Websoft University

उधोग संगठन मोरंङको निःशुल्क आँखा शिविर सम्पन्न

बिराटनगर भाद्र १२ गते । रातो तारा डट कम,आईतवार उद्योग संगठन, मोरंङको आयोजना तथा रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानको प्राविधिक सहयोगमा विराटनगर स्थित रघुपति जुट मिल लि.का कामदार कर्मचारीको निःशुल्क आँखा जाँच गरेको विज्ञप्ति मार्फत जानकारी गराएको छ।

उद्योग संगठन, मोरंगका कार्यकारिणी समिति सदस्य राकेश सुरानाले संगठन उद्योग,व्यवसायको मात्र नभएर उद्योगमा कार्यरत कामदारको समेत भएकाले सामाजिक दायित्व वहन गर्दै उद्योगमा कार्यरत कामदार,कर्मचारीको स्वास्थ्य परिक्षणमा संगठनले सहयोग पु¥याउदै आएको वताउनु भयो ।

आँखा मानव शरिरको अत्यन्त महत्वपूर्ण अंगको भएकाले आँखाको नियमित चेकजाँच गर्न उहाले अनुरोध गर्नृ भयो । सोहीक्रममा उद्योगमा कार्यरत कामदार कर्मचारीहरुले विभिन्न मेसिन उपकरणहरु चलाउनु पर्ने भएकाले उनीहरुको आँखा कमजोर भएमा दैनिक कार्य गर्न कठिनाई हुने हुँदा आँखाको नियमित परिक्ष्ँण गर्न संगठनले निःशुल्क शिविरको आयोजना गरेको बताउनु भयो ।

शिविरमा रघुपति जुट मिल्स लि. का प्रमुख कार्यकारी अधिकृत मनोज कुमार गुप्ताले रघुपति जुट मिल लि. मा कार्यरत कामदार,कर्मचारीहरुका लागि निःशुल्क आँखा शिविर संचालन गरी आ“खा परिक्षणमा सहयोग पु¥याएको संगठन र रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान प्रति आभार व्यक्त गर्नु भयो ।

रामलाल गोल्छा आ“खा अस्पतालका कार्यक्रम अधिकृत मोनिका भट्टराईले उद्योग,प्रतिष्ठानमा कार्यरत कामदार,कर्मचारीहरुमा रिफ्रेक्टिभ ईरोर, मोतिया विन्दु, एलर्जि जस्ता रोग देखिने गरेको वताउनु हुँदै शिविर संचालन अवधिमा मोतिया विन्दु भएका आँखा रोगीलाई भेटिएमा अस्पतालले निःशुल्क अपरेशन गरिदिनुका साथै शिविरबाट एन्टिवायोटिक, लुव्रिकेटिङ आई ड्रप, एन्टि एलर्जि आई ड्रप लगायतका औषधि निःशुल्क प्रदान गरिएको वताउनु भयो ।

शिविरमा रघुपति जुट मिल लि. का २५० कामदार,कर्मचारीहरुको निःशुल्क आँखा परिक्षण गरिएको थियो ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.