Websoft University

२ नं क्षेत्रमा माओवादीका शीर्ष नेता परिचालित हुने


काठमाडौँ, साउन १६ गते । रातो तारा डट कम,नेकपा (माओवादी केन्द्र)ले प्रदेश नं २ को निर्वाचनलाई सफल बनाउने पार्टीका शीर्ष नेता परिचालित हुने जनाएको छ ।

माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले नेता नारायणकाजी श्रेष्ठ, मातृका यादव, रामबहादुर थापा, हरिबोल गजुरेल, प्रभू साह, उर्मिला अर्याललगायत नेता २ नं प्रदेशमा परिचालित हुने बताउनुभयो ।

प्रवक्ता भुसालका अनुसार सोमबारदेखि नै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा प्रदेश नं २ अन्र्तगत धनुषाको जनकपुरमा पार्टीको बैठक र कार्यकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछ ।

अध्यक्ष दाहालले २ नं प्रदेशका सबै गाउँपालिका र नगरपालिकामा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रदेश नं २ मा १२७ स्थानीय तहको निर्वाचन आगामी असोज २ गते गर्ने कार्यतालिका तोकिएको छ ।

त्यस्तै माओवादी केन्द्रको आजका लागि बोलाइएको केन्द्रीय कार्यालयको बैठक यही साउन १८ गतेसम्मका लागि स्थगित भएको छ ।

यसैबीच माओवादी केन्द्रले भरतपुर महानगरपालिका वडा नं १९ को सम्बन्धमा सर्वोच्च अदालतले गरेको आदेशको स्वागत गरेको छ ।

प्रवक्ता भुसालले रासससँग कुरा गर्दै निर्वाचन आयोगले गरेको निर्णय कानुनअनुसार नै थियो भन्ने विषयलाई सर्वोच्चको आदेशले पुनःपुष्टि गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचन आयोग संवैधानिक आयोग भएकाले उसले गरेको निर्णय नै जायज थियो भन्ने पुष्टि भएको छ ।”

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.