Websoft University

पन्ध्र कृषि उद्यमीलाई कृषि अवार्ड प्रदान

काठमाडौँ,भदौ १४ गते । रातो तारा डट कम,
नेपालको व्यावसायिक कृषिमा योगदान पु¥याएबापत १५ जना कृषि उद्यमीलाई ‘एग्रो टाइम्स कृषि अवार्ड–२०७४’ प्रदान गरिएको छ ।

एग्रो टाइम्स मिडिया नेटवर्कद्वारा प्रकाशित एग्रो टाइम्स मासिक पत्रिकाकोे पाँचाैवार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा पशुपक्षी विकासमन्त्री सन्तकुमार थारुले सो अवार्ड प्रदान गर्नुभयो ।

कृषि उद्यमी ढालुराम माझीलाई सर्वोत्कृष्ट अवार्ड प्रदान गरिएको छ । त्यसैगरी, उत्कृष्ट हुनेमा कृषि उद्यमी अम्बरबहादुर तारामी मगर, दीपेन्द्रकुमार जोशी, हरिराज भट्टराई, जंगबहादुर साह, ख्यामनारायण पौड्याल, प्रेमकृष्ण श्रेष्ठ, रविकृष्ण जोशी, राजेन्द्र देवकोटा, राम पटेल, रामजीप्रसाद तिमिल्सिना, समीक्षा बाँस्कोटा र संग्राम राई हुनुहुन्छ । सत्कर्म कृषि सहकारी संस्था लिमिटेड र शक्तिश्वरी कृषि फार्मलाई पनि सो अवार्ड प्रदान गरिएको छ ।

सोही अवसरमा मन्त्री थारुले ‘एग्रो टाइम्स कृषि अवार्ड–२०७४’ ले किसानलाई प्रोत्साहन र हौसला मिलेको हुँदा अवार्डलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

एग्रो टाइम्सका प्रबन्ध निर्देशक अशिम सापकोटाले विगत लामो समयदेखि आफ्नो मिडियाले कृषि र कृषकका बारेमा उजागर गर्दै आएको बताउनुभयो । रासस 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.