Websoft University

कृषियोग्य जमिन बाढीले क्षतिग्रस्त बनायो

सप्तरी, भदौ १४ गते । रातो तारा डट कम,
सप्तरीका विभिन्न नदी र खोलामा हालै आएको बाढी पहिरोका कारण २५ हजार हेक्टर कृषियोग्य जमिन क्षतिग्रस्त भएको छ ।

खाडो नदी, बलान खोला, खडक, मोहुली र त्रियुगालगायत खोलामा आएको बाढीले सप्तरीमा करिब रु ३० करोड भन्दा बढीको कृषि तथा धानबालीमा क्षति पु¥याएको जिल्ला कृषि विकास कार्यालय सप्तरीले जनाएको छ ।

त्यस्तै बाढी पहिरोका कारण जिल्लामा सात हजार हेक्टरमा लगाइएको तरकारी बाली तथा करिब रु चार करोड मूल्य बराबरको माछासमेत बगाएर नष्ट भएको सो कार्यालयले जनाएको छ ।

सप्तरीमा ७० हजार हेक्टर धानखेती योग्यजमिन रहेकोमा तीमध्ये ६३ हजार हेक्टरमा धान रोपाइँ भएको थियो । जसमध्ये २१ प्रतिशत धान बाढीले पूर्णरुपमा नष्ट गरेको बताइएको छ ।

कार्यालयका प्रमुख भगिरथ यादवले बाढीले कतिपय ठाउँका धानबाली राम्रो भएको छ भने कतिपय ठाउँमा धानबाली क्षतिग्रस्त हुँदा पूर्णरुपमा नष्ट भएको बताउनुभयो ।

सप्तरी जिल्लामा विभिन्न नहरबाट ४५ प्रतिशत खेतमा सिँचाइ हुदै आएको बताउँदै प्रमुख यादवले बाढीले नहर क्षतिग्रस्त हुदा सिँचाइ सुविधा समस्या भएको उहाँले भन्नुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.