Websoft University

एमालेले २ नम्बर प्रदेशमा पनि एक नम्बर पाटी बन्ने


काठमाडौं, भाद्र ११ गते । रातो तारा डट कम,
तेस्रो चरणको स्थानिय निर्वाचनको मिति नजिकिएसँगै दलहरु उम्मेदवार टुंगो लगाउन लागिपरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले २ नम्बर प्रदेशका १३६ स्थानीय तहमध्ये ११६ तहका उम्मेद्वारहरु टुंगो लगाएको छ । बाँकी १० तहका उम्मेद्वार पार्टी अध्यक्ष केपी शर्मा ओली स्वदेश फर्किएपछि लगाईने जनाईएको छ ।

एमालेले यसअघि वीरगञ्ज महानगरपालिकाको मेयर बसुरुद्धिन अन्सारी र उपमेयरमा सोफिया आचार्यलाई उम्मेदवार बनाएर अघि सारिसकेको छ । र,आक्रामक ढंगबाट प्रचार प्रसारमा खटाएको छ ।

हाल उपचारका लागि थाइल्याण्डमा रहेका अध्यक्ष केपी शर्मा ओली स्वदेश फर्किएपछि स्थायी कमिटीले लगाउने सबै उम्मेदवारको टुंगो लगाएर भदौ १५ गते नामावली सार्वजनिक गर्ने एमाले प्रदेश नम्बर दुईका सहसंयोजक नागेन्द्र चौधरीले जानकारी दिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.