Websoft University

अग्रीम टिकट बुकिङ खुलाउ पहल सुरु

काठमाडौ,भाद्र १२ गते । रातो तारा डट कम,
भदौ १५ गतेबाट दशैंका लागि सार्वजनिक सवारी साधनको अग्रीम टिकट बुकिङ खुला गर्ने यातायात व्यवस्था विभागको प्रयास असफल भएको छ । यातायात ब्यवसायीले भाडादर बढाउनेसहित विभिन्न मागहरु अघि सार्दै अग्रीम टिकट बुकिङ खुलाउने सरकारको प्रस्तावलाई अस्वीकार गरेका छन् ।

यसकारण दशैंको अग्रीम टिकट बुकिङ केही पर घचेटिने भएको छ । सरकारले हरेक वर्ष दशैंमा काठमाडौंबाट घर फर्किनेहरुका लागि अग्रीम टिकट बुकिङ खुलाउने गरेको छ ।

तर, ब्यवसायीले विभिन्न मागहरु अघि सारेर आफ्ना मागहरु टुंगो नलागेसम्म अग्रीम टिकट बुकिङको लागि तयार हुन नसकिने बताएका छन् ।

उनीहरुले हरेक वर्ष दशैंका समयमा अग्रीम टिकट बुकिङ खुलाउनुअघि विभिन्न माग तस्र्याएर सरकारलाई विभिन्न निर्णय गर्न बाध्य बनाउने गरेका छन् । यो वर्ष पनि व्यवसायीले ‘उपभोक्ताको हितका लागि’ भन्दै वैज्ञानिक भाडा समायोजन गर्नेदेखि बसमा छत राख्न पाउनुपर्नेसम्मका माग तेर्स्याएका छन् ।

यस्ता छन् यातायात व्यवसायीका माग :-आइतबार विभागमा भएको सरोकारवालाको बैठकमा यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले आफ्ना मागहरुको सम्बोधन नभएसम्म टिकट बुकिङ खोल्नुको औचित्य नहुने बताए ।

व्यवसायीले दशैंको टिकट बुकिङ खुलाउने निर्णय हुनुअघि नै सार्वजनिक सवारीको भाडा बढाउनुपर्ने माग गरेका छन् । २०६९ सालपछि वैज्ञानिक रुपमा भाडा समायोजन नभएकाले अब वैज्ञानिक रुपमा भाडा समायोजन गर्नुपर्ने उनीहरुको अडान छ ।

२०७२ साल माघमा तेलको भाडा सामायोजन गरेपछि डिजेलमा लिटरमा ३० रुपैयाँ घटिसकेको छ । व्यवसायीले भने त्यतिबेला तेलको मूल्य मात्रै हेरेर घटाइएको भन्दै अब गाडीको चेसिस, टायर, बैंकको ब्याजदर, लुब्रिकेन्ट्स लगायतको मूल्य बढेकाले अब त्यसका आधारमा सामायोजन गर्नुपर्ने माग गरेका छन् ।

‘तेलको मूल्य मात्रै घट्यो भनेर हुँदैन, हाम्रो लगानी कति बढ्यो पनि हेरेर भाडा समायोजन गर्नुपर्छ,’ सिटौलाले भने ।

एक हप्ताभित्रै सहमतिमा पुग्ने प्रयास :-
यातायात ब्यवस्था विभागले भाडा समायोजनका लागि एक कार्यदल गठन गरिसकेको जानकारी दिँदै एक हप्ताभित्रै समायोजनबारे बैठक बोलाएर निर्णय गर्ने सहमति जनाएको छ । ब्यवसायीले अहिले भाडादर बढेपनि वा घटे पनि छठअघि लागू नगर्ने सहमति पनि जनाएका छन् ।

यसैगरी ब्यवसायीले बससहितको सार्वजनिक यातायातका साधनमा छत राख्न नदिने सरकारी नियम पनि हटाउन माग गरेका छन् ।

बसहरुमा छत नहुँदा यात्रुको झिटीगुन्टा पनि बोक्न नपाइएको भन्दै ब्यवसायीले त्यो नियम खारेज गर्न माग गरेका हुन् ।

‘यात्रुको एउटा अली ठूलो झोला पनि राखेर लैजानरल्याउन नसकिने भयो,’ महासचिव सिटौलाले भने, ‘एउटा मापदण्ड बनाएर क्यारियर राख्न दिनुपर्‍यो ।’

विभागका महानिर्देशक रुपनारायण भट्टराईले यसका लागि नियमावलीमै परिवर्तन गर्नुपर्ने भएकाले यसमा विभागले सहजीकरण गर्ने बताएका छन् ।

दशैंको टिकट बुकिङ खोल्नुअघि नै १४ अञ्चलबाटै सवारीको नाप जाँच गर्ने ब्यवस्था गर्न पनि व्यवसायीहरुले माग गरेका छन् । अहिले काठमाडौंस्थित टेकुको भेहिकल प्रि(टेस्ट सेन्टरमा मात्रै जाँच गर्ने ब्यवस्था छ ।

ब्यवसायीले भने यसले समस्या पारको भन्दै सबै अञ्चलमा यसको ब्यवस्था गर्न माग गरेका छन् । विभागले त्यसको लागि आजैबाट ब्यवस्था गर्ने सहमति जनाइसकेको छ ।

१५ गते पुनस् छलफल:-यस्तै यातायात ब्यवसायीले बुकिङ खोल्नुअघि नै सडकहरुको अवस्था चुस्त(दुरुस्त गर्न माग गरेका छन् । नागढुंगा(कलंकी र नारायणगढ(मुग्लिन सडकलाई गाडी चल्न सक्ने गरी मर्मत गर्न माग गरेका हुन् ।

उनीहरुले गाडी वा बड बिग्रँदा त्यसलाई तुरुन्त सडक सुचारु गर्ने वातावरणका लागि यन्त्रहरु तयारी अवस्थामा राख्न पनि माग गरेका हुन् ।

यातायात व्यवस्था विभागले टिकट बुकिङबारे छलफल गर्न भदौ १५ गते सरोकारवालाहरुको बैठक बोलाएको छ । ‘अब १५ गते व्यवसायीहरुसँग छलफल गरेर कहिलेदेखि खोल्ने भन्ने टुंग्याउँछौं । हामी जतिसक्दो छिटो बुकिङ खुलाउन प्रयत्नरत छौं,’ विभागका महानिर्देशक रुपनारायण भट्टराईले भने 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.