Websoft University

मानवअधिकारले आप्रवासी कामदारको सुरक्षामा ध्यान दिनुपर्छ


विराटनगर,साउन १६ गते । रातो तारा डट कम,
राष्ट्रिय मानब अधिकार आयोगका सदस्य सुदीप पाठकले नेपालको मानवअधिकार आप्रवासी कामदारको सुरक्षा जस्ता बिषय प्रमुख हुनुपर्ने बताएका छन् ।

राष्ट्रिय मानवअधिकार पुर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा सोमबार देखि विराटनगरमा सुरु भएको आप्रवासी कामदारको मानवअधिकार सम्वन्धी २ दिने सम्मेलनको उदघाटन सत्रलाइ सम्बोधन गर्दै उनले करीब ६० लाख भन्दा वढी नेपाली बैदेशिक रोजगारिमा विभिन्न मुलु्क पुगेकाले उनीहरुको मानवअधिकार संरक्षणको विषय पहिलो प्रथामिकताको विषय हुनुपर्ने बताए ।

सदस्य पाठकले छिमेकी मुलुक भारत बाहेक ३७ लाख भन्दा वढी नेपाली बैदेशीक रोजगारिका शिलशिलामा विदेशमा रहेको जानकारी दिदै सुरक्षीत आप्रवासकाम लागि सरकारले पहल गर्नुपर्ने बाताए । उनले बर्तमान अवस्थामा ५ वटा मुलुक सँग मात्र नेपालले श्रम सम्झौता गरे पनि विदेशी कामदारका रुपमा नेपाली १ सय १ मुलुकमा पुगेको र २ सय वढि देशमा बसोबास गर्दै आएकाल सरकारले रणनितिक योजना बनाएर त्यस्ता नेपालीको मानवअधिकार संरक्षणमा ध्यान दिनुपर्ने बताए ।

सदस्य पाठकले वैदेशीक रोजगारिमा जानेले भाषा र काम मात्र सिकेर गए ५० प्रतिशत वढी जोखिम कम हुने दावी गरे । उनले हाल सम्म वैदेशीक रोजगारिमा गएका ६ हजार २ सय नेपालीको मृत्यु भएको र १ हजार ५ सय भन्दा वढी रोजगारिमा गएका विभिन्न दुर्घटनामा परि अशक्त भएको जानकारी दिए ।

पाठकले आप्रवासी कामदारका विषयमा नेपाल भरी क्षेत्रीय सम्मेलन गरेर राष्ट्रिय प्रतिवेदन तयार गरे पश्चात माइक्रो रिसर्च गर्ने र सो पछी ३ वर्ष सम्म आयोगले सुरक्षीत आप्रबासका लागि काम गर्ने बताए । सो अबसरमा पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति प्रा.डा.घनश्यामलाल दाशले विभिन्न मुलुक सँग नेपालको श्रम सम्झौता नभएका कारण बैदेशीक रोजगारिमा पुगेका नेपालीले रोजगारदाताबाट भने अनुसारको तलब तथा काम नदिने,जोखिमयुक्त काममा लगाउने र विभिन्न यातना दिने गरेकाले सरकारले रेमिट्यान्समा मात्र आँखा नलगाएर उनीहरुको अधिकारका सवालमा समेत काम गर्नुपर्ने बताए ।

कार्यक्रममा क्षेत्रीय प्रशासक राजेश्वरमान सिंह, विराटनगर महानगरका मेयर भिम पराजुली, उपमेयर इन्दीरा कार्की, पुर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी रमेश भट्टराइ, पुर्वाञ्चल मानवअधिकार परिषदका संयायोजक सोमराज थापालगायले आ–आफ्नो पक्षबाट सबैले सुरक्षीत आप्रवासका लागि भुमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।

मंगलबार सम्म चल्ने सम्मेलनमा पुर्वाञ्चलका विभिन्न जिल्लाका सरोकारवालाहरुको सहभागिता रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.