताउनुभयो ।

क्षयरोग, बोकाको अण्डकोष सुनिने ब्रुसेलोसिस, टेपवर्मजस्ता रोग पशु चौपायाबाट मानिसमा सर्नेहुँदा निरोगी पशु छानेर मात्र मासु खान सेढाईंले सुझाव दिनुभयो ।

त्यसो त पशुचौपाया बध गरेपछि निरोगी भए पनि पकाउँदा ख्याल गर्नुपर्ने चिकित्सक बताउँछन् । मुख्यरुपमा पोलेका, तारेका, केमिकलको प्रयोग गरी प्रशोधन गरिएका मासुले क्यान्सर रोग हुनसक्ने उनीहरुको भनाइ छ ।

क्यान्सर लाग्ने मुख्य तत्व कार्सिनोजेनिक यस्ता मासुबाट उत्पादन भई दीर्घकालीनरुपमा मानिसमा क्यान्सर हुने उनीहरु बताउँछन् । विगत १७ वर्षदेखि क्यान्सर विशेषज्ञका रुपमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा सेवा गरेर हालै मात्र निवृत्त हुनुभएका डा भोलाप्रसाद रौनियार रातो मासुमा बोसो धेरै हुने र त्यसलाई पोल्दा, तेलमा तार्दा र केमिकल मिसाएर बनाउँदा कार्सिनोजेनिक उत्पादन गर्ने हुँदा स्वास्थ्यका लागि हानिकारक हुने बताउनुहुन्छ । यसले आमाशय र ठूलो आन्द्रामा क्यान्सर बनाउनसक्ने हुँदा यस्ता मासु नखान उहाँले सुझाव दिनुभयो ।

धुवाँमा सेकाएको सुकुटी, तेलमा तारेको तास, सेकुवा र मासु प्रशोधन गरेर केमिकल मिसाइ बनाइएका परिकारले क्यान्सर निम्त्याउन सक्ने उहाँले बताउनुभयो ।
त्यसो त बढी मासु प्रयोग हुने बेला मानिसले सुर्ती, चुरोट, रक्सी, मासु एकैसाथ खाने गर्दछन् । अलगअलग खानुभन्दा यसरी खाँदा १५ गुणाभन्दा बढी क्यान्सर हुने सम्भावना रहने डा रौनियारले बताउनुभयो । धुवाँ, मासु र रक्सी एकै ठाउँमा भएपछि यो निकै खतरनाक हुने उहाँको भनाइ छ ।

पछिल्लो समय युवापिँढीमा कोलोरेक्टल क्यान्सर अर्थात् ठूलो आन्द्राको क्यान्सर बढी हुने गरेको रौनियारले बताउनुभयो । यसको प्रमुख कारण रक्सी, मासु र चुरोट नै रहेका छन् । नेपालमा सबैभन्दा बढी पाठेघरको मुख, स्तन र फोक्सोको क्यान्सर हुने गरेको छ । त्यसपछिको बढी क्यान्सर हुनेमा ठूलो आन्द्रा र आमाशय पर्ने गर्दछन् ।

चुरोटले अन्ननलीदेखि मलद्वारसम्म क्यान्सर बनाउने उहाँको भनाइ छ । दशैँका बेला मासु प्रयोग गर्दा उमालेर र सामान्य तरिकाले पकाएरमात्रै खानुपर्ने रौनियारको सुझाव छ । उहाँले मासु बढी खाँदा, रेसादार खाद्य वस्तुको प्रयोग बढाउनुपर्ने बताउनुभयो । फलफूल, सागसब्जी बढी खानुपर्ने बताउँदै उहाँले पाएसम्म ब्रोकाउलीको प्रयोग बढाउन सुझाव दिनुभयो ।
मासुको खपत कम गर्न पनि उहाँ सुझाव दिनुहुन्छ । उहाँले भन्नुभयो, “सम्भव हुन्छ भने मासु नखाँदा नै राम्रो हुन्छ, तर खानैपर्ने भएमा पनि माछा र कुखुराको जस्तो सेतो मासु खानु राम्रो हो ।”

मासु ग्यास वा दाउरामा पोल्दा हाइड्रोकार्बन उत्पन्न हुने हुँदा हाइड्रोकार्बनले पेट, आन्द्रा र छालामा क्यान्सर हुनसक्ने खतरा बढी हुने चिकित्सक बताउँछन् । मासुमा गुलियो पदार्थ र प्रोटिन बढीमात्रामा हुनेहुँदा सिधै आगोमा पोल्दा उच्च तापक्रम उत्पन्न भई त्यसले एक्रिल्यामाइड्स उत्पन्न हुन्छ जुन क्यान्सर रोग गराउन सहयोगी हुने चिकित्सकको भनाइ छ ।

भरतपुर अस्पतालका फिजिसियन डा भोजराज अधिकारी रातो मासु विस्थापित नै गर्नुपर्ने बताउनुहुन्छ । हामीले मासु खानैपर्दा ताजा खानुपर्ने उहाँको सुझाव छ । मासु राख्दा कि त भुटेर राखिन्छ, कि त फ्रिजमा राख्ने गरिन्छ । यी दुवै तरिका हानिकारक हुने उहाँले बताउनुभयो । फ्रिजमा राख्दा कडा संक्रमण फैलिनसक्ने उच्च खतरा हुने बताउँदै उहाँले भुटेर राख्दा किटाणुविहीन भएपनि अपच र पेटमा अन्य समस्या उत्पन्न हुनसक्ने उच्च खतरा हुने बताउनुभयो ।

अधिकारीले भन्नुभयो, “मासु धेरै थुपार्न हुँदैन, बोसो र नूनको मात्रा बढाउनु हुँदैन, मासु राख्नु पर्दा फ्रिजको तापक्रम ख्याल गर्नुपर्छ ।” उहाँले मासु खाँदा प्रशस्त फलफूल खानुपर्ने बताउँदै बनाएर राखिएको फलफूलको सलाद नखान सुझाव दिनुभयो । मासु एक्लैलेभन्दा यसका साधन र साध्यका रुपमा मदिरा र धूमपान अरु खतरनाक हुने उहाँको भनाइ छ । अन्य हल्का खानेकुरा पच्नका लागि १२ देखि १६ घण्टा लाग्दछ भने मासु २४ घण्टासम्म लाग्ने अधिकारीले बताउनुभयो ।

यसले गर्दा ग्याष्ट्रिक हुने र झाडाबान्ता हुनेहुँदा विशेष ध्यान दिन सुझाव दिनुभयो । पहिलेदेखि नै उच्च रक्तचाप, मधुमेह, कोलेस्टोरलजस्ता समस्या भएका बिरामीले धेरै मासु खान नहुने भन्दै स्वास्थ्यमा विशेष ख्याल गर्न सुझाव दिनुभयो । दशैँमा बढी खसीको मासु प्रयोग गरिन्छ जसमा खराब कोलेस्टोरलको मात्रा बढी हुने पनि उहाँले बताउनुभयो । नेपालमा अन्य समयमा आवश्यकमात्रामा मासु नखाने भए पनि दशैँका बेला ऋणधन गरेर भएपनि मासु खानैपर्ने र धेरै खाने पुरानो प्रचलन कायमै रहेको छ ।
स्वदेशमै उत्पादन बढाउन सकिने कुखुरा र माछाभन्दा बढी आयात गरेर निर्भर हुनुपर्ने खसीबोका, राँगा, बंगुरको मासुको खपत अधिक हुने गर्दछ ।

उर्लाबारी,असोज १३ गते । रातो तारा डट कम, मोरङको मिक्लाजुङ–६ की नरमाया अधिकारी विगत एक वर्षदेखि स्थानीय मिक्लुङ सामुदायिक वनभित्र टहरा बनाएर बस्दै आउनुभएको छ ।

नरमायामात्र हैन नुनसरी बक्राहा खोलाले घरबारविहीन दुई दर्जनभन्दा बढी घरपरिवार सो स्थानमा टहरा बनाएर बस्दै आएका छन् । नरमायाले गहभरि आँसु झार्दै भन्नुभयो, “दशँै लाग्यो, छोराछोरी नातिनातिना हामीलाई लुगा खोई ? भन्दै रुन्छन्, मिठोमिठो चिज चाइयो भन्छन्, हामीले कहाँबाट ल्याउने, कहाँबाट खुवाउने ?” बस्ने ठाउँको टुंगो नहुँदा दशैँको जमरासमेत राख्न नसकेको नरमायाले सुनाउनुभयो ।

नेपालीको महान चाड वडादशैँको माहोल सबैतिर छाइरहँदा बक्राहा पीडित ती परिवारलाई दशैँ र तिहारको भन्दा पनि बासस्थानकै चिन्ता छ । सो ठाउँमा नरमाया जस्तै दुई दर्जन घरपरिवारको दुःख र पीडा उस्तै छ ।

बक्राहा खोलाले जमिनसँगै घरसमेत बगाएपछि सो वडाका दुई दर्जन घर परिवार विगत एक वर्षदेखि स्थानीय मिक्लुङ सामुदायिक वनमा टहरा बनाएर बस्दै आएका छन् । नेपालीको महान् चाड दशैँको सबैतिर रमझम छाइरहँदा सो टहरामा बस्दै आउनुभएका मानबहादुर गोलेले भने दशैँको उत्साह नभएको बताउनुभयो ।

खोलाले घर बगाइहाल्यो गोलेले भन्नुभयो, “मनभरि पीडा बोकेर दशैँ मनाउन के मन लाग्ला र ?” बक्राहामा गत वर्ष आएको बाढीले १३० बिगाहाभन्दा बढी खेतीयोग्य जमिन बगरमा परिणत गरिदिएको छ भने दुई दर्जन परिवारलाई जंगलको बास बनाइदिएको छ ।

बाढीले घर डुबायो, दिनरात छाडा पशु र जंगली जनावरको त्रास बोकेर ज्यान जोगाउन ती परिवार जंगलमा बसेका छन् । तर पनि दशैँ जस्तो चाडमा ऋण खोजेर भए पनि मनाउने धोको छ, कमानसिंह चौलागाईंको । उहाँले भन्नुभयो, “ऋण काडेर भएपनि पर गाउँमा तीन केजी मासु खोजेको छु, दुईजना ज्वाइँ आउनुहुन्छ, उहाँहरुलाई निधारमा टीका र कानमा जमरा त लगाइदिनै प¥यो ।”

सोही ठाउँमा टहरा बनाएर बस्दै आउनुभएकी प्रितिमाया गोले भने यस वर्ष अरुले दिएको पुरानै कपडा लगाएर भएपनि दशैँ कटाउने योजना रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “नयाँ लुगा त पैसा भए पो लाउनु, अरुले दिएको पुरानो कपडा लगाउनुपर्ला जस्तो छ ।”

सो गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले यस वर्षको दशैँमा बाढीबाट विस्थापित भएकाका लागि सहयोग गर्न नसकिएको बताउनुभयो । दैवीप्रकोप उद्धार समिति, मोरङमा बजेट माग गरिए पनि उपलब्ध हुन नसकेका कारण बाढीबाट विस्थापितलाई दशैँ जस्तो चाडपर्वमा समेत सहयोग गर्न नसकेको उहाँले बताउनुभयो ।

नुनसरी बक्राहा खोला बस्तीको सतहभन्दा अग्लो बनेको छ । चुरे क्षेत्रबाट बगाएर ल्याएको लेदो, ढुंगा, गिट्टीका कारण खोलाको भाग अग्लो भई बस्ती बगाएको हो । खोलाको भाग बस्तीको भन्दा समग्रमा डेढ मिटर अग्लो छ । गुरुयोजना बनाएरै खोलाको तटबन्ध गर्न सकेमात्र बाढी नियन्त्रणमा आउने देखिएको छ । 


विराटनगर, असोज १३ गते । रातो तारा डट कम, विराटनगर नाका भएर भारतसँग कृषिजन्य वस्तुको आयात निर्यातमा करिब रु ११ अर्बभन्दा बढीको व्यापार घाटा देखिएको छ ।

यो नाका भएर गत आवमा भारतबाट विभिन्न प्रकारका खाद्य सामग्री, फलपूmल र कृषिजन्य वस्तु रु १४ अर्ब ५६ करोड ५२ लाख ८० हजार भित्रिएको छ भने भारततर्फ रु तीन अर्ब २६ करोड १२ लाख २४ हजारका कृषिजन्य वस्तु निर्यात गरिएको प्लान्ट क्वारेन्टाइन कार्यालय, विराटनगरले जनाएको छ ।

सो अनुरुप भारतबाट आयात हुने कृषिजन्य वस्तुमा रु आठ अर्ब ४८ करोड ९२ लाख ८२ हजार मूल्यको चामल, गहुँ, दाल, मकै, धान, कोदो र जौसमेत गरी तीन लाख एक हजार ७३३ मेट्रिक टन खाद्यान आयात भएको हो । साथै रु तीन अर्ब ५७ करोड ६५ लाख ४५ हजारका विभिन्न प्रकारका तरकारी, आलु, तेलहन पदार्थ लगायतका खाद्य सामग्री भित्रिएका छन् ।

सोमध्ये सबैभन्दा बढी रु एक अर्ब १० करोड १० लाख ७७ हजार मूल्यको ३७ हजार ९६८ मेट्रिक टन प्याज भित्रिएको हो । सोही अवधिमा रु एक अर्ब ६ करोड ९३ लाख ९७ हजार मूल्य बराबरको ५३ हजार ४७० मेट्रिक टन आलु र तेलहन पदार्थका रुपमा रु ५८ करोड ३८ लाख २५ हजार मूल्य बराबरको नौ हजार १२२ मेट्रिक टन सूर्यमुखी, रु २५ करोड ५९ लाख ८३ हजार मूल्य बराबरको पाँच हजार ३३३ मेट्रिक टन तोरी, रु १४ करोड २८ लाख ४६ हजार मूल्य बराबरको तीन हजार ३२२ मेट्रिक टन भटमास र रु ४३ लाख ३२ हजार मूल्य बराबरको १०८ मेट्रिक टन तील भित्रिएका छन् ।


काठमाडौँ,असोज १३ गते । रातो तारा डट कम, वरिष्ठ रेडियो कार्यक्रम सञ्चालक तथा लोकप्रिय गायक वासुदेव मुनालको आज साँझ ६८ वर्षको उमेरमा भक्तपुरस्थित क्यान्सर अस्पतालमा निधन भएको छ ।

सुरिलो आवाजबाट रेडियो नेपालको बाल कार्यक्रम सञ्चालन गरेर एक समयमा लोकप्रिय रेडियो प्रस्तोता बन्नु भएका मुनाल घाँटीको क्यान्सर (पाइरोपÞmोम साइनस)बाट पीडित हुनुहुन्थ्यो । ११ वर्षअघि उहाँको लडेर ब्रेन ह्याम्ब्रेजसमेत भएको थियो । विराटनगरमा २००६ सालमा जन्मनुभएका उहाँले रेडियो नेपालबाटै आफ्नो करियर सुरु गर्नुभई झण्डै चार दशक रेडियो नेपालमै बिताउनुभयो ।

उहाँले ‘पानी खाने निउँले तिम्रो घरमा आउँला’, ‘लालुपाते फुलेर लाल भयो’, ‘बाँसुरीको धुनमा मादलुको तालमा’, ‘झमझम इष्टकोट’लगायत दर्जनौ भ.चर्चित गीत गाउनुभएको छ । उहाँ २०६४ सालमा रेडियो नेपालबाट सेवा निवृत्त हुनुभएको थियो । 

(फाएल फोटो)

रबिन्द्र बराल रंगेली,माेरङ असाेज १२ गते । रातो तारा डट कम, मोरङकाे  रतुवमाइ नगरपालिका  ७ बस्ने बर्ष ५५ का  झरिलाल ताजपुरीयाको  मृत्युु भएको छ । अत्याधिक घरेलुु मदिराका  सेवनबाट ताजपुरीयाकाे  मृत्युु भएको हाे ।

उनलाई बुधबार राति १० बजे रंगेली स्थित सिद्धार्थ टाईम्स अस्पतालमा उपचार ल्याउने क्रममा  बाटोमा मृत्‍यु भएको  ईलाका प्रहरी कार्यलय रंगेली का प्रमुख सन्जिव बाबू खड्काले जानकारी दिनुभयो ।


रबिन्द्र बराल रंगेली असाेज १२ गते । रातो तारा डट कम,
मोरङ, उर्लाबारीका युवाहरुको निजी लगानीबाट पहिलो पटक अन्तराष्ट्रिय मापदण्ड अनुसारको उर्लाबारीमा  ‘फुटसल’ सञ्चालनमा आएको छ ।

उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले आज रिवन काटेर फुटसलको उद्घाटन गर्नुभयो । उद्घाटनका क्रममा मेयर फागोले युवाहरुले सञ्चालनमा ल्याएको फुटसलको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

उहाँले नगरपालिकाले उर्लाबरीको समग्र खेलकुद विकासका लागि २५ लाख रुपैयाँ बिनियोजन गरेको बताउदैं खेलकुद क्षेत्रको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयोे । खेलकुद स्वास्थ्यको लागि मात्र नभएर राष्ट्रको गरिमा सँग जोडिएको उहाँले बताउनुभयो ।

उर्लाबारीका युवाहरु शाङ्गेहाङ तुम्बाहाम्फे, निर्मल सिक्देल, राजन वाइवा, पुनम शर्मा, इथाहाङ लिम्बू, निरज बाहेती, महेष कार्की, बिजय बानिया र बिरेन बादेको संयुक्त लगानीमा उर्लाबारी फुटसल सन्चालनमा ल्याइएको हो ।

 साढे ७ कठ्ठा क्षेत्रफलमा करिब ७० लाख रुपैयाँको लगानीमा निर्माण भएको सो फुटसल खेल मैदान १०५ फुट लामो तथा ६० फुट चौडाई रहेको सञ्चालक शाङ्गेहाङ तुम्बाहाम्फेले जानकारी दिनुभयो ।


हेटौँडा असोज १२ गते । रातो तारा डट कम, डादशैँको उपलक्ष्यमा हेटौँडा उपमहानगरपालिका वडा नं १० स्थित गोरक्षेश्वर मन्दिरमा राखिएको फूलपाती हिजो अपराह्न वडा नं २ स्थित वनस्खण्डीमा धार्मिक विधिपूर्वक भित्र्याइएको छ ।

सो फूलपाती लिन मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा नेपाली सेना र प्रहरीका उच्च अधिकृत र विभिन्न राजनीतिक दलका पदाधिकारी र भक्तजनको एक ¥यालीले गोरक्षेश्वर मन्दिरमा पुगी फूलपाती भित्र्याइएको थियो ।

सो अवसरमा नेपाली सेनाका न्याउले बाजा र नेपाल प्रहरीको ब्यान बाजाले हर्ष बढाई गरिएको थियो । बिराटनगरमा पनि पुलपाती भित्तयाइयो ।


पोखरा, असोज १२ गते । रातो तारा डट कम,
 नेकपा (माओवादी केन्द्र) कास्कीले आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएर केन्द्रमा सिफारिस गरेको छ ।

प्रतिनिधिसभा क्षेत्र नं १ मा पूर्वमन्त्री एवं प्रदेश नं ४ का इञ्चार्ज देवप्रसाद गुरुङ, क्षेत्र नं २ मा राजकाजी गुरुङ र क्षेत्र नं ३ मा रामजी बराललाई सिफारिस गरिएको पार्टीका जिल्ला नेता लालमोहन तिवारीले जानकारी दिनुभयो ।

त्यस्तै प्रदेश सभामा क्षेत्र नं १ मा झलकपाणि तिवारी र क्षेत्र नं ३ मा गंगा पोखरेलको नाम सिफारिस गरिएको छ भने बाँकी क्षेत्रको नाम आज टुंगो लगाएर सिफारिस गरिने उहाँले बताउनुभयो । 


बिराटनगर,असोज १२ गते । रातो तारा डट कम,दशैँं,तिहारलगायतका चाडपर्वलाई लक्षित गरेर मोरङमा विशेष सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।

चाडपर्व विशेष सुरक्षाका लागि जिल्लामा नौसय प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता विष्णुहरि कोइरालाले जानकारी दिनुभयो ।

चाडपर्वमा कुनै पनि अप्रिय घटना र अवाञ्छित गतिविधि नहोस् भनेर ठूलो संख्यामा २४ सै घण्टा प्रहरी परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । कोइरालाका अनुसार जिल्ला प्रशासन कार्यालय, अन्य सुरक्षा निकाय तथा सरोकारवाला संघसंस्था तथा निकायसँग समन्वय एवं सहकार्य गरेर चाडपर्व लक्षित सुरक्षा व्यवस्था मिलाइएको हो ।

यसका लागि सामुदायिक सेवा केन्द्र, टोल सुरक्षा समितिलगायतबाट जनचेतनामूलक कार्यक्रमसमेत गरिएको छ । विशेष गरेर भारतसँग सीमा जोडिएका स्थानलाई प्राथमिकतामा राखेर उच्च सुरक्षा सतर्कता अपनाइएको मोरङ प्रहरीले जनाएको छ ।

चाडपर्वलाई लक्षित गर्दै मानवीय चहलपहल र भीडभाड बढी हुने स्थानमा मोबाइल गस्ती पनि बढाइएको छ । सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको छ । प्रहरी नायब उपरीक्षक कोइरालाले विराटनगर महानगरपालिकाभित्र पाँचवटा र मोरङभरी १४ वटा मोबाइल गस्ती परिचालन गरिएको बताउनुभयो ।

त्यस्तै, मोटरसाइकल, साइकल र पैदलगस्तीको व्यवस्था पनि गरिएको छ । बैंक तथा वित्तीय संस्था, धार्मिकस्थल एवं महत्वपूर्ण प्रतिष्ठानको सुरक्षाका लागि १४ वटा अलगअलग टोली परिचालन गरिएको बताइएको छ । 


चतवन, असोज १२ गते । रातो तारा डट कम, प्रहरीको ¥यापिड रेस्पोन्स टिम (आरआरटी) परिचालन भएपछि दशैँका यात्रुलाई नारायणगढ मुग्लिक सडक यात्रामा सहज भएको छ ।

चाडपर्व केन्द्रित गरेर प्रहरीले चार स्थानबाट विशेष टिम परिचालन गरिएकाले कुनै समस्या परेको खण्डमा तत्कालै समाधान गर्ने हुँदा यातायात सहज भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिनुभयो ।


उहाँका अनुसार अहिले मुग्लिनबाट प्रवेश गरेका गाडी २ घण्टामै नारायणगढ आइपुग्ने गरेको छ । चितवनको जुगेडीबाट ट्राफिक प्रहरी, सशस्त्र प्रहरी र जनपद प्रहरी सम्मिलित दुई टोली परिचालन गरिएको छ ।

यस्तै सिमलतालबाट एउटा टोली र मुग्लिनबाट अर्काे टोली परिचालन हुने गरिएको छ । आरआरटीलाई छठपर्वसम्म निरन्तर परिचालन गर्ने पन्तले बताउनुभयो ।

चाडपर्वमा असहज नहोस् भनेर खाल्डाखुल्डी पुर्ने र नियमित पानी हालेर सवारी आवागमन सहज पारिने नारायणगढ मुग्लिक सडक आयोजनाले जनाए पनि उक्त काम भने प्रभावकारी हुन सकेको छैन । नारायणगढ मुग्लिक सडक आयोजनाका इञ्जिनियर शिवप्रसाद खनालले ठेकेदार कम्पनीबाट दशैँका बेलामा पनि १४ जनाको टोली सडकमै रहने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

भैपरिआउने समस्या प्रहरीसँग मिलेर उनीहरुले समाधान गर्नेछन् । यात्रुलाई अप्ठेरो नहोस् भनेर प्रहरीको चारवटा आरआरटीलाई सडक आयोजनामार्फत चारवटा गाडी उपलब्ध गराएको समेत खनालले जानकारी दिनुभयो । विगत १० दिनदेखि यहाँको यातायात आवागमनमा कुनै अवरोध नआएको समेत उहाँको भनाइ छ ।

गत दुई वर्षदेखि नारायणगढ मुग्लिक सडक चौडा पार्ने काम शुरु भएको छ । ६ वटा कम्पनीले तीनवटा ब्लक छुट्याएर निर्माणको काम सञ्चालन गर्दै आएका छन् । म्याद सकिएर दुई पटक समय थपिँदासमेत सडक निर्माणको काम अहिले ५५ प्रतिशत मात्रै सम्पन्न भएको छ । बर्सात्को समयमा मुग्लिक सडकमा पहिरोले यात्रुलाई प्रभावित बनाएको थियो । 



मोहन राई -संखुवासभा असोज ११ गते । रातो तारा डट कम,
पूर्वाञ्चलको प्रसिद्ध तिर्थस्थल एवं धार्मिक शक्तिपीठ संखुवासभा स्थित सिद्धकाली मन्दिरमा श्रद्धालु भक्तजनहरुले पुजा आरधाना गरी घरघरमा फुलपाती भित्रयाउन घुइचो लागेका छन् ।

स्वास्थानी ब्रतकथामा उल्लेख भएको सत्यदेवीको दाहीने आँखा पतन भएको ठाउँ सिद्धकाली मन्दिरमा परापूर्वकाल देखि नै वडादशैको नवरात्रमा नवैदिन पूजा आरधना गर्ने गरेको यस मन्दिरमा दशैको फुलपातिको दिन विहान सवेरै देखि टाढा टाढादेखि श्रदालु भक्तजनहरु हजारौको संख्यामा घुइचो लागेको थियो  ।


विशेष गरेर फुलपातिको दिन उखु, फलफुल, वेलपत्र पुरानो–चैनपुरबाट विहान सुद्धरुपमा ल्याई मन्दिरमा भगवतीको आरधना गर्दै वोका परेवा हाँस लगातको वलि दिएर पुजा आरधाना गरी फुलपाती भित्राउने गरेको मन्दिरका पुजारी टंकनाथ महन्तले वताएका छन् ।

फुलपाति पर्वको अवसरमा पञ्चैबाजागाजाका साथ स्थानीय प्रहरी कार्यालयबाट पुजाअर्चना गरेपस्चात शसस्त्र पहरी अरुण गुल्म संखुवासभा  र इलाका प्रहरी कार्यालय चैनपुरको संयुक्त टोलीले वडाइका साथ सलामी अपर्न समेत गरेको
थियो ।

आफ्नो मनोआकांक्षा पुरा हुने ,सिद्धकाली देवीको भाकल गरेपछि आफले सोचेको पुरा हुने धार्मिक विश्वास रहेकोहुँदा सबैको भक्तिभाव वडेको मन्दिर संरक्षण समितिका अध्यक्ष एवं चैनपुर नगरपालिका मेयर भरतकुमार खत्रीले वताउनु
भयो । सिद्धकाली मन्दिरलार्इृ नेपालकै प्रख्यात पर्यटकिय धार्मिक स्थलको रुपमा विकास गर्ने सोच रहेको खत्रीले वताउनुभयो ।


दिलीप पौडेल/संगम घर्ती मगर-
काठमाडौं, असोज ११गते । रातो तारा डट कम,
दुई छिमेकी मुलुकलाई जोड्ने व्यापार र पारवहनको लाइफलाइन मानिने कालीगण्डकी करिडोरमा सवारी सञ्चालनमा आएका छन् । बागलुङ खण्डमा नेपाली सेनाले ट्र्याक खोलेपछि मंगलबारदेखि औपचारिक रुपमा करिडोर सञ्चालनमा आएको हो ।

करिडोरले अब ठूला अर्थतन्त्र भएका चीन र भारतलाई जोडेको छ । चीनसँग जोडिएको कोरला नाकाबाट गाडी चढेर भारतसँगको सुनौली नाका पुग्न सकिन्छ । ट्र्याक खुलेपछि नेपाली सेनाका प्रधानसेनापति प्रधानसेनापति राजेन्द्रबहादुर क्षेत्री र सांसद प्रकाश शर्मा पौडेलले मंगलबार संयुक्त रुपमा उद्घाटन गर्दै करिडोरमा सवारी साधन सञ्चालन सुरु गरेका हुन् ।

बागलुङ खण्डमा बाँकी रहेको २६ किलोमिटरमा नयाँ ट्र्याक निर्माण भएपछि सवारी गुडाउन सुरु गरिएको हो । अब कोरलादेखि सुनौलीसम्मको तीन सय ४५ किलोमिटर सडकमा सजिलै सवारी गुड्छन् ।

भारतसँग जोडिएको सुनौली नाकाबाट पाल्पा, गुल्मी, बागलुङ, म्याग्दी, मुस्ताङ हुँदै चीनसँग जोडिएको कोरला पुग्न सकिन्छ ।  करिडोर आर्थिक विकासको मेरुदण्ड भएको सांसद पौडेलले बताए ।

 निर्माण व्यवसायीले गर्न नसकेको काम सेनाले गरेको छ,’ पौडेलले भने, ‘आर्थिक समृद्धि भएका दुई मुलुकसँगबाट हामीले फाइदा लिनुपर्छ ।’ यो करिडोरलाई स्तरोन्नति गर्दै १० मिटर चौडा बनाउन बागलुङ खण्डको लागि ३५ करोड र गुल्मी खण्डको लागि २५ करोड रुपैयाँ प्रस्ताव गरिएको पौडेलले बताए ।

ठूला भीर–पहरा भए पनि जोखिम मोलेर ट्र्याक खोलेको नेपाली सेनाको निर्माण कार्यदलका सहायक रथी उद्धब विष्टले बताए । ‘सरकारले दिएको जिम्मेवारी निर्धारित समयमा पूरा गरेका छौं,’ विष्टले भने, ‘थप बजेट उपलब्ध गराए स्तरोन्नतिको काम पनि अघि बढाउछौं ।’


रबिन्द्र बराल रंगेली माेरङ,असाेज ११ गते । रातो तारा डट कम,माेरङकाे रंगेली नगरपालिका ७ स्थित रंगेली  बिराटनगर सडक खन्ड अन्तर्गत  अस्थाई चेक पाेष्ट नजिकै रहेको कल्भट बिगत एक महिना अगाडि अाएकाे बाडिले केही क्षेती पुगाएता पनि हाल सम्म मर्मत संम्भार नहुदा, स्थानीय लाई समस्य परेको छ ।   यो देखाइएका जस्ता खाल्डाखुल्डी धेरै
भएरै यहाँ जनगुनासो बढन थालेको हो ।

रंगेली नगरपालिका काे मुख्य बजार नजिकै यस्तो खाल्डो रहेता पनि नगरपालिका ले भने डेढ महिना बितिसक्दा  समेत मर्मत नगर्दे स्थानीयले सास्ती भाेगनु परेको छ ।  त्यस बाटो अावत जावत हुने  पाैदल यात्रु साईकलमाेटरसाईकल,ट्रयाक्टर यात्रवहाक बस लाई भने बडी समस्या परेको छ ।

दशैमा भक्तजन र मेला भर्न  अाउने सर्वसाधारण हरुलाई हिडन असहज नहाेस भनेर  नगरपालिकाले रंगेली चाेक देखी अस्पताल जाने सडक खन्ड भने३ दिन भित्र राम्रो बाटाे निमार्ण गरेको छ ।  तर हुलाकी राजमार्ग मा पर्ने खाल्डो मा भने रंगेली नगरपालिकाले त्यस तर्फ  ध्यान नदिएकाे स्थानीय बासी गुनासो रहेकोछ।


काठमाडौँ, असोज ११ गते । रातो तारा डट कम,
 नेपाल राष्ट्र बैंकले कर्मचारीको तीसवर्षीय कार्यकाल सीमा हटाएर ५८ वर्ष उमेर कायम गरेको छ ।

बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले तीसवर्षीय कार्यकालको व्यवस्था हटाएर थप रायसल्लाहका लागि लोक सेवा आयोगलाई पठाउने निर्णय गरेको प्रवक्ता नारायण पौडेलले जानकारी दिनुभयो । बैंकमा कार्यरत कर्मचारी भने ३० वर्षीय सेवावधि हटाउन नहुने पक्षमा थिए ।

निजामती सेवामा कर्मचारीको उमेर हद ५८ वर्ष रहेकाले समान बनाउने लक्ष्यका साथ बैंकले उक्त निर्णय गरेको हो ।
कर्मचारीको मागको सुनुवाइ गर्न बैठकले सञ्चालक समिति सदस्य रामजी रेग्मीको संयोजकत्वमा दुई डेपुटी गभर्नर र प्रवक्ता पौडेल सदस्य रहेको समितिसमेत गठन गरेको छ ।

उमेर हद हटाउँदा कर्मचारीको वृत्ति विकासमा पर्ने असरको न्यूनीकरणका लागि अध्ययन गर्न गठित समितिले राष्ट्र बैंकको प्रस्तावित संघीय संरचनाबारे पनि आवश्यक सुझाव दिनेछ ।


सिन्धुली असोज ११ गते । रातो तारा डट कम,दशैँतिहारमा अनिवार्य जस्तै बनेको पिङ हाल्ने चलन पछिल्लो समय लोप हुँदै गएको छ । जिल्लाका हरेक गाउँ बस्तीका टोलटोलमा हालिने र खेलिने पिङ लोप हुँदै गएको हो । “वर्षमा एक दिन धर्ती छाड्नुपर्छ” भन्ने मान्यताका साथ पिङ हाल्ने र दशैँमा पिङ खेल्ने चलन विगतमा थियो । हिजोआज भने आधुनिक जीवनशैलीसँगै नेपाली यस्ता संस्कृति विस्तारै हराउँदै गएका छन् ।

संस्कृतिकै रुपमा विकास भएका पिङको संरक्षणका लागि स्थानीय संस्था तथा व्यक्तिले चासो नदेखाएको स्थानीयवासी बताउँछन् । पिङ किशोर, युवादेखि वयस्कसम्म सबै लिङ्गका मानिसको रुचिको विषय हो । एउटा पिङले भएन भनेर छ सात वर्षअघिसम्म टोलटोलमा पिङ हाल्ने चलन थियो तर अहिले एउटा पिङ पनि बल्लबल्ल मिलेर बाटेको कमलामाई नगरपालिका–३ जलकन्याका युवा रमेश बुढाथोकीले बताउनुभयो । “आफ्नो गाउँमा पिङ हाल्ने र खेल्ने शैली अब गीतमा मात्र सुन्न पाउने भयो”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार विगतमा तीज तथा दशँैतिहारमा हाल्ने गरेका पिङ अब वर्षेनी लोप हुँदै गइरहेका छन् । “युवा भेला भई हरियो खर काटेर बलियो पिङ बनाउने प्रतिस्पर्धा गर्ने चलन रहेकामा अहिले युवा गाउँमा छैनन्, अग्रजले पनि यसमा चासो नदेखाएको जस्तो लाग्छ” उहाँले भन्नुभयो ।

पछिल्लो समयमा खरले बाटेका पिङ पनि लोप हुँदै गइरहेका छन् पछिल्लो पुस्ता त काठेपिङसमेत देख्न पाएनन् । साविकका गाविसका प्रत्येकजसो वडामा पिङ बाट्ने चलन थियो, तिजमा मात्र हैन दशँै र तिहारको अवसरमा पिङ राख्ने प्रचलन पनि अहिले आएर लोप भएको छ ।

विगतको समयमा समुदायका सबै जना जुटेर पिङ लगाएर मच्चाउँदै रमाइलो गरिने भए पनि आजभोलि लिंगे पिङ तथा रोटे पिङ लोप हुने अवस्थामा पुगेको स्थानीयवासी मेखबहादुर अधिकारीले बताउनुभयो । “पिङ खेल्ने रहर धेरै छ, आफू मात्र भएर भएन, रहर भएर मात्र के गर्नू, पिङ हाल्ने जनशक्तिसमेत गाउँमा पाउन छाडिसके” उहाँले गुनासो गर्नुभयो ।

तीन पाटन गाउँपालिका–१ बेलघारीका नवराज दाहाल सानामा चच हुई चच हुई गरी मच्चाएको सम्झना गर्नुहुन्छ । कमलामाई नगरपालिका–४ साङ्बालेका ६७ वर्षीय खम्बबहादुर ढकालले भन्नुभयो, “आफूलाई पिङ खेल्ने रहर धेरै छ आफू बूढो भइयो सकिँदैन रहर भएर मात्र के गर्नू रु ” उहाँसँग सानो छँदा काठले बनाएको चर्खे (रोटे) पिङ खेलेको अनुभव छ । उहाँले साथीभाइसँगै लाम लागेर चर्खे पिङ खेलेको अनुभव बताउँदै पछिल्लो २० वर्षयता भने त्यस्तो पिङ खेल्ने त परैको कुरा देख्नसमेत नपाएको बताउनुभयो ।पछिल्ला पुस्ताका युवाले परम्परागत संस्कार संस्कृतिलाई जगेर्ना गर्नुभन्दा पनि आधुनिक मनोरञ्जनका विकल्प रोज्नाले पिङजस्तो मौलिक मनोरञ्जनको साधन ओझेलमा परेको हो ।

दशैँ र तिहारका बेला चाडपर्वमा मात्रै गाउँघरमा जुट्ने युवालाई चर्खे पिङ बनाउने फुर्सद र सीप पनि छैन । पिङ लोपोन्मुख भएकामा बूढापाका भने चिन्ता व्यक्त गर्छन् । नेपाली मौलिक परम्परा तथा संस्कृति युवा पुस्तामा हस्तान्तरण गर्न नसक्दा आफैँले संस्कृतिको लोप भएको देख्नुप¥यो भनी बूढापाका भन्छन् । बेरोजगारीका कारण युवा गाउँमा नबस्दा पिङ बनाउने संस्कृतिसँगै बडादशैँक बेला गाउँका बाटा, पाटी पौवा, सार्वजनिकस्थल सरसफाइ गर्ने परम्परासमेत हराउँदै गएको
छ । 


चितवन,असोज ११ गते । रातो तारा डट कम,नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अनियमितता,भ्रष्टाचार र जनताको स्वास्थ्यसँग खेल्ने अधिकार कसैलाई नरहेको बताउनुभएको छ ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको १८ आै वार्षिकोत्सव तथा १३ औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस २०७४ का अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले स्वास्थ्य क्षेत्रमा सानो त्रुटिका कारण मानिसको ज्यानै जान सक्ने भएकाले मानवीय संवेदनामा कसैले खेल्न नपाउने बताउनुभयो ।

स्वास्थ्य संस्था धराशायी बनाउने अधिकार कसैलाई छैन भन्दै उहाँले त्यस्तामाथि कारबाही गर्नुपर्ने बताउनुभयो । अस्पताललाई दक्षिण एशियाको नमुना अस्पताल बनाउन र स्वास्थ्य पर्यटनको विकास गर्न संकल्प र इच्छाशक्ति हुनुपर्ने सुझाव उहाँले दिनुभयो ।

कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले स्वास्थ्य क्षेत्र सुधारका लागि कर्मचारीको संकल्प आवश्यक छ भन्दै अत्याधुनिक उपकरण भित्र्याउनुपर्ने बताउनुभयो । नेपाली काँग्रेसका नेता थापाले आउँदो सात वर्षभित्र देशका सरकारी अस्पतालमा उच्च गुणस्तरका रु ४० अर्बभन्दा बढीको उपकरण भित्र्याउनुपर्ने बताउनुभयो ।


सो अवसरमा अस्पताल सञ्चालक समितिका अध्यक्ष डा प्रकाशचन्द्र न्यौपाने र कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यले अस्पतालका प्रगति, समस्या र भावी कार्यक्रमका बारेमा जानकारी दिनुभएको थियो । सोही अवसरमा अस्पतालको नवनिर्मित भवनमा ८० शय्या सञ्चालनको शुभारम्भ गरिएको थियो ।

अस्पतालमा बिरामीको चाप बढेसँगै शय्या विस्तार गरिएको
छ । दुई सय शय्याको निर्माणाधीन भवनको काम सम्पन्न भएको स्थानमा आजदेखि थप ८० शय्या सञ्चालनमा ल्याइएको हो । यससँगै अस्पतालको शय्या २७४ पुगेको छ । कार्यक्रममा पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको थियो ।

सांसद अञ्जनी श्रेष्ठ र गीता वाग्ले, भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल, अस्पतालका पूर्वअध्यक्ष गंगाप्रसाद उप्रेती, काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, माओवादी केन्द्रका जिल्ला इञ्चार्ज ईश्वरी भट्टराई,राप्रपा (प्रजातान्त्रिक)का जिल्ला सभापति बद्री तिमिल्सिना, प्रजिअ नारायणप्रसाद भट्ट, अस्पताल सञ्चालक समितिका सदस्य दिनेश कोइराला, अस्पतालको चाइनिज मेडिकल टिम लिडर डा युअन हावजुन, अस्पताल सञ्चालक समितिका पूर्वअध्यक्ष डा गिसुपनिख प्रसिको, क्यान्सर सेवा समाजका अध्यक्ष श्याम लामिछानेलगायतले बोल्नुभएको थियो ।


उर्लाबारी असोज ११ गते । रातो तारा डट कम,
पीकअप भ्यानको ठक्करबाट मोरङको उर्लाबारीमा हिजो दिउसो एकजनाको मृत्यु भएको छ ।

उर्लाबारी इटहरा सडकखण्ड अन्तर्गत उर्लाबारी –९ स्थीत गुरुङ चोकमा उर्लाबारीबाट दक्षिण तर्फ जाँदै गरेको मे ६ प ६०० नम्बरको मोटरसाइकललाई उत्तर आउँदै गरेको मे १ ज १९१४ नम्बरको पीकअप भ्यानले ठक्कर दिँदा दुर्घटना भएको हो ।

ठक्करबाट मोटरसाइकल चालक रतुवामाइ नगरपालीका १० बस्ने ४० बर्षिय मदन आचार्यको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । दिउँसो अन्दाजी साढे २ बजे भएको दुर्घटनामा गम्भिर घाइते आचार्यको उपचारका क्रममा दिउँसो ३ बजे अरनिको अस्पताल उर्लाबारीमा मृत्यु भएको हो । 

दुइवटै सवारी प्रहरी कार्यालय उर्लाबारीकोे नियन्त्रणमा रहेको र पीक अपका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।


उर्लाबारी,असोज,१० गते । रातो तारा डट कम,मोरङको पथरीशनिश्चरे ३ स्थित वीरेन्द्रनगर क्रिकेट क्लबले आगामी असोज १९ देखि ३१ गतेसम्म वीरेन्द्रनगर च्यालेन्ज कप क्रिकेट प्रतियोगिताको सातौं संस्करण आयोजना गर्ने भएको छ ।

मोरङको जिल्ला सदरमुकाम विराटनगर बाहिर हुने प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीका खेलाडीहरू समेत सहभागी हुने पक्का भएको छ । मेहवुब आलम, पुष्प थापा, विधान गोश्वामी, सिद्वान्त लोहनीजस्ता खेलाडीहरू सहभागी हुने प्रतियोगितामा झापा, मोरङ र सुनसरीका १६ टिमले सहभागिता जनाउने मंगलबार आजोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

प्रतियोगिताका विजेतालाई ५१ हजार नगद सहित ट्रफि र मेडल तथा उप बिजेतालाई ३१ हजार नगद, ट्रफि र मेडल प्रदान गरिने प्रतियोगिता आयोजना गर्न साडे ४ लाख रुपैयाँ खर्च हुने खेल संयोजक हेमन्त ओझाले बताए ।

२० ओभरमा खेलाइने प्रतियोगितामा सहभागि हुने टिम २२ भन्दा बढी आए पनि ब्यवस्थापन चुनौतिपूर्ण भएकाले १६ टिमलाई मात्र सहभागि गराउन लागिएको अध्यक्ष राजेश कुइकेलले बताए । उनले गाउँमा भए पनि क्रिकेटको ‘चार्मिङ’ उच्च भएको बताए । ‘७ वर्ष यता हामी निरन्तर प्रतियोगिता आयोजना गरिरहेका छौं । सरकारी सहयोग छैन । सहभागि टिमबाट सहभागिता शुल्क ५ हजार संकलन गरी प्रतियोगिता गर्नु परेको छ’ कुइकेलले भने ।

प्रतियोगिता सञ्चालनका लागि पथरीशनिश्चरे नगरपालिकाले १ लाख रुपैयाँ सहयोग गर्ने उनको भनाई छ ।


बिराटनगर,असोज १० गते । रातो तारा डट कम,प्रेस सेन्टर बिराटनगरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आपुर्तिमन्त्री शिवकुमार मण्डलले नेपाल आयल निगम द्वाराजग्गा खरिद गरिएको प्रकरणको सम्बन्धमा मन्त्रालयद्वारा अनुसन्धान प्रक्रिया सकि गोपाल खडकालाइ बर्खास्त गरेर अख्तियार मार्फत कार्यवाही अगि बढाइएको बताउनु भयो ।

नेपाल आयल निगममा अहिलेको अवस्थामा इन्धन पेट्रोलियम पदार्थ २ दिन लाई मात्र पुग्ने स्टक राख्न सक्ने क्षेमता भएकाले कम्तिमा ९० दिन सम्म स्टक राख्न सक्ने क्षेमताको लागि प्रदेशै पिछे सरकारको निणर्य अनुसारनै जगाखरिद गरिएको थियो ।

भोलिबाट नेपालीहरुको बडादशै सुरु हुने भएकाले दैनिक उपभोग्य बस्तुको अभाव नहोस भनेर अनुगमनलाई बढाइएको र त्यस्तो पाइएको खण्डमा कानुनी कार्यवाही गरिने जानकारी गराउनु भयो ।

अहिले देशभरी कुरा गरे पनि हुन्छ पिउने पानी खानेकुरा सबैमा मिसावट भएकाले यसलाइ पनि कसरी कार्यवाहीको दायरामा ल्याउने भनेर मन्त्रालयले काम अगि बढाएको जानकारी गराउनुभयो ।

केहि नेताहरुले १ न प्रदेशको राजधानीका बारेमा बिवादित कुरा बोलेर राष्ट्रिय बहसको बिषय बनाए पनि यो प्रदेशको राजधानी बिराटनगर नै हुनु पर्छ भन्नु भयो ।

काठमाण्डौको दरवार मार्ग घटनालाई सबैले बुइोका छन, छानबिन अनुगमन एउटाले गर्ने अनि कालो बजारी गर्नेलाइ कारवाही अकैले गर्ने भएकाले कानुन फितलो भएकै कारण एक हप्तामा छाडिएको र त्यस्ता कालोबजारी अब नगर्ने सर्थमा कारोवार फुकुवा गरिएको जानकारी गराउनु भयो ।

स्वतन्त्र पत्रकार तेजेन्द्र बहादुर भण्डारीले सोधेका प्रश्नको जवाफ दिदै मन्त्री मण्डले भन्नुभयो, यो क्षेत्रको बिकासको लागि बिराटनगर रंगेली उर्लाबारी, पथरी, बेलवारी, इटहरी,


हुदै  बिराटनगर सम्मको रिङ रोडको अवधारणले रोजगारी शहरी क्षेत्रको बिकास हुने र यातायातले ठाउँपाउने भएकाले यो कुरा लागु गर्न हामी सबै लाग्नु पर्छ भन्नु भयो ।


बिराटनगर,असोज १० गते । रातो तारा डट कम,सुमीत खड्काको स्वदेश र सपना भन्ने गीति एल्वमको सयुक्तरुपमा बिमोचन गर्दै कार्यक्रमका प्रमुख अतिथि मोरङका प्रमुख जिल्ला अधिकारी राम प्रसाद आचार्यले भन्नु भयो-यो कार्यक्रमले मैले २५ वर्ष अगाडि बिराटनगरमा पढदाको याद दिलायो, त्यतिखेर देखि आज सम्म सुमीतले गाएन क्षेत्रलाई छाडेको छैनरहेछ, त्यसैले पनि वहालाई बधाइ छ भन्नु भयो ।

गीत संगितले मानिसलाई बिउजाइ दिन्छ, र मरिसकेका यादहरुलाई जिवन्त राख्ने काम गर्छ, यो राम्रो कुरा हो, वहाको सफल्ताको कामना गर्दछु भन्नुभयो ।

कार्यक्रमलाई सुमीत खडकाले बीच बीचमा गीत गाएर उपस्थित मानुभावहरुलाई  उर्जा थपिरहेका थिए, कार्यक्रम ज्यादै राम्रो थियो,त्यसैले रातो तारा डट कम,को तर्फबाट पनि वहालाई सफल्ताको कामना गर्दछौ ।

समाज सेबी दिनबन्धु गोयलले पनि आफ्ना
भनाइ राख्दै सुमीत लाई सल्ताको कामना गर्दै
बधाई दिनु भयो।

कवी साहित्यकार ख्यम नेपालीले पनि बोल्दै,सुमीतको सफल्ताको कामना गर्नु भएको थियो ।
नेपाल पत्रकार महासंघ मोरङका सभापति बन्धु पोखरेलले सुमीतको सफल्ताको कामना गर्दै, वहालाई बधाई दिनुभयो । कार्यक्रम मिना श्रेष्ठको सभापतित्वमा भएको थियो ।

काठमाडौँ, असोज १० गते । रातो तारा डट कम,
व्यवस्थापिका–संसद्, विकास समितिले एक वर्षभित्रमा प्रत्येक वडामा इन्टरनेट सेवा पु¥याउन निर्देशन दिएको छ ।

सिंहदरबारस्थित समितिको कार्यालयमा आाज बसेको बैठकले मुलुक संघीय प्रणालीमा गइरहेको अवस्थामा स्थानीय तहको शीघ्र विकासका लागि सूचना प्रविधिको विकास अनिवार्य भएको भन्दै आगामी कात्तिक १५ गतेसम्म नेपालको प्रत्येक गाउँमा सञ्चार सेवा पु¥याउन सम्बन्धित निकायलाई निर्देशन दिएको हो ।

दुई वर्षभित्रमा गाउँ गाउँमा तीव्र गतिको इन्टरनेट सेवा पु¥याउने सरकारको उद्देश्य रहे पनि काममा ढिलाइ भएको भन्दै समितिले जतिसक्दो चाँडो काम सम्पन्न गर्न निर्देशन दिएको थियो । अब एक वर्षभित्रमा गाउँ गाउँमा इन्टरनेट पु¥याउने उद्देश्यले अप्टिकल फाइबर विस्तारलाई तीव्रता दिइएको नेपाल दूर सञ्चार प्राधिकरणले जनाएको छ ।

“नेपालका ७५३ वटै स्थानीय तह, सामुदायिक विद्यालय, सार्वजनिक अस्पताललगायत दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा समेत ग्रामीण दूरसञ्चार कोषलाई उयोग गरी गुणस्तरीय टेलिफोन पु¥याउन समितिले निर्देशन दिए पनि उच्च गतिमा काम हुन नसकेपछि आज पुनः निर्देशन दिइएको छ”, समितिका सभापति रवीन्द्र अधिकारीले भन्नुभयो ।

देशको ग्रामीण र दुर्गम क्षेत्रमा ब्रोडब्याण्ड इन्टरनेट सेवा पु¥याउने उद्देश्यले १, २ र ३ गरी तीन वटा प्रदेशअन्तर्गत मध्यपहाडी लोकमार्ग तथा जिल्लामा अप्टिकल फाइबर केवल ओछ्याउन नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच सम्झौता भएको एक वर्ष भइसकेको छ । तर टेलिकमले सोचेअनुसारको काम गर्न नसकेको समितिको ठहर छ ।

सोही अवसरमा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले अप्टिकल फाइबर विस्तारमा ढिलाइ भएकाले यसलाई द्रुत गतिमा अगाडि बढाउन निर्देशन दिइसकिएको र मुलुकका विभिन्न स्थानमा देखिएको टेलिकमको नेटवर्कको समस्यालाई जतिसक्दो चाँडो समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

एक वर्षभित्रमा गुणस्तर वृद्धि, शुल्कमा पारदर्शिता र आधुनिक प्रविधिको प्रयोग गरी सेवा सञ्चालन गर्नसमेत समितिले टेलिकमलाई निर्देशन दिएको छ । पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व मन्त्रीद्वय हितराज पाण्डे र शान्ता मानवीले दूर सञ्चार ऐन संशोधनमा जोड दिनुभयो ।

टेलिकमले प्रदेश नं १, २ र ३ का लागि पाँचथरको चिरुभञ्जाङदेखि गोरखाको आरुघाटसम्म अप्टिकल फाइबर बिछ्याउनुपर्नेछ ।

ग्रामीण क्षेत्रका सामुदायिक विद्यालय, क्याम्पस, स्वास्थ्य चौकी, कृषि केन्द्र, पर्यटकीय केन्द्र, प्रत्येक वडालगायत सबै सार्वजनिकस्थलमा सूचना तथा सञ्चारको पहुँच पु¥याउने उद्देश्यले प्राधिकरणको २०७३ जेठ ३१ को बैठकबाट ग्रामीण दूर सञ्चार विकास कोषलाई उपयोग गर्ने निर्णय भएको थियो ।

प्रदेश नंं ४ र ५ मा अप्टिकल फाइबर पु¥याउन २०७४ वैशाखमा दूर सञ्चार प्राधिकरण र युनाइटेड टेलिकम ९युटिइल० बीच रु दुई अर्ब एक करोडको सम्झौता भएको छ । त्यसैगरी ६ र ७ नं प्रदेशमा स्मार्ट कम्पनीले जिम्मेवारी पाएको छ । सो कार्य पूरा गर्न करिब रु तीन अर्ब ९४ लाख बजेट रहेको प्राधिकरणले जनाएको छ ।

आव २०७४÷७५ मा सूचना तथा सञ्चार क्षेत्रलाई सरकारले रु चार अर्ब ९८ करोड बजेट विनियोजन गरेको छ । आव २०७३÷७४ मा रु चार अर्ब नौ करोड विनियोजन गरिएको थियो । सबै जिल्लामा दुई वर्षभित्रमा तीव्र गतिको इन्टरनेट सेवा विस्तार गरी ब्रोडब्यावण्ड इन्टरनेट सेवा प्रभावकारी बनाउने विषय आव २०७४÷७५को बजेटमा मा उल्लेख छ ।

टेलिकमको कूल ग्राहक आधार रु एक करोड ७६ लाख दुई हजार २०२ छ । त्यसैगरी टेलिकमको डाटा÷इन्टरनेट ग्राहक आधार रु ८४ लाख २५ हजार ८९४ पुगेको छ । गाउँ गाउँमा इन्टरनेट पुगेपछि कम्तीमा दुई वर्षसम्म निःशुल्क गर्ने व्यवस्था गरिएको प्राधिकरणका अध्यक्ष दिगम्बर झाले जानकारी दिनुभयो ।

काठमाडौँ, असोज १० गते । रातो तारा डट कम,
जनवादी गणतन्त्र चीन स्थापना भएको ६८ औँ वार्षिकोत्सवको अवसरमा  नेपालस्थित चिनियाँ दूतावासले विशेष समारोहको आयोजना गरेको छ ।

सो अवसरमा सभामुख ओनसरी घर्तीमगर, उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार, उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ, गृहमन्त्री जनार्दन शर्मा, सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतलगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी, समारोहमा राजनीतिक दलका नेताहरुमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीमबहादुर रावल, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, डा प्रकाशशरण महत, डा रामशरण महत, नेकपा ९माओवादी केन्द्र० का नेता नारायणकाजी श्रेष्ठ, नेकपा ९माले० का महासचिव सीपी मैनाली, नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईसहित विभिन्न राजनीतिक दलका नेताको उपस्थिति थियो ।

समारोहमा सुरक्षा निकायका प्रमुखहरु, प्राज्ञ, कलाकार, व्यवसायी, पत्रकारलगायतको उपस्थिति थियो । सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत यू होङले नेपाल–चीन दौत्य सम्बन्ध स्थापना भएको ६२ औँ वर्ष अत्यन्तै सुमधुर, पारस्परिक सद्भाव, विश्वास, एकअर्काबीच सार्वभौमिकताप्रतिको सम्मान दुवै मुलुकबीच न्यायपूर्ण सम्बन्धको कडी भएको बताउनुभयो ।

उहाँले ‘वान बेल्ट वान रोड’ को समझदारी पत्रमा हस्ताक्षर, नेपालका बाढीपीडितलाई चिनियाँ सरकारबाट रु १० लाख अमेरिकी डलर सहयोगलगायत थुप्रै समझदारीपत्रमा हस्ताक्षर हुनुले नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्धको पुष्टि गर्ने उल्लेख गर्नुभयो । 


बिराटनगर असोज १० गते । रातो तारा डट कम,विराटनगर जुट मिल सञ्चालन गर्न आर्थिक समस्या भएको छ । मिल सञ्चालन गर्न रु १० करोड बजेट आवश्यक भएपनि अहिलेसम्म सरकारले बजेट उपलब्ध गराउन सकेको छैन । मिल सञ्चालनका लागि कच्चा पदार्थ खरिद गर्नुपर्ने भएकाले उक्त रकम आवश्यक परेको हो ।

सरकारले बजेट उपलब्ध गराउन आश्वासन दिएपनि अहिलेसम्म पठाउने कुनै चाँजोपाँजो नगरेको उक्त मिलका निर्देशक राजेन्द्र कार्कीले बताउनुभयो । मिल संञ्चालनका लागि मेसिन मर्मतको काम अन्तिम चरणमा छ । विराटनगर जुट मिल पूर्णरुपमा सञ्चालन भए करिब चार हजार जनाले रोजगारी पाउने सम्भावना छ । सो मिलबाट दैनिक ४५ टन जुटजन्य सामान उत्पादन हुनेछ ।

विराटनगर जुट मिल अहिले ऋणैऋणमा डुबेको छ । जुट मिललाई अहिले साँवा, ब्याज र ब्याजको स्याजसमेत गरेर रु तीन अर्ब २० करोड ऋण पुगेको छ । यी तमाम् समस्याका बीच सञ्चालक समितिले जुट मिललाई सञ्चालन गर्नका लागि अहिले मेसिन मर्मतको कामलाई तीव्रता दिएको छ ।

मिल सञ्चालनका लागि आएको प्रविधिक टोलीका एकजना प्राविधिक आमोद पोखरेलका अनुसार मिल मर्मतको काम अन्तिम चरणमा रहेकाले मंसिरदेखि मिल सञ्चालनमा आउने बताउनुभयो । मुलुककै जेठो जुट मिल सञ्चालनका लागि पूर्व तयारीस्वरुप उपकरणको मर्मत जारी छ । मिलका मेसिन तथा पार्टपूर्जाको इन्जिनियर सौरभ विष्ट नेतृत्वको प्राविधिक टोलीले मर्मत शुरु गरेको हो ।

मिलको मर्मत सम्भारपछि आगामी मंसिरदेखि जुटका सामग्री उत्पादन गर्ने लक्ष्य रहेको छ । व्यवस्थापन समितिका अनुसार मिलमा ७० प्रतिशतभन्दा बढी मेसिन तथा पार्टपूर्जा मर्मत गर्नुपर्ने अवस्था छ । प्राविधिक टोलीले करिब दुई महिनामा मर्मतको काम सक्ने बताइएको छ । करिब रु १० करोड लागतमा आधुनिक पाटपूर्जा जडान गरिने व्यवस्थापन समितिले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणले मिल सञ्चालन गर्न आवश्यक पर्ने ३३ केभिए विद्युत् प्रसारण लाइन जडान गर्न स्वीकृति दिएको छ । तर आर्थिक समस्या रहेको जुट मिलका निर्देशक कार्की बताउनुहुन्छ । लामो समयको विवादसँगै आर्थिक अपचलनका कारण समस्यामा परेको विराटनगर जुट मिल फेरि सञ्चालनको तयारीमा छ । 


काठमाडौँ, असोज १० गते । रातो तारा डट कम,
त्रिविवि चिकित्सा शास्त्र अध्ययन संस्थानका प्रा डा गोविन्द केसीले पाँच सूत्रीय माग राखी पुनः सत्याग्रह ९अनशन० शुरु गर्नुभएको छ ।

महाराजगञ्जस्थित सो संस्थाको हाताभित्र पत्रकार सम्मेलन गरी डा केसीले आफ्नो १२ औँ अनशन आजदेखि शुरु गर्नुभएको हो । सरकारले आजै व्यवस्थापिका–संसद्बाट बहुचर्चित एवं बहुप्रतिक्षित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७४ लाई संशोधन नगरी पारित गर्न लागेको भन्दै उहाँले अनशन शुरु गर्नुभएको हो । यस अघि यही असोज २० गतेदेखि सत्याग्रह कार्यक्रम शुरु हुने भनिएको थियो ।

उहाँका मागमा माथेमा प्रतिवेदन र आफ्ना सुझावलाई समेत समावेश गरी चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने, सरकारले निर्धारण गरेअनुसार नै काठमाडौँ विश्वविद्यालयले एमबिबिएसको शुल्क लिनुपर्ने, त्रिविवि पदाधिकारीलाई पदबाट बर्खास्त गर्नुपर्ने रहेका छन् ।

यसैगरी, अन्य मागमा हालै बर्खास्त गरिएका नेपाल आयल निगमका कार्यकारी प्रमुखमाथि छानबिन गरी हिनामिना गरिएको भए सो रकम उसुलउपर गर्नुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पठनपाठन तत्काल शुरु हुनुपर्ने, देशका विभिन्न भागमा मेडिकल कलेज स्थापना गर्ने कार्य अगाडि बढाउनुपर्ने र नेपाल चिकित्सक संघले उठान गरेका माग पूरा गर्नुपर्ने रहेका छन् । डा केसीले विगतमा आफूले उठान गरेका माग सम्बोधन नभएको बताउँँदै आउनुभएको छ । 


मोरङ,असोज ९ गते। रातो तारा डट कम,(प्रहरी समचार)
लागूऔषध नियन्त्रण गर्ने अभियान अर्न्तगत इलाका प्रहरी कार्यालय रानीले मोरङको जहदा गाउपालिका-३ बाट  सोमबार १४ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जहदा गाउपालिका-३ बबनटोल बस्ने २६ बर्षिय रामेश्वर राजवंशी, ५८ बर्षिय कगज राजवंशी र सोही ठाउँका ४५ बर्षिय राजु मुखिया रहेका छन्।

उनीहरुलाई उक्त कार्यालयबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाका आधारमा विहान ९ बजे पक्राउ गरेको हो। प्रहीले उनीहरुले प्रयोग गरेको को ३ प ३२८० नम्बरको मोटरसाइकल सहित तीनै जनालाई  इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भइरहेको छ।

यस्तै सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले भारत अररिया बस्ने १९ बर्षिय मोहमद सेहेनले भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको ९ हजार मुल्य बराबरको बोइलर कुखुरा बरामद गरेको छ। बरामद कुखुरा आजै पशु क्वारेन्टाईनमा बुझाएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ।


(फाएल फोटो)
रबिन्द्र बराल रंगेली ,माेरङ असाेज ९ गते । रातो तारा डट कम
ईलाका प्रहरी कार्यलयले दशै तिहार लाई लक्षिङ गरि रंगेली तथा मातहतका विभिन्न सीमा नाकाकाबाट अवैध रुपमा हुने भन्सार छली,चोरी निकासी एवम् पैठारी नियन्त्रण गर्ने भएको छ।

 पैठारी नियन्त्रण गर्ने उद्देश्यअनुरुप ईलाका प्रहरी कार्यालय रंगेलीले नेपाल बाट भारत तर्फ  अबैध रुपमा लैजान लागेकाे  ७ बटा गाई बरामद गरेको छ । को. १ च. ९४७० नंम्वर को पिकअप गाडीमा  ६ बटा गाेरु र १ हाली लैजान लागिएको  गाई बरामद गरेको छ । अाईतबार  राती ८ बजे  रंगेली नगरपालिका -४ बाट  ६ थान गोरू ,१ थान गाई बरामद गरेको प्रहरीले जनाएको छ ।

 सबारी चालक रंगेली-८ बस्ने बर्ष २९ का ताकिर शेख  सहित ७ थान चौपाया  सहित साेमबार  बिराटनगर स्थित भन्सार कार्यालय बुझाईएको ईलाका प्रहरी कार्यलय रंगेली का प्रमुख सन्जिव बाबू खड्काले जानकारी दिनुभयो ।


रबिन्द्र बराल रंगेली,माेरङ असाेज ९ गते । रातो तारा डट कम,
हिन्दु हरुकाे महान चाडपर्व बिजया दशमी  दशैंको अवसर पारेर रंगेली नगरपालिका ७ मा रहेको मिनिल्यान्ड ईङलिस बाेडिङ स्कुलमा प्रत्येक बर्ष झै यो वर्ष पनि  स्कूलमा दशै विशेष कार्यक्रम आयोजना गरेको छ ।

स्कूलमा अध्ययरत साना विद्यार्थीहरुलाई शिक्षकहरुले टिका र आर्शिबाद दिएर स्कूलले दशै साेमबार मनाएको हो ।
मिलिल्यान्ड  स्कूलका मन्टेश्वरी र कक्षा १० सम्ममा  अध्ययरत ७ सय ५० जना विद्यार्थीहरुलाई स्कूलका प्रिन्सिपल बिकर्ण कार्की सहित अन्य शिक्षक तथा शिक्षीकाहरुले दशैको टिका लगाइ दिएका थिए ।

‘चार्डपर्व भित्रिएको हुनाले बिधालयमा अाफुले  दशैकाे कार्यक्रमम राखेकाे स्कूलका प्रिन्सिपल कार्कीले  भने, ‘विद्यार्थीलाई दशैको अनुभूति दिलाउन स्कूलमा दशै कार्यक्रम राखेका हौं ।’

उनका अनुसार प्रत्येक वर्ष दशैको अगाडि यस्तो कार्यक्रम राख्ने गरेको बताउनु भएको छ  । त्यसै गरि बिधालय काे बिधार्थिहरुले विभिन्न बालगित,तथा अन्य गितमा बालबालिका हरुले नृत्य समेत गरेका थिए ।

सोही अवसरमा स्कूलले अभिभावक बीच बिजयी दशमी, दिपावली तथा छठ पर्वको शुभकामना आदन–प्रदान कार्यक्रम समेत राखिएकाे थियाे  । कार्यक्रममा स्कूलले अभिभावहरुलाई शुभकामना दिएका थिए ।



तेह्रथुम असोज ९ गते । रातो तारा डट कम,
तेह्रथुमको म्याङलुङ्ग–सक्रान्तिबजार सडक खण्ड अन्तर्गत खोरुङ्गा र कोयाखोलामा पुल नहुँदा यो वर्ष दशैँमा पनि यात्रुहरुले गाडी चढेर यात्रा गर्न नपाउने भएका छन् । पुल नहुँदा हरेक वर्ष वर्षाका महिनामा यो सडक खण्डमा सवारी अवरुद्ध हुने गरेको छ ।

तर यो वर्ष भने दशैँ तिहार जस्ता महत्वपुर्ण चाडवाडका लागि बेला समेत यहाँका फेदाप र आठराई गाउँपालिकाका बासिन्दाले गाडी चढेर यात्रा गर्न नपाउने भएका हुन् । दुवै खोलामा पानीको चाप घटेको छैन । वर्षाले बिग्रिएको सडक बनाउन समेत नपाइएकाले दशैँ अगाडि सडक खुलाउन नसकिएको फेदाप गाउँपालिकाका अध्यक्ष हरिप्रसाद चोङवाङलेब बताउनुभयो ।

वि.स. २०६८ साल तिरै यो सडक निर्माण भएपनि अहिलेसम्म पुल निर्माण भएको छैन । सडक अवरुद्ध हुँदा आठराई र फेदापका बासिन्दा सदरमुकामका सरकारी कार्यालयको सेवा सुविधा लिन दुई दिनसम्म पैदल हिडेर आउन बाध्य छन् । खोलामा पुल नहुँदा फेदाप गाउँपालिकाका ओयाक्जुङ, जलजले, सिम्ले, सम्दु र ईसिवु तथा आठराई गाउँपालिकाका खाम्लालुङ, सक्रान्तिबजार, थोक्लुङ, चुहानडाँडा, छातेढुंगा, ईवा र ह्वाकु गाउँसँगको सडक सम्पर्क टुटेको छ ।

जिल्लाका अन्य एक दर्जन बढी अत्यावश्यक सडकहरु समेत वर्षापछि मर्मत र पुल नभएकै कारण सवारी सन्चालन हुन सकेको छैन ।


काठमाडौँ,असोज, ९ गते । रातो तारा डट कम,
दशैँको अवसर छोपी सार्वजनिक यातायातमा टिकटमा कालाबजारी गर्ने, तोकिएभन्दा बढी भाडा लिने र राज्यले सहुलियत दिएकालाई सहुलियत नदिएमा कडा कारवाही हुने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री बीरबहादुर बलायरले रासससँग कुरा गर्दै दशैँ मान्न हिँडेका यात्रुसँग नराम्रो व्यवहार गर्ने यातायात व्यवसायी, सवारीका चालक र परिचालकलाई पनि सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कानूनी कारवाहीको दायरमा ल्याइने बताउनुभयो ।

“यातायात व्यवस्था विभागले यातायात व्यवसायी र सरोकार भएका सबै निकायसँग बैठक गरी दशैँका लागि गत भदौ २२ गतेदेखि सार्वजनिक यातायातको टिकट खुला गर्ने निर्णय गरे पनि व्यवसायीले विभिन्न माग राखी टिकट खोलेनन्, टिकट खोलाउन पनि मन्त्रालयले नै बैठक राखेर छलफल गराउनुपर्ने अवस्थाले यस क्षेत्रमा भएका बेथितिको संकेत गर्छ”, उहाँले भन्नुभयो ।

व्यवसाय गरेपछि राज्यले बनाएको नीतिनियममा रहेर इमान्दारपूर्वक काम गर्नुपर्नेमा जोड दिँदै मन्त्री बलायरले यातायात क्षेत्रका अव्यवस्थालाई अब छुट नदिइने प्रतिबद्धता जनाउनुभयो । दशैंमा लामो दूरीमा सञ्चालन हुने सार्वजनिक यातायातले गल्ली गल्लीबाट जति मन लाग्यो, त्यतिमा टिकट बेचेको सूचना मन्त्रालयमा आएको छ ।

“सरकारले तोकेभन्दा बढी भाडा लिएर व्यवसायीले सरकारलाई चुनौती दिएका छन्, बढी भाडा लिँदा यात्रुलाई टिकटसमेत दिइएको छैन, पर्व मान्न घर पुग्नुपर्ने बाध्यताले यात्रु मनपरी भाडा तिर्न बाध्य भएको खबर आएको छ, यसो नगर्न मन्त्रालयले सम्बन्धित सबैलाई सचेत गराएको छ, अटेर गरेमा कडा कारबाही गर्न विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखालाई निर्देशन दिइएको छ”, उहाँले भन्नुभयो ।

काठमाडौँ उपत्यकामा सडकको क्षमताभन्दा बढी सवारी साधन भित्रिइसकेकाले कसरी व्यवस्थापन गर्ने भन्नेमा मन्त्रालयले ठोस नीति निर्धारण गर्न गृहकार्य शुरु गरेको छ । उपत्यकामा बढ्ने सवारीलाई मन्त्रालयले अब प्रदेश राजधानी र स्थानीय तहमा केन्द्रित गर्ने गरी नियम बनाउने तयारी गरेको छ ।

उपत्यकामा दुई घण्टामा हिँडेर पुग्ने स्थानमा दुई घण्टा जाममै बस्नुपर्दा सार्वजनिक यातायात चढ्नु र नचढ्नुको अर्थ नहुने अवस्था छ । उपत्यकामा विलासिताका सवारी भित्रिँदा दूरदराजमा सवारी नै नपाउने स्थितिको अन्त्य गर्ने सोच मन्त्रालयले अघि सारेको छ ।

पूर्वाधार विकास र यातायातका क्षेत्रमा थोरै समयमा उपलब्धिपूर्ण काम गर्न ध्यान केन्द्रित गरेको मन्त्री बलायरले सुनाउनुभयो । सार्वजनिक यातायातमा व्यवसायीको मात्र भर पर्नुपर्दा बेला बेलामा समस्या आउने गरेकाले सरकारले पनि यातायात चलाउने विषयमा मन्त्रालयमा बहस शुरु भएको छ।

अब सरकारले उपत्यकामा विद्युतीय सवारी चलाउने गरी गृहकार्य गर्न थालेको छ । यस्ता बस १०० सीटभन्दा बढीका हुनेछन् । ठूला सार्वजनिक यातायात चुस्त बनाई धेरै संख्यामा भित्रने साना निजी सवारी आयातमा दुरुत्साहन गर्ने नीति पनि मन्त्रालयले अवलम्बन गर्ने भएको छ ।

सार्वजनिक यातायातलाई सहज बनाउन मेट्रो रेल चलाउने, जाम कम गर्न ‘फ्लाइ ओभर’ को निर्माण गर्ने र पहाडी क्षेत्रमा छिटो सहज रुपमा यातायात चलाउन सुरुङ मार्ग निर्माण गर्ने कामलाई सरकारले प्राथमिकतामा राखेको मन्त्री बलायरले बताउनुभयो ।

 “मन्त्रालयअन्तर्गत रहने गरी ‘फ्लाई ओभर’ र सुरुङ महाशाखा वा विभाग कस्तो संस्थागत संरचना बनाउने भन्ने विषयमा गम्भीर रुपमा बहस शुरु भएको छ, सुरुङ र ‘फ्लाइ ओभर’ निर्माण नगरी अबको पूर्वाधार विकास हुन सक्दैन”, उहाँले भन्नुभयो ।

मन्त्रालयले अञ्चल यातायात व्यवस्था कार्यालयबाट सवारी चालक अनुमति पत्रको परीक्षा र प्रयोगात्मक परीक्षा दिने गरी व्यवस्था मिलाएको छ । अब स्मार्ट कार्ड सात वटै प्रदेशबाट छापिने व्यवस्था गर्न लागिएको मन्त्रालयले जनाएको छ । तीस लाख स्मार्ट कार्ड एक ैपटक छाप्ने गरी छिटै सम्झौता गर्ने तयारी मन्त्रालयले गरेको छ ।

चालक अनुमतिपत्रको स्मार्ट कार्ड लिनका लागि अनलाइनबाट हुने काममा सर्बर डाउन हुने समस्या मन्त्रालयको निरन्तर अनुगमनपछि अन्त्य भएको छ । यसमा फेरि कुनै समस्या आए मन्त्रालयमै उजुरी गर्न सकिने मन्त्री बलायरले बताउनुभयो ।


काठमाडौँ, असोज ९ गते । रातो तारा डट कम,भन्सार बिन्दुमा जाँच पड्तालका लागि लामो समय लाग्ने गरेका कारण नेपाल आयल निगमले आवश्यक मात्रामा हवाई इन्धन आयात गर्न नसक्दा समस्या उत्पन्न भएको छ ।

नियमितरुपमा हवाई इन्धन आपूर्ति नभएपछि निगममा हवाई इन्धनको मौज्दात एकदमै कम हुन पुगेको छ । निगमकाअनुसार हाल १६ प्रतिशत अर्थात एक हजार ७७३ किलोलिटर मात्रै हवाई इन्धन मौज्दात रहेको छ ।

निगमका अनुसार विराटनगरमा २२० किलोलिटर, भद्रपुरमा ३७, काठमाडौँमा एक हजार २३९, मन्थलीमा २७, पोखरामा ५५, भैरहवा ३५, नेपालगन्ज ६८, सुर्खेत ५३, धनगढी ४० किलोटिर हवाई इन्धन मौज्दात छ ।

निगमका प्रबन्ध निर्देशक प्रेमप्रसाद आचार्यले आयातमा भएको समस्याका कारण अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीलाई इन्धन दिन नसक्ने अवस्थामा निगम पुगेको जानकारी दिनुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आइतबार भएको छलफलका क्रममा उहाँले भारतीय भन्सारमा जाँच पड्ताल गर्न लामो समय लाग्ने तथा विद्युतीय प्रणालीमा नै सबै जानकारी नआई प्रवेश नदिनेजस्ता समस्या आएका कारण इन्धन आयातमा कठिनाइ भएको बताउनुभयो ।

रक्सौल भन्सार बिन्दुमा मात्रै दैनिकजसो १५ किलोमिटरभन्दा लामो जाम हुने गरेका कारण पनि आयात प्रभावित भएको
छ । बर्षात्का कारण आयात केही घटेको र मौज्दातमा रहेको इन्धन वितरण गर्दागर्दै भण्डारणसमेत खाली हुन पुगेको उहाँको भनाइ छ ।

गत साउनको अन्तिम साता आएको बाढी, पहिरोका कारण रेलको लिकलगायतका संरचना बगाउँदा आएको समस्या समाधान भएपछि भन्सार बिन्दुमा थप जटिलता उत्पन्न भएको निगमको भनाइ छ ।

निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीलाई दैनिक ६ लाख लिटर हवाई इन्धन आपूर्ति गर्दै आएको छ । यस्तै आन्तरिक उडानतर्फ ६० हजार लिटर मात्रै खपत हुने गरेको छ ।

निगमले केही दिन पहिले वायु सेवा प्रदायकलाई बोलाएर उत्पन्न परिस्थितिको बारेमा समेत जानकारी गराएको थियो । तर वायु सेवा प्रदायकले चाडबाडको समयमा बढी आवतजावत हुने र विदेशबाट नेपाल आउनेको संख्या समेत उल्लेख्य भएकाले इन्धन भरेर आउने अवस्था नभएको जनाएको थियो ।

निगमका प्रबन्ध निर्देशक आचार्यले भन्नुभयो ‘‘हामीले अन्तर्राष्ट्रिय उडानमा रहेका सबैलाई बोलाएर भन्यौ, इन्धन भरेर आइदिनुस् । केही समस्या आइलाग्यो । तर उनीहरुले मुख्य समयमा एउटा झोला समेत कम गर्न नसकिने भएकाले इन्धन नै ल्याउने विषय सम्भव नभएको जानकारी गराए ।’’
समस्या समाधानका लागि आपूर्ति मन्त्रालय, भारतस्थित नेपाली दूतावास र सम्बद्ध अन्य निकायसँग पहल भइरहेको जानकारी दिदै भारतीय आयल कर्पोरेसनका उच्च अधिकारी समेत रक्सोल आइपुगेका छन् ।

भारतीय भन्सारले आफ्नो प्रणाली विद्युतीय बनाएपछि इन्धन आयातमा समस्या आएको निगमको भनाइ छ । समस्या समाधान गरिदिन भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई समेत निगमले आगह गरेको छ ।
निगमको हवाई इन्धन विभाग प्रमुख मनोज ठाकुरले निगमसँग मौज्दात रहेको पाँच हजार किलोलिटर इन्धन क्रमशः सकिएको जानकारी दिनुभयो । वर्षात्का कारण भारतीय रेल्वे लाइनमा समस्या आएको, मर्मत गर्न दश दिन लागेका कारण इन्धन आयात ठप्प भएको थियो ।

प्रदेश नं २ को स्थानीय तहको निर्वाचनका कारण तीन दिन भन्सार बिन्दु बन्द हुँदा हवाई इन्धन आयातमा थप समस्या आएको जानकारी दिंदै ठाकुरले समस्या चरम बिन्दुमा पुगेको बताउनुभयो ।

उहाँले चाडबाड केन्द्रीत गरेर अन्तर्राष्ट्रिय वायु सेवा प्रदायकले काठमाडौँ उडान समेत थप गरेका छन् । दैनिक तीन उडान गर्दै आएको एयर अरेबियाले हाल दैनिक सात उडान गरिरहेको छ । कतारको चार उडान छ भने इत्तिहाद तथा अन्य अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीले समेत नियमित उडानमा थप गरेका छन् ।

हवाई इन्धनको माग बढेपनि आपूर्ति कम भएको, भण्डारण क्रमशः सकिदै गएका कारण अत्यावश्यक प्रयोजनका लागि मात्रै हवाई इन्धन आपूर्ति हुन सक्ने अवस्था आएको निगमको भनाइ छ ।

निगमले शनिबार १४० किलोलिटर मात्रै हवाई इन्धन आयात गरेको छ । आज एक हजार २०० किलोलिटर उपलब्ध गराइदिन भारतीय आयल कर्पोरेशनलाई आग्रह गरेपनि सीमा नाकामा लामो लाइनका कारण मंगलबार मात्रै इन्धन राजधानी आइपुग्नेछ ।

नेपालमा आयात हुने अधिकाशं हवाई इन्धन रक्सोल नाकाबाट मात्रै आयात हुने गरेको छ । आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले राजनीतिक, कुटनीतिक तथा कर्मचारी तहमा छलफल गरेर तत्काल समस्या समाधान गर्न निगमका उच्च अधिकारीलाई निर्देशन दिनुभयो ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.